संदेश

मई, 2019 की पोस्ट दिखाई जा रही हैं

कस्तो रहला मोदीको नेपाल नीति ?

चित्र
नेपाल-चीन सम्बंधको घनत्व र त्यसलाई हेर्ने वाशिंगटन र  दिल्ली का साझा आँखाहरूले नै आगामी दिनहरुमा नेपाल  भारत सम्बंध लाई  धेरै हदसम्म निर्देशित गर्ने छन।  भारतमा कट्टर हिन्दुवादी मानिएको सत्तारुढ  भारतीय जनता पार्टीले हालै सम्पन्न सत्रौं लोकसभा चुनावमा शानदार विजय हासिल गरेपछि नेपालमा विभिन्न अड्कलबाजीहरु गर्न थालिएका छन् । यस पटक पनि नरेन्द्र दामोदर दास मोदी भारतको प्रधानमंत्री बन्ने निश्चित भै सकेको छ । मतगणनाको अन्तिम नतिजा सार्वजनिक हुनु अगावै मोदीलाई बधाई दिएका नेपालका प्रधानमंत्री खड्गप्रसाद ओलीलाई शपथ ग्रहण समारोहमा भागलिन निम्तो पनि आईसकेको छ । भारतका राष्ट्रपतिको कार्यलयले ३० मई  अर्थात् जेठ १६ गते राष्ट्रपति भवन नयाँ दिल्लीमा शपथ ग्रहण समारोह आयोजना हुने जानकारी दिएको छ । संभवतः नेपालका प्रधानमंत्री १६ जेष्ठमा नै दिल्ली प्रस्थान गर्ने छन् ।              नेपाललाई हिन्दु धार्मिक हवका रुपमा प्रयोग              गर्दै आवत जा...

नरेन्द्र मोदी की जित का मतलब : केसरिया भारत ?

चित्र
तमाम अट्कलबाजियों के बावजूद भारतीय जनता पार्टी ने २०१९ के लोकसभा चुनावों में भारी मतो  से दुबारा शानदार विजय हासिल किया । भारत की आवाम ने फिर से दिल्ली की हुकुमत का बागडोर पाँच सालों के लिए नरेन्द दामोदर मोदी के हाथों सौप दिया है । देखना यह है कि ये पाँच साल मोदी दुनिया के बडे लोकतन्त्रिक देश में तरक्की के कितने चाँद लगा पाएंगे । जित के बाद नरेंद्र मोदी  वैसे २०१४ के चुनावाें में मोदी विकास और भ्रष्टाचार मुक्त समाज के मुद्दे लेकर आये । जिसको जनता ने मतों के जरिये रजामन्दी दे दी थी । उनके मुख्यमंन्त्रित्व काल में गुजरात में अपनाये गये विकास के मोडेल ने जनता को मोदी पर विश्वास करने का आधार दिया था परन्तु  भाजपा ने इसबार का चुनाव २०१४ के अन्दाज में नहीं लडा चूंकि उसके पास पाँच साल सत्ता में रहने का अनुभव था और सत्ता का बलशाली मैकेनिज्म भी था । इन सबों का साथ भाजपा को उसीतरह मिला जिस तरह विगत की काँग्रेस सरकारों को मिला करती था ।     इसबार भाजपा की चुनाव जितने की रणनीति बहुत ही आक्रामक होते हुये भी हिन्दुराष्टवाद के अलावा अन्य मुद्दों पर केन्द्रित नहीं...

अमेरिकी राजदूत बेरीको चाहना : कूटनीतिक मर्यादा विपरीत

चित्र
                 नेपाल स्थित अमेरीकी राजदूत रान्डी बेरी ले सामाजिक संजालमा नेपाली जनतासंग सिधा संवाद गर्ने तरखरमा लागेको खबर एक्कासी चर्चामा आएको छ । यसले नेपालमा यतिबेला हल्लीखल्ली नै मचिएको छ । यसलाई नेपाल चीनतिर ढल्किदै गएको परिप्रेक्षमा अमेरिकाले आफ्नो चासो घनिभूत पार्न खोजेको हो कि भन्ने अड्कल काट्न थालिएको छ । राजदूत बेरीको परराष्ट्रमंत्रालयसंग अनुमति नलिई कनै गर्न थालिएको यस प्रयासलाई कुटनीतिक मर्यादा विपरित भनेर आलोचना गरिएको छ । नेपालमा रहेका केही अन्य विदेशी कुटनीतिकहरुले विभिन्न बहनामा नेपालमा विना जानकारी आफुखुशी देशका विभिन्न भागमा जाने र भेटघाट गर्ने नेपाललाई दबाव दिन जमघट आयोजन गर्ने गैरकुटनीतिक गतिविधि गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघ जस्तो साझा संस्थामा आएका प्रतिनिधिहरुले समेत विभिन्न स्वार्थकालागि लबिङ गरेका उदाहरण पनि छन् । यी दुस्प्रयासहरुलाई नियन्त्रण गर्ने प्रयास नगरेर त्यसमा नै रमाउने कार्य राजनीतिक दलहरुले गरेर देशको शिर निहुर्याएका छन् । विदेशीहरुसंग परराष्ट्र निकायलाई जानक...

घटना र प्रबृति : हटसीटका उपप्रधानमंत्री यादव र पत्रकार पाण्डे

चित्र
यतिबेला एभेन्यूज टेलिभिजनको एक अन्तरवार्ता कार्यक्रममा उपप्रधानमंत्री उपेन्द्र यादव र उपप्रधानमंत्री उपेन्द्र पाण्डेबीच भएको असहजताका कारण कार्यक्रम नै स्थगित भएको कुरा चर्चामा रहेको छ । निश्चय पनि, प्रत्यक्ष कार्यक्रममा भएको यो दुर्घटना चानचुने कुरो भने होईन । अन्तरवार्ताको मुल उद्देश्य विचारको जनतामा सम्प्रेषण गर्नु नै हो । जसकालागि मिडिया माध्यम बन्ने गर्दछ । उठेर बहिरदै उपप्रधानमंत्री यादव  प्रिंट मिडियामा विचारको मात्रै प्रसारण हुन्छ भने रेडियो (अडियो)मा विचारलाई घनिभूत बनाउन अन्तरवार्ता लिने र दिनेको आवाजले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । टेलिभिजन(भिडिओ) दुवै भन्दा अझै महत्वपूर्ण हुन्छ जसमा विचारलाई घनिभूत बनाउन आवाज मात्र होईन शारिरिक भावभंगिमाले झन् महत्वपूर्ण भूमिका खेल्दछ । यो विवादास्पद अन्तरवार्तामा पनि लिने शुशील पाण्डे र दिने उपप्रधानमंत्री उपेन्द्र यादवको भावभंगिमा पनि सबैले देखे । यो अन्तरवार्ता भन्दा बढी अभद्र मुठभेड जस्तो बन्दै बिचैमा रोकियो । एउटा पक्ष वा व्यक्तिले मात्रै अन्तरवार्ता हुँदैन । त्यसैले यस्तो कार्यक्रमलाई सफल बनाऊन दुवैपक्ष शिष्ट र ...

NEPAL IN BRI AND INDIAN CONCERN

चित्र
                                                                  by Baburam Poudyal    Nepal has been facing a serious triangular-diplomatic approach of India , China, and the USA this time, especially on Nepal’s participation in BRI . Kathmandu is continually trying to achieve balance-relations among these stakeholders. Nepal’s tilting toward the Chinese BRI might be a headache in the future. President Bhandari and Xi The most important and long-awaited protocol of Nepal-China transit and transport agreement find edge after the signing at the Great Hall of peoples of China on April 29, 2019.  The signing event was witnessed by Chin...

माओवादी विद्रोहका नखुलेका पानाहरु

चित्र
बाबुराम पौड्याल    विद्रोह राज्यका नियम र कानुनभित्र रहेर विद्रोह संभव हुँदैन । माओवादी विद्रोह मा द्वन्दरत दुवै पक्षहरुबाट देशले क्षति वा लाभ लिए पनि मानवियताका विरुद्ध डरलाग्दा घटनाहरु घटे । तिनलाई कसरी संझिने, विर्सने वा सम्बोधन गर्ने भन्ने दुविधामा छ यतिबेला पनि देश । त्यस विद्रोहको यथार्थबाट आऊँदा दिनहरुमा देशले शिक्षा लिने कुराहरु पनि धेरै छन् ।    नेपालको इतिहासमा नै त्यो दशक सबै भन्दा बढी त्रासदियुक्त पनि   रह्यो । राज्य र विद्रोहीहरुको भिडन्तमा १७ हजार भन्दा बढी      नेपालीहरुको  ज्यान गयो । हजारौं निर्दोष र निरिहहरु समेत मारिए ।    तल्लोस्तरका शासनका संयन्त्रहरु ध्वंश भए नै जनसरोकारका      आधारभूत संरचनाहरु समेत ध्वंश पारिए ।        ठूलो विद्रोहबाट आएको नेकपा माओवादीको धार वर्तमानसम्म आईपुग्दा धेरै भंगालाहरुमा विभक्त भै छिन्नभिन्न भैसकेको छ । पुरानै काटमार र ध्वंशको धङधङी लिएर विप्लव भनिने नेत्रविक्रम चन्द एउटा समुह लिएर जंगलतिर छन् । माओबाद...

बाबुराम र उपेन्द्रको सहयात्रा : राष्ट्रिय कि मधेशको राजनीति ?

चित्र
नेपाली राजनीति र बेलाबखत विदेशी स्वार्थहरुको नेपाललाई जाँच गर्ने प्रयोगशाला हुँदै आएको मधेश का  नेपालीहरूको भागमा पीडा मात्रै पर्ने सिलसिला चलिआएको छ । मधेशका उद्दारकर्ता हूँ  भन्नेहरु धेरै आए गए । उपेन्द्र बाबुराम को सहयात्राले उहि इतिहास नै पो दोहोर्याउने हो कि ? नेपालमा दलहरुबीच केही अनौठा र अप्रत्यशित समिकरणहरु बन्दै गैरहेको देखिन्छ । त्यस्तै मध्येको पछिल्लो बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको एकिकरणको घटना हो । भनिन्छ राजनीतिमा असंभव भन्ने कुरा केही हुँदैन । त्यहि कुरा चरितार्थ भएको देखिन्छ । उसो त यी दुईबीच पहिले पनि एकिकरणको चर्चा बेलाबखत चल्दै आएको थियो तर वरियताक्रमको कुरा नमिलेपछि त्यो स्थगित भएको थियो । जे होस्, उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम र बाबुरामले नेतृत्व गरेको नयाँ शक्ति पार्टी एकिकरण भएर समाजवादी पार्टी, नेपाल बनेको घोषणा भैसकेको छ । बने लगतै सामाजिक संजालहरुमा बाबुरामले संविधान संशोधन गरेर नेपालमा सात होईन एघार प्रदेश बनाउन पर्छ त्यसो  भएन भने सरकार छोड्ने चेतावनी दिएका छन् भने अर्का नेता राजेन्द्र श्रेष्ठले कम्युनिष्टह...

सरकारको नीति र कार्यक्रम : कुरा भन्दा कामको खाँचो

चित्र
नेपाल सरकार को नीति र कार्यक्रम केबल  सामान्य आंकलन  हो। केपी ओली सरकारले बेथितिलाई नियंत्रण गरोस र देश लाई विकासको बाटोमा अगाडी  बढाओस भन्ने चाहना जनतामा छ। संसदलाई सम्बोधन गर्दै राष्ट्रपति  सरकारले यसवर्षको नीति र कार्यक्रम यहि बैशाख २० गते राष्ट्रपतिको संबोधन मार्फत संसदमा पेश गरेको छ । यसले एक वर्षलाई मात्र नसमेटेर निरन्तरतामा चलिरहेका कार्यक्रम र आगामी वर्षहरुलाई पनि ओगट्ने केही कार्यक्रमहरु यसमा समावेश गरेको छ । अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याईने, सातै प्रदेशहरुमा औधोगिक क्षेत्र, राजमार्गमा आपतकालिन हवाई अवतरण संभव बनाईने, केही खानीहरु संचालन गरिने, आर्थिक वृद्धिदर दश भन्दामाथि उकाल्ने, साक्षर नेपाल बनाईने र सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरुको तलबमानमा वृद्धि गरिने जस्ता कार्यक्रमहरु समावेश गरिएका छन् । बितेको वर्षमा जनताले आशा गरे अनुरुपको काम गर्न असफल भएको आरोप लाग्दै आएको सरकारले आफ्नो प्रतिरक्षामा नीति र कार्यक्रम मार्फत् जनताले अनुभव गर्ने कार्यक्रम ल्याएर काम गरेर देखाउने बताऊँदै आएको थियो । यद्यपि नीति र कार्यक्रम कुनै ठोस प्रत...