नेपाललाई दुवै छिमेकीहरुबाट सम्प्रभूताको सम्मान चाहिएकोे छ
नेपाल जस्तो सानो मुलुकलाई कमजोर देखाउन भैरहेका दुष्प्रचारको फोहोरमा रमाउने बेला होइन यो । त्यसैले सबै नेपालीहरु सजग रहन आवश्यक छ । यतिबेला अरु पनि लिपुलेक कालापानी जस्ता घाऊहरु नबल्झिउन भनेर सचेत रहँदै आफ्नो संम्प्रभूताको रक्षा गर्न आवश्यक छ ।
भारतसंग सिमानामा विवाद चलिरहेकै बेला उत्तरतिरको नेपालप्रति शालिन जस्तो देखिंदै आएको चीनले पनि सिमानामा अतिक्रमण गरेको खबर संचार माध्यममा देखिएको छ । नेपाली काँग्रेसले यस विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता गराएको संचार माध्यमहरुले जनाएका छन् । कसैलाई एक इंन्च जमिन नछोड्ने कुरा प्रधानमंत्रीले पटक पटक भन्दै आएका छन् । त्यसैले जमिन मिचिएकै हो भने चीनलाई उन्मुक्ति दिने कुरा किमार्थ सैह्य हुन सक्दैन र यस विषयमा सरकारले बेईजिङसंग पनि कडाई साथ पेश हुन आवश्यक छ ।
यस प्रकरणमा हालै नेपाल सरकारले चीनसंग सिमानामा कुनै उल्लेख्य विवाद नरहेको जानकारी दिईसकेको छ । नेपाल र चीनबीचको सिमाङकन को विषय शुरुका दिनहरुमा निक्कै सौहार्दता साथ सम्पन्न भएको थियो । त्यसको तुलनामा भारतसंगको सिमाङकन प्रकृया नेपालकालागि पिडादायक छ ।
नेपालले भारतले कालापानी लिम्पियाधुरामाथि गरेको कब्जाका विरुद्ध अडान लिईरहेका बेला नेपाल चीनको उकसाहटमा लागेर भारतसंग निहुँ खोजिरहेको कुप्रचार गरिरहेका दक्षिणतिरका उत्ताउला मिडियाहरु चीनले नेपालको सिमाना मिचेको भन्ने खबर सुन्ना साथ एकाएक बौरिन थालेका छन् । अब उनिहरु चीनले गरेको अतिक्रमणलाई भारतले नेपालको भूमिमा सन् १९६२ देखि सैनिक ब्यारेक नै बनाएर कब्जा गरेको जघन्य अपराधलाई समान्य बनाउने कोशिश गरिरहेका छन् । जबजब भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा नेपालमा विरोध बढ्ने गर्दछ त्यतिखेर नै चीनले गरेको अतिक्रमणले पनि प्रचार पाउने गरेको छ । केही समय पहिला पनि भारतसंग विवाद भैरहेको बेला यही कुरा प्रचारमा ल्याईएको थियो । यस्तो काम भारतबाट मात्र होईन नेपालभित्रैबाट पनि हुने गरेको देखिंदै छ । यसभित्रको नियतलाई पनि शंकाको दृष्टिबाट हेर्नेहरु नेपालमा धेरै नै भेटिन्छन् । तर, यस्ता खबरहरुको यथार्थ के हो भन्नेबारे सरकारले जनतालाई तुरुन्त जवाफ दिनु पर्ने हुन्छ र स्थलगत अध्यायन थालिहाल्न जरुरी छ ।
नेपाल यस्तो एउटा देश हो जसका कुनै पनि अंग विदेशी हस्तक्षेपको पक्षघातबाट जोगिएको छैन । त्यसको सबैभन्दा ठूलो पीडक रोटी बेटी र बडेभाई छोटेभाईको राग अलाप्दै आएको भारत नै हो । त्यसैले त भारतका कुकृत्य विरुद्ध बोल्ने जमर्कोलाई अन्धोराष्ट्रवाद मान्ने ठुलै जमात नेपालमा कृयाशील छ । उसका अनुशार भारतले जे सुकै गरेपनि सहनु नै असली राष्ट्रवाद हो । उनिहरुका नजरमा हरतरहले भारत नेपालको एकमात्र प्रगतिशील मित्र हो । दुवै देशबीच समानताका आधारमा विवाद रहित सम्बन्ध बनाउन कुनै ठुलो समस्या देखिंदैन तर यसमा नेपाल होईन भारत नै बाधक रहिआएको छ । यथार्थ यही हो । त्यसैले नेपाली मानसिकता सँधै सन्त्रस्त रहँदै आएको देखिन्छ ।
असार १० गते कान्तिपुरको पहिलो पृष्ठमा प्रकाशित ‘चीनतर्फ पनि ७ जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारमा ‘नेपाल सरकार, कृषि मन्त्रालय’ को प्रतिवेदन भन्दै सरकारी स्रोतले झूटो दस्तावेज उपलब्ध गराएका कारण गम्भीर तथ्यगत त्रुटि हुन गएकामा हामी क्षमायाचना गर्दछौं।
https://ekantipur.com/news/2020/06/2
भारतको तुलनामा चीन धेरै सहृदय जस्तो देखिए पनि विश्वासै गरिहाल्ने परिस्थिति भने छैन । कालापानी लिम्पियाधुरा विवादमा चीनले सन २०१५मा लिपुलेकबाट व्यापार गर्न भारतसंग दुईपक्षिय सम्झौता गरेर नेपालप्रति बेइमानी गरेको प्रष्टै देखिन्छ । लिम्पियाधुरा कालापानी विवादमा चीनले भारत र नेपालको आपसी विवाद भनेर आफु पन्छिन खोजेको देखिन्छ । त्रिपक्षीय सिमा विन्दु निक्र्योलमा तीनैवटा देशको उपस्थिति आवश्यक हुन्छ जो अझसम्म भारतको दुराशयका कारण हुन सकेको छैन । यसमा चीनको आशयमा पनि शंका गर्नु आवश्यक छ । उ नेपालको शुभचिन्तक हो भने उसले सत्यलाई खुलासा गर्नै पर्दछ । नेपाललाई सत्य चाहिएको हो पक्ष होईन ।
चीनको चरीत्र विगत केही दशकदेखि फेरिएको छ । उ यतिबेला विश्वको महाशक्ति बन्ने ध्याउन्नमा छ । त्यस कारण उसको कुटनीतिमा व्यापक फेरबदल भएको छ । उसको कुटनीतिमा नेपालले आफ्नो हितलाई सुरक्षित गर्न सक्नु पर्दछ । त्यतिमात्र होईन चीनको सहकार्यले छिमेकी भारतलाई पनि असर पर्ने कार्य गरिनु हुँदैन र भारतसंगको सहकार्यले चीनलाई मर्कामा परिनु हँदैन । यहि नेपालको निम्ति उपयुक्त बाटो हो ।
भारतमाथिको अति विश्वासले नेपालमाथि थोपरिएको पीडा सबैले बुझेकै कुरा हो । भारतसंगको अतिविश्वासमा नेपालले आफु सार्वभौम देश भएको कहिल्यैै अनुभव गर्न नै पाएन । चीनको मामिलामा पनि त्यही इतिहास दोहोरिन हुँदैन ।
भारतका प्रधानमंत्री मोदीले “छिमेकी पहिला” को नारा दिए पनि नेपालका सन्दर्भमा उनि इन्दिरा गाँधी, राजीव गान्धी तिनले जग बसालेको नोकरशाही भन्दा अलग हुन सकेनन् । भारतले आफैले पाकिस्तानलाई पीडा दिन जन्माएको बाँगलादेश सम्बन्धलाई पनि अप्ठ्यारोमा पार्न छोडेन भने रोटी बेटी र साँस्कृतिक सम्बन्धका नाराले मात्र नेपाललाई किमार्थ सहज अवस्थामा रहने छैन । उसले भूटान जस्तो देशलाई समेत नाकाबन्दी गर्न पछि नपरेको इतिहास छ भने चीनले पनि मंगोलियामाथि नाकाबन्दी लगाएको थियो । दिल्लीले प्रचारबाजीका आधारमा कुटनीति संचालन गर्न खोजेको देखिंदै छ । योे उसकालागि प्रत्यूत्पादक हुदैछ । भारत र चीनले विभिन्न सहयोगका नाममा नेपालमाथि आफ्नो स्वार्थ लाद्न गरिने कार्य नेपाललाई अब आवश्यक छैन । नेपाललाई उनिहरुबाट नेपाली सार्वभौमताप्रतिको सम्मान मात्र चाहिएको छ ।
भारतसंग सिमानामा विवाद चलिरहेकै बेला उत्तरतिरको नेपालप्रति शालिन जस्तो देखिंदै आएको चीनले पनि सिमानामा अतिक्रमण गरेको खबर संचार माध्यममा देखिएको छ । नेपाली काँग्रेसले यस विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता गराएको संचार माध्यमहरुले जनाएका छन् । कसैलाई एक इंन्च जमिन नछोड्ने कुरा प्रधानमंत्रीले पटक पटक भन्दै आएका छन् । त्यसैले जमिन मिचिएकै हो भने चीनलाई उन्मुक्ति दिने कुरा किमार्थ सैह्य हुन सक्दैन र यस विषयमा सरकारले बेईजिङसंग पनि कडाई साथ पेश हुन आवश्यक छ ।
यस प्रकरणमा हालै नेपाल सरकारले चीनसंग सिमानामा कुनै उल्लेख्य विवाद नरहेको जानकारी दिईसकेको छ । नेपाल र चीनबीचको सिमाङकन को विषय शुरुका दिनहरुमा निक्कै सौहार्दता साथ सम्पन्न भएको थियो । त्यसको तुलनामा भारतसंगको सिमाङकन प्रकृया नेपालकालागि पिडादायक छ ।
नेपालले भारतले कालापानी लिम्पियाधुरामाथि गरेको कब्जाका विरुद्ध अडान लिईरहेका बेला नेपाल चीनको उकसाहटमा लागेर भारतसंग निहुँ खोजिरहेको कुप्रचार गरिरहेका दक्षिणतिरका उत्ताउला मिडियाहरु चीनले नेपालको सिमाना मिचेको भन्ने खबर सुन्ना साथ एकाएक बौरिन थालेका छन् । अब उनिहरु चीनले गरेको अतिक्रमणलाई भारतले नेपालको भूमिमा सन् १९६२ देखि सैनिक ब्यारेक नै बनाएर कब्जा गरेको जघन्य अपराधलाई समान्य बनाउने कोशिश गरिरहेका छन् । जबजब भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा नेपालमा विरोध बढ्ने गर्दछ त्यतिखेर नै चीनले गरेको अतिक्रमणले पनि प्रचार पाउने गरेको छ । केही समय पहिला पनि भारतसंग विवाद भैरहेको बेला यही कुरा प्रचारमा ल्याईएको थियो । यस्तो काम भारतबाट मात्र होईन नेपालभित्रैबाट पनि हुने गरेको देखिंदै छ । यसभित्रको नियतलाई पनि शंकाको दृष्टिबाट हेर्नेहरु नेपालमा धेरै नै भेटिन्छन् । तर, यस्ता खबरहरुको यथार्थ के हो भन्नेबारे सरकारले जनतालाई तुरुन्त जवाफ दिनु पर्ने हुन्छ र स्थलगत अध्यायन थालिहाल्न जरुरी छ ।

नेपाल यस्तो एउटा देश हो जसका कुनै पनि अंग विदेशी हस्तक्षेपको पक्षघातबाट जोगिएको छैन । त्यसको सबैभन्दा ठूलो पीडक रोटी बेटी र बडेभाई छोटेभाईको राग अलाप्दै आएको भारत नै हो । त्यसैले त भारतका कुकृत्य विरुद्ध बोल्ने जमर्कोलाई अन्धोराष्ट्रवाद मान्ने ठुलै जमात नेपालमा कृयाशील छ । उसका अनुशार भारतले जे सुकै गरेपनि सहनु नै असली राष्ट्रवाद हो । उनिहरुका नजरमा हरतरहले भारत नेपालको एकमात्र प्रगतिशील मित्र हो । दुवै देशबीच समानताका आधारमा विवाद रहित सम्बन्ध बनाउन कुनै ठुलो समस्या देखिंदैन तर यसमा नेपाल होईन भारत नै बाधक रहिआएको छ । यथार्थ यही हो । त्यसैले नेपाली मानसिकता सँधै सन्त्रस्त रहँदै आएको देखिन्छ ।

ekantipur
@ekantipur_com
·
भारतको तुलनामा चीन धेरै सहृदय जस्तो देखिए पनि विश्वासै गरिहाल्ने परिस्थिति भने छैन । कालापानी लिम्पियाधुरा विवादमा चीनले सन २०१५मा लिपुलेकबाट व्यापार गर्न भारतसंग दुईपक्षिय सम्झौता गरेर नेपालप्रति बेइमानी गरेको प्रष्टै देखिन्छ । लिम्पियाधुरा कालापानी विवादमा चीनले भारत र नेपालको आपसी विवाद भनेर आफु पन्छिन खोजेको देखिन्छ । त्रिपक्षीय सिमा विन्दु निक्र्योलमा तीनैवटा देशको उपस्थिति आवश्यक हुन्छ जो अझसम्म भारतको दुराशयका कारण हुन सकेको छैन । यसमा चीनको आशयमा पनि शंका गर्नु आवश्यक छ । उ नेपालको शुभचिन्तक हो भने उसले सत्यलाई खुलासा गर्नै पर्दछ । नेपाललाई सत्य चाहिएको हो पक्ष होईन ।
चीनको चरीत्र विगत केही दशकदेखि फेरिएको छ । उ यतिबेला विश्वको महाशक्ति बन्ने ध्याउन्नमा छ । त्यस कारण उसको कुटनीतिमा व्यापक फेरबदल भएको छ । उसको कुटनीतिमा नेपालले आफ्नो हितलाई सुरक्षित गर्न सक्नु पर्दछ । त्यतिमात्र होईन चीनको सहकार्यले छिमेकी भारतलाई पनि असर पर्ने कार्य गरिनु हुँदैन र भारतसंगको सहकार्यले चीनलाई मर्कामा परिनु हँदैन । यहि नेपालको निम्ति उपयुक्त बाटो हो ।
भारतमाथिको अति विश्वासले नेपालमाथि थोपरिएको पीडा सबैले बुझेकै कुरा हो । भारतसंगको अतिविश्वासमा नेपालले आफु सार्वभौम देश भएको कहिल्यैै अनुभव गर्न नै पाएन । चीनको मामिलामा पनि त्यही इतिहास दोहोरिन हुँदैन ।
भारतका प्रधानमंत्री मोदीले “छिमेकी पहिला” को नारा दिए पनि नेपालका सन्दर्भमा उनि इन्दिरा गाँधी, राजीव गान्धी तिनले जग बसालेको नोकरशाही भन्दा अलग हुन सकेनन् । भारतले आफैले पाकिस्तानलाई पीडा दिन जन्माएको बाँगलादेश सम्बन्धलाई पनि अप्ठ्यारोमा पार्न छोडेन भने रोटी बेटी र साँस्कृतिक सम्बन्धका नाराले मात्र नेपाललाई किमार्थ सहज अवस्थामा रहने छैन । उसले भूटान जस्तो देशलाई समेत नाकाबन्दी गर्न पछि नपरेको इतिहास छ भने चीनले पनि मंगोलियामाथि नाकाबन्दी लगाएको थियो । दिल्लीले प्रचारबाजीका आधारमा कुटनीति संचालन गर्न खोजेको देखिंदै छ । योे उसकालागि प्रत्यूत्पादक हुदैछ । भारत र चीनले विभिन्न सहयोगका नाममा नेपालमाथि आफ्नो स्वार्थ लाद्न गरिने कार्य नेपाललाई अब आवश्यक छैन । नेपाललाई उनिहरुबाट नेपाली सार्वभौमताप्रतिको सम्मान मात्र चाहिएको छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.