संवेदना हराएको देश

अनशनरत गंगामाया अस्पतालमा
       
गोर्खाकी गंगामाया यतिबेला वीर अस्पतालको शैयामा अनशन गरिरहेकी छन् । उनको अनशन गोविन्द केसीले गरेको गरेको अनशन भन्दा धेरै हृदयविदारक छ । उनि झण्डै बाह्रवर्ष अगाडि आफ्नो किशोर छोरा कृष्णप्रसादको तत्कालिक क्रान्तिका संवाहक भनिनेहरुबाट भएको निर्मम हत्याकालगि न्यायको याचना गरिरहेकी छन् ।

उनका पति नन्दप्रसादको पनि सोही अस्पतालमा अनशन गर्दैगर्दा
ज्यान गैसकेको छ । उनको शव पनि अहिलेसम्म वीर अस्पतालमा राखिएको छ । अर्थात् शव समेत न्यायकालागि सत्याग्रह गर्न विवश छ । अदालतमा कृष्णप्रसादको हत्यामा संलग्नहरुका विरुद्ध किटानी जाहेरी भएर पनि आरोपितहरुलाई बचाउने प्रसस्तै प्रयासहरु राजनीतिकवृत्तबाट भएका छन् । अदालतको आदेशलाई समेत लत्याउने कार्यहरु भए ।

संक्रमणकालिन न्यायका नाउंमा जघन्य अपराध र व्यक्तिगत रिसईबी साध्न गरिएका अपराधहरुलाई प्राश्रयदिने कार्यलाई व्यक्तिको न्याय पाउने अधिकारलाई खिल्ली उडाएको छ । अपराधीहरुलाई जोगाउने कार्यमा संलग्न सरकार र त्यसका अंगहरुबाट कसरी देशले संवृद्धि प्राप्त गर्ला ? न्यायलाई सम्मान नगर्ने अराजकताबाट कहिल्यै संवृद्धि संभव छैन भनेर सरोकारवालाहरुले जन्न जरुरी छ । 

भर्खरै आरोपि मध्येका एकजनाले आत्मग्लानि भएर हो कि फोहोरी राजनीति प्रपंचबाट प्रेरित भएर हो अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । अर्का एकजना आरोपि देशबाहिर फरार छन् । उनि विरुद्ध जारी गरिएको डिफिउजन नोटीस परराष्ट मंत्रालयमा अड्काएर राखिएको छ । यो भन्दा निन्दनिय र उदेकलाग्दो काम अरु के होला र ?

ग्ांगामाया र नन्दप्रसादको पीडालाई सत्तामा रहनकालागि राजनीतिक पार्टीहरुले संवेदनहीन भएर उपयोग गरिरहे । यसबीच अहिले सत्ता र प्रतिपक्षमा रहेका दलहरुले पालैपालो सरकार चलाएका छन् तर कसैले पनि उपेक्षाबाहेक केही दिएनन् । गोविन्द केसीलाई समर्थन गर्न सडकमा उत्रनेहरुको संवेदना यो मनरुने घटनातिर पनि किन जांदैन । संवेदना हराएको देश ।  

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष