भारतले ईपीजी प्रतिवेदन अस्वीकार गर्ने आशंका

बाबुराम पौड्याल


      भारत नेपाल संबन्धमा आएका गतिरोधहरुको समाधान गर्न दुई देशबीच उच्चस्तरिय समझदारी अनुशार प्रबुद्ध समूह(ईपीजी)को गठन भएर त्यसले प्रतिबेदन तयार गरिएको पनि तीन महिना बढी समय व्यतित भैसकेको छ । अहिलेसम्म भारतिय प्रधानमंत्री नरेन्द्रमोदीले प्रतिवेदन बुझ्ने फुर्सद नपाएको हुँदा काम बांकी रहेको बताईदैआएको थियो । अहिले आएर भारतीय सुरक्षा संयन्त्रको अवरोधले यो कार्य रोकिएको नयाँ रहस्योद्घाटन भएको छ ।

 समूहको प्रतिवेदनमा नेपालले सार्वभौम देशको हैसियतमा अन्य देशहरुबाट ल्याउन पाउने भनिएकोमा त्यसरी ल्याईने हातहतियारहरु भारतका विरुद्ध प्रयोग हुनसक्ने आशंका गरिएको छ । नेपाल जस्तो देशले कस्ता हतियार ल्याएर भारत जस्तो आणविक शक्तिसम्पन्न देशलाई खतरामा पार्ने होला — तर्कमा ठूलो गम्भिरता देखिंदैन । नेपाल अरु जुनसुकै देशसंग जस्तो सुकै सम्बन्धमा रहेपनि भारतलाई नजरअन्दाज गर्ने  स्थितीमा छैन — यो उसको शास्वत वाध्यता जस्तै हो ।

    भारतमा पचासहजार भन्दा बढी आन्तरिक सुरक्षामा स्वतन्त्र भारत भन्दा अगाडिदेखि संलग्न नेपाली नागरिकहरु छन् । उनिहरुको सेवाप्रति भारतको कहीं पनि असंतोष देखिंदैन । त्यसबाहेक लाखौं नेपालीहरु भारतमा बसोबास गरिरहेका छन् । दुवै देशबीच धर्म संस्कृतिको एकता पनि कम महत्वपूर्ण छैन । यस्तो स्थितीमा नेपालबाट भारतको सुरक्षामाथि खतरा हुने आशंकाको पछाडि नेपाल एकपक्षिय रुपले भारतमा नै निर्भर रहोस् भन्ने आशय प्रष्टै देखिन्छ । नेपालले आफ्नो सार्वभौमिकताको अनुभूत नगरोस् भन्ने भारतीय सुरक्षातन्त्र र नोकरशाहीको झण्डै सात दशकदेखि देखिदैँ आएको चाहनाले नेपाल भारत सम्बन्धलाई विश्वासको घरातलमा उभिन कदापि दिने छैन ।

 आफुलाई दक्षिण एशियाको सूर्य र अरु साना देशहरुलाई उपग्रह ठान्ने भारतीय हठतन्त्रले विश्वको महाशक्ति बन्ने महत्वकांक्षी लक्ष्य लिएको भारतकोलागि समेत हितकर हुने देखिन्न । नेपालले पनि आफ्नो छिमेकीलाई सुरक्षाको मामिलामा आश्वस्त पार्न सक्नुको कुनै विकल्प छैन तर यस अर्थ आफ्नो सावभौमिकतालाई भने नेपालले कतैबाट आँच आउन दिनु भने हुँदैन । विदेशी स्वार्थहरुको खेलमैदान भएर नेपालले ठूलै मुल्य चुकाउन परेको यथार्थ सबैका सामु छ ।

    बौद्धिक समूहको प्रतिवेदन आफैमा निर्णायक भने होइन । यसमा फेरि दुवै देशमा सरकारहरुले विचार विमर्श गरेपछि त्यसलाई मान्न न मान्न र परिमार्जन सक्छन् । समूह गठनहुँदा दुई देशहरुबीच अब समस्याहरु समाधान भैहाल्लान् भनेर होईन बरु अब दुई देशहरुबीच एकअर्काका भावना बुझ्ने प्रयासको थालनी होला भनेर सकारात्मक रुपमा लिईएको थियो । नेपालको भावना र भारतको चाहनाबीच आधाशतक भन्दा बढी समयदेखि चल्दै आएको उल्झन् सतहमा देखिने प्रयासको अभिनयबाट सुल्झिन सक्दैन भन्ने कुरा नजान्ने कोही छैन ।                

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष