विचार : नेपाल कठिन रणनीतिक अवस्थामा , नेताहरू स्वार्थमा रुमल्लिए
नेपाल यतिबेला रणनीतिक हिसाबले निक्केै कठिन माेडमा देखिएको छ । चीनको बढ्दो शक्ति र उसलाई राेक्न लागिपरेका अन्य शक्ति केन्द्रकाेे बढ्दाे टकरावका कारण याे स्थिति देखापरेको हाे । तर, नेपालका राजनीतिक शक्तिहरु, यहाँकाेे बाैद्धिक जमात र सचेत भनिने जनमानसमा याे कठिन अवस्था बारे कुनै गम्भीरता देखिदैन । यस्तो समयमा तिनका अभिव्यक्ति, वादविवाद र गतिविधिहरु जानेर वा नजानेर विदेशी शक्तिकेेेन्द्रको सेवा गरिरहेका देखिन्छन जाेे नेेेपाललाइ निरन्तर अस्थिर बनाउन चाहान्छन । फेरिएको अवस्था
पन्चायत कालमा नेपालमाथि भारत, चीन र अमेरिकी चासो थियो । तिनका नेपाललाई लिएर अआफ्ना स्वार्थहरु थिए । भारत नेपाललाई आफ्नो प्रभुत्वमा राखेर उत्तरतिरबाट सुरक्षित रहन चाहान्थ्याे । चीनले तिब्बतलाई आफुमा गाभेसगै स्वतन्त्र तिब्बतका पक्षधर तिब्बतीहरुमा देखिएकाे असन्तुष्टिका कारण नेपालले उक्त चीन विरोधी गतिविधि आफ्नो भुमिबाट हुन नदेओस भन्ने चाहान्थ्याे । किनभने चीनी सेनाले तिब्बतमा आधिपत्य जमायेपछि तिब्बती धर्मगुरु दलाई लामा आफ्ना समर्थकहरु लिएर भारतमा शरण लिएका थिए । अमेरिका तत्कालीन साेवियतसङ्घ पक्षको भारत र साम्यवादी चीनका गतिविधिमाथि निगरानी गर्न पायक पर्ने नेपालमाथि आफ्नो प्रभावकारी पकड चाहान्थ्याे। नेपालले त्यसबेला दुई छिमेकी भन्दा परको शक्तिशाली अमेरिकालाई रणनीतिक सन्तुलनकालागि पनि सहज स्थान दिएकाे बुझ्न गाह्रो छैन । तर, अमेरिकाले नेपाललाइ आधार बनाएर मुस्ताङमा लुकेर बसेका चीन विरोधी तिब्बती खाम्पा विद्रोहीहरुलाइ गोप्यरुपले हतियार, तालिम र अन्य सहयोग गरिरहेको थियो । याे कुरा थाहा पाएपछि छिमेकी देश विरुद्ध आफ्नो भुमि प्रयोग गर्न नदिने प्रतिबद्धता अनुरुप नेपालले सेना पठाएर खाम्पाहरुमाथि कार्यवाही गरेको थियोे । त्यस घटनापछि चीन र नेपालबिच विश्वास झन बढेको थियोे ।
यतिबेला नेपालप्रति चासो राख्ने बाहिरिया शक्तिकेन्द्रहरु उनै भएपनि तिनकाे स्वार्थ र रणनीति भने समयसङ्गै फेरिएको छ । याे फेरिएको मात्र नभएर झन् जटिल पनि बन्नपुगेकाे छ । नेपालमा यो अवस्था भारतकाे चीर प्रतिद्वन्दी चीन अनुदार शासन व्यवस्था भएको कम्युनिस्ट देश मात्र नभएर आर्थिक र सामरिक हिसाबले अमेरिकालाइ समेत पछाडि पार्दै दुनियाँको पहिलो महाशक्ति बन्ने होडबाजीका कारण उत्पन्न भएको हाे। सीमा विवादलाइ लिएर भारत र चीन दुबैबिच सन् १९६२ मा युद्ध भैसकेको छ । केही महिनाअघि लद्दाखको गलवान सीमामा दुई देशका सैनिकहरुबिच हात हालाहालमा चीनका संख्या नखुलेका केही र भारतका २० सैनिकले ज्यान गुमाएका थिए । त्यसयता दुई देशको सम्बन्ध झन् तनावग्रस्त बन्नपुगेको छ । पारम्परिक रूपमा पाकिस्तान बाहेक भारतको वर्चस्वमा रहदै आएको दक्षिणएशियामा तीव्र गतीमा हुँदै गरेको चीनको आर्थिक र रणनीतिक विस्तारले दिल्लीलाई सशङ्कित पारेको छ । सन् 2016मा अमेरिकामा रिपब्लिकन पार्टीको डाेनाल्ड टरम्प नेतृत्वको दक्षिणपन्थी सरकार सत्तामा आएपछि परिस्थिति झन जटिलतातिर उन्मुुुख भएको छ । ट्म्पले भारतसङ्ग निकटता बढाएर चीनलाई याे क्षेत्रमा रोक्ने नीतिलाई तीव्रता दिए । आक्रमक गतीको विस्तारित चीनको रणनीतिलाई रोक्न अमेरिका, भारत , जापान र अस्ट्रेलिया भारतप्रशान्त रणनीति वा चतुर्भुजिय सम्वाद जस्ता गठबंधन बनाएर सकृय छन् । दक्षिणएशियामा भारतलाई यसकाे मजबुत स्तम्भ मानिएको छ । हालै अमेरिकामा सम्पन्न चुनावमा ट्रम्पको पराजय भै डेमोक्रेटिक पार्टीका जाे बाइडनले चुनाव जिते पनि दक्षिणएशियाकाे रणनीतिक अवस्थामा खासै फरक आउने स्थिति छैन ।
