संदेश

गोर्खा भर्ती र त्यससंग गाँसिएको प्रश्न

चित्र
                                भारतले १४जुन २०२२मा सेना भर्तीमा अग्निपथ योजना शुरु गर्ने घोषणा गरेपछि भारतमा त्यसका विरुद्ध ठुलै असंतोष देखियो । अग्निपथ योजना अनुशार शुरुमा युवाहरुलाई सेनामा चारवर्षकालागि भर्ती गरिने र चारवर्ष सेवापछि ती मध्ये २५ प्रतिशतलाई मात्र स्थाई सेनामा छनौट गरिने तथा अरुलाई झण्डै १२ लाख रुपैया एकमुष्ट र प्रमाणपत्र दिएर विदा गरिने छ । यसरी अवकाश पाउनेहरुले पेन्सन पाउने  छैनन् । शुरुमा तीव्र विरोधका बावजुद पनि सरकारले योजनालाई लागु गरेको छ । भारतमा यसलाई कतिपयले सोच विचार नगरिकन ल्याईएको र यसले समग्र सैन्य व्यवस्थामा नकारात्मक असर पार्ने भन्दै आलोचना पनि गरेका छन् । सरकारका तर्फबाट यो योजना अपेक्षाकृत सानो संख्याको आधुनिक प्रविधि सज्जित अझ शक्तिशाली सेना बनाउने उद्देश्यले ल्याईएको बताईएको छ । भारत चीनपछि विश्वको दोस्रो ठुलो सैनिक संख्या रहेको देश हो । अग्निपथ योजनाबाट १३ लाख सैनिकहरु रहेको भारतीय सेनालाई आगामि १० वर्षमा ११लाख भन्दा तल झार्ने लक्ष्य भारत सरकारले राखेको छ । यसल...

शंदेहको घेराभित्र प्रधानमंत्रीको भारत भ्रमण

चित्र
प्रधानमंत्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर नेपाल फर्किसक्नुभएको छ । भारत नेपालबीच किनारा लगाउन थाती रहेका धेरै महत्वपूर्ण मुद्धाहरु रहेको अवस्थामा प्रधानमंत्रीको भारत भ्रमण हुनु नेपालीहरुको चासोको विषय थियो । जुन अस्वभाविक थिएन । तर, भ्रमणबाट नेपालले उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको देखिएन । नेपालीहरुको अधिक चासो रहेकोे सिमा समस्यामा दुई विषेश मित्रहरुले आपसमा संवाद र दुई देशिय सिमा समस्या शंयन्त्रबाट हल गर्ने भन्ने दिल्लीले दशकौंदेखि सुनाउने गरेको वाक्य देउवाले पनि सुनेर फर्किनुभएको छ । भारतका कारण यो समस्या एकै दिनमा समाधान हुने प्रकृतीको छैन भन्ने सबैलाई थाहा नभएको कुरा होईन । आशा के मात्र गरिएको थियो भने चीनले सीमा मिचेकोमा तदारुकता साथ छानबीन गर्न समिति गठन गर्ने प्रधानमंत्रीबाट अवश्य पनि भारतलाई नेपाली भूमिमा सडक बनाउने काम र महाकाली नदीमा तटबन्धका नाममा नेपालतिर कटानको जोखिम बढाउने काम बन्द गराउन सफता मिल्ने छ । तर, त्यस्तो देखिएन ।  प्रधानमंत्रीले चारवटा सम्झौतामा हस्ताक्षर गराएर फर्किनुलाई नेपालका नयाँ प्रधानमंत्रीहरुले प्राथमिकतासाथ भारतको भ्रमण गर्...

नेटो कमजोर भएको मान्नेहरुको तर्क सत्य सावित नहुन पनि सक्ने

  अफगानिस्तानबाट अमेरिकी नेतृत्वको नाटोे सेना दुई दशकपछि थकित भएर फर्किंदा कतिपय कुटनीतिक विष्लेशकहरुले विश्वको सबैभन्दा शक्तिशाली सैन्य गठबन्धन नाटो अब कमजोर हुँदै जाने हो कि भन्ने अनुमान लगाउन शुरु गरेका थिए । अप्रत्यशित आर्थिक वृद्धि तथा त्यसको आडमा चीनको विश्वमा फैलिने महत्वकाँक्षी चरित्र र कोविद महामारीले विश्व अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई मध्यनजर गर्दै यस्तो आँकलन शुरु भएको थियो । पछिल्लो समय रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि नेटोका सदस्य देशहरुका धाकधम्की र विवशता भरिएका कतिपय परस्पर बाझिने अभिव्यक्तिहरुले पनि नेटो साँच्चै कमजोर भएको हो कि जस्तो देखिंदै पनि छ । तर, अहिले नै यो निष्कर्शमा पुगिहाल्नु हतारो हुन सक्ने संभावना भने उतिकै छ ।   नेटो अर्थात् उत्तर अटलान्टिक सन्धि संगठन अमेरिकाको सुरक्षा रणनीतिमा संलग्न देशहरुको साझ सैनिक गठबन्धन हो । यसको स्थापना शीतयुद्धकालमा अर्को महाशक्ति सोवियतसंघको सैनिक प्रतिकारका लागि समानान्तर रुपमा भएको थियो । यसको स्थापना सन् १९४९ अप्रैल ४मा अमेरिकाको वाशिङटनमा भएको थियो । यसको मुख्यालय बेल्जियमको ब्रसेल्समा छ । हाल यसका म...

एमसीसी ल्याउनेहरु नै अहिले विरोध गरेर देशभक्त र क्रान्तिकारी बन्दैछन्

चित्र
चीनतिरबाट पनि नेपालमाथि अमेरिकाले एमसीसी लाद्न खोजेर धम्कीको कुटनीति गरेको अभिव्यक्ति आउन थालेका छन् । अमेरिकी सहायक सचिव लुले नेपाली नेताहरुसंग फोनमा सम्झौता अनुमोदन नगर्ने हो भने नेपाललाई चीन पक्षिय देशका रुपमा व्यवहार गरिने बताएको कुरा पहिल्यै सार्वजनिक भैसकेको छ । यो परिघटनाले एमसीसी दुई पक्षीयबाट अन्तरराष्टिय मुद्दा बन्न थालेको सतहमा नै देखिन थालेको छ । दुई प्रतिस्पर्धी राष्टले नेपालको विषयलाई लिएर वादप्रतिवाद गर्ने स्थिति बन्नु नेपालकालागि घातक देखिन्छ । नेपालको राजनीतिले अहिले अमेरिकाबाट ल्याउने भनिएको एमसीसी अनुदान सम्झौताले ल्याएको आँधीबेहरीको सामना गरिरहेको छ । सडकमा विरोध छ र संसदबाट अनुमोदन हुनै नदिने वा संशोधन विना पारित नगर्ने भन्नेमा रस्साकस्सी चलिरहेको छ । संसदमा पेश हुनै नदिने भन्नेहरु यो पेश भएपछि भने छेउतिर पुगे जस्तो देखिंदै छ उनिहरुको जोरबल अब अनुमोदन हुन नदिनेतिर केन्द्रित भएको छ । नेपालको राजनीतिले अहिले अमेरिकाबाट ल्याउने भनिएको एमसीसी अनुदान सम्झौताले ल्याएको आँधीबेहरीको सामना गरिरहेको छ । सडकमा विरोध छ र संसदबाट अनुमोदन हुनै नदिने वा संशोधन विना पारित नगर्ने भ...

एमसीसी आतंकमा नेपाली राजनीति भन्दा अमेरिका कम दोषी छैन

चित्र
बाबुराम पौड्याल नेपाली राजनीतिक दल र नेताहरु एमसीसी जस्तो संवेदनशील मुद्दालाई प्रयोग गरेर एकअर्का विरुद्ध प्रयोग गरेर लोकप्रियता हासिल गरेर चुनाव जित्ने प्रयत्नमा छन् । जुन आत्मधाती हुनेछ । अमेरिका पनि त्यसमा कम जिम्मेदार छैन । उसले नेपालमाथि लाद्न खोजेको धाकधम्कीले नेपाली जनमानसलाई अफगानिस्तानको दुर्दशा स्मरण गराईरहेको छ                                                                                             नेपाललाई अमेरिकाले सन् २०१७मा नेपालका तर्फबाट हस्ताक्षर गरिएको एमसीसीलाई संसदबाट चाँडै परित गराउन दबाव तीव्र पारेपछि नेपालको राजनीतिमा आँधिबेहरी नै चलिरहेको छ यतिबेला । हस्ताक्षर हुनु अगावै लगभग चारवर्षदेखि यो सहयोग हासिल गर्न नेपालबाट कैयौं छलफल र पत्राचारहरु भैसकेका थिए । सन् २०१९मा एमसीसीलाई लागु गर्ने मनाशयले अर्को सम्झौता पनि भैसकेको छ । त्यस ...

युक्रेन पर बरपता अमरीका और रुस का कहर

चित्र
इससमय दुनिया में कोरोना तथा उसके पीढियों का ही संक्रमण नहीं चलरहा है बल्कि शक्ति राष्ट्रों की मानविय ताकतों का अहंकार का टकराव भी साथसाथ  चलरहा है । लगता है महाशक्ति बनने होड में दुनिया का शक्ति शक्तिसमीकरण का फेरबदल होने का क्रम जोर शोर से चलरहा है ।   पिछले साल मौजूदा महाशक्ति अमरीका के अफगानिस्तान से बोरिया बिस्तर बाँध लेने बाद लगता है, उसकी पकड अब दुनिया से ढीली पडने लगी है । अफगानिस्तान से उसके वापस जाने से उभरी रिक्तता को पुरी करने के लिए अमरीका के नापसंद चीन, ईरान और रुस काफी मसक्कत कररहे हैं । यह अमरीका के लिए अच्छी खबर नहीं है । वैसे अमरीका ने चीन के बढते प्रभाव को रोकने के लिए अफगान समस्या में उलझे रहने की बजाय एशिया प्रशान्त क्षेत्र में चीन विरोधी ताकतो को इकट्ठा करना ज्यादा मुनासीब समझा है ।    इससमय युक्रेन का मसला सुर्खियो में है । अमरीका दावे के साथ कहरहा है कि रुस ने युक्रेन की सीमा पर युद्धक साजो सामान से लैस एक लाख सैनिको तैनात किया है । उसको लगता है कि रुस युक्रेन पर आक्रमण के तैयारी में है । परन्तु रुसी राष्ट्रपति पुतीन बारबार बता चुके हैं कि युद्...

बैशालीकी नगरवधू आम्रपाली र चतुरसेनको दृष्टि

चित्र
बज्जीसंघको नियमले आम्रपाली को स्त्रीत्वको निर्मम हत्या गरेको थियो । त्यसैले उनमा यो गणराज्यप्रति सुषुप्त शत्रुता कायम रह्रयो । चतुरसेन ले यी नारीको प्रतिशोधलाई वैशाली को अस्तित्वमाथि मडराईरहेको कालो बादलको रुपमा चित्रित गरेका छन् । वैशालीले आम्रपालीलाई धन सम्पत्ती र सम्मान दिनमा कंजुस्याई गरेन तर उनले त्याग गर्नुपरेको कुरा भन्दा पाएको यो सबै धेरै तुच्छ थियो । उनको रुपलाई मात्र बैशालीले देख्यो तर उनिभित्रको स्त्रीभावलाई उपेक्षा गर्यो ।                                                        बुद्धकाे शरणमा आम्रपाली   । तस्विर विकिपिडिया                  सन् १९८० तिरका वर्षहरुमा  पूर्वोत्तर भारतको असम राज्यमा नेपाली समूदायले विदेशी भगाऊ आन्दोलनको त्रास र चरम सरकारी दमनको एकसाथ सामना गरिरहेको थियो । यो लेखमा त्यो दुर्दान्त अवस्थाको कारण खोतल्ने मेरो आशय छैन । त्यसताका म माध्यमिक तहको विद्यार्थी...