वामदेवको सत्ता भोक र नेकपा

विस्तारै जनतामा सेलाऊँदै गएको नेकपाको लोकप्रियताप्रति सजग हुनु पर्नेमा नेकपाभित्रका गुटहरुबीच चलिरहेको खुट्टा तान्ने ओलम्पिक खेलले राम्रो परिणाम दिने छैन । नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आमनिर्वाचनमा चुनाव जितेर संसदमा पुग्न सकेनन् । तर, उनि जसोतसो उनि आफु संसदमा पुग्नै पर्ने त्यतिमात्र होईन प्रधानमंत्री बन्नै पर्ने अड्डी लिएका खबरहरु बेलाबखत विगतमा आउने गरेका थिए र यसपटक पनि यो खबरले मिडियाहरु भरिए । यसअघि उनिले उपत्यकाका एक सांसदलाई राजिनामा गराएर सो स्थानमा फेरि आफुले चुनाव लड्ने प्रयास गरेका थिए तर सफल भएनन् । यसपालि भने नेकपामा उनको महत्वपूर्ण पदमा ठाडो नियूक्ति भैसकेको छ भने उनले अब रिक्त हुने राष्ट्रियसभामा नेकपाको तर्फबाट वा मनोनित कोटाबाट सांसद बन्ने प्रयास गरेका छन् । कुरा यहिं मात्र सकिंदैन प्रत्यक्ष्य चुनाव जितेर आउनेले मात्र प्रधानमंत्री बन्न पाउने संविधानको व्यवस्थालाई समेत् संशोधन गरेर प्रधानमंत्री बन्न पाउने भन्ने कुराले पार्टीभित्र चर्चा पाएको छ । पार्टीले संविधान संशोधन बारे कार्यदल बनाउने प्रयास भएको बुझिएको छ तर यो प्रयास विवाद...