नरेन्द्रमोदीलाई यसपटक चुनाव जित्न सजिलो छैन
वैदेशिक सम्बन्धमा क्रमिक सुधार
अर्थतन्त्रमा सुधारको संकेत
चुनौतीहरू
- विपक्षीहरूको घेराबंदी
किसानहरूको असंतुस्टी
अल्पसंख्यकको आक्रोश
अराजक कार्यकर्ता
भारतमा यो वर्ष लोकसभाको चुनाव हुँदैे छ । यसअघिसम्म भारतीय जनतापार्टीको
आगामी चुनावमा पनि जित हुने अड्कल गरिंदैआएको भएपनि राजस्थान, मध्यप्रदेश र
झारखण्ड राज्यहरुको चुनावमा सत्तारुढ भारतीय जनतापार्टी को नराम्रो
प्रदर्शनले आगामी लोकसभा चुनावमा कसको पक्षभारी हुने हो अनुमान गर्न गाह्रो
भएको छ ।
विदेश नीतिका सन्दर्भमा भने नरेन्द्र मोदी नेतृत्वको एनडिए सरकारले धेरै अर्थमा राम्रो काम गरेको देखिएको छ । यसक्षेत्रको मुख्य प्रतिस्पर्धी मानिएको उत्तरी छिमेकी देश चीनसंग सिमानामा सामान्य घुसपैठदेखि लिएर भारतले सुरक्षाका दृष्टिले संवेदनशील मान्ने गरेको “चीकेन नेक” नजिक पर्ने दोक्लाममा दुवै देशका सेनाबीच झण्डै भिडन्तको स्थिती समेत उत्पन्न भयो । यस विषयलाई लिएर दुवै पक्षबाट गैरकुटनीतिक ढंगका वक्तव्यबाजीहरु समेत भए । त्यतिबेला भाजपा नेतृत्वको सरकार भारतमा रहुन्जेल चीनसंग भारतको सम्बन्ध तनावपूर्णस्थितीमा रहने कुरालाई निश्चित जस्तै मान्न थालिएको थियो । तर, पछिल्लो समयमा स्थिती समेलिंदै गएको छ । दुईपक्षिय वार्ताहरु घनीभूतरुपमा अगाडी बढाईएको छ । अर्कोतिर चीनको आर्थिक स्वरुपमा बढ्दो प्रभावलाई रोक्ने प्रयासमा भारत संलग्न रहँदैआएको छ । यसकार्यमा भारत विषेश गरी एशिया प्रशान्त क्षेत्रमा अमेरीका, जापान र दक्षिणपूर्वी क्षेत्रका देशहरुसंग मिलेर काम गरिरहेको छ । यसरी भारतले चीनसंग दुईखम्बे नीति लिएर अगाडि बढीरहेको छ ।
यतिबेला मालदीप र श्रीलंकामा भारतका मित्रशक्ति मानिएका राजनीतिक शक्तिहरुको सत्तामा पुनरागमन भएको छ । पहिलो चरणमा नराम्रोसंग बिग्रिएको नेपालसंगको संबन्धमा पनि धरै हदसम्म सुधार भएको देखिंदै छ । नाकाबन्दीका कारण भारतसंग बिच्किएर चीनतिर ढल्किंदै गरेको नेपाललाई अहिलेसम्म आफैमा एङगेज गराई राख्न सफल देखिन्छ ।
यतिभएर पनि आन्तरिक मामिलामा भने भाजपाको लोकप्रियताको ग्राफ तलझरेको देखिएको छ । विपक्षीहरुको भाजपालाई घेर्ने संयुक्त रणनीति र तल्लो तहका किसानहरु सरकारप्रति संतुष्ट नभएको देखिएको छ । हिन्दुत्वलाई प्राथमिकता पारिएकोले उसका कार्यकर्ताहरुबाट मुसलमान र अन्य अल्पसंख्यकहरुमा पनि चर्को असंतुष्टि देखिएको छ । सत्तामा आऊँदा उठाईएका विकासका मुद्दाहरु भन्दा अलग यसपाली राममन्दिर, गौरक्षा जस्ता मुद्दाहरुलाई अगाडि सारेर चुनाव जित्नसकिने अड्कल भाजपाका नेताहरुको थियो । राज्यस्तरका चुनावी नतीजाहरुले यस्तो रणनीति सफल नहुने संकेत दिएका छन् । अब भाजपाले आगामी चुनावी रणनीतिलाई केही परिमार्जन गरेर अगाडी बढ्ने संभावना छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.