मातृबोध: सन्दर्भ आमाको मुख हेर्ने दिन

   या देवी सर्वभूतेषु मातृरुपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः



            सनातनी सभ्यतामा मानव जीवनलाई अस्तित्वमा ल्याउने र सहज बनाउन योगदान गर्ने सबै अवयवहरुलाई पारम्परिक रुपमानै देवत्वकरण गरिएको छ । जसको अर्थ सामाजिक व पारिवारिक पारस्परिकता र सम्मान बोध हो । त्यसमा पनि माता पिताको विशेष महत्व छ । मातापिताको सहभागिता रहेको सत्ताको अपरिहार्य उपज भएको हुनाले मानवकालागि त्यो सत्ता ग्रहण त्यज्य भन्दा धेरै पर स्वत प्रमाणित छ । त्यसमा पनि बिज दान र धारण कार्यमा पिता र माताको सहकार्य भएपनि गर्भ धारण र मानसिक व शारिरिक रुपले सबल नहँदासम्म आमाको अविच्छिन्न सानिध्य रहने हुनाले आमाको विशेष स्थान रहन्छ ।               

आदिमकालमा जब मानव जंगल–आश्रित थियो, त्यसबेला समाज मातृसत्तात्मक (Gynocracy) थियो । गर्भधारक र जन्मदिने भएकाले आमा मात्रै शिशुको प्रथम अविभावक थिईन र गण वा गोत्र नै त्यसको संम्रक्षक थियो । यो अवस्था संसारभरिका सबै मानव समाजको अवस्थामा थियो ।  संभवतः यो अवस्था लामो समयसम्म कायम रह्यो । त्यसका अवशेषहरु पितृसत्ताले हज्जारौं वर्ष भोग गरिसक्दा पनि अझै कतै कतै देखिंदैछ । नारिलाई आध्यशक्तिका रुपमा मान्ने पूर्विय सनातनी सभ्यातालाई त्यसैको अवशेषका रुपमा लिन सकिन्छ ।

सांसारिक आमा शारिरिक रुपले लिंगबोधी भएपनि व्यापकतामा त्यो सांसारिक लिंगबोधी होईन बरु गुणबोधी हो । सामान्यतय बुझिंदै आएको स्त्री र स्त्रीत्व पूर्णरुपले एउटै होईन । अझ प्रष्ट हुन सबै स्त्रीसंग स्त्रीत्व हुन्छ तर सबै स्त्रीत्व स्त्रीमा नहुन पनि सक्छ । यसरी भन्दा यी पुरक हुन भन्दा पनि हुन्छ । स्त्रीत्व दया, माया, धारण कोमलता जस्ता स्थिर गुणसम्पन्न हुन्छ भने पुरुषत्व स्त्रीत्वमाथिको सक्रियता हो जसलाई पुरुषार्थ भन्ने गरिन्छ । मोटो स्वर, कठोर स्वभाव भएका स्त्रीहरु लिंगका हिसाबले नारी भएपनि स्त्रीत्व कम भएका हुन् भने स्त्रीत्वको आधिक्य भएका पुरुषहरु पनि धेरै देखिन्छन् । प्रकृतीका हिसाबले एउटै सत्ता हुन् । स्त्री र पुरुष विना प्राकृतिक जीवसत्ता नै चल्दैन । यस संदर्भमा सांख्य दशर्नको जड प्रकृति र गतिशील पुरुष भन्ने कुरा भन्दा पनि प्रकृति र पुरुष दुवै सक्रिय होलान् भन्ने लाग्छ ।

माता भ्रुण पोषणदेखि संसारमा ल्याउन आमाको एकल भूमिका प्रातः स्मरणिय छ । त्यसपछि पहिलो सांसारिक गुरु पनि भएको हुँदा पनि आमा स्तुत्य छन् । जीवनका प्रारम्भिक कालमा सुरक्षा अनुभव गराउने प्रथम पात्र मात्र नभएर आमा साक्षत ममताकी अवतार समेत हुन् । त्यसैले मातृत्वप्रति शतशत नमन ।         

      


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष