कंचनपुर घटना : संवेदना र सत्यतामाथि खेलबाड ?
नेपालमा यतिबेला जबरजस्ती करणीका घटनाहरुमा बढीरहेको देखिएको । एउटा तथ्यांकले प्रत्येक दिन तीनवटा यस्ता घटनाहरु घटिरहेको देखाएको छ । अर्को एउटा आंकडामा बितेका तीन झण्डै तीनहजार घटनाको उजुरी परेको बताईएको छ । यसमा पनि सानै उमेरका अबोध बालिकाहरुमाथि जबरजस्ती गरेर निर्मम हत्या गर्ने जस्ता जघन्य अपराधहरु पनि भैरहेका छन् । जेसुकै भनिए पनि यथार्थमा भएका यस्ता घटनाहरुको संख्या यो भन्दा धेरै भएकोमा दुईमत छैन । किनभने जबरजस्ती करणीका धेरै घटनाहरु कथित सामाजिक प्रतिष्ठाका नाममा गोप्य नै राखिने गरेको पाईन्छ । अझ कतिपय संदर्भमा त अपराधीलाई कार्यवाही गर्ने संस्था वा सामाजिक व्यक्तित्वहरुले नै मिलापत्र गराएर छोड्ने गरेको देखिन्छ । यो कार्यले पिडकलाई हतोत्साहित गर्नु भन्दा प्रोत्साहन नेै गर्ने गर्दछ र पिडितलाई हतोत्साहित गर्दछ ।निर्मला
अवयस्क बालिकाहरुको हत्या गर्ने घटना जस्ता जघन्य प्रकृतीका घटनाहरुले त आम जनमानसलाई आक्रोशित गरिरहेको छ । यसको उदाहरण हो अहिले चर्चामा रहेको कंचनपुरको घटना । त्यहां गत साउन १० गते १३ वर्षिय निर्मला पन्तको बलात्कर पछि हत्या भएको घटनाले तनाव बढ्दै गैरहेको छ । प्रहरीले दोषी भनेर सार्वजनिक गरेको व्यक्ति र घटनाबारे प्रहरीले लिएको दृष्टिकोणमा कंचनपुरवासीहरुले विश्वास नगरेको हुनाले यो संकट गहिरिंदै गएको छ । यसले प्रहरी निकाय र त्यहांका जनताहरुबीच विश्वासको खाडल देखाएको छ । प्रहरी र जनताबीच यस प्रकारको अविश्वासले भविष्यमा झन् ठुलो समस्य आउने देखिन्छ ।
स्थानियहरु प्रहरीले नै तथ्यलाई पर्दा पछाडी राखेर नाटक मंचन गरिरहेको आरोप लगाईरहेका छन् । घटनाका कडीहरु र प्रहरीको बयानबीच तालमेल नभएको भनाई धेरैको छ । एउटी किशोरीको बलात्कारपछि हत्याबाट मर्माहत कंचनपुर पछिल्ला दिनहरुमा लाठीचार्ज, कर्फ्यु, गोली, बारुद र टियर ग्यासमा रुमलिईरहेको छ । यो सिलसिला कहांसम्म पुगेर रोकिने हो थाहा छैन । यस क्रममा एकजनाको ज्यान समेत गैसकेको छ ।
प्रहरीको अनुसंधानबाट बल्झेको जनअसन्तुष्टी र जनअसंतोषको आडमा अराजकताले प्राश्रय नपाओस् भन्ने कुरामा सबै सचेत रहदै अपराधीको पहिचान र सजाय हुनु नै मुख्य कुरा हो । सत्यता र संवेदनामाथि खेलवाड नहोस् भनेर संबन्धित पक्षले सोच्न जरुरी छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.