संदेश

अक्तूबर, 2019 की पोस्ट दिखाई जा रही हैं

छिमेकका आन्तरिक भिन्नताले फेरि नेपाल पिरोलिन सक्छ

चित्र
 दुईतिर विशाल चीन र भारत भएको सानो देश नेपाल को सामाजिक चिन्तनको घरातल भने बिल्कुलै प्रतिकुल रहेको छ । नेपाल धर्मनिरपेक्ष र बहुजातिय बहुभाषिक मान्यतामा अग्रसर भएको छ । नेपालले लिएको यो बाटो भारत र चीन जस्ता छिमेकीहरुका कारण नभएर अमेरिका, बृटेन लगायतका पश्चिमाहरुको चलखेलका कारण अनुसरण गरिएको भन्ने गरिएको छ । हुन पनि पहिलो संविधानसभाअघि नेपालमा देखिएको पश्चिमाहरुको चर्को सक्रियाताले यो कुरा देखाएको छ । त्यसबेला भारतमा धर्मनिरपेक्षको पक्षधर काँग्रेसको सरकार रहेको थियो । उसलाई पनि नेपालमा धर्मनिरपेक्षता हुनुमा खासै ठुलो टाउको दुखाई थिएन ।  भारत भने यस मामिलामा अझै संक्रमणमा रहेको छ । भारतीय जनतापार्टी सत्तामा आएपछि यसले धर्मनिरपेक्षताको संवैधानिक अवस्थालाई बदलेर हिन्दुत्वलाई राष्ट्रवादमा परिणत गर्न खोजेको देखिंदैछ । त्यसैबेलादेखि यो संक्रमण शुरु भएको हो । भारतीय जनतापार्टीको सरकारले अघिसारेका तीन तलाक, एनआरसी र कश्मिरको मुद्दालाई यसै उद्देश्यसंग जोडेर हेर्ने गरिएको छ । उसका कार्यकर्ताहरुले गैर हिन्दुहरुमाथि अत्याचार गर्ने गरेको मात्र नभई गैरन्यायिक हत्या समेत गर्ने गरे...

सन्दर्भ आलमको गिरफ्तारी : राजनीति र अपराधको गठबन्धनलाई भत्काउ

चित्र
रौतहट मा बाह्र वर्षअघि २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनको पूर्वसंध्यामा घटेको २३ जना मानिसहरुको नृशंस हत्याका आरोपी नेपाली काँग्रेसका नेता शेखईद्रीशका भतीजा तथा वर्तमान सांसद मोहम्मद आफताव आलम को गिरफ्तारी ले सारा नेपालीलाई झस्काएको छ । उनले निर्वाचनमा त्रास देखाएर जनमत आफ्नो पक्षमा पार्न इद्रीशको एउटा घरमा भारतबाट समेत मानिसहरु झिकाएर गोप्य रुपले बम बनाऊँदै गरेको बेला दुर्घटनावश भएको बम विस्फोटमा परेर मृत र घाईते भएकाहरुलाई समेत बेहोश बनाई ईट्टा भट्टा मा लागेर जलाएको आरोप लगाईएको छ । यतिबेला पूर्व नेताहरु श्याम सुन्दर गुप्ता संजय साहले हत्या अपहरणको मामिलामा जेलमा सजाय काटिरहेका छन् । सांसद रेशम चौधरी टिकापुर काण्डको अभियोगमा डिल्ली बजार खोरमा छन् भने सभामुख तथा नेकपाका नेता कृष्णबहादुर महरा बलात्कारको प्रयासको आरोपमा प्रहरी हिरासतमा छन् । उनले सभामुख पदबाट राजीनामा दिईसकेका छन् । अर्का नेकपा सांसद पार्वत गुरुङमाथि हत्या प्रयासको अभियोग छ । यी घटनाहरुले नेपाली राजनीति र अपराधबीचको साँठगाँठको भण्डाफोर हुने आशा पलाएको । महरा र आलम जस्ता राजनीतिका ठुला हस्तीहरुको गिरफ्तारी...

चिनिया राष्ट्रपतिको नेपाल भ्रमणपछिको स्थिति

चित्र
  चिनिया राष्ट्रपति सी को नेपाल भ्रमण ले ने पाल लाई कुटनीतिका हिसाबले नयाँ मोड दिएको छ । त्यो मोडमा नेपालले विभिन्न दबाव र आफ्नै असक्षमताका कारण देशको हितमा काम गर्न नसक्ने हो कि भन्ने ठुलै आशंकाको सामना गर्नु पर्ने जोखिम पनि आईपरेको छ । नेपालको कुटनीतिमा अहिलेसम्म सतर्कता भन्दा त्रास स्वाभिमान भन्दा मगन्तेपन र लाचारी हावी रहँदै आएको छ । यसैका कारण सतहमा राजनीतिक रुपमा ठुलो फड्को मारेको देखिए पनि आर्थिक रुपले देशको दुरावस्था भयो भन्ने कुरामा दुईमत छैन ।  नेपालको राजनीतिलाई बाहिरी तत्वहरुले २ दिसम्बर १८१५को सुगौली संन्धिपछि आफ्नो स्वार्थकालागि प्रयोग गर्ने प्रयास गर्दै आएका हुन् । त्यही प्रयासको उत्कर्ष सन् १९९० पछि नेपालले चर्को रुपमा भोग्दै आएकोे छ । यसले गर्दा पनि नेपालका राजनीतिक परिवर्तनहरुमा नेपाल र नेपाली जनताको स्वार्थ प्रतिबिम्बित हुनै पाएन । सरकारमा जान पनि नेपाली राजनीतिक दलहरुले विदेशीको आशिर्वाद लिनुपर्ने अवस्थासम्म आयो । यो लज्जास्पद स्थिती नेपालले भोगेको छ । नेपालका नेताहरुले केसम्म भनेनन् र । नेपाललाई २१बटा राज्यमा विभाजन गर्नु पर्दछ, पहाडलाई टुक्रा टुक्रा...

चिनिया राष्ट्रपति सी भारत हुँदै नेपालमा

चित्र
चिनिया रास्ट्रपति सी जिम्पिंग र भारतीय प्रधानमन्त्री मोदी को अनौपचारिक शिखर वार्तापछि हुने नेपाल को राजकीय यात्रा नेपालकलागी महत्वपूर्ण हुने ठानिएको छ।   चिनिया राष्ट्रपति सी जिम्पिङ यही अक्टोबर ११ शुक्रवार तीन दिने हिमालपारीका दुई छिमेकी देशहरुको भ्रमण गर्ने छन् । उनि बेईजिङबाट दक्षिण भारतको महाबलिपुरम् पुग्ने छन् । त्यहाँ भारतीय प्रधानमंत्री नेरन्द मोदीसंग उच्चस्तरीय अनौपचारिक वार्ता गर्ने छन् । त्यसपछि १२ अक्टोबरका दिन नेपालको राजधानी काठमाण्डौ आउने छन् । नेपालको उनको यात्रा भने राजकीय हुनेछ । अक्टोबर १२ र १३ तारिखमा उनले नेपालमा उच्चस्तरिय भेटघाट गर्ने छन् ।   नेपाल लामो समयदेखि उच्चस्तरिय चिनियाँ नेतालाई स्वागत गर्न आतुर देखिंदै आएको छ । यो भेटघाटका अवसरमा विभिन्न दुईपक्षीय महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर हुने बताईएको छ । सीको स्वागतकालागि काठमाण्डौमा भव्य तयारी गरिएको छ । कतिपय विष्लेशकहरु सीको नेपाल भ्रमणले नेपालको विकासमा मात्र होईन कुटनीतिलाई समेत प्रभावित गर्ने बताउँदछन् । सीको भ्रमणले नेपाललाई चीनतिर ढल्केको संकेत दिने र त्यसले भारत अमरीका ...

महराको क्रान्तिकारी आचरणको अवसान ?

चित्र
महरा को क्रान्तिकारी राजनीतिक दर्शनमा महिलालाई सम्मान गर्ने समता प्रदान गर्ने भनिए पनि रोशनी शाही को आरोपले उनलाई कठघरामा पुरयाएको छ । ऐयाशीको रमझममा साँच्चै महराको क्रान्तिकारी आचरणले आत्मसमर्पण गरेकै हो ?  आरोपी महरा आफ्नै सचिवालयकी कर्मचारी रोशनी शाहीले यहि असौज १८ गते पूर्वसभामुख कृष्णबहादुर महराले आफुमाथि बलात्कार गरेको कीटानी जाहेरी प्रहरीमा दिएपछि भोलिपल्ट अर्थात् असौज १९ गते  महरालाई पदबाट राजिनामा दिएपछिको अवस्थामा सभामुखको सरकारी निवासबाट अन्यत्र सर्न नपाऊँदै प्रहरीले पक्राउ गरेको छ ।   पिडिता रोशनी शाही  यसअघि नै एउटा अनलाईन मिडियामा पीडिताको महराले  आफ्नो निवासमा एक्लै भएको समयमा आएर यौनदुराचार गरेको भन्ने भनाई सार्वजनिक भएको थियो । त्यसपछि चौतर्फी दबाव परेपछि उनले सभामुख पदबाट राजिनामा दिएका थिए । संभवतः प्रहरी हिरासतमा परेपछि उनको सांसद पद समेत खारेजीमा परेको छ । पार्टीको सदस्यता के हुने हो भन्ने प्रश्न यी पंतीहरु लेख्दासम्म  अझै अनुत्तरित नै छ ।     महरा दोषी ठहरिए भने यो काण्ड नेपालको हाईप्रोफाईल यौनकाण्ड मान...