जलवायु परिवर्तनले पारिरहेको समस्या : भविष्य खतरामा छ !

जलवायु परिवर्तनले कृषिमा आधारित भनिएका नेपाल जस्ता देशहरुले समाधानको लागि वैकल्पिक बाटाहरु बारे बेलैमा सोच्ने बेला भएको छ ।

                                      

                                                                        मौसम आफ्नो पुरानो चक्रबाट विस्तारै बदलिंदै गएकोछ । किसानहरु धानको रोपाई गर्न वर्षा पर्खिरहेका हुन्छन् तर रोपाई गर्न पुग्ने गरी या त वर्षा नै हुँदैन या खडेरी पर्दछ ।  रोपाई भैहाले पनि बाली स्याहार्ने बेलामा असिना पर्ने वा बेमौसममा नै झरी पर्ने जस्ता घटनाले हाम्रो कृषि पद्धती धरापमा पर्दै गएको छ । गर्मीमा अत्यधिक गर्मी र जाडोमा रुखो जाडो, वर्षा भयो भने डरलाग्दो विनाश लिएर आउने खडेरीले पनि उस्तै सताउने यो नेपालीहरुले भोगिआएकै कुरा हो । मौसममा यस्तो विचलन कसरी हुँदै गैरहेको छ भन्ने कुरा भने अधिकाँश मानिसहरुलाई थाहै छैन । बरु खडेरी परेमा पानी पार्न भ्यागुताको बिहे गर्ने वा देवी देवताको भाकल गरेर समस्याबाट छुटकारा पाउने विश्वास धेरै मानिसहरुको छ । वायुमंडलमा हरितगृह ग्यास बढेर तापक्रम बढ्नाले मौसममा यस्तो विचलन आएको कुरा धेरै किसानहरुले विश्वास नै गर्दैनन् ।
        
विश्व बढदो तापक्रमका कारण विनाशको सम्मुख आईपुगेको लक्षण मौसमले देखाउन थालिसकेको छ । यस समस्यालाई लिएर दुनियाँमा बहस भैरहेका छन् । बढ्दो तापमानको उच्च जोखिममा नेपाल पनि छ तर यस तर्फ कोही संवेदनशील भएको पाईंदैन । नेपालका धेरै मानिसहरु यस्तो समस्या बारे जानकार नै छैनन् । उनिहरुलाई सचेत बनाउने कुनै प्रभावकारी पहल संबन्धित पक्षबाट भएको देखिंदैन । तापमान वृद्धिको मार नेपालका मानिसहरुले विगत केही समयदेखि विभिन्न रुपमा झेल्दै आईरहेका छन् । त्यस मध्ये पहिलो र प्रत्यक्ष मौसम परिवर्तन नै हो ।

नेपालको सरकारीवृत्तमा भने यस समस्यावारे अक्कलझुक्कल चर्चा हुने गरेको भए पनि गम्भिरता भने देखिंदैन । गणतन्त्र आएपछि बनेका शक्तिशाली स्थानिय निकायहरु पर्यवरणबारे लापरवाह देखिन्छन् । विकासका नाममा बाटाहरु बनाउने नाममा जथाभावि डाँडाहरु खन्ने,जंगल सखाप पार्ने डरलाग्दो अभियान सबैतिर देखिन्छ । विकासका नाममा चलाईएको यस्तो आतंकले विनाश निम्त्याईएको कुराप्रति कुनै चिन्ता देखिंदैन ।

हरितगृह ग्यासले पृथ्वीको वातावरणलाई तताउन मद्दत गर्दछ । यो निश्चित मात्रासम्म पर्यवरणमा आवश्यक हुन्छ । अहिलेको समस्या भनेको हरितगृह ग्यासको मात्रा आवश्यकता भन्दा बढी भएर उत्पन्न भएको हो । हरितगृह ग्यासमा जलवाष्प, कार्बनडाई अक्साईड, मिथेन, नाईट्रोस अक्साईड, ओजोन र फोलोरोकाबर्न जस्ता प्रमुख ग्यासहरु पर्दछन् । यसमा जलवाष्पको हिस्सा ३६—७० प्रतिशत मानिएको छ । यसै गरी काबर्नडाई अक्साईड ९—२६ प्रतिशत, मिथेन ४—९ प्रतिशत र ओजोन ३—७ प्रतिशत रहेको मानिन्छ । कार्बनडाई अक्साईडको मात्रै आँकलन गर्ने हो भने २०१५ मा यो ४००.१ प्रंत्येक मिलियनमा थियो भने २०१६मा ४०३.३ र २०१७मा४०५.५ थियो ।
       
नेपाल कम विकसित देश हो तर जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा रहेकोे यो दुनियाको चौथो देश हो । जलवायु परिवर्तनको कारक विश्वको हरित गृह ग्यास उत्सर्जनमा नेपालको प्रतिशत भनेको अत्यन्तै न्युन अर्थात् ०.०२७ मात्र भएपनि जोखिम भने उच्चस्तरको भोगिरहेको छ । नेपालले आफ्नै प्रयासले यो वैश्विक समस्यालाई समाधान गर्ने भन्ने कुरा होईन तर थोरै भए पनि प्रयास गर्नु आवश्यक नै छ ।

वायुमण्डलमा हरितगृह ग्यास उत्सजर्नमा चीन विश्वमा सबै देशहरु भन्दा अगाडि छ । चीनले ९६९७ मिलियन टन अर्थात् २८.६ प्रतिशत हरितगृह ग्यास उत्सर्जन गरिरहेको छ । दोस्रोमा संयुक्त राज्य अमेरीका ५४२० (१६.० प्रतिशत), भारत १९६७ (५.८ प्रतिशत), रुस १८२९ (५.४ प्रतिशत), जापान १२४३ (३.७ प्रतिशत), जर्मनी ८१० (२.४ प्रतिशत), दक्षिण कोरिया ६०९ (१.७ प्रतिशत), इण्डोनेशिया ४९० (१.४ प्रतिशत), साउदी अरेयिबा ४६४ (१.३ प्रतिशत) रहेका छन् । यस्ता विकसित देशहरुले वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन गरेर विश्वको वातावरणलाई नै नकारात्मक प्रभाव झेल्न वाध्य पारेका छन् ।

हरितगृह ग्यासका कारण दुनियामा तातोपन बढीरहेको छ । सन् १९५० देखि प्रत्येक दशकमा लगभग ०.२ सेल्सियसका दरले तापक्रम बढ्दै आईरहेको छ । यो शताब्दिमा यो वृद्धि ०.३ देखि १.७ सम्म हुने अनुमान गर्न थालिएको छ । यसले पृथ्वीका जीवहरुमा ठुलो नकारात्मक असर पार्ने छ ।

तापक्रमको वृद्धिले हिमतालहरु पग्लिने र नदीहरुमा अप्रत्यशित तरीकाले जलप्रवाह बढने घटना हुनेछ । हिमालयमा हिऊँका रुपमा संचित पानी हिऊँ पग्लिनाले हिमनदीहरुमा निरन्तर बग्ने पानीमा कमि आउने छ । हिमनदीहरु खहरे जस्तै भए भने जीवहरुमा कस्तो असर पर्ला भन्ने कुरा सोच्दा पनि डर लाग्छ । तर, निकट भविष्यमा यो स्थिति भोग्नै पर्ने अवस्था देखिएको छ । हिमनदीहरुमा बिजुली उत्पादन गरेर नेपालको उन्नती गर्ने गफ सडकदेखि संसदसम्म चुट्ने गरिएको भए पनि यो भयावह स्थितितिर कसैको ध्यान पुगेको छैन ।

बरफको संसार भनिने उत्तरी र दक्षिणी ध्रवहरुमा बढ्दो तापक्रमका कारण बरफ पग्लिने क्रम बढ्दो छ । यसले बरफ र हिउँका रुपमा संचित पानी तल्लो सतहका समुद्रहरुमा बढ्ने छ । यसले आगमी पचास वर्षभित्र समुद्रका वरपर रहेको होचास्थानहरु डुब्ने संभावना छ ।    

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष