संदेश

दलहरुले एमसीसी प्रकरणमा नेपालको कुटनीतिक साख गिराए

चित्र
त्यतिबेला नेपालका सरकारी नेताहरुलाई एमसीसी ल्याउन कुन कुराले प्रेरित गरेको थियो ? अहिले फेरि त्यसबाट पछाडि हट्न के कुराले वाध्य पार्यो ? आफ्नो कुन चाँही अडान गलत थियो ? पछिल्लो कि अघिल्लो ? जवाफ चाहियो । देशको कुटनीति लाई ध्वंश पार्ने यो रवैया निन्दनीय छ ।   नेपालमा एमसीसी उत्तरी छिमेकी चीनलाई घेर्ने ईण्डो प्यासिफिक रणनीति अन्तरगत ल्याउन लागिएको भन्ने र यसको विरोधलाई चिनिया प्रोपोगाण्डा भन्ने दुई तर्कहरु सुनिंदै आएका छन् । यस्ता तर्कले नेपालमा भारत–अमेरिकी गठजोड र चिनिया स्वार्थले बहसलाई यतिबेला प्रभावित गरिरहेको देखिन्छ । समय घर्किंदै जाँदा सडकदेखि राजनीतिक दलहरुमा समेत् एमसीसी विरोधको लहर देखिन थालेपछि अमेरिकी एमसीसी उपाध्यक्ष फातिमा सुमार एउटा टोली सहित काठमाण्डौ आएर विभिन्न राजनीतिक दलहरुका शिर्षस्थ नेताहरुलाई संसदबाट सम्झौता चाँडो अनुमोदन गर्न दबाव दिएर फर्किसकेकी छन् । धेरैको अनुमान छ, फातिमा म्याडम निराश मात्र होईन आक्रशित भएर फर्किन् । उनले नेपाललाई आर्थिक रुपमा अप्ठ्यारो पर्ने चेतावनी समेत दिएको भन्ने खबर मिडियाहरुमा देखियो । उनिसंग को भेटमा नेपाली काँग्रेस बाहेकका एमसीसी...

विकृत संसदीय लोकतन्त्रमा नेता माधव नेपालको बाटो कता ?

चित्र
 माधव नेपाल जस्तो नेताले पार्टीको महाधिवेशन पनि पर्खन नसकेर पार्टी नै विभाजन गर्ने बाटो किन लिए ? माधवलाई ओलीको सफाया वा सम्पूर्ण एमालेमाथि कब्जा जमाउने हदसम्म उचालेर आखिर उनका विद्रोहका प्रमुख सहयोगीहरु  ओलीसंग किन सम्झौता गर्न पुगे भन्ने रहस्य खुल्न बाँकी नै छ ।  भदौ महिनाको पहिलो सप्ताहान्ततिर नेकपा एमालेभित्र लामो समयदेखि चल्दै आएको अराजक र गैरराजनीतिक देखिने अन्तर संघर्षले पछिल्लो निर्णयक मोड लियो । प्रिय अप्रिय जे भए पनि यो विवाद विभाजनको हदसम्म जाने अनुमान भूईं तहका धेरैलाई थिएन । केही दोस्रो तहका नेताहरुको एकताको प्रयासले पनि यो विश्वासलाई जीवित राखेको थियो तर अर्को पार्टीको गठनसंगै त्यो आश तत्काललाई सकिएको छ । यतिबेला को कस्को भन्ने कित्ताकाट माथिबाट तलसम्म कुनै सिद्धान्त विना  चलिरहेको छ । कता पद पाईएला भनेर दौडिनेहरुको जमात नीति सिद्धान्तको चिन्ता गर्नेहरु भन्दा निकै ठुलो छ । यस्तो जमातबाट पार्टी अब झन् जनमुखी कसरी बन्ला र ?     देशको सबै भन्दा संगठित र अनुशासित राजनीतिक पार्टी कहलिएको एमाले कम्युनिष्ट एकताको नाममा तीन वर्षअघि जब माओवादी केन...

कवितारामका स्वीकृति र अस्वीकृतिहरूबीच घोत्लिँदा

चित्र
साहित्य समकालीन साहित्यमा  प्रकाशित मेरो लेख साभार गरेको छु -    बाबुराम पाैड्याल   पूर्वोत्तर भारतको लामो बसाईंमा मैले विभिन्न ठाउँहरूमा हुने गरेका साहित्यिक चर्चापरिचर्चाहरूमा तरलवाद, स्वभाववाद बुट पालिसबारे सुन्दै आएको हुँ । सन् १९९३ को जाडोमा मेघालयको जयन्तिया पहाडको मेरो ६ महिने बसाईमा पनि युवा साहित्यिक सहयोद्धा वीरेन्द्र तुम्बापो ‘प्रतीक’ र प्रकाश शर्मा ‘सङ्गम’ बीच लामा लामा, साहित्यिक र दार्शनिक छलफलहरू हुने गर्दथे । स्वभावले उहाँहरू म भन्दा बढी भावूक हुनुहुन्थ्यो र कविता लेख्नमा खप्पीस । तर म अलिक कठोर जस्तो एकोहोरो छिट्टो भावुक नबन्ने । स्वभावका दृष्टिले उहाँहरू तरल र म ठोस मानिन्थ्यौँ । यस्तै ठोस र तरलका कुराहरू चल्दाचल्दै घनवादी तेस्रो आयाम र फणिन्द्रजीहरूको तरलताको कुरा खुब चल्थ्यो । यसैक्रममा कवितारामका प्रस्तावनाहरूमा पनि पुग्थ्यौँ हामी । त्यही रहँदा हामीले साहित्यमा यथार्थ नैतिकता र सौन्दर्यको सामाजिक र द्वन्द्वात्मक वस्तुवादी अक्षुण्य अन्तरसम्बन्ध हुनुपर्छ भन्ने सोचमा पुगेका थियौँ र यसको प्रसारलाई परिष्कार अभियान भनेका थियौँ । जीवनलाई पदार्थको कुनै ए...

विदेशी चलखेलको पीडा भोगिरहेछ अफगानिस्तान

चित्र
अमेरिका को नेतृत्वमा रहेको नेटो सेना दुई दशकपछि अफगानिस्तान बाट फर्केपछि अहिले त्यहाँको स्थिति तरल छ । मध्यकालिन शैलिमा धार्मीक शासन चलाउन खोज्ने विद्रोही तालीवान बलियो शक्तिका रुपमा देखिएको छ । आधुनिक समयमा पुरातन मुल्यहरुलाई स्थापित गर्न चाहाने यो शक्तिको मानसिकतामा समयोचित परिवर्तन हुने विश्वास धेरैमा छैन । त्यसैले उनिहरुबाट अफगानिस्तानको भलो होला भन्न गाह्रो छ । दुई दशकअघि इश्लामिक आतंकवादको अन्त्य र शान्ति बहाल गर्ने नाममा समारिक संगठन नेटाको  सेना लिएर अमेरिका अफगानिस्तानमा आएको थियो । शीतयुद्धका समयमा  अफगानिस्तानमा रहेका सोवियत सैनिकहरु विरुद्ध उत्तरी गठबन्धनका मोजाहिदीनहरुलाई अमेरिकाले सबै किसिमको सहयोग  गर्दै आएको थियो र सोवियत सेनाको १५ फेब्रुवरी १९८९मा वापसीपछि सन् १९९२मा काबुलको सत्तारोहण गराएको थियो । ११ सेप्टेम्बर २००१मा अमेरिकामा ओसामा वीन लादेन नेतृत्वको इश्लामिक अतिवादी संगठनका अलकायदाका कार्यकत्र्ताले आत्मघाती हमला गरेपछि अमेरिकाले इश्लामिक अतिवादको कट्टर विरोधीका रुपमा आफुलाई प्रस्तुत गर्न थालेको थियो । यता साउदी अरबको सहयोगमा पाकिस्तानमा संचालित मदरस...
चित्र
                                          हिमालय की गोद से क्यास्त्रो को सलाम फिडेल क्यास्त्रो जन्म १९२६‌        मृत्यु २०१६    इसबार १३ अगस्त, फिडेल क्यास्त्रो के ९५वें जन्म वार्षिकी के  अवसर पर, सन् १९९१ में लिखित प्रकाश शर्मा संगम  की यह सुन्दर कविता श्रद्धांजली स्वरुप अर्पित है ।                                                                                                                                                                   ...

अफगानिस्तानबाट अमेरिकी सेना फिर्तापछि फेरिंदो परिवेश

चित्र
महाशक्तिको आकांक्षी चीन, सावियतकालिन सामरिक बलिष्टताको विरासत लिएको रुस र छिमेकी ईरान अफगानिस्तान को बदलिंदो परिस्थितिमा बढी सक्रिय देखिएका छन् । चीन तालिवान ले आफ्नो सिन्जियाङ प्रान्तका उईगुर मुश्लिम समुदायमाथि प्रभावित नगरोस् र आफ्नो विश्वमहाशक्ति बन्ने महत्वकाँक्षा परिपूर्ति होस भन्ने उद्देश्यले प्रेरित छ ।  विगत लामो समयदेखि नै फारसको खाडी वरपर विश्वका शक्तिशाली देशहरुको गतिविधि बढ्दो रहँदै आएको छ । पछिल्लो परिदृश्यले त्यहाँको शक्ति संतुलनमा व्यापक फेरबदलको अशंका गर्न थालिएको छ ।  यो क्षेत्र खनीजतेल र प्राकृतिक ग्यासले परिपूर्ण भएको हुनाले पनि विश्वका महाशक्तिहरु आकर्षित हुँदै आएका छन् । शक्ति र प्रभावका दृष्टिले चीन अफगानिस्तान पाकिस्तान,ईरान, इराक र साउदी अरब जस्ता देशहरुको परिधिभित्र रहेको यो क्षेत्रमा विगत लामो समयदेखि अमेरीका र उसका पश्चिमेली सहयोगी देशहरुको गतिविधिमा तीव्रता देखिदै आएकोे छ ।  अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना यसै सेप्टेम्बरसम्म सम्पूर्ण रुपले फिर्ता हँुदैछ । त्यसमध्ये ठुलो संख्या यसै जुलाई महिनाको शुरुतिर फिर्ता भैसकेको छ । अब त्यहाँ अमेरिकी...