इरान अमेरीका तनाव युद्धको संभावना कायमै छ ।
अमेरीका र इरानबीच बढदो युद्धको सम्भावनाले विश्वलाई नै पिरोलेको छ। कतिपयले येसलाई तेश्रो महासमरको शुरूआतका रुपमा पनि हेरेका छन्। खाडीको तेलमाथी अमेरिकाले आँखा लगाएको लामो समय बितिसकेको छ। त्यस क्षेत्रका देशहरूमा आफु अनुकुल सरकार बनायेर
प्रभाव कायम गर्ने अमेरिकी कुटनीति जारी छ।
यही ३ जनवरी शुक्रवार बिहान इरानको ईलाइट क्वाडस् सेनाका प्रमुख कासिम सुलेमानीलाई इराकको बग्दादमा अमेरीकी ड्रोन आक्रमणमा मारिएपछि ईरान र अमेरीकाबीच मध्यपूर्वमा तनाव शुरुभएको हो । बुधबार इरानले प्रतिशोध स्वरुप इराकका दुई अमेरीकाको नेतृत्वमा रहेको गठबन्धन सेनाका दुई सैनिक शिविरमा १५ मिसाईल प्रहार गरेको छ । यो आक्रमणमा ४० जना अमेरीकी सैनिकहरु मारिएको इरानले दावी गरेको छ । इरानले भने यो प्रहार अमेरीकालाई ”थप्पड“ भएको जनाएको छ । अमेरीकाले भने उक्त ईरानी आक्रमणमा खासै क्षती नभएको प्रतिक्रिया बुधवार अपरान्ह अमेरीकाले दिएको छ ।
यसअघि नै इरानका ५२ स्थानहरु आफ्नो निशानामा रहेको बताईसकेको छ । धेरैले इरान प्रतिशोधकोलागि कुटनीतिक माध्यमबाट अगाडि बढ्ने अनुमान गरेका थिए । उसको मिसाई आक्रमणले अब सामरिक युद्ध शुरु भएको देखिएको छ । अमेरीकाले आगामी कदमहरु उच्च समरिकस्तरको चाल्ने अनुमान पनि धेरैको छ । अमेरीकाले फेरि प्रतिशोधमुलक सैन्य कार्यवाही अगाडि बढाएमा मध्यपूर्व युद्ध चपेटामा पर्ने छ ।
प्रभाव कायम गर्ने अमेरिकी कुटनीति जारी छ।
यही ३ जनवरी शुक्रवार बिहान इरानको ईलाइट क्वाडस् सेनाका प्रमुख कासिम सुलेमानीलाई इराकको बग्दादमा अमेरीकी ड्रोन आक्रमणमा मारिएपछि ईरान र अमेरीकाबीच मध्यपूर्वमा तनाव शुरुभएको हो । बुधबार इरानले प्रतिशोध स्वरुप इराकका दुई अमेरीकाको नेतृत्वमा रहेको गठबन्धन सेनाका दुई सैनिक शिविरमा १५ मिसाईल प्रहार गरेको छ । यो आक्रमणमा ४० जना अमेरीकी सैनिकहरु मारिएको इरानले दावी गरेको छ । इरानले भने यो प्रहार अमेरीकालाई ”थप्पड“ भएको जनाएको छ । अमेरीकाले भने उक्त ईरानी आक्रमणमा खासै क्षती नभएको प्रतिक्रिया बुधवार अपरान्ह अमेरीकाले दिएको छ ।
यसअघि नै इरानका ५२ स्थानहरु आफ्नो निशानामा रहेको बताईसकेको छ । धेरैले इरान प्रतिशोधकोलागि कुटनीतिक माध्यमबाट अगाडि बढ्ने अनुमान गरेका थिए । उसको मिसाई आक्रमणले अब सामरिक युद्ध शुरु भएको देखिएको छ । अमेरीकाले आगामी कदमहरु उच्च समरिकस्तरको चाल्ने अनुमान पनि धेरैको छ । अमेरीकाले फेरि प्रतिशोधमुलक सैन्य कार्यवाही अगाडि बढाएमा मध्यपूर्व युद्ध चपेटामा पर्ने छ ।
इरानको पक्षमा रहन सक्ने भनिएका रुस चीन भारत जस्ता शक्तिशाली देशहरु पहिलो चरणमा नै युद्धमा आउने पक्षमा छैनन् । अमेरीका नेटोलाई साथमा लिएर इरानसंग युद्ध गर्न अगाडि सर्ने स्थिति आयो र युद्ध विस्तारित हुँदै गएमा विश्व सामरिक हिसावले विभाजित हुने अवस्था आउन सक्दछ । सामरिक प्रभाव भन्दा आर्थिक स्वार्थहरु बढी प्रभावकारी भएको वर्तमानमा विश्वयुद्धस्तरको तनाव उत्पन्न नहुन सक्दछ । पहिलो प्रयासमा इरान र अमेरीकालाई यस्ता सैनिक कार्यवाहीहरु अगाडि नबढाउन अन्य शक्ति राष्ट्रहरुले दबाव दिईरहेका छन् । यसमा भारत जस्ता अमेरीका र इरान दुवैसंग राम्रो सम्बन्ध भएका देशहरुको महत्वपूर्ण भूमिका रहन सक्ने देखिन्छ । मध्यपूर्वमा रहेका अमेरीकी गठबन्धनको बाक्लो सैन्य आधारहरुबाट इरानसंग शक्तिशाली युद्ध गर्ने क्षमता अमेरीकासंग छ । यो कुरा ईरानीहरु प्नि राम्रोसंग जान्दछन् । अमेरीका पनि इरानसंग प्रत्यक्ष युद्धमा होमिएर मध्यपूर्वमा झन् अस्थिरता ल्याउने हो भने आफ्नो दीर्घकालिक स्वार्थमा बाधा पुग्ने जोखिम मोल्न तयार हुन देखिंदैन । तर, त्यहाँ उसले आफ्नो अहिले रहेको आफ्नो वर्चस्व भने गुम्न दिने छैन । त्यसकालागि उसले आफ्नो सक्रियता भने बढाउने देखिन्छ । आफ्नो प्रभावलाई कायम राख्दै खर्चिलो सैन्य संरचनालाई कटौती गर्दै प्रविधियुक्त छरितो सैन्य आधारहरु बनाउने अमेरिकी योजनामा ट्रम्प सत्तामा आएदेखि कै योजना रहेको हो । वरपर फैलिएको इरान समर्थित मिलिशियाहरुको ठूलो शक्ति र आईएसआईको चुनौतिका कारण ट्रम्पको योजना हाललाई स्थगित हुने संभावना बढ्दो छ । मध्यपूर्वमा अस्थिरताले आईएसआई जस्ता अतिवादी संगठनले टाउको उठाउने संभावना पनि टड्कारो देखिन्छ । जो शिया समुदायको वर्चस्व रहेको इरान इराक र अमेरीकाकालागि पनि समस्या हुनेछ । जे होस् , लामो युद्ध झेल्न पर्ने अवस्था आयो भने कसैकालागि पनि हित नहुने स्थिति दुवैले बुझेको हुनु पर्दछ ।
यसै तनावकाबीच तेहरानबाट युक्रेनको किवकालागि उडेको विमान तेहरान नजिकै दुर्घटनाग्रस्त भएर १ सय ७६ यात्रुहरुको निधन भएको छ । इरानले पनि आफ्नो प्रारम्भिक प्रतिक्रियामा अमेरीकालाई दोष नदिएर प्रविधिक त्रुटीको आशंका रहेको बताएको छ । यो दुर्घटना यसै तनावको परिणती हो वा होईन भन्ने अझै प्रष्ट भएको छैन ।
यदि युद्ध हुने नै भयो भने इरानले अमेरीका विरुद्ध लक्ष्यित आफ्ना आक्रमणहरुलाई साउदी अरेबिया र कुवेत र ईजराइलसम्म विस्तार गर्ने देखिन्छ । यस्तै भयो भने खाडीमा क्षेत्रियस्तरको युद्ध चर्किने झिनो संभावना अझै पनि छ ।
इरानसंग अमेरीकाको विवाद सन् २०१८मा अमेरिका परमाणु सम्झौताबाट पछाडि हटेपछि गहिरिंदै गएको थियो । केही महिना पहिला इरानले खाडी क्षेत्रमा एउटा तेलवाहक पानीजहाज समेत आफ्नो क्षेत्रमा प्रवेश गरेको भन्दै समातेर केही समयपछि छोडिदिएको थियो ।
दिसम्बरको अन्ततिर इराकको क्रिकुकमा अमेरीकाले गरेको आक्रमणमा इराकी र इरानी शिया मिलिशियाहरु मरिएपछि इराकमा पनि अमेरीका विरुद्ध आक्रोश फैलिएको थियो । आक्रोशित मिलिशियाहरु इराकी सर्वसाधरणले कडा सुरक्षाबीच रहेको अमेरीकी दुतावासमा प्रवेश गरी आगजनी र तोडफोड गरेका थिए । इराकी गार्डहरुले समेत उनिहरुलाई रोक्ने प्रयास नगर्नुलाई इराकी समर्थनका रुपमा अथ्र्याईएको थियो ।
सन् २०१५मा अमेरीका लगायत अन्य शक्ति राष्ट्रहरु र इरानबीच इरानले आफ्ना परमाणु कार्यक्रमहरुलाई स्थगित गर्ने सहमति भएको थियो जसबाट ईरानमाथि लागाईएको व्यापारिक प्रतिबन्ध हटाउने जस्ता प्रावधानहरु थिए तर अमेरीकाले तीन वर्षपछि एकपक्षिय रुपमा आफुलाई सहमतीबाट अलग्गिएको घोषणा गरेपछि दुई देश बीच सम्बन्ध चिसिंदै आएको थियो । यसबीच ईरानलाई एक्लो बनाउन अमेरीकाले आफ्नो प्रभावको हरसंभव प्रयास गर्दै आएको थियो । सुलेमानीको हत्याले मुठभेड निम्त्याएको छ । आक्रमणमा इराकको पपुलर मोविलाईजेशन फोर्सका उपकमाण्डर अबु महादी अल मुहान्दीस लगायत अन्य आठजना सर्वसाधरणको पनि मृत्यु भएको छ । यो घटनाले इरानमा मात्र होइन इराकमा पनि अमेरीका विरुद्ध थप आक्रोश भड्किएको छ । ह्वाईटहाउसले सुलेमानी अमेरीका विरोधी आतंककारी भएकोले मारिएको बताएको छ ।
इरानले अमेरीकासंग सुलेमानीको हत्याको बलदा लिईने खरो प्रतिक्रिया दिएको छ । इरानले पनि इराकस्थित अमेरीकी सैनिक अखाडामा मिशाईल प्रहार गरेको समाचारमा जनाईएको छ तर त्यसको पुष्टि भने भएको छैन । इरानी सवोच्च नेता आयतोल्ला अली खोमीनाइले सुलेमानीको पदमा मेजर जनरल इस्माईल घानीलाई नियुक्त गरीसकेका छन् । इराकी संसदले आफ्नो देशमा रहँदैआएकोे ५००० सैनिकहरु फिर्ता पठाउने प्रस्ताव जनवरी ५मा पारित गरिेको छ । संसदको यो प्रस्ताव अमेरीकाकालागि वाध्यकारी नहुने ठानिएको छ । ट्रम्पले इराकले अमेरीकाको लागेको खर्च तिरेपछि मात्र फिर्ता लैजाने नत्र आफ्ना सैनिकहरु इराकमा नै रहिरहने तल्लोस्तरको मन्तव्य दिएका छन् । अमेरीकाको संसदमा पनि पक्ष र विपक्षमा मत विभाजन हुने देखिंदै छ । अमेरीकी संसदको विदेश समितिले संविधानको हवाला दिंदै युद्धको विषयमा निर्णय लिने अधिकार राष्ट्रपतिमा होईन अमेरिकी काँग्रेसमा निहित रहेको जनाएको छ ।
ब्रसेल्समा अमेरीकी सैनिक गठबन्धन नेटोको बैठक बोलाईएको छ । अमरीकाको सहयोगी राष्ट्र बेलायतले मध्यपूर्व देखिएको नयाँ तनावले आईएसआईले फेरि टाउको उठाउने संभावनालाई ख्यालमा राख्नु पर्ने सुझाव दिएको छ । ईरानले परमाणु कार्यक्रम स्थगित गर्ने २०१५को समझौता आफुले नमान्ने प्रतिकिया दिएको छ । जर्मन चांसलर एन्जेला मार्केलको यसै समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसंग रुसमा भेटवार्ता हुने कार्यक्रम रहेको छ । यस अवसरमा मध्यपूर्वको बदलिंदो तनावपूर्ण स्थितिबारे विर्मश हुने आँकलन गरिएको छ । फ्राँस र अमेरीकाबीच पनि दुईपक्षिय व्यापारलाई लिएर अन्तरविरोध चर्किएको छ । फ्राँसले मतभेदलाई विश्व व्यापार संगठनमा लैजाने संकेत दिएको छ । यो परिस्थितिमा मध्यपूर्वको वर्तमान समस्यामा फ्राँसले अमेरीकाको पक्षमा कस्तो अडान लिने हो स्पष्ट भै सकेको छैन तर फ्राँस विदेश उपमन्त्रि इमायल डे मोन्शेलिनले युद्धको परिणती खतरनाक हुने बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले विश्वले युद्ध झेल्न नसक्ने बताउँदै सम्बन्धित पक्षहरुलाई शंयम अपनाउन आह्वान गरेका छन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.