नेपालमा पिस फेडेरेशनको भव्य समिट : इसाईकरणको उद्देश्य त होईन ?
टिप्पणी लेख
यस्तो समिट नेपालमा पहिलो पटक आयोजित गरिएको भएपनि यो नै पहिलो भने होईन । विश्वका विभिन्न स्थानहरुमा यो आयोजित हुँदै आएको थियो तिनमा यसअघि केही नेपालका प्रधानमंत्रीहरुले समेत सहभागिता जनाऊँदै आएका छन् । शान्ति र संवृद्धिका नाममा यस्तो समिट आयोजना हुँदै आएको आयोजकहरुको दावी रहँदै आएको छ ।
विश्वमा तीव्र गतिमा ईसाईकरण हुँदै गएका देशहरुमा नेपाल पनि पर्दछ । ईसाई मिशनरीहरु विभिन्न बहाना बनाएर प्रवेश गरी धर्मप्रचार गर्ने गरेको इतिहास रहँदै आएको छ । नब्बेप्रतिशत हिन्दुहरु बसोवास गर्ने नेपालमा इसाईहरुप्रति शंदेहका दृष्टिले हेरिने गरेको छ । यसै संदर्भमा युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको यो समिट पनि विवादमुक्त रहेको छैन ।
दक्षिणी छिमेकी देश भारतमा पनि इसाई धर्मको विस्तार अनपेक्षित ढंगले भैरहेको छ । कठोर हिन्दुवादी भनिने भारतीय जनतापार्टी सत्तामा आएपछि हिन्दुत्वको चिन्तान आक्रामक ढंगले अगाडि बढेको देखिएको छ । तर, यो आक्रामकता इसाई भन्दा ईश्लामप्रति धेरै लक्षित रहँदै आएको छ । भारततिरबाट नेपालमाथि पनि परोक्ष रुपले हिन्दुत्वको प्रभावले औपचारिकता पाओस् भन्ने चाहना राखिएको देखिन्छ । यसैले नेपालले जातिवादी संवेदनशीलताको एकचरण भर्खरै पारगरेको छ भने अब धार्मिक कट्टरपंथको चक्करमा पर्ने हो कि जस्तो भान हुँदै छ । यस्तो समयमा काठमाण्डौमा ईसाई मिशनरीबाट आयोजन गरिएको समिटको अभिष्टवारे शंका गर्नेहरुको संख्या कम छैन ।
नेपाललाई समय समयमा बाहिरी शक्तिहरुले उपयोग गर्दै आएका छन् । तिनीहरुको प्रतिकार गर्ने क्षमता कमजोर भएका कारणले पनि नेपालमा हरेक कुराहरुमाथि शंका गर्ने चलन छ । यो नेपालीहरुको रहर वा अरुप्रतिको डाहा नभएर वाध्यता हो ।
यो समिटमा आएका विदेशी भीभीआईपीले पंचायतकालमा नेपालमा विभिन्न देशहरुका उच्चपदस्थ व्यक्तित्वहरुको बाक्लो आवागमनको संस्मरण समेत गराएको छ । छयालिससालको परिवर्तनपछि भने नेपाल पुरै भारतआश्रित हुनपुग्यो र आफ्नो अन्तरराष्ट्रिय कुटनीतिलाई खुम्च्यायो । यद्यपि यसपटकको वीआईपीहरुको आगमनले भने कुनै कुटनीतिक महत्व भने राख्दैन । त्यसैकारणले पनि नेपाल सरकारले यो समिटलाई अनावश्यक महत्व दिएको भन्दै आलोचना समेत गरिएको छ । कुरा जसरी प्रस्तुत भएपनि यदि नेपालीहरुलाई ईसाईकरण गर्नकालागि पर्दा अगाडि यो प्रपंच गरिएको हो भने यो सैह्य हुने कुरा होईन । यो कुराको चित्तबुझ्दो जवाफ सो संस्थामा आबद्ध नेपालीहरुले नेपाली जनतालाई दिनै पर्छ ।
बाबुराम पौड्याल |
यही मंसीर चौध गतेदेखि चारदिनसम्म काठमाण्डौमा Asia Pecific Summit (एशिया प्यासिफिक समिट)को भव्य आयोजन शुरु भएको छ । समिटको आयोजन Universal Peace Federation युनिभर्सल पिस फेडेरेशन) नामक ईसाई धर्मप्रचारक संस्थाले गरेको हो । समिटमा यस क्षेत्रबाट म्यानमारकी नेतृ आङसाङ सु की, कम्बाडियाका प्रधानमंत्री हुन सेन,भारतका पूर्वपधानमंत्री हरदानहल्ली देवीगौडा देवगौडा पकिस्तानका पूर्वप्रधानमंत्री युसुफ रजा गिलानी लगायत पन्द्र देशका वीवीआईपीहरुको सहभागिता रहेको छ । विश्वका पैंतालिस देशबाट झण्डै डेढहजार भन्दा बढी आमन्त्रितहरुको सहभागिता रहेको जनाईएको छ ।
विश्वमा तीव्र गतिमा ईसाईकरण हुँदै गएका देशहरुमा नेपाल पनि पर्दछ । ईसाई मिशनरीहरु विभिन्न बहाना बनाएर प्रवेश गरी धर्मप्रचार गर्ने गरेको इतिहास रहँदै आएको छ । नब्बेप्रतिशत हिन्दुहरु बसोवास गर्ने नेपालमा इसाईहरुप्रति शंदेहका दृष्टिले हेरिने गरेको छ । यसै संदर्भमा युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको यो समिट पनि विवादमुक्त रहेको छैन ।
दक्षिणी छिमेकी देश भारतमा पनि इसाई धर्मको विस्तार अनपेक्षित ढंगले भैरहेको छ । कठोर हिन्दुवादी भनिने भारतीय जनतापार्टी सत्तामा आएपछि हिन्दुत्वको चिन्तान आक्रामक ढंगले अगाडि बढेको देखिएको छ । तर, यो आक्रामकता इसाई भन्दा ईश्लामप्रति धेरै लक्षित रहँदै आएको छ । भारततिरबाट नेपालमाथि पनि परोक्ष रुपले हिन्दुत्वको प्रभावले औपचारिकता पाओस् भन्ने चाहना राखिएको देखिन्छ । यसैले नेपालले जातिवादी संवेदनशीलताको एकचरण भर्खरै पारगरेको छ भने अब धार्मिक कट्टरपंथको चक्करमा पर्ने हो कि जस्तो भान हुँदै छ । यस्तो समयमा काठमाण्डौमा ईसाई मिशनरीबाट आयोजन गरिएको समिटको अभिष्टवारे शंका गर्नेहरुको संख्या कम छैन ।
नेपाललाई समय समयमा बाहिरी शक्तिहरुले उपयोग गर्दै आएका छन् । तिनीहरुको प्रतिकार गर्ने क्षमता कमजोर भएका कारणले पनि नेपालमा हरेक कुराहरुमाथि शंका गर्ने चलन छ । यो नेपालीहरुको रहर वा अरुप्रतिको डाहा नभएर वाध्यता हो ।
यो समिटमा आएका विदेशी भीभीआईपीले पंचायतकालमा नेपालमा विभिन्न देशहरुका उच्चपदस्थ व्यक्तित्वहरुको बाक्लो आवागमनको संस्मरण समेत गराएको छ । छयालिससालको परिवर्तनपछि भने नेपाल पुरै भारतआश्रित हुनपुग्यो र आफ्नो अन्तरराष्ट्रिय कुटनीतिलाई खुम्च्यायो । यद्यपि यसपटकको वीआईपीहरुको आगमनले भने कुनै कुटनीतिक महत्व भने राख्दैन । त्यसैकारणले पनि नेपाल सरकारले यो समिटलाई अनावश्यक महत्व दिएको भन्दै आलोचना समेत गरिएको छ । कुरा जसरी प्रस्तुत भएपनि यदि नेपालीहरुलाई ईसाईकरण गर्नकालागि पर्दा अगाडि यो प्रपंच गरिएको हो भने यो सैह्य हुने कुरा होईन । यो कुराको चित्तबुझ्दो जवाफ सो संस्थामा आबद्ध नेपालीहरुले नेपाली जनतालाई दिनै पर्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.