के प्रम ओली कमजोर भएकै हुन् ?
लिपुलेक लिम्पियाधुरामाथि भारतको विवाद, चीन र भारतको सिमा विवाद र त्यसमा अमेरीकाको उपस्थिति रहन सक्ने संकेत नेपालमा अमेरिकी अनुदान एमसीसीको विवादले यो क्षेत्र नै अशान्त हुन सक्ने परिस्थिति देखिएकोले नेपाली शासकहरु चनाखो देखिंदैनन् । प्रधानमंत्री खड्ग प्रसाद ओलीले सार्वजनिक रुपमा नै भारतले उनलाई सत्ताच्यूत गर्ने प्रयास गरिरहेको बताएर पछिल्लोपटक चर्चामा आएका छन् । उनको यस्तो भनाईले दृढ र अडिग नेताका रुपमा उनले विगतमा बनाएको छविका विपरीत उनि यतिबेला त्रसित र सशंकित रहेको संदेश दिएको छ । भारतले हडपेको नेपालको जमिनलाई लिएर उसंग विवाद चर्कीरहेको बेला प्रम ओलीको भनाईले कुटनीतिक सुझबुझ देखाऊँदैन । नेपालको स्थिति बाहिरबाट हेर्दा जति सरल र सहज जस्तो देखिन्छ वास्तवमा त्यो भन्दा धेरै जटिल र असहज छ । यहाँ विभिन्न भित्री र बाहिरी स्वार्थहरुको बलियो संजाल कृयाशील रहँदै आएको छ । भारत नेपाल भूमि बिवादलाई लिएर नेपालभित्रैबाट नेपालको पक्षलाई कमजोर पार्ने गरी प्रचारबाजी गर्ने, सडकमा विभिन्न किसिमका नारा लिएर विना नेतृत्वका आक्रोशित मानिसहरुको अचानक उपस्थिति देखिनु र हराउनु, एमसीसी प्रकरणम...