दक्षिणएशियालाई प्रभावित गर्ने हालका तीन घटना

 चीनको बीआरआई, श्रीलंकामा भएको आत्मघाती हमलाभारत ले   ईरान बाट तेल  आयात नगर्ने संकेत ले दक्षिण एशिया लाई प्रभाबित गर्न सक्छ।

यतिबेला दक्षिण एशियालाई प्रभावित गर्ने केही घटनाहरु घटेका छन् । दक्षिण एशियाको केन्द्र भारत नै रहँदै आएको छ । भारत संबन्धित कुनै पनि अन्तरराष्ट्रिय घटनाले यो क्षेत्रलाई प्रभावित गर्ने मानिदै आएको छ ।

चीनको बेईजिङमा बहुचर्चित बेल्ट एण्ड रोड इनिशिएटिभको दोस्रो अन्तरराष्टिय सम्मेलनको उद्घाटन गर्दै चीनका राष्ट्रपति सिजिम्पिङले यस परियोजनामा सम्बन्धित सबैले लाभान्वित हुने बताएका छन् । यो सम्मेलनमा भागलिन प्रतिबद्धता जनाएर पनि पर्ख र हेरको अवस्थामा रहेको देश नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी चिनिया राष्ट्रपतिको निम्तोमा बेईजिङ पुगेकी छन् । त्यहाँ उनले बेल्ट एण्ड रोड सम्बन्धित केही दुईपक्षिय कागजातमा अन्तिम हस्ताक्षर समेत गर्ने कार्यक्रम छ । तीन दिवसिय उक्त सम्मेलनको समापन भैसकेको छ । यसलाई सफलता साथ सम्पन्न भएको आयोजकले दावी गरेका छन् ।  त्यसैगरी दक्षिण एशियाली देश श्रीलंका चर्चहरुमा ईसाईहरुको चाड ईष्टरको अवसरमा भयानक आत्मघाती हमलाहरु भएका छन् । ती आत्मघाती हमलामा तीनसय भन्दा धेरै मानिसहरुको ज्यान गएको छ । यो निन्दनीय घटनाको जिम्मेवारी ईश्लामिक अतिवादी संगठन आईएसआईले लिएको छ । यता भारतका पेट्रोलियम मंत्री धर्मेन्द्र प्रधानले अमेरीकाको ईरानमाथि प्रतिबन्ध लगाउने निती अनुरुप त्यहाँबाट आयात गरिंदै आएको तेलको विकल्पको खोजी भैरहेको जनाएर भारत अमेरीकको अझै नजिक हुन खोजेको छनक दिएका छन् ।

      चीनमाथि बीआरआई मार्फत सहभागी कमजोर राष्ट्रहरुलाई ऋणको पाशोमा पारेको र दुनियामा आफ्नो सामरिक स्वार्थलाई विस्तार गर्ने मनाशयबाट प्ररित रहेको आरोप लागिरहेको बेला यस सम्मेलनमा चीनले सबैलाई आश्वस्त पार्ने प्रयास गर्दै सबैपक्ष लाभान्वित हुने सीले बतएका छन् । सम्मेलनमा विश्वका ३७ देशका राष्ट्र र सरकारप्रमुखहरु सहित झण्डै एकसय पच्चिस देशहरुका लगभग पाँचहजार प्रतिनिधि सहभागी थिए । दक्षिण एशियामा भारत मात्रै  बीआरआईको आलोचक देश हो, अन्य देशहरु कुनै न कुनै रुपले यस परियोजनामा संलग्न छन् । यसै सम्मेलनबाट नेपालसंगको रेल संजाल जोड्ने प्रस्तावलाई स्वीकृत भैसकेको छ । यसरी नेपाल पनि यससंग व्यवहारिक रुपले विस्तारै आबद्ध हँुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन समारोहमा बिआरआई अन्तरगत नेपाल रेलमार्गबाट चीनसंग जोडिन चाहेको बताएकी थिईन् । नेपालमाथि यो परियोजनामा संलग्न नहुन भारत र अमेरीका जस्ता नेपालका सहयोगी देशहरुको एकखालको दबाव रहँदै आएको छ । नेपालमा चिनिया गतिविधि बढ्ने र त्यसबाट सुरक्षा जोखिम बढ्न सक्ने आशंका भारतले गर्दै आएको छ । भारत नेपालबीच खुल्ला सिमाना भएको हुँदा पनि नेपालमा हुने संस्थागत चिनिया आर्थिक गतिविधिले पनि भारतले नीतिगत रुपमा नै केही कदमहरु चाल्ने हो कि भन्ने आशंका गरिंदै छ । भारत र चीन बीच सम्बन्धमा केही वर्षमा नै समन्वयात्मक प्रयासको वाध्यता देखापर्ने जस्तो स्थिती पनि छ । यसो नहुने हो भने दुवैलाई जोखिमको स्थितीको सामना गर्नु पर्ने देखिन्छ । समन्वय भएमा नेपाल जस्ता दक्षिण एशियाका देशहरु पनि लाभान्वित हुनेछन् । यसले दक्षिण एशियाली देशका अन्तरसम्बन्धहरुमा फरक आउने आशंका गरिंदै छ ।

 इष्टरको अवसरमा श्रीलंकाका इसाई समुदायलाई लक्षित गरेर चर्चहरुमा आत्मघाती हमलाहरु भएका छन् । हमलाहरुमा परेर तीन सय भन्दा बढी मानिसहरुको ज्यान गएको छ । हमला इश्लामिक अतिवादी संगठन आईएसआईले गराएको स्वीकार गरेको छ । विगतमा न्युजिलैण्डमा मश्जिदमा भएको आक्रमणको बदलामा यो आक्रमण गराईएको उसले दावी गरेको छ । उसको यो दावी अतिवादको पराकाष्टा हो । अलकायदापछि आईएसआईको आतंकवादी संजाल दुनियाँमा फैलिरहेको छ । दक्षिण एशियाका पाकिस्तान, भारत, बंगलादेश र म्यानमारमा पनि यस संगठनको संजाल रहेको आशंका गरिंदै आएको छ । स्थानिय इश्लामिक अतिवादी संगठनहरुलाई यसले प्रयोग गरी आतंककारी गर्ने संभावना बढ्दैे गएको छ । यसले बुद्धिष्टबहुल म्यानमार र श्रीलंका र हिन्दुबहुल भारत र नेपाललाई यस क्षेत्रमा पहिलो निशानामा राख्दै अशान्ति मच्चउने संभावना प्रबल छ । पाकिस्तान र अफगानिस्तानमा पनि त्यहाँ रहेका विभिन्न खाले इश्लामिक अतिवादी गुटहरुलाई परिचालन गरेर थप रक्तपात मच्चाउने संभावना छ । श्रीलंकाको घटनाले यतातिर सोच्न वाध्य हुन पर्ने भएको छ । यसले दक्षिणएशिया वरपर थप जोखिम बढेको छ ।

भारतका पेट्रोलियम मंत्री धर्मेन्द्र प्रधानले हालै इरानबाट दैनिक तीनलाखको परिमाणमा  आयत गर्दै आएको पेटो«लियमको विकल्प खोजिने बताएका छन् । अमेरीकाले इरानमाथि नाकाबन्दी लगाउँदै आएको छ र उसले इरानबाट तेल आयात गर्ने देशहरुलाई ईरानको तेल नकिन्न दबाव दिंदै आएको छ । उसले राम्रो सम्बन्ध रहेको भारतसंगका केही व्यापारिक क्षेत्रमा कटौती गर्ने घोषणा गरेपछि भारतले इरानसंगको आर्थिक सम्बन्धलाई खुम्च्याउँदै लैजाने सोच बनाएको संकेत दिएको छ । यसो भयो भने दक्षिण एशियामा अमेरीकी प्रभाव अझै घनीभूत हुने अवस्था आउने छ । आवरणमा अमेरीकाले यसक्षेत्रका अरु देशहरुलाई हेर्ने दृष्टिकोणलाई भारत अनुकुल नै बनाउने गरेको देखिन्छ । भारत भन्दा चीनको बढ्दो प्रभावका कारण चीन र अमेरीकाबीचको सम्बन्धको उतार चढावले भारत र अमेरीकाको सम्बन्धलाई पनि प्रभावित गर्ने संभावनालाई नकार्न सकिन्न ।                        

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष