लौ है...... कोरोना भाइरसबाट बचौं

 कोरोना भाइरस चीनको उहानबाट प्रकोपको रुपमा फैलिरहेको छ। नेपालमा  चीनतिर आवतजावत हुने हुँदा सावधानी जरुरी छ।


 यतिबेला कोरोना भाइरसको संत्रास दुनियाँभरि फैलिएको छ । यतिबेला छिमेकी देश चीनबाट संक्रमित भएको यो भाईरसले त्यहाँ प्रकोपको रुपमा फैलिरहेको छ । पछिल्लो सुचना अनुशार त्यहाँ ८१ जनाको ज्यान गैसकेको बताईएको छ । उहानमा सबै प्रकारका गतिविधिहरू स्थगित गरिएको छ। नया वर्षको विदा तीनदिन थप गरिएको छ। येसैबीच चिनिया प्रधानमन्त्री लिखाछ्यंगले उहान भ्रमण गरेका छन्।

  नेपालमा पनि चीनबाट आएका केही मानिसहरु संक्रमित भएको आशंका गरिएको छ । काठमाण्डौमा यसको निगरानी र परिक्षण गर्ने काम थालिएको छ । विभिन्न देशहरुले आफ्ना अन्तरराष्ट्रिय विमानस्थलहरुमा चीनबाट आउने यात्रुहरुमाथि निगरानी गर्न निगरानी कक्षहरु स्थापना गरिरहेका छन् ।

 कोरोनाभाईरस सबैभन्दा पहिले सन् १९६०मा देखिएको बताईन्छ । यस भाईरसको आकार मुकुट जस्ता हुने भएकोले यसलाई क्राउन अर्थात् कोरोना भाईरस भनिएको हो तर यसका केही प्रजातीमा यस्तो नहुन पनि सक्दछ । यो भाईरसको जीवाणु बाहिरी वातावरणमा लगभग एकदिन  र बन्द वा भित्री वातावरणमा एक सातासम्म जिवित रहन सक्दछ । यसको अर्थ यो होईन कि जीवमा संक्रमण भएपछि त्यसको एकदिनदेखि सात दिनमा स्वत निको भएर जान्छ । संक्रमणसंगै यसले आफ्नो प्रजनन क्रिया पनि गर्ने हुनाले यसको प्रभाव यसलाई कमजोर नपारुन्जेल रहिरहन सक्छ । त्यसैले शंका लाग्ना साथ स्वस्थ्य केन्द वा चिकित्सक्रको सम्पर्कमा रहनु पर्दछ ।
  
वेभ एमडी पत्रिकाको रिपोर्ट अनुशार यो कोरोना नामको भाईरसबाट फैलिने रोग हो  जसले मानव लगायत स्तनपायी जीवहरुलाई आफ्नो चपेटमा पार्छ । यो साधारण किसिमको भाईरस भए पनि प्रकोपको रुप लिएपछि भने यसले घातक दुष्प्रभाव पार्न सक्दछ । सबै प्रकारका कोरोना भाईरसहरु घातक नै हुन्छन् भन्ने पनि छैन तर केही भने घातक पनि हुन्छन् ।  यसले नाक, तथा उपल्लो घाँटीमा पहिलो आक्रमण गर्दछ । सर्दीका लक्षणका साथै स्वस्प्रश्वास नलीमा अप्ठ्यारो र न्युमोनियाका संकेतहरु यसका लक्षणहरु हुन् । यसले पाकाहरुलाई भन्दा बालबालिकाहरुमा छिटो असर गरेको देखिन्छ ।

यस्तै भाईरसहरुका कारण सन् २०१२ मा मध्यपूर्वमा ८५८ जनाको मृत्यू भएको थियो । यो त्यतिबेला सबभन्दा पहिला साउदी अरेबियामा देखिएको थियो र अफ्रिका र युरोपसम्म फैलिएको थियो । सन् २०१४ मा अमेरीका र २०१५मा कोरियामा समेत फैलिएको थियो ।

संक्रमित व्यक्ति वा जानवरको श्वास, खकार र उसले प्रयोग गरेका प्रयोग गर्न हुँदैन । यो भाईरस प्रभावित क्षेत्रबाट आएका मानिहरुको सम्पर्कमा नजाने । यसकालागि कुन क्षेत्रमा यसको संक्रमण कुन स्तरमा भएको छ भनेर समाचारहरुबाट जानकारी लिन सकिन्छ । प्रकोपको समयमा मानिसहरुको ठूलो भीडा प्राय नजाने, चीसोबाट बच्ने र र शरिरमा रोगप्रतिरोधात्मक शक्ति कायम राख्न आहार विहारका माध्यमबाट प्रयत्न गर्ने, मासु राम्ररी पकाएर खाने गर्नु पर्दछ । शंका लागेमा वा पूर्व सतर्कताकालागि पनि स्वस्थ्या केन्द्रको सम्पर्कमा  रहनु पर्दछ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष