समाजवाद कसरी ?


                                                                                                                                                                         बाबुराम पौड्याल

समाजवाद शान्ति र समुन्नतिको मानविय चाहना भएर पहिल्यैदेखि बेलाबखत विभिन्न रुपमा प्रकट हुंदै आएको छ । फेड्रिक ऐंगेल्सले समाजवादलाई युटोपियाई अर्थात् स्वप्निल र विज्ञान सम्मत गरी दुई भागमा वर्गीकरण गरेका छन् । सोह्रौं शताब्दिमा थोमस मुरले युटोपिया भन्ने फिक्शन नै लेखेर प्रकाशित गरेका छन् । तर,फ्रांसिसि दाशनिक चाल्र्स फ्युरहर र स्कटिस दार्शनिक रोबर्ट ओेवेन युटोपियाई (स्वप्निल) समाजवादका व्याख्याताहरु हुन जसले सहभागितामूलक समाजको परिकल्पना गरे । यो दृष्टिकोण पूजीवादप्रतिको असहमति त थियो तर व्यवहारिक समाधान थिएन । उनिहरुले राजनीति र त्यसका वाध्यात्मक प्रभावकारिताहरुलार्इृ खासै वास्त गरेनन् ।

कार्लमाक्र्सले अनुदार पुजीवादको विष्लेशणात्मक विरोधमात्रै गरेनन् आर्थिक सन् १८४८मा कम्युनिष्ट घोषणापत्र प्रकाशित गरेर राजनीतिक विकल्प पनि प्रस्तुत गरे । उनले साम्यवादसम्म पुग्नकालागि मध्यमका रुपमा  समाजवादलाई व्याख्या गर्दै यसलाई वैज्ञानिक समाजवाद भने । उनको समाजवाद सर्वहाराहरुको अधिनायकत्वमा मात्र संभव थियो । माक्र्सको व्याख्यामा आधारित भएरपनि उनको जीवनकालमा नै वर्गसंघर्षको स्वरुप, शासन सत्ताका सवालमा भिन्नमत राखेर सिण्डिकेट समाजवाद, प्रजातान्त्रिक समाजवाद, फेवियन समाजवाद, अराजकतावाद जस्ता धेरै धारहरु देखापरे ।
    
समाजवाद केवल आर्थिक दृष्टिकोण मात्र नभएर सत्रैं शताब्दिमा युरोपमा भएको औद्योगिक क्रान्तिका बलमा मैमत्त भएको पूंजीवादी अर्थव्यवस्था र त्यसले निर्माण गरेका सामाजिक सांस्कृतिक मुल्य र मान्यताहरु विरुद्धको विद्रोह पनि थियो । अठारौं शताब्दिका अर्थविद् एडम स्मिथको खुल्ला र प्रतिस्पर्धी अर्थतन्त्रको सिद्धान्तबाट त्यसबेलाको पूजीवादले दार्शनिक आधार पाएको थियो । पूंजीवादले पूजीको विस्तारलाई मात्र महत्व दिएको तर उत्पादन प्रणालीमा अभिन्नरुपले संलग्न मानविय श्रमलाई भने मेशीन सरह अवमूल्यन गरेको थियो ।

बीसौ शताब्दिमा समाजवादको लोकप्रियता बढेर गयो । पुजीवादका सामु समाजवाद पन्छाउनै नसकिने अवरोधका रुपमा देखा पर्यो । त्यसपछि पुजीवाद उदारवादका रुपमा अगाडि बढ्यो । राज्यका रुपमा यसले कल्याणकारी राज्यको अवधारणा लिएर आयो । सोवियतसंघको पतन भएपछि क्रान्तिकारी समाजवाद रक्षात्मक स्थितीमा पुगेको छ भने समाजवादका अरु धारहरु पनि रक्षात्मक भएका छन् । पूजीवाद भने वैश्विकरणका स्वरुपमा अगाडि बढिरहेको छ ।  

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष