ईपीजी प्रतिबेदन: सकारात्मकताको संकेत मात्र

                               नेपाल र भारतका केही प्रबुद्ध व्यक्तिहरुको समूह ईपीजीको यहि असार १४—१५ गते काठमाण्डौमा भएको नवौं बैठकले दुई देशबीच भएका समस्याहरुको मोटामोटी समाधानको खाका तयार गरेको कुरा सार्वजनिक गरेको छ । तर, उसले सबै कुराहरु सावैजनिक गरेको भने छैन । धेरै समस्याहरुले जेलिएको भारत नेपाल सम्बन्धकोबारेमा समाधानको कुरा भएपछि स्वभाविकरुपले यसले धेरैको ध्यान तानेको छ ।

ईपीजीले अब लिखित सुझाव भारत र नेपाल सरकारलाई बुझाउने छ । यसले दिएको सुझाव मान्न दुवै सरकारहरु भने वाध्य छैनन् । त्यसैले यो प्रतिवेदनलाई लिएर बढी उत्साहित वा निराश हुनुपर्ने देखिन्न ।
 दुईदेशबीचको सम्बन्धमा गतिरोध आएको समयमा यसको गठनलाई सकारात्मकता जाहेर गर्ने सांकेतीक कदमका रुपमा लिइएको थियो । यसको पहिलो बैठक २०७३ साल असारमा काठमाण्डौमा सम्पन्न भएको थियो । अहिलेसम्म पांचवटा बैठक काठमाण्डौमा र चारवटा बैठक दिल्लीमा सम्पन्न भएका छन् ।
नेपाल भारतबीच सिमा विवाददेखि लिएर सिमानामा भारतले बनाएका संरचनाहरुले गर्दा डुवानमा परेको नेपालीभूमि जस्ता गंभिर समस्याहरु रहेका छन् । जसको समाधान दुवै देशका उच्च राजनीतिक तहबाट बाहेक अन्यत्रबाट समाधान हुने देखिंदैन ।  
           


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष