सामाजिक संजाललाई व्यवस्थित र मर्यादित बनाऔं
बितेका केही दशकहरुमा विश्वमा इन्टरनेटको व्यापक प्रयोग हुन थाले पछि सामाजिक संजालको प्रयोगमा पनि व्यापक विस्तार हुँदै गएको छ । नेपाल पनि विगत केही वर्षहरुदेखि यसको विस्तार त्यसै अनुरुप भएको छ । यसले गर्दा सुचनाको विस्तार अर्थात् बजारीकरण अंकगणितिय गतीमा होईन ज्यामितिय गतीमा हुन थालेको छ ।
अझै, जी ५ प्रविधि डिभाईसहरुमा आमप्रयोगमा आउने हो भने गती अझै छिटो हुने छ । चीनले आफुले जी ५ प्रविधिको सफल परिक्षण गरिसकेको दावी गरिसकेको छ । अन्य विकसित देशहरुले पनि यो वा यो भन्दा उन्नत प्रविधिको विकास गर्न लागेको बताएका छन् । अबको विश्वमा सुचना प्रसारणका क्षेत्रमा जुन शक्तिको अग्रता रहन्छ उसको प्रभाव दुनियाँमा फैलिने निश्चित छ । विश्वका प्रथम र दास्रो आर्थिक महाशक्ति अमेरीका र चीनबीच व्यापारिक विवादका रुपमा चल्दै आएको विवादको अन्तर्य मध्ये यो पनि एक हो ।
आममानिसहरुलाई सुसुचित हुन धेरै सहजता
प्रदान गर्ने छ भने अर्कोतिर यसले बहुसंख्यक
मानिसलाई कज्याउने वा बहकाउने अराजक
बनाउने स्थिति उत्पन्न हुने खतरा पनि उत्तिकै छ ।
सुचनाको क्षेत्रमा प्रविधिको आगामी विकास जी ५ मैं सिमित नभएर भविष्यमा अझै चरणबद्ध फड्को मार्दै जाने निश्चित छ । त्यस अवस्थाको सदुपयोग गर्न राज्य, समाज र व्यक्तिको सोच र कार्यशैलि पनि सोही अनुरुपको हुन आवश्यक छ । तर, विभिन्न समाज अथवा देशहरुमा त्यो कती संभव होला भन्ने कुरा भने सोचनीय छ । यसको प्रभाव चेतनाको स्तर फरक फरक भएका समाज र देशमा सकारात्मक वा नकारात्मक रुपमा पर्ने छ । आममानिसहरुलाई सुसुचित हुन धेरै सहजता प्रदान गर्ने छ भने अर्कोतिर यसले बहुसंख्यक मानिसलाई कज्याउने वा बहकाउने अराजक बनाउने स्थिति उत्पन्न हुने खतरा पनि उत्तिकै छ । प्रस्तुत लेखमा विषयलाई प्रष्ट पार्न उदाहरणकालागि उल्लेख गरिएका देशी विदेशी घटनाहरुको न्यायनिरुपण वा दावी गर्न खोजिएको छैन बरु त्यहाँ देखिएका प्रवृतीहरुले कस्तो भविष्यको रेखांकन गर्लान् भनेर चर्चा गर्न मात्र खोजिएको हो ।
हरेक अवस्थामा फाईदाकालागि सामान खपत गर्ने नेटवर्किङ व्यवसाय जस्तै सामाजिक संजाल पनि सुचनाको बजारीकरण अर्थात खपत गर्ने एउटा आधुनिक विद्युतीय नेटवर्क अथवा संजाल हो । नेटवर्किङ व्यवसायमा समान यथार्थमा राम्रो नराम्रो जे भए पनि राम्रो भन्दै मानिसहरुलाई विश्वास गर्ने परिस्थिति उत्पन्न गरेर बेच्ने उद्देश्य राखिन्छ । सामानको बिक्रिकालागि नेटवर्कको तल्लो तहका सदस्यहरु विषेश संवाहक र उपभोक्ता पनि हुन्छन् । समानको उत्पादन होईन तर विज्ञापन भने तिनीहरुले नै गर्दछन् । समाजिक संजाल सामानको सट्टा सुचना लक्षित वर्गमा छिटो खपत गर्ने संजाल हो । नेटवर्कले समुहलाई होईन व्यक्ति व्यक्तिलाई आकर्षित गर्ने क्षमता राख्दछ । सामाजिक सुचना संजालको गति सामान बेच्ने संजालको भन्दा कैयौं गुणा बढी हुने गर्दछ । गतीका हिसाबले भने सामान खपत र सुचना खपतमा भिन्नता छ । मुलतः सुचनाको उत्पादकको उद्देश्यका आधारमा सुचनाको सत्यता र उपयोगिता निर्धारित हुन्छ । जस्तो सुकै व्यक्तिले पनि संजालमा देखेर आफु आकर्षित भएको सुचनालाई आफु जोडिएको समुहसम्म फैलाउँछ । संजालमा जानेर नजानेर बुझेर नबुझिकनै प्रसारण गरिएको गलत सुचना घातक रोगको संक्रमण जस्तै हुन सक्दछ ।
सामाजिक संजाललाई प्रवाहित हुने
सबै सुचनाहरुलाई पत्रकारिताकै डालोमा
राखियो भने लोकतन्त्रको चौथो अङ्गको
परिभाषाको गरिमा पत्रकारिताले कायम राख्न
सक्ने देखिंदैन ।
टम्स ट्रस्कोट र जीम एलिसले सन् १९७९मा युजर्सनेटको प्रणाली विकसित गरेपछि सामाजिक संजालको प्रचलन शुरु भएको भन्ने गरिन्छ । कतिपयले इमेल नै सामाजिक संजालको पूर्वाधार हो भनेर मान्ने गरेको पनि देखिन्छ । जसले सुचनाको नेटवर्कको क्षेत्रमा छोटो समयमा नै दुनियाँमा प्रगतीको ढोका नै खोलि दियो । अहिले सबै तहका मानिसका साथमा हुने मोवाईल फोनमा यो संजालको सजिलो पहुँचले ठुलो क्रान्ति नै ल्याईदिएको छ । सबै खालका सुचनाहरुमा सबै खालका मानिसहरुको सहज पहँुच संभव भएको छ । यो प्रविधिले मानिसको जीवनशैलिमा ठूलो उथलपुथल ल्याईदिएको छ ।
सामाजिक सुचना संजाल जस्तो प्रविधिलाई उपयोग गरेर पत्रकारिता गर्न नहुने र पत्रकारिता कर्मले रेडियो, टेलिभिजन र पेपरको प्रयोग मात्र गर्नु पर्दछ भन्ने होईन । पत्रकारिताको अनुशासन र अनुभवको आधारमा विचार स सुचना सम्प्रेषण गर्न सकिन्छ । फरक कहाँमात्र हो भने यी मुल्य र मान्यता भन्दा बाहिरबाट हुने विचार र सुचनाको सम्प्रेषण सामाजिक संजालमा मात्र होईन अन्य माध्यमलाई प्रयोग गरिएको भएपनि पत्रकारिता हुन सक्दैन । तर अहिलेको यथार्थ के हो भने पत्रकारिता बाहिर पर्ने विचार र सुचनाको बाढी सहजताका कारणले सामाजिक संजालमा नै ओईरिएको देखिन्छ । सामाजिक संजाललाई प्रवाहित हुने सबै सुचनाहरुलाई पत्रकारिताकै डालोमा राखियो भने लोकतन्त्रको चौथो अङ्गको परिभाषाको गरिमा पत्रकारिताले कायम राख्न सक्ने देखिंदैन ।
एउटा रेडियो अथवा प्रींट मिडियाले आफुलाई सुन्ने र पढ्ने जमात मात्र बनाउँछ । त्यसको निक्कै सानो समुहले मात्र तार्किक आधारमा मात्रै खबरहरुमाथि प्रतिक्रिया जनाउन र पच्छ्याउन सक्छ । रेडियोमा प्रसारित सुचनामाथि श्रोताले सोझो प्रतिक्रिया दिने सहजता सामाजिक संजालमा जस्तो व्यापक छैन । यस्तो सम्प्रेषण र प्रतिक्रियामा लाग्ने समय भन्दा अहिलेको सामाजिक संजालले नै निक्कै छिटो ठुलो समुहसम्म सुचना पुर्याउँछ । यो कुरा नेपालमा घटेका निर्मला बलात्कार र हत्याकाण्ड, गुठी विधेयक र शालिग्राम पुडासैनीको आत्महत्या भनिने प्रकरणले र भारतमा सन्तका रुपमा ठूलो संख्याका मानिसहरुको विश्वासमा राजाईं गरिरहेका आशाराम र रामरहीमको प्रकरणले देखाईसकेको छ । उनका भक्तहरुको ठुलो