लाओसमा बांध फुट्यो : नेपालले शिक्षा लिनु पर्छ

                                                                                                                 - बाबुराम पौड्याल

   


         लाओसमा यहि साउन सात गते अर्थात् जुलाई २३ तारीखका दिन स्थानिय समय अनुशार रातीे ८ बजे आगामी वर्ष उत्पादनका निमित्त तयार हुने स्थितीमा रहेको विद्युत परियोजनको निर्माणाधिन बांध भारी वर्षाका कारण नदीमा ५ विलियन क्युबिक मिटर भन्दाबढी पानी प्रवाहित भएको जनाईएको छ ।

     नदीमा आएको यो भेलका कारण बांध फुटेर आधादर्जन भन्दाबढी गाऊहरु जलमग्न भएका छन् । करीबन ६हजार ६ सय मानिसहरु घरबारविहिन भएको र कैयन मानिसहरु बेपत्ता भएको जनाईएको छ । उद्दारकर्मीहरु निरन्तर खटिरहेका छन् । धनजनको क्षतिको यकिन भै नसकेको अधिकारीहरुले बताएका छन् । गत वर्ष पनि लाओसमा एउटा बांध फुटेको थियो तर त्यसमा खासै धनजनको क्षति भएको थिएन ।
  लाओस दक्षिणपूर्वी एशियाको कमजोर अर्थतन्त्र भएको देश हो । विगत केही वर्षदेखि लाओसले उत्पादित बिजुली छिमेकी देशहरुमा निर्यातगरी अर्थतन्त्रलाई सुधार्ने लक्ष्य लिएको छ । दक्षिणी लाओसको अट्टापियु प्रान्तको सान साई जिल्लामा मेकाङको एक सहायक नदीमा बनाईदैगरेको चार सय दश मेघावटको   सेपियान से नाननोए नामक यो जलविद्युत परियोजनामा दक्षिण कोरियाई कम्पनीले काम गरिरहेको थियो र सम्बन्धित परियोजनाबाट उत्पादित बिजुलीको ९० प्रतिशत थाईलैण्डमा निर्यात गर्ने योजना लाओसको थियो ।

                                                              कोशी बांध

   
लाओसको यो घटनाबाट नेपालले पनि शिक्षा लिन आवश्यक छ । नेपाल पनि कमजोर अर्थतन्त्र भएको भूपरिवेष्टित देश हो र प्रचुर जलशक्तिको संभावना भएको देश हो । यहां छ हजार भन्दा बढी संभावना भएका नदीनालाहरु छन् । लाओसमा झै नेपालमा पनि अर्थतन्त्रमा जलश्रोतको उपयोग गरेर विकास गर्न सकिने विश्वास गरिंदै आएको छ । अहिले नेपालमा धेरै वर्षपछि बहुमतको सरकारमा रहेकोले पनि यस दिशामा सक्रियता बढ्ने देखिन्छ । भारत र चीन पनि नेपालको जलश्रोतप्रति आकर्षित देखिन्छन् ।

           सन् १९६२मा बनाइएको कोशी ब्यारेज पनि एकदम जिर्ण अवस्थामा पुुगेको छ । कोशी धेरै जमिन कटान गर्ने नदीमा रहेको हुंदा पनि नेपाल र भारत दुवैकालागि खतराको घण्टी बन्न पुगेको छ । बुढीगण्डकी सेती अरुण जस्तै धेरै परियोजनाकालागि काम भैरहेका छन् । बढ्दो तापक्रमले मौसममा आएको बदलाव र जोखिमपूर्ण भौगोलिक अवस्थाले पनि नेपालले आफ्ना यस संबन्धि योजनाहरु बनाउंदा गम्भिरतापूवर्क सोच्न आवश्यकता छ ।        

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष