संदेश

बैशालीकी नगरवधू आम्रपाली र चतुरसेनको दृष्टि

चित्र
बज्जीसंघको नियमले आम्रपाली को स्त्रीत्वको निर्मम हत्या गरेको थियो । त्यसैले उनमा यो गणराज्यप्रति सुषुप्त शत्रुता कायम रह्रयो । चतुरसेन ले यी नारीको प्रतिशोधलाई वैशाली को अस्तित्वमाथि मडराईरहेको कालो बादलको रुपमा चित्रित गरेका छन् । वैशालीले आम्रपालीलाई धन सम्पत्ती र सम्मान दिनमा कंजुस्याई गरेन तर उनले त्याग गर्नुपरेको कुरा भन्दा पाएको यो सबै धेरै तुच्छ थियो । उनको रुपलाई मात्र बैशालीले देख्यो तर उनिभित्रको स्त्रीभावलाई उपेक्षा गर्यो ।                                                        बुद्धकाे शरणमा आम्रपाली   । तस्विर विकिपिडिया                  सन् १९८० तिरका वर्षहरुमा  पूर्वोत्तर भारतको असम राज्यमा नेपाली समूदायले विदेशी भगाऊ आन्दोलनको त्रास र चरम सरकारी दमनको एकसाथ सामना गरिरहेको थियो । यो लेखमा त्यो दुर्दान्त अवस्थाको कारण खोतल्ने मेरो आशय छैन । त्यसताका म माध्यमिक तहको विद्यार्थी...

हाम्रो अविस्मरणीय बुटवल यात्रा

चित्र
यसै अठहत्तर साल कार्तिक महिनाको पहिलो साता संयोगले बुटवल जानु पर्ने साईत जुर्यो । उसो त शुरुमा यो वाध्यता जस्तो पनि लाग्यो । केही दिन बित्दै जाँदा यो उत्सुकतामा परिणत हुन पुग्यो ।  यो उत्सुकतामा बदलिन पृष्टभूमिका धेरै कुराहरुले भूमिका खेले । भाई लक्ष्मणसंगको संगै जाउन भन्ने रहरले पनि धेरै अर्थमा काम गर्यो । उनीसंगको सहयात्राले झन् रोचकता, अन्तरसंवाद र गम्भिरताले छुट्टै आनन्द थपिनेवाला थियो । किनभने हामीबीच कुनै नीजी सोचाईहरु अहिलेसम्म छैनन् । लाग्छ, उनि मेरा भाई मात्र होईनन् अन्तरंग मित्र पनि हुन् । विगत केही वर्षहरुदेखि सँधै यात्रा गर्न उत्सहित हुने मेरो बानीमा ठुलो परिवर्तन आएको छ । अचेल मलाई यात्रामा निस्कन रहर पटक्कै लाग्दैन । बरु, घरमा एक्लै बसेर समय बिताउन मन पर्छ । आफ्नै मनका तरंग प्रतितरंगहरु संग अन्तर संवाद गर्न मन पर्छ । यसैमा रमाऊँने गर्दछु ।        आत्मिय भाई कुलप्रसादले गत बैशाख महिनादेखि नै आमाको चौरासी पूजामा खैरेनी आउने आग्रह गरिनै रहेका थिए । उनको आग्रहमा विनम्रता मात्र होईन हठ पनि मिसिएको हुन्थ्यो । जेठमा मिति तोकिएर पनि कोविड महामारीका कारण चौ...

दलहरुले एमसीसी प्रकरणमा नेपालको कुटनीतिक साख गिराए

चित्र
त्यतिबेला नेपालका सरकारी नेताहरुलाई एमसीसी ल्याउन कुन कुराले प्रेरित गरेको थियो ? अहिले फेरि त्यसबाट पछाडि हट्न के कुराले वाध्य पार्यो ? आफ्नो कुन चाँही अडान गलत थियो ? पछिल्लो कि अघिल्लो ? जवाफ चाहियो । देशको कुटनीति लाई ध्वंश पार्ने यो रवैया निन्दनीय छ ।   नेपालमा एमसीसी उत्तरी छिमेकी चीनलाई घेर्ने ईण्डो प्यासिफिक रणनीति अन्तरगत ल्याउन लागिएको भन्ने र यसको विरोधलाई चिनिया प्रोपोगाण्डा भन्ने दुई तर्कहरु सुनिंदै आएका छन् । यस्ता तर्कले नेपालमा भारत–अमेरिकी गठजोड र चिनिया स्वार्थले बहसलाई यतिबेला प्रभावित गरिरहेको देखिन्छ । समय घर्किंदै जाँदा सडकदेखि राजनीतिक दलहरुमा समेत् एमसीसी विरोधको लहर देखिन थालेपछि अमेरिकी एमसीसी उपाध्यक्ष फातिमा सुमार एउटा टोली सहित काठमाण्डौ आएर विभिन्न राजनीतिक दलहरुका शिर्षस्थ नेताहरुलाई संसदबाट सम्झौता चाँडो अनुमोदन गर्न दबाव दिएर फर्किसकेकी छन् । धेरैको अनुमान छ, फातिमा म्याडम निराश मात्र होईन आक्रशित भएर फर्किन् । उनले नेपाललाई आर्थिक रुपमा अप्ठ्यारो पर्ने चेतावनी समेत दिएको भन्ने खबर मिडियाहरुमा देखियो । उनिसंग को भेटमा नेपाली काँग्रेस बाहेकका एमसीसी...

विकृत संसदीय लोकतन्त्रमा नेता माधव नेपालको बाटो कता ?

चित्र
 माधव नेपाल जस्तो नेताले पार्टीको महाधिवेशन पनि पर्खन नसकेर पार्टी नै विभाजन गर्ने बाटो किन लिए ? माधवलाई ओलीको सफाया वा सम्पूर्ण एमालेमाथि कब्जा जमाउने हदसम्म उचालेर आखिर उनका विद्रोहका प्रमुख सहयोगीहरु  ओलीसंग किन सम्झौता गर्न पुगे भन्ने रहस्य खुल्न बाँकी नै छ ।  भदौ महिनाको पहिलो सप्ताहान्ततिर नेकपा एमालेभित्र लामो समयदेखि चल्दै आएको अराजक र गैरराजनीतिक देखिने अन्तर संघर्षले पछिल्लो निर्णयक मोड लियो । प्रिय अप्रिय जे भए पनि यो विवाद विभाजनको हदसम्म जाने अनुमान भूईं तहका धेरैलाई थिएन । केही दोस्रो तहका नेताहरुको एकताको प्रयासले पनि यो विश्वासलाई जीवित राखेको थियो तर अर्को पार्टीको गठनसंगै त्यो आश तत्काललाई सकिएको छ । यतिबेला को कस्को भन्ने कित्ताकाट माथिबाट तलसम्म कुनै सिद्धान्त विना  चलिरहेको छ । कता पद पाईएला भनेर दौडिनेहरुको जमात नीति सिद्धान्तको चिन्ता गर्नेहरु भन्दा निकै ठुलो छ । यस्तो जमातबाट पार्टी अब झन् जनमुखी कसरी बन्ला र ?     देशको सबै भन्दा संगठित र अनुशासित राजनीतिक पार्टी कहलिएको एमाले कम्युनिष्ट एकताको नाममा तीन वर्षअघि जब माओवादी केन...

कवितारामका स्वीकृति र अस्वीकृतिहरूबीच घोत्लिँदा

चित्र
साहित्य समकालीन साहित्यमा  प्रकाशित मेरो लेख साभार गरेको छु -    बाबुराम पाैड्याल   पूर्वोत्तर भारतको लामो बसाईंमा मैले विभिन्न ठाउँहरूमा हुने गरेका साहित्यिक चर्चापरिचर्चाहरूमा तरलवाद, स्वभाववाद बुट पालिसबारे सुन्दै आएको हुँ । सन् १९९३ को जाडोमा मेघालयको जयन्तिया पहाडको मेरो ६ महिने बसाईमा पनि युवा साहित्यिक सहयोद्धा वीरेन्द्र तुम्बापो ‘प्रतीक’ र प्रकाश शर्मा ‘सङ्गम’ बीच लामा लामा, साहित्यिक र दार्शनिक छलफलहरू हुने गर्दथे । स्वभावले उहाँहरू म भन्दा बढी भावूक हुनुहुन्थ्यो र कविता लेख्नमा खप्पीस । तर म अलिक कठोर जस्तो एकोहोरो छिट्टो भावुक नबन्ने । स्वभावका दृष्टिले उहाँहरू तरल र म ठोस मानिन्थ्यौँ । यस्तै ठोस र तरलका कुराहरू चल्दाचल्दै घनवादी तेस्रो आयाम र फणिन्द्रजीहरूको तरलताको कुरा खुब चल्थ्यो । यसैक्रममा कवितारामका प्रस्तावनाहरूमा पनि पुग्थ्यौँ हामी । त्यही रहँदा हामीले साहित्यमा यथार्थ नैतिकता र सौन्दर्यको सामाजिक र द्वन्द्वात्मक वस्तुवादी अक्षुण्य अन्तरसम्बन्ध हुनुपर्छ भन्ने सोचमा पुगेका थियौँ र यसको प्रसारलाई परिष्कार अभियान भनेका थियौँ । जीवनलाई पदार्थको कुनै ए...