कोरोना महामारीमा नेपालको अवस्था के छ ?

नेपालले समयमै विश्व बजारबाट आवश्य सामाग्रीहरु ल्याएर देशभरी सामुहिक परिक्षण शुरु गर्न सक्ने हो भने स्थिति नियन्त्रणमा नै रहने छ ।
पश्चिम नेपालमा बाहिरबाट आएका संक्रमित व्यक्तिबाट यहीं रहँदैआएको मानिसमा संक्रमण देखिएपछि नेपाल कोरोना अर्थात् COVID-19 संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । यसबेलासम्म बिदेशबाट आएका मानिसहरुमा मात्र संक्रमण देखिंदै आएको थियो । यो भनेको पहिलो चरणको अवस्था थियो । जनवरी १३ मा संक्रमणले ग्रस्त चीनको उहानबाट नेपाल आएका एकजना ३२ वर्षिय नेपाली युवकमा पहिलो पटक कोरोना भेटिएको थियो । यो संख्या लामो समय कायमै रह्यो । यो समयमा नेपाल ग्रीन जोनमा रहेको वा अब संक्रमणको ठुलो समस्या नआउला कि भन्ने पनि सोचिएको थियो । उत्तरतिर, चीनमा सबैभन्दा प्रभावित तथा कोरोना संक्रमणको उद्गम स्थल उहान संक्रमणको चपेटामा पर्दै गएको भए पनि त्यो ठाँऊँ  धेरै टाढा रहेको, हिमाल पारी तिब्बतमा पनि त्यसबेलासम्म दुई जनामा भन्दा संक्रमण नभएका र हिमालय अनि चीनतिरको आवत जावत सिमाबाट निक्कै कम रहेकोले उत्तरतिरबाट सुरक्षित रहेको आभाष नेपालीहरुले गरेका थिए । त्यसपछि हवाईसेवा बन्द भएपछि त्यताबाट उतिसारो चिन्ता हुँदैन र दक्षिणतिरको खुल्ला सिमानाले प्रत्यक्ष प्रभाव पार्ला कि भन्ने भए पनि त्यहाँ त्यसबेलासम्म खासै संक्रमण नभएकोले पनि आत्तिने स्थिति थिएन । समग्रमा चीनमा फैलिएको यो संक्रमण त्यहिं नै रोकिने छ भन्ने विश्वास बाँकी विश्वलाई नै थियो । त्यसैले यसलाई चीनको समस्याका रुपमा धेरैले लिएका थिए ।


जनवरी २२ सम्म आईपुग्दा चीनमा ५७१ जनामा संक्रमण देखिएको थियो भने १७ जनाको मृत्यु भै सकेको थियो । भारतमा ३० जनवरीमा पहिलो कोरोना संक्रमण देखिएको थियो  भने ८ मार्चसम्म आई पुग्दा यो संख्या ४० पुगिसकेको थियो । त्यहाँ १२ मार्चमा पहिलो मृत्यु भएको थियो । नेपालमा झण्डै दुई महिनापछि २३ मार्चमा आएर मात्र दोस्रो संक्रमण देखिएको थियो । चीनतिरबाट वा भारत बाहेकका देशहरुबाट हवाईयात्राबाट आउने मानिसहरुबाट नै नेपालमा संक्रमण हुनसक्ने भन्ने पहिलो बुझाई थियो । WHO ले ३० जनवरीका दिन कोरोना संक्रमणको स्थितिले गर्दा सार्वजनिक स्वास्थ्य संकट ए ज् भ्  गरिसकेको भएपनि चीनबाहेक अन्यत्र खासै सक्रियता देखिएन । नेपालमा खासै समस्या नदेखिए पनि जोखिममा रहेको स्वास्थ्य सघंले बताईरहेको थियो । यतिखेरसम्म नेपालको उच्च तहमा केही छलफलहरु र आम मानिसहरुमा जिज्ञास भए पनि केही पनि पूर्वतयारी थिएन । तर, यसबीचमा धेरैजसो सामाजिक संजालमा आउने विभिन्न खाले जानकारीहरुले आममानिसमा अन्योैलता थप्यो ।
    
फरवरीको मध्यसम्म चीनमा संक्रमण उत्कर्षमा थियो भने यो अपेक्षा विपरीत युरोपतिर पनि द्रुत गतिमा फैलिंदै गयो । मार्च १० सम्म आईपुग्दा इटलीमा १०१४९ जना संक्रमित र ६३१ जनाको ज्यान गैसकेको थियो । इरानमा ८०४२ जना संक्रमित थिए भने  २९१ जनाको मृत्यु भएको थियो । अमेरिकामा ९९४ संक्रमण तथा ३० मृत्युको संख्या थियो । छिमेकी देश भारतमा पनि संक्रमण ६२ पुगीसकेको थियो । त्यसपछि मात्र ११मार्चमा ध्ज्इ ले कोरोनालाई महामारी घोषणा ग¥यो । त्यसबेला विश्वमा  ११८३१९ संक्रमित भै सकेका थिए । जनवरीदेखि फैलिएको कोरोनालाई फरवरी बिती सक्दा पनि कोरोनाबारे धेरै देशहरुले कुनै सावधानी अपनाएकै थिएनन् ।

संक्रमणको जोखिम बढेपछि नेपालले पनि २३ मार्चबाट लकडाउनको घोषणा गर्यो । त्यसबेलासम्म भारतमा संक्रमण ४९९ पुगेको थियो भने नेपालमा २ मा सिमित थियो । यो स्थितिमा कोरोना संक्रमणको जाँच गर्ने सुविधा राजधानीको टेकु अस्पतालमा मात्र थियो । जबकि यसको सर्वशुलभता नितान्त आवश्यकता थियो । राजधानी बाहिरबाट जाँचकालागि काठमाण्डौ नै आउनु पर्ने वाध्यताले असहज बनाई रहेको नै थियो । परिक्षणमा प्रयोग हुने किटको अभाव थियो । पहिलो संक्रमितको परिक्षण नेपालमा नभएर हङकङमा गरिएको थियो ।  विश्व स्वास्थ्यले टेष्ट टेष्ट टेष्ट भन्दै यसको आवश्यकता बोध गराउन खोजिरहेको थियो । त्यसको व्यवस्था गर्नु पहिलो आवश्यकता थियो । केहि अस्पताल र स्थलहरुमा क्वारेन्टाईन, आईसोलेशन र आईसियुको व्यवस्था भएको जनाईएको भएपनि त्यसमा पूर्णता अझै थिएन । स्वास्थ्यकर्मीहरुको सूरक्षाका लागि चाहिने पीपीईको उपलब्धता नहुँदा अर्को ठूलो समस्या थियो । सन्त्रास यस्तो थियो कि सामान्य ज्वरो आएको विरामीलाई पनि चिकित्सकहरु उपचार गर्न मान्दैनथे । आकस्मिक रुपमा आएको यो महामारीको पूर्वतयारीले प्रथम चरणमा नै पुर्णता पाउने कुरा संभव पनि थिएन । चीनबाट उद्दार गरेर ल्याईएका विद्यार्थीलाई व्यवस्थित गर्ने कार्यले अलिकती अनुभव भने दिएको थियो । यतिबेला नेपालमा संक्रमितहरुको संख्या ९ पुगेको छ । यो संख्याले अझै सर्तकता अपनाउने हो भने स्थिति नियन्त्रणमा रहने आशा गर्न सकिन्छ । भारतमा संक्रमण ४३१४ पुगेको छ भने मृत्यु ११८ रहेको छ ।
 अन्तरराष्ट्रिय उडानहरु बन्द हुनु अगावै नेपाल आएकाहरुले संक्रमण ल्याएका हुनसक्ने डरलाग्दो संभावना कायम नै थियो र छ पनि । त्यसबेला आएका केहीमा संक्रमण देखिएपछि उनिहरुसंग सम्पर्क भएका वा भएका हुनसक्नेहरुको केही पहिचान भए पनि पुरै पहिचान अझै पाउन सकिएको छैन । यो समस्या नेपालमा मात्र नभएर अन्यत्र पनि चर्को रुपमा रहेको देखियो । लामो राजनीतिक अस्थिरताले गाँजेको नेपाली मानसिकतामा अझै अराजक प्रवृती कायम रहेकोले समस्यालाई तथ्यगत रुपमा बुझ्ने भन्दा संत्रासका रुपमा बुझ्ने र बुझाउने काम समेत भयो । अब समूहगत रुपमा नै छिटो परिक्षण गर्न सकिने प्रविधियुक्त ल्याबको खाँचो छ । दैनिक २०—३० परिक्षणले आवश्यकता पूर्ति गर्दैन बरु यो ढिलाईले संक्रमणलाई विकराल बनाउने संभावना हुन्छ ।

पछिल्लो पटक ल्याईएका केही सामानहरुले परिक्षण कार्यलाई केही फराकिलो पारेको छ । तर, ठेक्का सम्झौतामा अनियमितताको चर्को आरोप लागेपछि त्यसलाई रद्द गरिएको छ । विश्व स्वास्थ्य संगठनले विश्व बजारमा कोरोना नियन्त्रण सम्बन्धी समाग्री ४० प्रतिशत कम रहेको जनाएको छ ।

 राजनीतिक नेतृत्वप्रति आममानिसहरुको विश्वास घटेको हँुदा हरेक कुरामा शंका उपशंका हुने गरेको छ । नेपालमा राजनीतिक आडमा कमिशन संजाल हुर्कदै गएको यथार्थ हो । यसमा सजग हुन आवश्यक छ । यतिबेला सरकारले यो काम सेनालाई दिएको छ । विश्व बजारमा यतिबेला सामानको डरलाग्दो अभाव छ । जे भएपनि सामानहरु चाँडै ल्याउनुको विकल्प छैन ।

राज्य नयाँ संरचना गएसंगै जनताको घरदैलोसम्म प्रशासनिक मात्र नभएर निवाचित सरकारहरुको अर्को संयन्त्र पनि छ । त्यसलाई प्रयोग गरेर लकडाउनले मारमा पारेका तल्लोतहका जनतामा राहत पुर्याउनु पर्ने आवश्यकता छ । भारततिरबाट आएका  नेपालीहरु सिमानापरी बसेका छन् । उनलाई नेपाल आउन रोकिएको छ । भारतबाट आउनेहरुमा केही संक्रमित पनि देखिएका छन् । त्यसैले उनिहरुलाई रोक्नु कठोर तर उचित निर्णय हो । यो भावनात्मक विषय पनि हो । तीनीहरुलाई भारतीय पक्षले नेपालसंगको समझदारीमा क्वारेन्टाईनमा राखेको छ भने नेपालले त्यसैगरी भारतीयहरुलाई सिमानामा राखेको छ । तर पनि आफ्ना जनताको अवस्थाबारे सरोकार राख्ने काम गर्नु पर्दछ ।

सरकारले चालेका कदमहरु सकारात्मक देखिन्छन् तर त्यसमा दु्रतताको खाँचो छ । जनताले लकडाउनलाई स्वागत नै गरेको देखिएको छ । असल नियतका साथ काम गर्ने हो भने कुनै समस्या देखिंदैन ।                                 



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष