अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु
अष्ट्रेलिया आएको सातवर्ष नाघिसकेको रहेछ । उद्देश्य अरुथोक भन्दा आर्थिक उपार्जन रहेको उनले बताए । उनको अनुभवमा कमाई त छ तर खर्चले ढाड मस्काउने रहेछ । नेपालमा हुँदा उनले निर्माण सामाग्रीहरुको आपूर्तिको व्यवसाय पनि गर्थे । उनको कमाई राम्रै थियो । Image credit- AI हामीहरु पुगेका अष्ट्रेलियाका जनघनत्व भएका ठाँऊहरुमा संरचनागत हिसाबले धेरै सुविधाहरु उपलब्ध देखिन्छन् । निश्चित स्थानहरुमा सफा, सुविधाजनक पार्क र उद्यानहरुको व्यवस्था गरिएका छन् । पार्कमा पानी, शौचालय, बालबालिकाहरुकालागि मनोरंजन गर्ने, व्यायम गर्ने, घुमफिर गर्ने र आराम गर्ने व्यवस्था गरिएको देखिन्छ । पार्कमा कुकुर लिएर हिंड्ने आमप्रचलन भएका हुनाले कुकुरकालागि पनि उचित व्यवस्थापन गरेको देखिन्छ । मानिसहरु अक्सर घुमफिर गर्ने समुद्रका किनारहरु पनि मानिसहरुमा अनुशासन पालना गर्ने बानीले गर्दा सबैतिर स्वच्छ वातावरण देखिन्छ । यो व्यवस्थापन देखेर यहाँ हामी नपुगेका अन्यत्रका स्थानहरुमा पनि यस्तै सुविधा होलान् भनेर अनुमान गर्न हामीलाई गाह्रो भएन । हामी न्यु साउथ वेल्स, विक्टोरिया र समुद्र तरेर जानुपर्ने तास्मानिया राज्यका केही स्थ...
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.