सन्दर्भ मदन आश्रित स्मृति दिवस : भो जनताको बहुदलीय जनवाद छोडौं

मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसर पारेर वर्षको एकदुई दिन आँसु बगाउने, प्रसस्ति गाऊने र त्यसैको आडमा कसैलाई झटारो हान्ने काम यसपटक पनि सफलता साथ सम्पन्न भैरहेको छ । यसपटक एमाले व्यानर तल खोलिएका वैध अवैध भट्टीमा रल्लिएका द्वैपाय र चौपायहरुले पनि आफुलाई अब्बल एमाले देखाउन पनि कोही साँच्चै रोए होलान् त कतिले त गोहीका आँसु सापटी लिएर पनि रोए होलान । यो क्रम संभवतः निरन्तर चलिरहने छ । सामाजिक संजालमा त यो झन् विद्रुप देखिन्छ । कोही मदन आश्रितको हत्यारा पत्ता लगाऊँ माग गरिहेका छन् । एउटा साधारण मानिसले यतिका वर्षसम्म खोजीनीति नहँुदा यस्तो भन्नु स्वभाविक मान्न सकिन्छ तर अहिले सत्ता मैं रहेकाहरु र यसअघि पटकपटक सत्तामा रहँेकाहरुले पनि यस्तो माग गरिहेको कुरा अलिक व्यांग्यात्मक लाग्छ । मदन भण्डारीको समयमा विश्व कम्युनिष्ट आन्दोलन शासनका हिसाबले लगभग उत्कर्षबाट पतनोन्मुख हँुदै गरेको विल्कुलै रक्षात्मक अवस्था थियो । परम्परागत हिसाबको कम्युनिष्ट शासन व्यवस्था टिकाई राख्न असंभव प्रायः देखिंदै थियो । त्यो समयमा शासनको हकदार भएर अगाडि बढ्न पूंजीवादी लोकतन्त्रको फेरो नसम...