एशियाप्रशान्त क्षेत्रमा रहेका नेपाल जस्ता तटस्थ रहनेै पर्ने वाध्यता भएका देशहरूलाई पनि विभिन्न दवाव र प्रलोभनमा गठबन्धनमा सामेल गराउने प्रयास भैरहेको छ । नेपाल नत चीन विरोधी नत भारत विरोधी सामरिक अभिष्टकाे कुनै बहुपक्षीय गठबन्धनमा सामेल हुनसक्ने भुरणनीतिक अवस्थितिमा छ । यसरी पन्चायतकालमा तीनखुट्टे ओधानको आकारमा अपेक्षाकृत सन्तुलित रहेकोे रणनीति चक्र भारत र अमेरिका चीन विरोधको एउटै स्वार्थमा गासिएपछि दुईखुट्टे बन्नपुगेको छ । याे अवस्था नेपालकालागि झनै सकसपुर्ण छ ।
चीनको बढ्दो शक्ति र उसलाई राेक्न लागिपरेका अन्य शक्ति केन्द्रकाेे बढ्दाे टकरावका कारण याे स्थिति देखापरेको हाे । तर, नेपालका राजनीतिक शक्तिहरु, यहाँकाेे बाैद्धिक जमात र सचेत भनिने जनमानसमा याे कठिन अवस्थाकाे गम्भीरता बारे बिल्कुुुल बेखबर देखिन्छन् ।
अहिलेको कहली लाग्दो अवस्था
नेकपाको असफलता चुलिदै जादा अहिले लैा अब राजतन्त्र चाहियो भन्ने प्रयोजनकाे गन्ध आउने प्रोपोगन्डा चल्न थालेको छ बजारमा । नेपाली जनतालाई कति मुर्ख बनाउने ? कुनै पनि व्यवस्था आफैमा नराम्रो हुँदैन नेतृत्व राम्रो नराम्रो हुदोरहेछ भन्ने विगतले देखाइसकेको छ । अबको राजतन्त्र भनेको वीरेन्द्र र महेन्द्रकाे समयकाे शीतयुद्धकालिन रणनीति अन्तर्गतको राजतन्त्र हुनेछैन । अहिले कट्टर हिन्दुत्व र त्यसको नेतृत्व गर्ने राजा कसलाई चाहिएको छ ? हिजो भारतमा धर्मनिरपेक्ष काङ्ग्रेसकाे सरकार थियो, उसलाई र पश्चिमाहरुबिच नेपालमा राजा फाल्ने सहकार्य चल्यो र फालियाे । अब भारतमा हिन्दुवादी भाजपा सत्तामा आयो फेरि नेपालीलाई उसैको तालमा नाच्नेै पर्ने भाे । त्याे भन्दा याे देशलाई उतै मिसाउने आन्दोलन गरे भैगो । भारतले सीमा मिच्यो भन्दा उतिखेरै चीनले मिच्यो भन्ने प्रोपोगन्डा कहाँबाट चलाउने गरिएको छ - बुझ्न गाह्रो छैन । नेकपाभित्री लडाइँमा येस्तै छायां परेको छैन भन्ने आधार भेटिन्न । नेकपाकाे लडाइँमा उत्तर र द क्षिणका प्रेतहरुकाे सल्बलाहटले देशलाई लज्जित बनाएको छ । नेकपाका टाउकेहरुले कुन भविष्यकालागि याे सब गरिरहेका हाेलान् ? पटकपटक दाेहाेरिइरहेकाे लडाइँ देख्दा उदेक लाग्छ । साझपखकाे भट्टीका गुट्याहाहरुकाे जमघट जस्तो देखिने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको टाउको फाेराफाेर त झनै उदेकलाग्दो छ । त्यसका मुलीहरु त नेपाल विरोधी विदेशी शक्तिका शतरन्जका गाेटी भएका छन् । राष्ट्रवाद र स्थिरताकाे गफ चुटेर सत्तामा पुगेका यिनको चरित्र छरपस्ट भएको छ । नेपालका राजनीतिक पार्टीका कार्यकर्ताहरु गुटकाे पाशाेबाट भने मुक्त भएको देखिएन । नेतृत्वको वरपर रहेर व्यक्तिगत फाइदाकालागि दाैडनेहरु गुटबन्दीमा लागे पनि अरु लाखौं कार्यकर्ताहरुले दलका गुटशिराेमणीहरुलाइ पार्टी , देश र जनतालाई अहित हुनेगरी विदेशीलाई नेपालमा अस्थिरताकाे खेती गर्न सहयोग पुग्नेगरि भद्दा चलखेल नगर्न चुनाैती दिने हिम्मत गरेको देखिएन । यीनको सरकार र पार्टी दुबै पक्षघातले पीडित छन् । पार्टीभित्रकाहरु दाेष टाउकाहरुमा भाग लगाउदै हाेलान् तर जनताले दाेष पार्टीलाई नै दिने छन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.