जगतलाई गुरुका रुपमा नमन.......
पूर्वीय पम्परामा गुरुकाे ठुलाे महीमा छ । अज्ञानता अर्थात् अन्धकारबाट ज्ञान अर्थात् उज्यालाेतिर लगिदिने व्यक्तीका रुपमा गुरुलाइ मान्ने गरिएकाे छ । यस कारण " गुरुब्रह्म गुरुर्विष्णु गुरुर्देवो महेश्वरः । गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः " भनेर गुरुलाइ इश्वर नै मानिएको छ ।
आज गुरु दिवसको पावन अवसरमा अवश्य पनि विश्वमा हजारौ मानिसहरु आफ़्ना गुरुहरुको स्मरण गरिरहेका छन् । म याे संसारमा अाउनुका धेरै कारकहरु मध्येका मेरा मातापितालाई नै म मेरा पहिला गुरुकारुपमा र मेरो संस्कार अनुशार गायत्री गुरुलाई हार्दिक स्मरण गर्दछु । मेरो पूर्वीय दशर्नमा गुरुलाई ज्ञानको स्रोतकारुपमा उच्च सम्मान दिईएको छ । ज्योति ज्ञानको प्रतीक मानिएको छ जसले अध्यारो अज्ञान हटाएर उज्यालो बोध दिन्छ । त्यो बोधलाई मैले सहि वा गलत कसरी बुझेकोछु— भन्न सक्दिन ।
जिन्दगीको आधा शतकतिर आईपुग्दा पाठशालाहरुमा मलाई शिक्षादान गर्ने र सम्पर्क आएका, जानेसुनेका सबैबाट मैले केही न केही शिक्षा लिएको नै छु जसको क्रम अनुशारको स्मरण गर्न मेरोनिम्ति संभव छैन । त्यति मात्र होईन कहीं कतै मेरो परिवेशमा रहेका अबोध लाग्ने जीव र निर्जीव वस्तुहरुबाट पनि मैले धेरै कुरा सिकेको छु । कुरा येतिमात्र हो की नकारात्मक पात्रहरूले मलाई दुख दिन्छन भने सकारात्मक पात्रहरूले आनन्द दिन्छन तर ती दुबैले मलाई शिक्षा दिएका हुन्छन । त्यसैले तिनीहरुलाई पनि म गुरुका रुपमा स्मरण गर्दछु । मैले बांकी जीवनमा अझै धेरै गुरुहरु भेट्ने सौभाग्य पाउने छु । मेरो सिक्ने क्रम मृत्युपर्यन्त जारी रहने छ र तदनुसार नै गुरुहरुसंग साक्षात्कार हुदै जानेछ । यसरी संसारमा मैले गुरु नमान्नु पर्ने कुनै व्यक्ति वा वस्तु बांकी रहला जस्तो लाग्दैन ।
यसैले ममा भएको किंचित ज्ञान पनि मेरो आफ्नो होइन, सबै अरुको मात्र हो झैं लाग्छ । त्यसैले समग्र जगतलाई नै गुरुकारुपमा नमन गर्दछु । तमसोमा ज्योतिर्गमय।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.