समाजवाद र नेपाल
बाबुराम पौड्याल

नेपालको नयां संघीय गणतन्त्रात्मक संविधानमा समाजवादलाई लक्ष्यका रुपमा उल्लेख गरिएको छ । यसको व्यवहारिकतबाारे धेरैले प्रश्न उठाउने गरेका छन् । संविधानमा लेखिएको समाजवाद गहनामात्रै वा सपनामात्रै पो कि जस्तो देखिंदै छ ।
नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखिनै समाजवादको नारा दियो । अघिल्लो शताब्दिमा समाजवादको आकर्षण दुनियामा धरै थियो । त्यसको प्रभाव नेपाली कांग्रेसमा पर्नु अस्वभाविक थिएन । पंचायतकालभरी संघर्षमा रहेपनि छयालिस सालपछि सत्ताको केन्द्रमा कयौं पटक पुग्दा पनि कांग्रेसले समाजवादको अनुभाव जनतालाई दिएन नत यसको सान्दर्भिकतावारे कुनै व्याख्या र विष्लेषण नै गर्न आवश्यक ठान्यो । उता चीन र तत्कालिक सोवियतसंघको देखासिकीमा नेपालका साम्यवादीहरुले पनि समाजवादको नारा चर्को गरी उठाए । उनिहरुले पनि पटकपटक सत्तामा रहंदा समाजवादी बाटोलाई व्यवहारिकरुपमा पच्छ्याउने चेष्टा गरेनन् । उनिहरुको यही विगतको प्रतिबिम्ब स्वरुप समाजवाद शब्द पछिल्लो संविधानमा परेको देखिन्छ ।
नेपाली कांग्रेसले र नेपालका वामपंथीहरुले भन्ने गरेको समाजवादको अन्तिम स्वरुप एउटै जस्तो देखिएतापनि त्यस यताको व्यवहारमा अन्तर थियो । नेपाली कांग्रेसकालागि समाजवाद लक्ष्य थियो भने साम्यवादीहरुकालागि समाजवाद साम्यवादसम्म पुग्ने एउटा चरण मात्र थियो । ती दुवै राजनीतिक शक्तिहरु मिलेर बनाएको नयां संविधानमा लेखिएको समाजवाद कसको हो भन्ने स्पष्ट गरिएको छैन त्यसले पनि यो शब्द व्यवहरिकता भन्दा श्रृंगारकै रुपमा प्रयोग गरिएको होला भन्न सकिन्छ ।
नेपाली कांग्रेको समाजवाद प्रजातांन्त्रिक समाजवाद हो र साम्यवादीहरुले भन्दैआएको समाजवाद क्रान्तिकारी समाजवाद हो । प्रजातंन्त्रिक समाजवादमा बहुलवाद स्वीकार गरिएको हुन्छ भने सर्वहारावर्गको अधिनायक स्थापना गर्ने लक्ष्य बताउने साम्यवादीहरुको समाजवादमा बहुलवाद स्वीकार गरिएको हुंदैन । जसको प्रयोग चीन, सोवियतसंघ, उत्तरकोरिया जस्ता देशहरुमा भएको छ ।
बीसौ शताब्दिको उत्तरार्धमा विश्वको क्रान्तिकारी समाजवादले समयसंगै ग्लोबलाइज्ड स्वरुपमा बदलिएको पूजीवादबाट रक्षात्मक बन्नुपर्ने अवस्था आयो । विश्वका धेरै क्रान्तिकारी समाजवादी सत्ता भएका देशहरुमा उनिहरुको पतन भयो । सोवियतसंघ नै कैयन राज्यहरुमा खण्डित भयो । चीन शासनप्रणालीमा साम्यवादी रहेपनि पूजीवादको वैश्वीकरणमा शामेल भयो ।
वरीपरी चलको लहरले नेपालका साम्यवादीहरुलाई प्रभावित नगर्ने कुरा थिएन । त्यसमाथि बाहिरी प्रभाव रहेको गरीव नेपालमा उनिहरुको मौलिकतावादी सिद्धांतले प्रतिकुल अवस्था उत्पन्न हुने देखिएपछि कडा खालको वर्गसंघर्षको सिद्धांत परित्याग गरे भने बहुलवादलाई पनि स्वीकार गरे । मदनभण्डारीको बहुदलीय जनबाद र प्रचण्डको एक्काईसौ शताब्दिको जनवाद त्यसका उदाहरणहरु हुुन जो अहिले एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीभित्र बहसका रुपमा छन् । यसरी यिनीहरु र नेपाली कांग्रेसको समाजवाद लगभग एकै ठाउंमा उभिनपुगेकोे जस्तो देखिन्छ ।
समाजवाद शब्द व्यवहारमा नदेखिए तापनि दुनियाका धरै जसो अविकसित वा अर्धविकसित देशका बहुसंख्यक मानिसहरुमा लोकप्रिय छ । भारतले पनि स्वतन्त्रतापछि समाजवादकै अवलम्बन गरेको बताउंदै आईरहेको छ । समाजवादको झण्डै सातदशकपछि भारत समाजवादी दिशामा कति अगाडि बढ्यो भन्नेवारे बहस जारी नै छ ।
क्रमशः............

टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.