नागपंचमी विशेषः नागको महत्व र आस्था

                                                                                                                                            



                                नमोऽस्तु सर्पेभ्यो ये के च पृथिवीमनु ।
                                येऽअन्तरिक्षे ये दिवि तेभ्यः सर्पेभ्यो नमः।।
                                याऽइषबो यातुधानानं ये वा वनस्पतींऽरनु ।
                                 ये वावटेषु शेरते तेभ्यः सर्पेभ्यो नमः ।।
                                वे वामी रोचने दिवो ये वा सूर्यस्य रश्मिषु ।
                                येषमप्सु सदस्कृतं तेभ्यः सर्पेभ्यो नमः ।।
                        —यजुर्वेद १३—६—८

                नागको पूर्वीय धर्म संस्कृतिहरुमा ठूलो महत्व छ । नेपाल र भारतमा साउन महिनाको शुक्लपक्षको पंचमी तिथीमा नागको भव्यरुपमा पुजा गर्ने चलन छ ।

 नागलाई देवताका रुपमा पुज्ने गरिंदे आएको छ । हिन्दु धर्मशास्त्रहरुमा नागबारे धेरै नै प्रसंगहरु पढ्न पाईन्छ । नागको संकेतिक रुपमा सर्पलाई पुज्ने गरिन्छ । पुराण र इतिहासमा वर्णन गरिने नागवंशी राजाहरु, नागकन्या, नागगण जस्ता शब्दहरुले मानिसहरु नै पनि नाग रहेको बुझिन्छ । जापानीहरु आफुलाई नागवंशी मान्ने गर्दछन् । चीनमा नागवंशी राजाहरुले राजाहरुले राज्य गरेको उल्लेख गरिन्छ । नागको पुजा भारत र नेपालमा मात्र होईन चीन जापान श्रीलंका र दक्षिणपूर्वी एशियामा समेत विभिन्न समुदायमा विभिन्नरुपमा गरिन्छ । प्राचिन मिश्रका राजाहरुले आफुले लगाउने शिरपोशमा नागको चित्र अंकित गरिएको पाईन्छ । हिन्दुहरुका आराध्यदेब कैलासवासी शिवले नागलाई गहनाकोरुपमा उपयोग गरेको मानिदै आएको छ ।

शास्त्रमा नागको कुलको पहिचानको पनि कुरा पनि गरिएको छ । बासुकी नागको फणामा स्वास्तिक चिन्ह देखिन्छ । तक्षकको कण्ठमा त्रिपुण्ड, पद्मका नागका आंखा कमल नयन हुन्छन् । शंखपालनागको फणामा शंख अंकित हुन्छ । कुलिकनागको फणामा अर्धचन्द्र हुन्छ । अर्जुननागको फणामा धनुष चिन्ह हुन्छ । कालियनागका फणामा श्रीकृष्णका जस्ता ससाना पाईलाको चिन्ह हुन्छ । शेषनागका फणामा श्रीवत्स अंकित हुन्छ ।
नागलाई प्रिय लाग्ने दुध हो भनेर मानिन्छ । दुधको गन्धले गर्दा सुत्केरी आईमाई र नवजात शिशुका वरिपरी नाग घुमेको धेरै घटना गाऊंघरतिर सुनिन्छ । आसमका जंगलहरुका गाईखुटीहरुमा चर्न गएका गाईहरुका पछिल्ला खुट्टा बेरेर थुनबाट बाच्छाले झै धामनले दुध खाने गरेको भन्ने कुरा सुनिन्थ्यो ।
 
नागलाई सामान्यतय भूमि संबन्धी देवताको रुपमा मानेको देखिन्छ । कृषिमा पारम्परिकरुपमा आश्रित रहंदै आएका मानिसहरुबीच नाग पुजाको प्रचलन रहेको देखिन्छ । सर्प प्राकृतिकरुपमा निकै सुन्दर प्राणी भएपनि यो विषालु पनि हुन सक्ने भएकाले यसप्रति मानिहरुको एक प्रकारको भय देखिन्छ । त्यसैले पनि होला हामीलाई हानी नपुर्याउ हाम्रो रक्षा गर भनेर जुनसुकै समय खेतबारीमा हिड्नु पर्ने भएका हुनाले कृषकहरु नागको  आराधाना गर्ने गर्दछन् । त्यतिमात्र होईन, विभिन्न कामना लिएर नागको भाकल गर्ने र कामना पुरा भएको भन्ने धेरै मानिसहरु हामीकहां छन् । नाग रिसाएमा अनिष्ट हुन्छ भन्ने आम विश्वास छ । त्यसैले घरघरमा नागको प्रतीमा राखेर बिहान बेलुकी धुपदीप गर्ने आम चलन पनि छ । यसरी नाग देवताप्रतिको गहिरो आस्था र विश्वास मानिसहरुमा छ ।

काठमाण्डौ उपत्यकामा नागहरुबारे धेरै किवदंतीहरु रहेको देखिन्छन् । भक्तपुरको नागपोखरी, कमलपोखरीनेरको नागपोखरी, म्हैपी, नागार्जुन, तहाचलमा नागवारे विभिन्न प्रसंगहरु जोडिएका छन् । 

पृथ्वीमा प्राणी सन्तुलनका हिसावले पनि सर्पको महत्व छ । मानिसहरुको बढ्दो बसोवास र बढ्दो विषादी प्रयोगले नागको प्रतीकको रुपमा मानिने यो जीवको अस्तित्व संकटमा रहेको बताइन्छ । यो संसारैभरी पाईने जीव हो । यसका हजारैं प्रजाति संसारमा छन् । ती मध्ये धेरैको अस्तित्व लोप हुने अवस्थामा छ ।
नागदेबतालाइ  कोटिकोटी प्रणाम।   

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष