कोरोना संक्रमणको जोखिम बढ्दो
कोरोना भाइरसको संक्रमण चीन बाहिर द्रुत गतिमा फैलिंदै छ । इटली र इरान अहिले संक्रमणको डरलाग्दो स्थितिको सामना गरिरहेका छन् ।
कोरोना भाइरसको प्रकोप अब लगभग विश्वभरीका अधिकाँश देशहरुमा फैलिसकेकोे छ । विश्व स्वास्थ्य संगठन WHO ले मार्चको दोस्त्रो साता यसलाई महामारी घोषित गरिसकेको छ । यससंगै संक्रमण विरुद्धको सक्रियता विश्वका सबै देशहरुमा देखिएको छ । गत फरवरी ११ देखि यो भाईरसलाई CRONA-19 को नाम पनि दिईएको छ । विश्वमा १९ मार्च २०२०मा आएको अपडेट अनुशार ९हजार ३ सय ३ मानिसहरुको यो महामारीबाट ज्यान गएको छ भने २लाख २७ हजार ५ सय ७१ मानिसहरु संक्रमित भएका छन् । यसमा पछिल्लो संक्रमण संख्या १ लाख ३२ हजार २ सय ९७ रहेको छ । चीन्ताजनक अवस्थामा नरहेका संक्रमितहरुको संख्या १लाख २५ हजार ३ सय ५९ रहेका छन् भने ६ हजार ९ सय ३८ जना चिन्ताजनक अवस्थामा छन् । ८५ हजार ९ सय ७१ जना कोरोना संक्रमितहरु स्वस्थ्य लाभ गरी घर फर्किएका छन् । यो संख्यामा ठूलो हिस्सा चीनको छ । हालसम्म यो संक्रमण विश्वका १ सय ६२ देशमा पुगेको छ । उपचारमा रहेकाहरु मध्ये ६ प्रतिशतको स्थिति भने अझै चिन्ताजनक रहेको बताईएको छ ।
दक्षिण एशियाको पछिल्लो अवस्था पनि सतर्क रहनु पर्ने नै छ । पाकिस्तानमा ३४ नयाँ संक्रमित भएका छन् । त्यहाँ जम्मा संक्रमितको संख्या ३ सय ८० नाघेको छ भने २ जनाको मृत्यु भएको छ । दक्षिण एशियाको सबै भन्दा ठुलो नेपालको दक्षिणी छिमेकी देश भारतमा संक्रमणको संख्या २ नाघेको छ । जसमा पछिल्लो संक्रमण संख्या २८ रहेको देखाईएको छ । भारतमा ४ जनाको मृत्यु भएको छ । श्रीलंकामा जम्मा संक्रमण संख्या ६० नाघेको छ भने पछिल्लो संक्रमण संख्या ९ छ । अफगानिस्तानमा २२ जना संक्रमित भएका छन् । बंगलादेशमा पछिल्लो थप संक्रमण संख्या ४ छ भने कुल संक्रमण संख्या २० नाघेको छ । त्यहाँ १ जनाको मृत्यु भएको छ । यसै गरी नेपालमा १ र भुटानमा १ जना संक्रमित भएका छन् । नेपालमा संक्रमित चीनबाट आएका एकजना उपचारपछि एक महिना पहिल्यै घर फर्किसकेका छन् । भुटानमा संक्रमित एकजना अमेरीकी नागरीक स्वदेश फर्केको भन्ने सुचना विभिन्न श्रोतहरुले दिएका थिए ।
चीनको उहानबाट फैलिएको कोरोना भाईरसको प्रकोप भने फरवरी दोस्रो सातापछि क्रमश कम हुँदै आएको छ । चीनले अब यो लगभग नियन्त्रणको स्थितिमा पुगेको दावी गरेको छ तैपनि जोखिम भने अझै कायमै छ । संक्रमण र त्यसबाट हुने मृत्युको अहिलेको संख्या भने उत्कर्षको समयमा भन्दा निक्कै कम भएको छ । १९ मार्चको अपडेट अनुशार चीनमा थप ८जनाको मृत्यु भएको सुचना आईरहेका छन् । योसंगै चीनमा मृत्यु हुनेहरुको कुल संख्या ३ हजार २ सय ४५ नाघेकोे छ । चीनमा नयाँ संक्रमितको संख्या ३४ छ भने कुल संक्रमण ८० हजार ९ सय २८ रहेको छ । चीनमा ७० हजार ४ सय २० स्वास्थ्य लाभ गरी घर फर्केका छन् । फरवरीका मध्यसम्म भयानक स्थिति रहेको चीनको अवस्था त्यसपछि भने क्रमिक रुपमा घट्दै गएकोे छ । अब यसको प्रकोप इटली र इरानतिर सरेको देखिएको छ । नयाँ रुझान हेर्दा यसको केन्द्रविन्दु युरोपतिर सरेको देखिंदै छ । इटली चीनपछि सबै भन्दा बढी प्रभावित देश बनको छ । चीनमा कोरोनाले ताण्डव मच्चाई रहँदा पश्चिमा देशहरुमा त्यति साह्रो सक्रियता नदेखिनु र चीनमा मत्थर हुँदै गर्दा ईटली र अन्यत्र संक्रमण बढ्न थालेपछि यसलाई महामारी घोषणा गरी सक्रियता बढाइनुलाई पनि आश्चर्यका रुपमा लिईएको छ । जे होस् ढिलै भएपनि यो सक्रियतालाई अन्यथा मान्न अहिले उचित देखिंदैन ।
यो महामारीले विश्वको अर्थतन्त्र, कुटनीति र सामाजिक रितीथितिहरुमा समेत व्यापक प्रभाव पर्ने देखिएको छ । सिमानाहरु बन्द वा कडा नियन्त्रणले आर्थिक गतिविधिमा व्यापक मन्दी आउने निश्चित छ । यसको नकारात्मक प्रभावबाट बच्न सामूहिक प्रयास हुन थालेका छन् । चीनले पनि संक्रमणसंग जुध्न प्रयोग गरेको अनुभवबाट अरुले पनि लाभ लिन चाहेको देखिंदै छ ।
भाइरसको आतंकबाट बच्न मानिसहरुको आवतजावतलाई नियन्त्रण गर्नु पर्ने अवस्थाले हवाई उडानहरु बन्द गर्नु पर्ने, सिमानाहरु बन्द वा कडा नियन्त्रण गर्नु पर्ने भएको छ । मानिसहरुलाई सामुहिक गतिविधिमा लाग्न हतोत्साहित गर्नु पर्ने भएको छ । यसले दुनियाको अर्थतन्त्रमा भयानक मन्दीको संकेत देखिएको छ । पर्यटन, वैदेशिक रोजगार र अन्तरराष्टिय व्यापार नराम्रो असर पर्ने अर्थविदहरुले बताई रहेका छन् । यसबाट बच्न भाईरसको संक्रमणबाट बच्न गरिएको प्रयास भन्दा धेरै ठुलो सामूहिक प्रयासको छ ।
भारतका प्रधानमंत्री नरेन्द्र मोदीले सार्कका देशहरुसंग संक्रमणलाई रोक्न सराहनिय सामुहिक प्रयासको थालनि गरेका छन् । भारत पाकिस्तानबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहिआएकोमा अहिले कोरोना संक्रमण प्रतिरोध गर्ने नाममा सहकार्यको थालनिले नयाँ संकेत दिएको छ । सार्क राष्ट्रबीच यसै विषयलाई लिएर भिडियो कन्फ्रेस भएको छ । यसमा भारतले सहकार्यका लागि साझा कोषको प्रस्ताव गरेको छ । अन्तरराष्ट्रिय मंचमा एकअर्कालाई जायज नाजायज ढंगबाट एक्ल्याउने रणनीति अपनाउँदै आएका दक्षिण एशियाका यी जुम्ल्याहा देशहरु साझा मंचमा एउटै उद्देश्यकालागि सामेल भएका छन् । यीनको अस्वस्थ्य सम्बन्धले गर्दा ओझेलमा परेको सार्कको यतिबेला खाँचो महसुस हुनुलाई सकारात्मक मान्न सकिन्छ । भिडियो कन्फ्रेनसमा पाकिस्तानका प्रतिनिधिले कश्मीरको उल्लेख गरेको भन्ने टिप्पणी भारतीय मिडियाले गरेका छन् । नेपालले अध्यक्षका नाताले सार्कलाई सुचारु बनाउन गरेको पहल लामो समयदेखि सफल हुन सकेको थिएन । संवेदनशील यो समयमा पुराना तुषहरुलाई पाखा लगाएर हातेमालो गर्नुमा नै सबैको भलो हुने कुरा सबैले बझ्न आवश्यक छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.