संख्याले गुरुहरु अपराधी हुन् भन्ने कुरा धेरै पछिसम्म पनि स्वीकार गर्न तयार भएन । वास्तवमा उनिहरु अपराधी नै थिए भनेर अनुसंधानबाट प्रमाणित भयो । सामाजिक संजालमा आएका भ्रामक सुचनाले उत्तेजित मानिसहरुले निर्दोषको हत्या गरेका केही घटनाहरु भारतमा पनि घटेका छन् । नेपालको निर्मला र पुडासैनीको मृत्यु प्रकरणमा पनि सामाजिक संजालको कारणले ठुलो संख्यामा मानिसहरु सडकमा आए पनि अझै ती प्रकरणहरु अनुसन्धानमा नै छन् । हाल हङकङमा भएका प्रदर्शनमा सामाजिक संजालको प्रयोग गरेर अवान्छित तत्वहरुले दंगा भड्काउन प्रदर्शनकारी र सरकारी पक्ष दुवैलाई उत्तेजित बनाउन खोजेको आशंका गरिएको छ । गत अमेरिकी चुनावमा पनि सामाजिक संजालको शंयन्त्रलाई प्रयोग गरेर बाहिरी शक्तिले नतीजालाई प्रभावित पार्न खोजेको आरोप लाग्दै आएको छ ।
सँधै विश्वास मात्रैले सत्यको स्थापत्य कायम हँुन सम्भव छैन । त्यसमा पनि सामाजिक संजालको प्रयोग गर्ने हरेक व्यक्ति जसले विषयको सत्यता, प्रभाव र प्रकृयावारे राम्रोसंग सोच्ने ल्याकत समेत राख्दैन त्यसले पनि सामाजिक संजालको प्रयोग गरेर आफ्नो नीजि विचारलाई संप्रेषण गर्न सामथ्र्यता राख्दछ । यसले सुचना सुचना नभएर भ्रम र उत्तेजना मात्रै फैलिने डरलाग्दो जोखिम हुन सक्दछ । यो समस्याले विचार निर्माण गर्ने भनेर लोकतन्त्रको चौथो अंग भनिएको पत्रकारितालाई पहिलो शिकार बनाउने अवस्था सृजना भएको छ । यो अवस्थाले दुनियाँमा अराजकताको आँधी ल्याउने सम्भावना बढेर गएको छ ।
सत्य वा असत्य सुचनाको हेक्का राख्ने क्षमता नभएका व्यक्तिहरु बढी प्रभावित हुने गर्दछन् । उनिहरु जहिले सुकै गलत सुचनाको मात्रै संवाहक हुन्छन् भन्ने होईन तर सबै खालका सुचनाहरुको संवाहनमा यस्तै मानिसहरुको प्रमुख भूमिका रहने भने पक्कै हो । सामाजिक संजालमा सुचनाहरुको उत्पादन वा संपे्रषणमा भने विभिन्न स्वार्थ समुहको भूमिका पहिलो र प्रमुख हुने गर्दछ । यसरी सामाजिक संजालमा सम्पे्रषक र सम्वाहक दुई समुह हुने गर्दछन् । यो अर्को जोखिमको स्थिती हो । जनसचेतनताकालागि समाजिक संजालको प्रयोग सबै भन्दा बढी प्रभावकारी हुने देखिएको भए पनि गलत र उत्तेजित तुल्याउने सुचनाहरुले व्यक्तिहरुलाई भ्रमित बनाउने जाखिम उतिकै हुने गर्दछ ।
सामााजिक संजालमा देखिने जुनसुकै खालका सुचनाले समाजको आममानसिकताको अवस्था प्रतिबिम्ब प्रस्तुत गर्दछ । यसबाट शिक्षा लिएर सत्ता र उसका संयन्त्रहरुले आममानिसको असंतुष्टिलाई संबोधन गर्ने अवसर लिन सक्दछन् । संजालले बनाएको असचेत जनमतले सत्तालाई अनावश्यक ढंगबाट पपुलिष्ट बन्न वाध्य पार्ने जोखिम पनि उत्तिकै देखिन्छ । असचेत जनमतका कारण कमजोर सत्ताहरु धराशायी बन्दै जाँदा मुलुक नै भयानक अस्थिरता फस्ने घटनाहरु दुनियामा धेरै हुने छन् । त्यसैले यसबारे सबैले गम्भिर हुन आवश्यक छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.