बैशालीकी नगरवधू आम्रपाली र चतुरसेनको दृष्टि

बज्जीसंघको नियमले आम्रपालीको स्त्रीत्वको निर्मम हत्या गरेको थियो । त्यसैले उनमा यो गणराज्यप्रति सुषुप्त शत्रुता कायम रह्रयो । चतुरसेनले यी नारीको प्रतिशोधलाई वैशालीको अस्तित्वमाथि मडराईरहेको कालो बादलको रुपमा चित्रित गरेका छन् । वैशालीले आम्रपालीलाई धन सम्पत्ती र सम्मान दिनमा कंजुस्याई गरेन तर उनले त्याग गर्नुपरेको कुरा भन्दा पाएको यो सबै धेरै तुच्छ थियो । उनको रुपलाई मात्र बैशालीले देख्यो तर उनिभित्रको स्त्रीभावलाई उपेक्षा गर्यो ।


                                                       बुद्धकाे शरणमा आम्रपाली   । तस्विर विकिपिडिया                

सन् १९८० तिरका वर्षहरुमा  पूर्वोत्तर भारतको असम राज्यमा नेपाली समूदायले विदेशी भगाऊ आन्दोलनको त्रास र चरम सरकारी दमनको एकसाथ सामना गरिरहेको थियो । यो लेखमा त्यो दुर्दान्त अवस्थाको कारण खोतल्ने मेरो आशय छैन । त्यसताका म माध्यमिक तहको विद्यार्थी थिएँ र मुख्य गुवाहाटी शहरको नारंगीमा अवस्थित रघुनाथ चौधरी हाईस्कुलमा पढ्न जाने गर्दर्थे । हामी बस्ने ठाँऊ शहरको मध्यतिर पर्ने भाँगागढबाट स्कुल जान म गुवाहाटी रेल्वे स्टेशनबाट रेलमा चढ्ने गर्थे । रेल्वे स्टेशन पुगेर अरु दश पन्द्र जना विद्यार्थी साथीहरु जम्मा भई सटल भनिने रेल्वेका कर्मचारी र कामदार लिएर जाने छोटो दूरिको छोटो रेलमा चढ्थ्यौं । यसरी रेल्वे स्टेशन आऊँदा जाँदा दिनहुँ त्यहाँ रहेको किताब बेच्ने स्टलमा परैबाट देखिने गरि दराजमा सजाएर राखिएको एउटा पुस्तकमा मेरो दृष्टि पुग्ने गर्दथ्यो । आचार्य चतुरसेनले लेखेको त्यो पुस्तक थियो– वैशाली की नगरवधू । झण्डै डेढ वर्ष चलेको रेल स्टेशनको यो नियमित ओहोर दोहोरमा मैले धेरै पटक यो पुस्तक किनेर पढ्ने जमर्को गरें तर विभिन्न समयका मेरै आफ्ना विभिन्न वाध्यताहरुका कारणले किन्न र पढ्न सकिन । अहिले सम्झने प्रयास गर्दा, यो पुस्तकप्रतिको मेरो आकर्षण मैले त्यसबेला नियमित जसो पढ्ने हिन्दीका धर्मयुग सरिता मुक्ता जस्ता प्रचलित पत्रिकाहरुमा कतै चतुरसेन र उनको यो कृतिबारे लेखिएका टिप्पणीहरुले उत्पन्न भएको थियो जस्तो लाग्दछ ।

समयका छालहरुसंग त्यो किताब पढ्ने रहर अरु धेरै अतृप्त रहरहरुको डंगुरमा कतै छोपियो । गुवाहाटी शहर छोडेर स्वदेश फर्केको झण्डै तीन दशक बिति सक्दा एकदिन पोखराको पालिखे चोक स्थित रिडर्स कर्नरमा नेपालीमा अनुदित आचार्य चतुरसेनको यो कृति भेट्टाएँ । यो मेरालागि कम खुशीको कुरा थिएन । रोशन दाहालले नेपाली अनुवाद गर्दा कृतिको मौलिकतामाथि कति न्याय गरेका छन् भन्ने कुरा मुल कृति नपढी भन्न संभव छैन र यहाँ त्यो केलाउने आशय पनि मेरो होईन । यो विवेचनामा मैले झण्डै ६०० पृष्टको यो पुस्तकको समीक्षा वा समालोचना गर्न पनि खोजेको छैन बरु यो अनुदित कृतिमा समष्टिमा मुल कृतिको मर्म समेटिएको छ भन्ने विश्वास लिंदै पाठकका हिसाबले कृतिमा लेखकले इंगित गरेको धेरै परिघटनाहरु मध्ये आम्रपाली भन्ने नारी पात्रलाई लिएर वैशालीमा स्त्रीप्रतिको विकृत परम्परा बारे त्यो काललाई नियाल्ने जमर्को मात्र गरेको छु ।        

आचार्य चतुरसेनको जन्म सन् १८९१मा हालको उत्तरप्रदेश अन्तरगत बुलन्दशहरमा भएको थियो र सन् १९६०मा उनको देहावसान भएको थियो । उनि अंग्रेजी उपनिवेशको उत्तराद्र्धतिरका सिद्धहस्त हिन्दी साहित्यकार हुन् । उनका १८६ कृतिहरु प्रकाशित छन् । ऐतिहासिक उपन्यास लेखनमा उनले हिन्दी साहित्यमा गहकिलो योगदान पु¥याएका छन् । यहि विधाले उनलाई चर्चित बनाएको हो । बुद्धकालिन पृष्टभूमिमा लेखिएको  वैशाली की नगरवधू उनको चर्चित उपन्यास हो । यो उपन्यास सन् १९४८मा पहिलो पटक प्रकाशित भएको थियो । त्यसबेला उनले घोषणा गरेका थिए – मैं वैशालीकी नगरवधू को छोडकर मेरी अन्य सभी कृतियोंको रद्द करता हूँ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि आफ्नो मृत्यअघि सन् १९५९मा आफ्नो चर्चित खण्डकाव्य मुना मदन बाहेक आफ्ना अरु कृतिहरु जलाई दिए हुने भन्ने यस्तै अभिव्यक्ति दिएका थिए । समकालका दुई भाषाका यी दुई साहित्यक हस्तीहरु आफ्ना अन्य धेरै कृतिहरुलाई महत्व नदिईकन एउटा कृतिलाई मात्र महत्व दिए भन्ने कुरा पनि सोचनीय हुनसक्छ ।

 चतुरसेनले आफ्नो यो कृति वैशाली की नगरवधूमा पर्दाभित्र कसैले नजर नपु¥याएको आर्यहरुको धर्म साहित्य र सँस्कृतिको पराजयको उद्घाटनको दावी गरेका छन् । वैभवशाली गणराज्य बैशालीको भोग विलासितामा डुबेर अस्तित्व रक्षाप्रतिको सचेतनता गुमाईसकेको कुलीनवर्गले यो सुन्दर गणतन्त्रको अस्तित्व बचाउन सक्ने संभावना थिएन र भयो पनि त्यस्तै । मगध कोशल जस्ता शक्तिशाली राजतन्त्रबाट घेरिएको बज्जी संघका निम्ति यो लापरवाही महंगो सवित भयो ।

 यो उपन्यासको केन्द्रमा आम्रपाली छन् । आँपको वृक्षमुनि कसैले जन्माएर फलेकी नवजात कन्यालाई कुनै समयमा बज्जीसंघको राजदरवारको सेवामा रहिसकेका महानामन् नाम गरेका एक प्रौढ पुरुषले लगेर छोरीका रुपमा पालन पोषण गर्छन् । तिनै कन्या हुन् आम्रपाली – जो ११ वर्षको किशोरावस्थामा नै अतुलनीय सौन्दर्यले सम्पन्न छिन् । सबै भन्दा रुपमती युवतीलाई ऐश आराम धन दौलत दिएर भव्य महलमा राख्ने र नगर कै भोग्य स्त्रीका रुपमा उपयोग गर्ने बैशालीको राजनियम थियो । ती युवतीलाई नगरकी वधू भनिए पनि वैभव खर्च गर्न सक्ने कुलीनहरु बाहेक अरुको ती युवतीसम्म पहुँच हुने कुरै थिएन । कडा सुरक्षाबीचको आम्रपालीको  भव्य महलमा नाच गान र मदपान प्राय चलिरहन्थ्यो । साधारण मानिसहरुको भीड ती सुन्दरीलाई परैबाट भएपनि एक झल्को हेर्न परिसर बाहिर पर्खिरहेको हुन्थ्यो । आम्रपालीले नचाहेर पनि यहि कानुनका कारण नगरवधू बन्नुपरेको थियो । उनलाई प्रकृतिले दिएको रुप नै उनकालागि अभिशाप बन्यो ।

आम्रपालीलाई १८ वर्षको उमेरमा संघको परिषदले ठुलो सभामा नगरवधू घोषण गरेको थियो । आम्रपाली र उनका धर्मपिताका निम्ति यो एउटा बज्रपात जस्तै थियो । आम्रपालीले सभामा यो कानुनप्रति कटाक्ष समेत गरिन् । सभामा उपस्थित उन्मादले मस्त कुलीन जमातले खड्गहरु आकाशतिर उचाल्दै संघको नियम मान्न दबाव दिएको थियो । जे जस्तो भएपनि संघको  कानुनको अवज्ञा गर्न संभव थिएन ।       

 मानविय सामाजिक परिपाटी जस्तोसुकै भएपनि प्राकृतिक नियम अनुशार एक पुरुष र स्त्री विना मानविय प्रारम्भि सत्ता संभव हँुदैन भन्ने मान्यतालाई अनुशरण गर्ने हिन्दु दर्शनले स्त्रीलाई पनि उच्च सम्मान दिन कंजुस्याई गरेको देखिंदैन । तर, संस्कृतिमा यस्ता कैयन विकृत प्रचलन देखिंदै आएका छन् । वैशालीमा नगरवधूका नाममा विषेश वर्गको ऐश आरामकालागि अपनाईएको यो प्रचलन पनि यस्तै एउटा सामाजिक वा राजनीतिक विकृति थियो । आम्रपाली यसै प्रचलनकी पिडिता हुन । उनलाई भोग्न गणराज्यभित्रका कुलीनहरु मात्र होईन मगध सम्राट बिम्बिसार र उनका छोरा अजातशत्रु लगयतकाहरुको सदैव लालसा रहन्थ्यो । आम्रपालीलाई लिएर आपसमा कैयौं पटक विभिन्न कुलीन गुट र देशहरुबीच शत्रुतापूर्ण रणनीति र झडप भैरहन्थे । कृतिको प्रारम्भतिर नै उपन्यासकारले पाठकलाई यो तीतो यथार्थसंग सामना गराएका छन् ।  

 बज्जीसंघको नियमले आम्रपालीको स्त्रीत्वको निर्मम हत्या गरेको थियो । त्यसैले उनमा यो गणराज्यप्रति सुषुप्त शत्रुता कायम रह्रयो । चतुरसेनले यी नारीको प्रतिशोधलाई वैशालीको अस्तित्वमाथि मडराईरहेको कालो बादलको रुपमा चित्रित गरेका छन् । वैशालीले आम्रपालीलाई धन सम्पत्ती र सम्मान दिनमा कंजुस्याई गरेन तर उनले त्याग गर्नुपरेको कुरा भन्दा पाएको यो सबै धेरै तुच्छ थियो । उनको रुपलाई मात्र बैशालीले देख्यो तर उनिभित्रको स्त्रीभावलाई उपेक्षा गर्यो । यो कथा आम्रपालीको मात्र होईन बैशालीका उनको उचाईमा भन्दा तलका अरु सैकडौं गणिकाहरुको पनि थियो । यसरी सांसारिकताबाट थकित आम्रपाली पछिल्लो समयमा बुद्धको शरणमा पुगिन र शिष्य बनिन् ।

ऐतिहासिक पृष्टभूमिको कृति भएका हुनाले यसमा खड्ग द्वन्दका हिंसक आवाज , कुटनीतिका दम्भहरु , विजय पराजयका उन्माद र क्रन्दनहरु प्रसस्तै छन् । सम्पन्नता, बौद्धिकता, शौर्य, गणतन्त्र जस्ता विषेशताहरुका वावजूद पनि वैशाली गणराज्यको अधोगति कसरी भयो भन्ने इतिहासहरुमा पनि उल्लेख गरिएको पाईन्छ । पूर्वीय राजनीतिमा आज भन्दा २६०० वर्ष पहिल्यै उच्चस्तरको संघीय गणतन्त्रको अभ्यास गरिरहेको बैशाली गणराज्य चरम विलासिता, नारीमाथि थोपिएका भेदभाव र राजनीतिक अदूरदर्शीताका कारण पतनको दिशातिर अग्रसर भएको थियो ।            


                                        


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष