भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष


भारतको लोकसभा लोकसभा चुनाव २०२४नाव २०२४ मा उठाउन प्रसस्तै मुद्दा भएको तर कमजोर विपक्ष र मुद्दा नपाएर ४ सय पारको नारा लगाईरहेको शक्तिमा बलियो भाजपा मध्ये भारतीय जनताले कसलाई रोज्लान् ?





 भारतमा अहिले २०२४मा सात चरणमा लोकसभाको निर्वाचन भैरहेको छ । संसारको सबैभन्दा ठुलो लोकतन्त्र मानिदै आएको भारतमा अंग्रेजी उपनिवेशबाट स्वतन्त्र भएको झण्डै ६७ वर्ष पछि अर्थात् सन् २०१४ पछि भिन्न खालका बहस चलिरहेका छन् । सन् २०१४मा दक्षिणपंथी हिन्दुवादी भारतीय जनता पार्टी सत्तामा पुगेपछि यस्तो बहस चल्न थालेको हो । प्रधानमंत्री नरेन्द्र मोदीले नेतृत्व गरेको भाजपा सरकारले सन् २०१९को चुनाव पनि जितेर एक दशक निष्कण्टक शासन गर्न सफल भएको छ । यसपाली २०२४मा पनि उ विभिन्न हतकण्डा अपनाउँदै चुनावमा होमिएको छ । चुनावको एकमहिना पहिला उत्तरी भारतको हिन्दी बेल्टका केही स्थानहरुमा घुमेर प्रचार प्रसारको शैली हेर्दा यसपटक पनि भाजपाको गठबन्धनले मतपरिणाम हात पार्ने जस्तो देखिन्छ । तर पनि चुनाव नजिकिंदै जाँदा उसमाथि चर्को दबाव पर्दै पनि गएको छ । जेहोस,  लोकतन्त्र र धर्मनिरपेक्षताको उदाहरण मानिदै आएको भारत भाजपा सत्तामा आएपछि भने ती मुल्य र मान्यताहरुबाट क्रमसः टाढिंदै गएको गएको देखिंदै छ । पश्चिमा मिडियाहरुमा पनि भारतीय सत्ता सर्वसत्तावादतिर उन्मुख भएको चर्चा हुन थालेको छ ।


सन् २०१४मा भ्रष्टाचार निर्मुल पार्ने, भ्रष्टाचार गरेर विदेशमा लगिएको धन वापस ल्याउने, हरएक जनताको खातामा १५लाख दिने, विकास गर्ने, महँगाई कम गर्ने, युवाहरुलाई रोजगारी दिने, किसानहरुको उत्पादन दुगुना बढाउने, औधेगिक विकासलाई तीव्रता दिदै विश्वको तेश्रो शक्ति बनाउने जस्ता वाचा गरेको यो सरकारले दुई कार्यकालमा पनि ती वाचाहरु पुरा गर्न  सकेको छैन । उसंग कामका नाममा राममन्दिर निर्माण, कस्मिरबाट धारा ३७० हटाउने बाहेक अरु गन्न सकिने कामहरु देखिंदैनन् । कालोधन रोक्न ल्याईएको नोटबन्दी, मुसलमानहरु विरुद्ध ल्याईएको एनआरसी स्वतः असफल भएका छन् । अफगानिस्तान, पाकिस्तान र बंगलादेश जस्ता मुश्लिम बहुल देशका अल्पसंख्यकह्रुलाई भारतको नागरिकता दिने भन्दै ल्याईएको सीएए पनि विवाद रहित छैन ।


 सन् २०१७मा रिजर्वबैंकले कालोधनको चलखेल बढ्न सक्ने भन्दा भन्दै राजनीतिक दलहरुलाई चन्दा दिन दाता र लिने राजनीतिक पार्टीको नाम गोप्य राख्ने प्रावधान सहित ल्याईएको इलेक्ट्रोरल बण्ड कानुनलाई भारतको सर्वोच्च अदालतले गत फरवरीमा खारेज गर्दै रेकर्ड सार्वजनिक गर्न आदेश दिएपछि त्यसले झन् ठुलो खैलाबैला भएको छ । यसमा भाजपा सरकारमाथि आरोप लगाउन सकिने थुप्रै आधारहरु देखापरेका छन् । कम्पनी लगातार घाटामा देखाईएकाहरुबाट र इडी क्ष्लायचअझभलत मष्चभअतयतबतभ ले छापापछि कार्यवाही चलाईएकाहरुबाट करोडौंको बोण्ड भाजपालाई दिईएपछि इडीको कारवाही रोकिएको जस्ता अन्य धेरै आश्चर्य लाग्दा तथ्यहरु सार्वजनिक भएका छन् ।


 विभिन्न राज्यहरुका विपक्षी सांसद र विधायकहरुलाई इडीको डर देखाएर भाजपामा प्रवेश गर्न वाध्य पार्ने र प्रदेशका विपक्षी सरकारहरु गिराउने जस्ता धेरै दुष्कर्महरु भएका छन् । इडीले कारवाही चलाईरहेकाहरु आरोपीहरु पनि भाजपामा प्रवेश गरेपछि कारवाही बन्द भएका घटनाहरु पनि प्रसस्तै देखिन्छन् । चण्डीगढको स्थानिय निकायको चुनावमा निर्वाचन अधिकारीले नै आठ सदर मतपत्रलाई बदर गराएर भाजपालाई जिताएको भिडियो सार्वजनिक भएको थियो । सर्वौच्च अदालतले मतपत्र झिकाएर परिक्षण गरी विपक्षीलाई विजयी बनाएको थियो ।


 दिल्लीमा सराब घोटालाको नाममा आमआदमी पार्टीको उपल्लोस्तरका नेताहरुलाई बन्दी बनाईएको छ । झण्डै दुई वर्षसम्मको अनुसन्धान पछि पनि ईडीले यो काण्डमा आमआदमी पार्टीको संलग्नता पुष्टि गर्न सकेको छैन । पछिल्लो पटक गिरफ्तार गरिएका मुख्यमंत्री केजरीवाललाई दुई जुनसम्मको जमानतमा अदालतले छोडेको छ । सांसद संजय सिंह पनि अदालतको आदेशले जमानतमा छुटेका छन् । सत्येन्द जैन लगायत अझै १२ जना नेताहरु अझै बन्दी छन् । दिल्लीका उपमुख्यमंत्री मनोज शिसोदिया लगायत का नेताहरु अझै जेलमा नै छन् । यसरी इडीलाई विपक्षीहरुको तेजोवध गर्ने ब्रम्हास्त्रको रुपमा प्रयोग गरिएको छ । चुनावको मुखैमा आएर काँग्रेसका बैंक खाताहरु रोक्का गरिएकाछन् ।

                     

पछिल्लो पटक भाजपाको एनडीए गठबन्धनमा रहेको जनतादल सेक्युलरका तर्फबाट कर्नाटकको हसन लोकसभा सीटबाट प्रत्याशी बनेका पूर्व प्रधानमंत्री एच डी देवेगौडाका नाती प्रज्ज्वल रमन्नाले कैयौं महिलाहरुमाथि गरेको यौन शोषणका तीन हजार अश्लिल भिडियोहरु सार्वजनिक भएका छन् । विडियो सर्वाजनिक हुनु अगावै भाजपा हाईकमाण्डलाई कर्नाटकका भाजपाका नेताहरुले यो काण्डवारे समयमा नै जानकारी दिएको बताएका छन् । तर पनि प्रधानमंत्री मोदी प्रज्ज्वलको समर्थनमा प्रचार गर्न पुगेका थिए । यतिबेला प्रज्जवलका बाबु गिरफ्रीमा परेका छन् भने प्रज्जवल भागेर जर्मनी पुगेका छन् ।


 केही महिना पहिले बंगालको संदेशखालीमा तृणमुल काँग्रेसका स्थानिय नेताले जग्गा हडपेको, आर्थिक अपचलन गरेको र महिलाहरुमाथि बलात्कार हातपात गरेको घटना सार्वजनिक भएको थियो । पीडितहरुले पुलिसमा उजुरी समेत गरेका थिए ।  यो घटनालाई लिएर भाजपाले तृणमुल काँग्रेसको कडा आलोचना गर्दै आएको थियो । जसलाई लिएर केही आरोपीहरुलाई गिरफ्तार गरिएको थियो । पछिल्लो समयमा आएर यो आरोप भाजपाको योजनामा तयार भएको प्रमाणित हुने जस्तो भिडियो सार्वजनिक भएको छ । यसबाट विजेपी नै रक्षात्मक अवस्थामा पुग्न सक्ने देखिन्छ ।


 मणिपुरको हिंसात्मक अवस्था र त्यहाँ एक महिलालाई नाङ्गगो पारेर सशस्त्र भीडले सडकमा घुमाएको घटनाप्रति पनि भाजपालाई विपक्षीहरुले आलोचना गर्दै आएका छन् । गतवर्ष भारतीय जनतापार्टीका सांसद तथा महिला कुश्ती संघका अध्यक्ष विरुद्ध खेलाडीहरुले आफुहरु विरुद्ध लैंगिक हिंसा गरेको आरोप लगाऊदै कारवाहीको माग गर्दै लामो समय धर्ना र प्रदर्शन गरेका थिए तर सरकारले वास्ता नगरेपछि कतिपय खेलाडीहरुले खेल जीवन नै त्याग गरेको घोषणा गरेका थिए । हरेक मंचमा मात र बहनको सम्बोधन गर्ने प्रधानमंत्रीलाई महिला पीडकलाई काखी च्यापेको आरोप लाग्ने गरेको छ । । यसरी नै किसानहरुले गरेको आन्दोलनलाई पनि सरकारले दमन गरेको थियो ।

   

सडक, रेल्वे, विमानस्थलहरु लगायत सार्वजनिक सँस्थानहरुलाइ अदाण्ीा अम्बानी जस्ता ठुला करपोरेटहरुलाई सुम्पिने आर्थिक नीतिप्रति पनि प्रतिपक्षीहरु आक्रमक रहँदै आएका छन् । यसबाहेक युवाहरुलाई रोजगारी दिन असमर्थ भएको तथा सेनामा अग्निवीर जस्तो योजना लागुगरेको जस्ता आरोप पनि भाजपामाथि लागिरहेका छन् । यसरी यसपटकको चुनावमा विगतका चुनावमा जस्तो भाजपालाई सजिलो देखिंदैन ।

                    

भारतीय जनता पार्टीे भारतीय राजनीतिमा सबल बन्दै आएपछि उदारवादीहरु र वामपंथीहरु शक्तिहरु क्रमशः कमजोर बन्दै गएका छन् । यो दक्षिणपंथी शक्ति सत्तामा पुगेपछि आफुलाई सत्तामा टिकाइ राख्न विभिन्न वैध अवैध हतकण्डाहरु प्रयोग गर्दै आएको देखिन्छ । सत्ता शंयन्त्रहरुमा आफ्नो पकड बनाउने, मुलधारका मिडियाहरुलाई आफ्नो प्रभावमा राख्ने, सामाजिक संजाललाई आफु अनुकुल बनाउन व्यवस्थित आईटी सेल बनाउने जस्ता कार्यहरु हुँदै आएका छन् । यस मार्फत तथ्य भन्दा पनि भ्रामक सुचनाहरु प्रवाहित गरेर जनतालाई भ्रमित बनाउने कार्य भएका प्रसस्तै उदाहरणहरु देखिंदै आाएका छन् । सरकारलाई सचेत बनाउने र जनतालाई सुसुचित गर्ने लोकतन्त्रको चौथो अंग मानिएको पत्रकारिता जगत निरिह बन्दै गएको छ । प्राय ठुला मिडिया हाउसहरुमा आफु अनुकुल व्यक्ति वा करपोरेटबाट लगानी गराएर वशमा राख्ने काम भएको छ । यसरी मिडिया भाजपाको प्रोपोगाण्डा इकाईका रुपमा परिणत भएका छन् । सरकारको आलोचना र जनताका समस्याहरुलाई उठाउने प्रयास मिडियामा देखिन छोडेको छ । यी मिडिया र संजालहरुको काम सरकारको बचाउ गर्ने र विपक्षीहरुको तेजोबध गर्न नहुँदा भ्रम छर्ने रहेको देखिन्छ । कैयन नाम चलेका पत्रकारहरु यस्ता मिडियाहरुबाट बाहिरिएका छन् ।


 मिडियाले प्रधानमंत्री मोदीलाई भगवान रामचन्द्र का रुपमा चित्रित दर्गै आएको छ । आम मानिसहरु मध्ये ठुलै हिस्सा अयोध्यामा राम मन्दिर बनाएकोले मोदी भगवानको अंश भएको मान्न थालेको उदेक लाग्दो स्थिति भारतमा देखिन्छ । भारतिय पत्रकारिता जगतको साख यति धेरै तल परेको संभवतःइतिहासमा पहिलो पटक हो ।  भाजपा सरकारको तारोमा धार्मिक अल्पसंख्यक मुसलमान समुदाय परेको छ भने कट्टर हिन्दुवादको वकालत गर्ने भाजपाका कारण अन्य धार्मीक र जातीय अल्पसंख्यकहरु पनि सशंकित देखिन्छन् ।


गत दिसम्बरमा चलिरहेको शीतकालीन संसदबाट सुरक्षामा देखिएको त्रुटीका सम्बधमा सरकारसंग जवाफको माग गरिरहेका दुबै सदनका १४१ जना विपक्षी संसदहरुलाई जवाफ दिनुको सट्टा संसदको कममा बाधा पुर्याएको भन्दै संसद बैठकबाट निष्काशन गरिएको थियो ।

 

यस्ता घटना परिघटनाले भाजपा सतहमा रक्षात्मक अवस्थामा पुगे जस्तो देखिन्छ । यता कमजोर रहेका विपक्षीहरु काँग्रेसको नेतृत्मा ईण्डिया गठबन्धन बनाएर चुनावी मैदानमा ओर्लिएको छ । बलियो विपक्षी पार्टी तृणमुल काँग्रेस भने ईण्डिया गठबन्धनबाट बाहिरै छ । सीट बाँडफाँडको किचलो र भाजपाको आक्रमक शैली सामु विपक्षीहरुलाई जनताले कस्तो कस्तो निर्णय गर्लान् भन्ने जान्न भने केही समय पर्खनै पर्छ ।       

                          


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक