संदेश

अगस्त, 2019 की पोस्ट दिखाई जा रही हैं

नेपाल भारत मंत्रीस्तरिय काठमाण्डौ बैठक : फेरि पनि समस्याप्रति तदारुकता देखिएन

चित्र
भारतीय विदेशमंत्री एस जयशंकर मंत्रीस्तरिय नियमित बैठकमा भागलिन नेपाल आए तर बैठकले दुई देशबीच थाति रहेका समस्याहरुप्रति आशालाग्ने निर्णय गर्न भने सकेन । धेरै वर्षदेखि कामै हुन नसकेका कागजी परियोजनाहरुलाई खारेज गरेर नयाँ ढंगले अगाडि बढ्न दुवैकालागि श्रेयस्कर होला । बाँकी समस्याहरुलाई असर हेरीकन छिटो निष्कर्षमा पुग्ने वातावरण मिलाउदै पारस्परिक सम्बन्धलाई अगाडि बढाउन नै उपयुक्त बाटो हुनेछ ।    भारतीय विदेशमंत्री सुब्रमण्यम जयशंकर दुई दिने भ्रमण नेपाल भ्रमण सकेर यही भदौ ५ गते दिल्ली फर्किसकेका छन् । सन् १९८० मा भारत नेपालबीच दुईपक्षिय रुपमा भएका गतिविधिहरुको नियमित मुल्यांकन गर्न मंत्रीस्तरिय संयुक्त आयोग गठन गरिएको थियो । जयशंकर यसै बैठकमा सहभागिता जनाउन काठमाण्डौ आएका थिए । दुई दशक भन्दा लामो समयसम्म हुन नसकेको यस्तो बैठक सन् १९१४मा भाजपा नेतृत्वको सरकार बनेपछि शुरु गरिएको थियो । त्यसपछि दुई देशको सम्बन्ध तनावपूर्ण हुँदै विगत केही वर्षदेखि सामान्य अवस्थामा फर्केको जस्तो देखिएको छ । भारत र नेपालबीचमा वर्षौदेखि थाती रहेका संयुक्त परियोजनाहरुले गती पाउन बाँक...

रवि लामिछाने प्रकरण - न्याय भीडमा नहराओस

चित्र
मृतक सालिग्राम  पुडासैनीको साथबाट बरामद विडियोमा उनको भनाईले रवि लामिछाने   दोषी देखिएका छन् भने उक्त  विडियोको प्राविधिक पक्षमा सन्देह गर्ने पक्षहरू पनि देखिन्छन । यसको सत्यापन निष्पक्ष र इमान्दार अनुसन्धानबाट मात्र सम्भव छ ।  मृतक पुडासैनी   केही महिना अगाडीसम्म न्यूज २४ टेलिभिजनबाट प्रसारण भैरहेको चर्चित कार्यक्रम सिधा कुरा जनतासंगको टीममा रहेर काम गरेका पत्रकार शालिकराम पुडासैनीको चितवनको एक लजमा भएको आत्महत्या जस्तो देखिने रहस्यमय मृत्यूलाई लिएर यतिबेला फेरि सडक तात्न थालेको छ । उक्त कार्यक्रमका प्रस्तोता चर्चित पत्रकार रवि लामिछाने हुन् । पुडासैनीको साथमा रहेको भिडियोमा उनले रविका कारण आफुले आत्महत्या गर्नुपरेको रुँदै बताएका छन् । पत्रकार रवि लामिछाने रबिलाई काठमाण्डौबाट अनुसन्धानकालागि प्रहरीले गरी चितवन ल्याईसकेको छ । प्रहरीबाट  गिरफ्तार  गर्नु स्वभाविक नै थियो र उनि गिरफ्तार पनि भए । उनले आफ्ना समर्थकहरुलाई उत्तेजित नहुन आग्रह गरेर जिम्मेदार व्यक्तिको परिचय दिएका छन् । किनभने यस्ता मामिलाको संवेदनशीलता र प्रकृयालाई...

जम्मु कस्मीर को अब दहशत से आजादी मिलेगी ?

चित्र
प्रधानमंत्री मोदी ने जम्मु कस्मीर को प्राप्त विशेष संवैधानिक प्रावधान को हटाये जाने के पक्ष को रखते हुये जनता को संबोधन किये हैं । आम भारतीय को आश्वस्त करने के लिए यह उनके लिए आवश्यक था । अब उनके सामने अन्तरराष्टीय जगत को आश्वस्त भी करना जरुरी है । वैसे अबतक पाकिस्तान को छोडकर भारत के प्रति बाहरी शक्तियों का कोई बडा कठोर प्रतिक्रिया सामने नहीं आया है । फिर भी बहुत तरल बनी हुई है ।   संसद मे गृहमन्त्रि अमित शाह जम्मु कस्मीर को भारतीय संविधान में प्राप्त विशेष दरजे को अब भारत   की संसद ने खारिज कर दिया है । सरकार ने तकरीबन सत्तर साल से चली आ रही इस संवैधानिक प्रावधान को हटाने का प्रस्ताव संसद में रखा था और संसद ने बहुमत से रजामंदी दे दी । संविधान में कस्मीर को विशेष दरजा दिलानेवाले धारा ३७० निरस्त हो गया है । इसके साथ धारा ३५ ए भी खारिज हो गया है । दुसरी ओर लद्दाख को जम्मु कस्मीर से विभाजन कर दिया गया है और उसे केन्द्र शासित राज्य का दरजा देने की बात कही गयी है । वैसे कुछ लोग इस पर कानुनी बहस होने की संभावनाएँ देखते हैं । कश्मीर पर नियन्त्रण की स्थिति ...

भारतीय प्रधानमंत्री मोदीको नेपाल भ्रमण हुने

चित्र
  नेपाल भारत सम्बन्ध भौगालिक रुपले पौराणिक कालदेखि नै चलिआएको हो । साँस्कृतिक रुपले दुवै देश एउटै सुत्रमा बाँधिएका छन् तर राजनीतिक रुपको भिन्नतालाई पनि आत्मसात गर्नु आजको अपरिहार्यता हो । यतिबेला निकट भविष्यमा भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको नेपाल आगमन हुने चर्चा चलिरहेको छ । बाक्लिंदो यो भेटघाटलाई केही सकारात्मक संकेतका रुपमा लिन पनि सकिन्छ । त्यसै संदर्भलाई लिएर भारतीय गुप्तचर संस्था “र” का प्रमुख केही समय अघि नेपाल आएका थिए । अब छिट्टै भारतीय विदेशमंत्री एस जयशंकर नेपाल आउने चर्चा चलिरहेको छ । मोदी दोस्रो पटक लोकसभाको चुनावी जीतपछि पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको बताईएको छ । नेपाल र भारतमा भर्खरै आएको विनाशकारी बाढीको पीडाले हजारौं मानिसहरु छट्पटाई रहेको समयमा भारतीय प्रधानमंत्रीको नेपाल भ्रमणले केही मलहम पट्टी लगाउन सहयोग पो गर्ला कि — भनेर आशा गर्नेहरुको संख्या दुवैतिर ठुलो छ ।         जब भारतीय ओहोदावालहरुको नेपाल भ्रमणको समय आउँछ तब नेपालमा दुई प्रकारका मानिसहरुको सक्रियता अस्वभाविक ढंगबाट बढ्ने गरेको देखिन्छ । यो सक्रियता...