चीन र WHO को अमेरिका र बेलायत द्वारा आलोचना : UN महासभामा चर्काचर्की

कोरोना महामारीबीच ९ अप्रैलमा भएको UN को  बैठकमा अमेरीकाले चीनमाथि छानबीन हुनुपर्ने आशयको कुरा उठाएको थियो । तर चीनले दुनियामा आपत आईलागेको बेला कसैको मानमर्दन गरेर केही लाभ नहुने बरु संयुक्त रुपले समस्याको समाधानतिर लाग्नु पर्ने भन्दै विरोध गरेपछि स्थिति असामान्य भएको थियो । त्यस लगतै महासचिव एण्टेनियो गुटरेशले एक भएर लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको भन्दै समन्वय गर्न खोजेका छन् ।
   


कोरोना महामारीको उद्गम र केन्द्रविन्दु मानिएको चीनको उहान शहर यहि अप्रैल ७ तारीखका दिन ७६ दिनपछि लकडाउन मुक्त भएको छ । हज्जारौंको मृत्यु भोगेको यो शहर लकडाउनपछि को खुल्ला परिवेशमा जीवनका किरणहरु खोज्न बाहिर निस्किएको छ । चारदिवारीभित्र सिमित भएका
मानिसहरु खुशी हुँदै बाहिर निस्किएका छन् ।  यतिबेला चीनमा दैनिक संक्रमण र मृत्युदरमा ठूलो गिरावट आएको छ र पनि शुन्यको स्थिति भने आईसकेको छैन । त्यसैले लकडाउन खुले पनि सजगता भने भने अझै देख्न सकिन्छ । तर, चीन भने अब महामारी लगभग नियन्त्रणमा आईसकेको दावी गरिरहेको छ । त्यहाँका एकजना फोक्सो विशेषज्ञ झोङ नानसु भन्छन् चीनमा यो महामारी अप्रैल महिनाको अन्त्यसम्म पुरै नियन्त्रणमा आउने छ ।

       राजनीतिक बहुलतावादको अभ्यास नगरेको चीनले नियम पालनालाई प्राथमिकतामा राख्दै आएको हुनाले उसलाई अक्सर निरंकुश भनेर पनि आरोप लगाउने गरिदै आएको छ । यहि अनुशासन प्रधान चरित्र नै महामारीलाई परास्त गर्ने पहिलो अस्त्र बनेको कुरा बुझ्न गाह्रो छैन यतिबेला । महामारीको डरलाग्लो मार खेपेको उहानमा उज्यालोको किरण देखा परेको छ । यसले दुनियालाई कोरोना मानवबाट परास्त हुन्छ भन्ने शंदेश पनि दिएको छ । यद्यपि अमेरीका लगायतका देशहरु भने लगातार उसको यो सफलतालाई देखावटी बताई रहेका छन् ।



चीन भने अब दुनियाका कोरोनाबाट पिडित देशहरुलाई मेडिकल सामाग्रीहरु र चिनिया जनशक्ति पठाई रहेको छ । चीनमा कोरोनाको महामारी उत्कर्षमा पुगिरहेको बेलासम्म कतिपय विष्लेशकहरु अब ड्रगनको विश्व महाशक्ति बन्ने सपना चकनाचुर भएको बताऊँदै आईरहेका थिए । तर, यतिबेला दुनियाँका महामारी पिडित देशहरुलाई उसले बढाएको सहयोगी हातहरुका कारण उसले दुनियामा सहानुभूति पाउने पो हो कि त्रास अमरीकी खेमामा देखा परेको छ । हुनपनि चीनले पिडितहरुलाई तपाईहरु एक्लो हुनुहुन्न हामी तपाईको दुःखमा साथ छौं भन्दैआएको छ ।


 चीनले मानविय सहयोगका नाममा पश्चिमाहरुलाई पछि पार्ने र आफ्नो प्रभुत्वलाई स्थापित गर्ने कुटील चाल चलेको आरोप लगाई रहेका छन् । चीनले सहयोग स्वरुप दिएका केही सामानहरु कमसल रहेको भन्दै फ्राँस, स्पेन र टर्की जस्ता देशहरुले गुनासो गरेका खबरहरु पनि आईरहेका छन् । यसलाई लिएर चीनले दिएका सामानहरु कमसल रहेको प्रचार पनि उत्तीकै छ । गार्जियनले दिएको समाचार अनुशार ब्राजिलका एक मंत्रीले कोरोना महामारी दुनियामा प्रभुत्व जमाउनका लागि सृजना गरिएको हो त्यसैले चीनबाट सामान नल्याउने, ल्याउन परेछ भने चिनिया दुतावास अगाडि घुँडा टेकेर माफी माग्ने छु भन्दै कडा प्रतिक्रिया दिएका छन् । चीनलाई यतिबेला सहयोगको कुटनीति अगाडि बढाउनै पर्ने आवश्यकता पनि छ । किनभने दुनियाका धेरै देशहरुमा चिनिया लगानी र बजार रहेको छ, त्यसलाई जोगाउनै पर्ने वाध्यता चीनमाथि छ । त्यो बजार खोसिने र लगानी डुब्ने हो भने चीनलाई आर्थिक अप्ठ्यारो पर्ने निश्चित छ । यो कुरा राम्ररी बुझेको चीनले यतिबेला सकेसम्म नरम हुने नीति लिएको छ ।

 उत्पादनमा टिकेको चिनिया अर्थ तन्त्रलाई चीन बाहिरको बजार र लगानीलाई छिन्नभिन्न पारिदिने हो भने चीन धराशायी हुने कुरा बुझेका अमेरीका लगायतका देशहरुले चीन विरुद्ध अहिले प्रमाणित भन्दा शंकाकै भरमा भएपनि प्रोपोगान्डा चलाउनै पर्ने आवश्यकता महसुस भएको हुन सक्छ । इटालीका प्रधानमंत्रीले चीनमाथि नै सहयोगकालागि किन भर पर्नु परेको हो भन्ने प्रश्नको जवाफ दिंदै अन्यत्रबाट सहयोग आउने स्थिति नभएपछि मानिसहरुलाई मर्नबाट जोगाउनै पर्ने बाध्यता हाम्रो सामु थियो भनेका छन् । हुन पनि केही दिन अघि सर्वियाका राष्ट्रपति अलेक्सान्द्र बुसीले यो दुःखको बेला अरु कसैले होईन चीनले मात्र सर्वियालाई साथ र सहयोग दिन सक्छ, युरोपियन सोलिडारिटी जस्ता कुरा अब कागजमा मात्र रहेको बताएर सबैलाई आश्चर्यमा पारिदिए यसैले । चीनको सहयोग यतिबेला धेरैकालागि वाध्यता पनि बन्न गएको छ ।


अमेरिकी खेमा चीनबाट सहयोग नलिन दबाव दिईरहेका छन् । ती देशहरु स्वयं पनि यतिखेर आवश्यक सामानहरुको डरलाग्दो अभावको सामना गरिरहेका छन् स्वयम् अमेरीकाले निजी क्षेत्रबाट चर्को मुल्य तिरेर जर्मनीको बर्लिन प्रहरीले लैजान लोड गरेको २लाख थान मास्क लगायतका सामान लैजान दिएको छैन । जर्मनीले अमेरीकाको यो शैलीलाई डकैतीको संज्ञा दिएको छ । फ्राँसले चीनको नीजि क्षेत्रबाट किनेको मास्क पनि अमेरिकाले खोसेको छ । केही दिन पहिला भारतले निर्यात गर्न प्रतिबन्ध लगाएको मलेरियाको औषधी हाईड्रोक्सी क्लोरोक्वीन नामक औषधी नदिए कार्यवाहि गर्ने धम्की डोनाल्ड ट्रम्पले ५ अप्रैलमा भारतलाई दिएका छन् । बीबीसीका अनुशार यो औषधीको कोरोनाका बिरामी मााथिको पहिलो परिक्षण प्रयोग चीनले गरेको थियो, भारतका डाक्टरहरुले राजस्थानमा यसको परिक्षण प्रयोग गरेका थिए । अन्यत्र पनि यसको परिक्षण प्रयोग भैरहेको बताइएको थियो । यसले केही सफल परिणम दिएको दावी भारतीय डाक्टरहरुले दिएका थिए । यहि दौरानमा अमेरीकाले यो औषधी भारतबाट आयात गर्ने प्रयास गरेको हो । भारत जस्तो अमेरीका निकटको देशलाई समेत ट्रम्पले दिएको धम्किले सबैलाई आश्चर्यमा पारेको छ । भारतले भने अन्ततः अमेरीकालाई औषधी दिने निर्णय गरेको छ।
    
 अब विश्व स्वास्थ्य संगठन पनि आरोप अमेरीकी खेमाको तारो बन्न पुगेको छ । उनिहरुले विश्वलाई कोरोनावारेको सुचना लुकाउने चीनको मनाशयको विश्व स्वास्थ्य संगठनले वेवास्ता गरेको आरोप लगाएका छन् । चिनिया सुत्रका अनुशार बेलायत स्थित चिनिया दुतावासका मंत्री मा हुईले भने सबै सुचनाहरु विश्व स्वास्थ्य संगठन र अरुलाई पनि नलुकाएको एक अन्तरवार्तामा बताएका छन् । बेलायत र अमेरीकाले WHO  असफल भएको हुनाले वैकल्पिक संस्थाको आवश्यक रहेको बताएका छन् । यो प्रस्ताव संयुक्त राष्ट्रसंधको विदेश मामिला हेर्ने निकायमा राखेको जनाइएको छ । बेलायतको विदेश मामिला सम्बन्धी समितिले एउटा संयुक्त संस्था बनाउन पर्ने जनाएको छ । यस बाहेक दुनियामा कोरोनाले गरेको संहारको क्षतिपूर्ति चीनबाट दिलाउने प्रयास पनि गरिंदै छ । विश्व स्वास्थ्य संगठनका प्रमुख  टेरडोस एड्नोमले संकटमा राजनीतिक स्वार्थ र जातिवादी रंगभेद जस्ता कुरामा नअल्मलिईकन एक भएर समस्यासंग जुद्धन आह्वान गरेका छन् ।

यस्तो स्थितिले कोरोना महामारीले आगामी दिनहरुमा कुटनीतिक, आर्थिक तथा शक्ति संतुलनमा ठूलो प्रभाव पार्ने अनुमान गर्न गाह्रो छैन ।      

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष