संदेश

सन्दर्भ बुद्ध पूर्णिमा, बुद्धकालिन परिवेश

चित्र
        वर्तमान नेपालको सिमाना भित्रको कपिलवस्तु गणराज्यको लुम्बिनीमा शाक्य राजकुलमा आज भन्दा २५ सय ६२ वर्ष अघि गौतम बुद्ध जन्मेका थिए । बालकालमा उनको नाम सिद्धार्थ थियो । उनका पिता शुद्धोदन कपिलवस्तुका राजा र मामायादेवी छिमेकी कोल राज्यकी राजकुमारी भएको र रोगी, मानिसको अन्तिम शवयात्रा जस्ता दृश्यहरु देखेर संसारबाट विरक्त भई ज्ञानको खोजीमा दरवार छोडेर निस्किए । कठीन प्रयासपछि उनले भारतको गयामा बुद्धत्व प्राप्त गरेका, भारतको सारनाथबाट  ज्ञान प्रचारको काम आरम्भ गरेका र भारतको कुशीननगरमा अस्सी वर्षको उमेरमा निर्वाण प्राप्त गरेका भन्ने बाहेक खासै जानकारी आम मान्छेमा देखिंदैन । बुद्धको सरोकार उनको कालजयी विचारहरुका कारणले पुर्वीय दार्शनिक वाङमयको एउटा धार्मिक सम्प्रदायमा मात्र सिमित छैन । उनि एउटा सम्प्रदायका गरुभन्दा पनि त्यस यूगका महान दार्शनिक हून् । उनको समकालिक रुढीवाद, अन्धविश्वासका विरुद्धको सक्रियताले उनलाई समाज सूधारकका रुपमा पनि आदर गरिन्छ । नेपाली समाजका हरेक सांस्कृतिक मोडहरुमा दार्शनिक, सामाजिक अभियान्ता र सम्प्रदायका गूरुका रुपमा परापूर्वका...

कोरियाली प्रायद्वीपमा खुशीको लहर

चित्र
  संसारबाट अलगै र रहस्यमय मानिएको बन्द देश उत्तर कोरियाली नेता किमइल जोङ उन र तीव्र आर्थिक विकास गरिरहेको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन  बीच दुई देशको सिमावर्ती गैरसैनिक क्षेत्रमा वार्ता भएको छ । यही २७ अप्रैलका दिन पानमोनजोममा दुई कोरियाली नेताहरुबीच आधा घण्टासम्म हार्दिकतापूर्वक वार्ता भएको थियो । उत्तर कोरियाली नेता आफ्नी बहिनी किम यो जोङ सहित नौजना अधिकारीहरु र केही सादा पोशाकका सुरक्षाकर्मीहरु लिएर त्यहां पुगेका थिए । त्यहांको अतिथि पुस्तिकामा उनले अब नयां इतिहासको शुरु हुन्छ भनेर लेखेका थिए । सन् १९५३ मा दुई देश बीच युद्ध विरामपछि ५५ वर्षमा दुई देशका उच्चस्तरका नेताहरुबीचको यो नै पहिलो भेट हो । अहिलेसम्म लगभग युद्धकै स्थितीको तनावमा रहेका दुई राष्ट्रहरु माझ भएको यो भेटघाट त्यस क्षेत्रको शाान्ति र समुन्नतिका निम्ति निकै महत्वपूर्ण घटना हो । यो भेटमा दुई नेताहरुले आणविक होडबाजीको अन्त गर्ने र यसै वर्षभित्र शान्ति सम्झौतामा हस्ताक्षर गरी शान्तीको सुनिश्चितता गर्ने वचनबद्धता प्रकट गरेका छन् । उनिहरुले जारी गरेको घोषणापत्रमा भनिएको छ– अब यस प्रायद्वीपमा कहिल्य...

भारत चीन संबन्धमा सकारात्मक संकेत

चित्र
     भारतीय प्रधानमंत्री नरेन्द्र मोदी यही अप्रैल सत्ताईस तारीख चीनको हुवेई प्रान्तको राजधानी शहर हुआन पुग्ने छन् । त्यहां उनले चिनिया राष्ट्रपति सि जिम्पीङसंग अनौपचारिक तर महत्वपूर्ण दुईपक्षिय वार्ता गर्ने छन् । यस वार्तालाई शिखरवार्ताको संज्ञा दिईएको छ । गत दिसम्बरमा चिनिया विदेशमंत्री वाङ यी दिल्ली भ्रमणमा आएपछि दुई देशबीचमा कुटनीतिक सक्रियताले तीव्र गति लिएको देखिन्छ । त्यसपछि फरवरीमा भारतीय विदेश सचिव विजय गोखले चीन भ्रमणमा गए । उनि चीन बारे विशेष जानकार रहेको बताईन्छ । उनि फर्केपछि भारतीय सूरक्षा सलाहकार अजित डोभल पनि चीन पुगे । यी सबै भ्रमणहरु सी र मोदीको भेटलाई चांजोपांजो मिलाउन भएका थिए । त्यसपछि अप्रैलको बीस तारीखमा भारतीय विदेशमंत्री स्वराजको बेइजिङ भ्रमण भयो । एउटा समारोहमा विदेशमंत्री यीले चीन र भारत प्रकृतिले नै जुराएका सहयोगी भएको र यो सम्बन्धले दुई देशमा मात्र नभएर यस यस क्षेत्रमा नै सकारात्मक पर्ने बताएका थिए । यो भनाईको इशारा पाकिस्तान तर्फ हो कि जस्तो देखिन्छ । चीनले भारतीय अतिथिहरुलाई उच्च महत्व दिएको छ र भारतमा पनि उसको पारम्परिक विदेश...

अझै अनिश्चित एमाले माओवादी एकिकरण

                     लेनिन जयन्ती तथा पार्टी एकता दिवसको दिन पारेर यही बैशाख नौ गते गरिने भनिएको नेकपा एमाले र माओवादी केन्द्रको एकिकरण एकपटक फेरि प्रतिबद्धतामा नै सिमित रहन पुगेको छ । राष्ट्रिय सभागृहमा आयोजित संयुक्त कार्यक्रममा दुई पक्षबाट एकता हुन्छ भनेर नेताहरुले आश्वस्त पार्ने प्रयास गरे ।  हल्लाको समूद्रमा तैरिने बानी परेको नेपाली राजनीतिमा आईरहेको सुनामीमा यी दुई नाऊहरु मध्ये कुन चाहीं उत्तरी किनारा र कुन चाहीं दक्षिणी किनारामा पुग्ने हुन् वा दुवै एकै किनारामा पुग्ने हुन् , अझै टुंगो लाग्न सकेको छैन ।      पार्टीहरु बीचको भागबण्डाको तानातानी आम जनताको खासै सरोकारको विषय रहेन । उनिहरुको चाहना, अस्थिर देश स्थिर भै समुन्नतितिर जान सकोस् भन्ने हो । नेपालका खोलानाला र पाखापखेरामा आफ्नो मात्र स्वार्थमा लागेका छिमेकीहरुले रेल र पानीजहाज दौडाउलान् र नेपालको विकास होला भनेर सपना देख्ने बानी परेकाहरुले जनताको तर्फबाट उधारो विश्वास त पाएका छन् तर त्यसको सदुपयोगको निश्चितता देखिएको छैन ।     ...

नेपाल भारत र चीन, नयां सोचको पर्खाईमा

प्रधानमंत्री केपी ओली भारतको तीन दिने औपचारिक भ्रमणबाट चैत्र पच्चीस गते फर्किए भने एक सातामा बैशाख तीन गते परराष्ट्रमंत्री प्रदीप ज्ञवाली चीन भ्रमणमा निस्के । भ्रमणको यो तालमेललाई हेर्दा भारतप्रतिको काउन्टर भ्रमणको तयारीका रुपमा पनि धेरैले बुझे । मंत्री ज्ञवालीको चीन भ्रमणलाई नेपाल र भारतमा पनि उत्सुकता पूर्वक हेंिरनु अस्वभाविक थिएन ।   मंत्री ज्ञवाली चिनिया विदेशमंत्री वाङ यीको निमन्त्रणामा छ दिने भ्रमणमा चीन गएका थिए । उनि नेपाल फर्किसकेका छन् । उनकोे भ्रमण चीनसंग विगतमा भएका संझौताहरुको सन्दर्भमा र निकट भविष्यमा हुने प्रधानमंत्री ओलीको औपचारिक भ्रमणलाई व्यवस्थित र फलदायी बनाउन भएको हो । अझ यो भन्दा बढी बहुप्रतिक्षित चिनिया राष्ट्रपति सी जिम्पीङको नेपाल भ्रमण गराएर कुटनीतिक महत्व हासिल गर्न नेपालले दुई वर्षदेखि प्रयास गर्दै आएको छ । त्यस बारे पनि मंत्री ज्ञावलीले चीनमा प्रयास गरेको बताइन्छ । चीनसंगको नेपालको संबन्ध भारतसंगको जस्तो बोझिलो छैन, सहज र सरल छ । यति भएर पनि भारतसंगको सम्बन्ध विविध कारणहरुले गर्दा अहिलेसम्म नेपालकालागि वाध्यकारी रहेको छ । यसको उचित व्यवस्थापन...

लीपुलेक र दोक्लामले दिएको शिक्षा

पछिल्लो पटक भारत र चीन बीच संबन्ध सुधारको प्रयास फेरि शुरु  हुने संकेत देखिएको छ । दुवै तर्फबाट कुटनीतिक भेटघाटले तीव्रता  पाएको छ । गत फरवरीमा भारतीय विदेश सचिव विजय गोखलेको चिनिया अधिकारी संग भलाकुसारी पछि भारतका सुरक्षा सल्लाहकार अजित डोभल भारतीय  प्रधानमंत्री नरेन्द्र मोदीको आगामी जुन महिनाको ८ तारीखमा शुरु हुने एक समिटमा भाग लिन चीन जान अगावै चीन भ्रमण गराउने चांजोपांजो  मिलाउन चीन पुगेका छन् । अब केही हप्तामा भारतको मंत्रीस्तरिय  भ्रमण टोली चीन  जानलागेको बताईएको छ । यदि यी प्रयासहरु सफल  भए छोटो समयमा दुई पटक भारतीय प्रधानमंत्रीको चीन भ्रमण हुने  देखिन्छ । यसको अर्थ भारत र चीन आपसी सम्बन्धलाई अब उच्च  महत्व दिन थालेको देखिन्छ । दोक्लामबाट झनै टाढिएका दुवै देशले के शिक्षा लिएर फेरि प्रयास  थालेका हुन् र त्यस प्रयासको परिणाम के हुने हो भन्न कठिन छ ।   भारतको सम्बन्ध चीनसंग लामो समयदेखि नै सुमधुर रहेको छैन र  पनि व्यापारको क्षेत्रमा सहकार्य चलिनै रहेको छ । चीनको ओबीआरले  भारतको...

यातायात क्षेत्रमा अन्योलता

                यतिबेला नेपालको सवै भन्दा धेरै मानिसहरुले रोजगारी वा अर्धरोजगारी पाईआएको यातायात क्षेत्रमा ठूलो अन्यौलता देखिएको छ । तीन दशक यता कै सबै भन्दा शक्तिशाली भनिएको केपी शर्मा ओलीको नेतृत्वमा बनेको वामगठबन्धनको सरकारले यस क्षेत्रमा कायम रहंदै आएको सिण्डीकेट प्रणाली खारेज गर्ने तयारी गरेपछि यस्तो अन्यौलता देखिएको हो ।       व्यवसायिहरु भने वर्तमान प्रणालीलाई सिण्डिकेट मान्न तयार छैनन् । सरकारले सेवा प्रदायक संस्थाका रुपमा दर्ता भएर संचालनमा रहेका यस्ता समितीहरुलाई  नवीकरण नगर्ने अब उप्रान्त कम्पनी ऐन अन्तरगत नाफामुलक संस्थाका रुपमा संचालन गर्ने बताइरहेको छ ।       उसो त सिण्डिकेट प्रणालीको खारेजीको निर्णय धेरै पहिले नै भैसकेको तर विगतका सरकारहरुले यसक्षेत्रमा हात हाल्ने आंट गर्न सकेका थिएनन् । सेवाक्षेत्रमा गुणस्तर नभएको र स्वस्थ प्रतिस्पर्धालाई अवरुद्ध पारेको र सरकारी खर्चमा बनेका सडकमाथि एकलौटी गर्न खोजेको जस्ता आरोप सम्बद्धपक्षले व्यवसायीहरुमाथि लगाउने गरेका छन् । यी आरोपमा यतिबेला उपभोक्ता र...