पोखरा महानगरको ७६—७७ को बजेट : पर्यटन विकास ओझेलमा
पोखरा नेपाल कै प्रमुख पर्यटकीय शहर मध्ये एक भएको हुनाले त्यसलाई छोडेर पोखराको विकास अधुरो रहने छ। देशको दोस्रो ठुलो पर्यटकीय शहरका रुपमा परिचत पोखरा महानगरपालिकाले आगामी आर्थिकवर्षकालागि ७ अर्ब ५४ लाख रुपैयाँको बजट यहि असार १० गते सार्वजनिक गरेको छ । बजेटमा संघीय सरकारको अनुदान २ अर्ब ८९ करोड ७६ लाख ८० हजार प्राप्त हुने अनुमान गरिए पनि जेठ मशान्तसम्म २ अर्ब २७ करोड १८ लाख २६ हजार प्राप्त भै सकेको जनाईएको छ भने आन्तरिक आम्दानी तर्फ २ अर्ब ९१ करोड ६३ लाख ७८ हजार अनुमान गरिए पनि जेठ मशान्तसम्म १ अर्ब ३५ करोड संकलन भएको उल्लेख छ । राजस्व आमदानीको निश्चितता भने असार मशान्तसम्ममा हुनेछ । हालसम्म ६५ प्रतिशत लक्ष्य हासिल भएको र त्यसबेलासम्म लगभग लगभग ८० प्रतिशत लक्ष्य हासिल हुने महानगरको अनुमान रहेको छ । बजेटले सडकसजांल र त्यसको स्तरोन्न्तीलाई उच्चप्राथमिकता दिएको देखिन्छ । तर, पर्यटन क्षेत्रलाई भने उपेक्षा गरिएको छ । महानगरको आन्तरिक व्यवस्थापनमा सुधारमा केही गर्ने प्रयास गरिएको भए पनि त्यतिले मात्र पर्यटनलाई टेवा पुग्ने देखिन्न । ब...