संदेश

पूर्वोत्तरभारतका नेपालीहरु—५

चित्र
                                                                                                                                                मध्यकालिन सम्बन्ध (सन् १८१५देखि १९४७)  दोस्रो विश्व युद्धमा गोर्खाहरू    अठाहरौं शताब्दिमा मूलतः हिमालयको दक्षिणी पहाडी भेकमा पूर्व टिस्टादेखि पश्चिम कांगडा फैलिएको गोर्खा साम्राज्यमा विभिन्नरुपले नेपालीहरुको बसाईसराई व्यापक रुपमा भएको अनुमान गर्न सकिन्छ । त्यसै समयमा भारतीय प्रायद्वीपमा अंगे्रजी साम्राज्यको प्रभाव फैलिरहेको थियो । यी दई शक्तिहरु बीच ठूलो लडाई भयो । नवेम्वर १, १८१४मा बृटिस जनरल हेस्टिंगसले नेपाल विरुद्ध युद्धको घोषणा गरे । यो लडाई २ ...

पूर्वोत्तर भारतका नेपालीहरु—४ बाबुराम पौड्याल

                         मध्यकालिन सम्बन्ध (सुगौली सन्धिपूर्व)     असमिया लेखक एस.के. भुइयांले Anglo Assamese Relationमा बोगल नामक अंग्रेजलाई उदृत गर्दै लेखे अनुशार सन् १७७४— ७५ तिर तिब्बतको लासाबाट नेपाल र भूटान हुदै असममा सुन र चांदीको व्यापार हुने गरेको थियो । सन् १७८८तिरबाट असममा उठेको मोवामारिया विद्रोह दमन गर्न मणिपुरका राजा जयसिंहले पनि नसके पछि असमियाहरुले अंग्रेजहरुसंग सहायता मागे । लर्ड कर्नवालिसले विद्रोह दमन गर्न सन् १७९२मा क्याप्टेन वेल्सको नेतृत्वमा आफ्नो फौज पठाएर दमन मोवामारियाहरुलाई दमन गरेका थिए ।  आसामका नेपालीहरु बीच, देवी हेप्ने माआमरालाई हानीहानी लडायौं, फर्की आउंदा कामाक्षालाई कालो बोको चढायौ भन्ने पुरानो प्रचलित गीतबाट पनि सुगौली सन्धिपूर्व नै अंग्रेजी फौजमा नेपालीहरुको उपस्थिती रहेको र तिनीहरु अंग्रेज सैनिकका रुपमा आसाम पुगेको अनुमान गर्न सकिन्छ ।(असमर नेपाली समाज आरु सांस्कृतिर रुपरेखा, लेखक—मनबहादुर क्षेत्री, प्रकाशक.असम साहित्य सभा,योरहाट, असम, सन् १९८३)  असमका...

पूर्वोत्तरभारतका नेपालीहरु—३ बाबुराम पौड्याल

चित्र
                                                                                                                 प्राचिन सम्बन्धः कामाख्या मन्दिर                                                                    द्वापरयुगमा राजा वाणासुरले राज्य गरेको शोणीतपुर अचेल तेजपुरका नामले पनि चिनिन्छ । कामरुपका नामले पुराणमा वर्णित यस क्षेत्रको नेपालसंग सम्बन्ध रहेको देखिन्छ । प्राचिन कामरुपको राजधानी प्रागज्योतिषपुर नै आधुनिक गुवाहाटी शहर भएको कुरा इतिहासमा पाईन्छ । यो शहर त्यसबेला विद्याको केन्द्र थियो ।  पुराणहरुमा मिथिलाको...

पूर्वोत्तरभारतका नेपालीहरु— 2

चित्र
पृष्ठभूमिः                                            Kamakhya Temple In Guwahati  नेपालमा भएका सबैजसो महत्वपूर्ण राजनीतिक परिवर्तनहरुमा भारतमा रहेका नेपालीहरुको पनि महत्वपुर्ण भूमिका रहंदै आएको छ । यो भूमिका नेपालमा राणाहरुको जहानिया शासन विरुद्धको संघर्षदेखि यताका सघर्षहरुमा झन् घनीभूत हुंंदै आएको देखिन्छ । यतिमात्र होईन, जीवनस्तरका दृष्टिले अत्यन्तै पछौटे अवस्थामा रहेर पनि नेपालंका नेपालीहरु आफ्रनो देशमा मात्र नभएर समय क्रममा भारतीय स्वतन्त्रता संग्राममा पनि सकृयरहेको देखिनुले उनिहरुमा राजनीतिक सचेतनता उच्चरुपमा रहेको देखिन्छ ।             यस आलेखमा भारतको उत्तरपूर्वी क्षेत्रका नेपालीहरुको स्थिती र त्यहां रहंदा उनिहरुको सक्रियताले नेपालको जनआन्दोलनहरुमा परेको प्रभावका वारेमा यथासंभव खोजीनिती गर्ने प्रयास गरिएको छ । यहांका नेपालीहरु विशेषगरी कृषि र पशुपालनमा आश्रित रहेको पाईन्छ । भारतका अन्यत्र बस्ने नेपालीहरु भन्दा आर...

पूर्वोत्तरभारतका नेपालीहरु— १

चित्र
                                                                                                                 बाबुराम पौड्याल  पूर्वोत्तर भारत प्रकृतिक रुपले मनोरम छ । यहांको जंगलले ढाकिएको पहाडी  तथा समथर उपजाऊ भूमिमा खनीजतेल र कोइलाको पनि प्राचुर्यता छ । तिब्बतको मानसरोवरबाट हिमालयको उत्तरी काखभएर पूर्वतिर बग्दै आसामतिर मोडिने विशाल ब्रम्हपूत्र नदी अनि त्यसका कैयन शाखा नदीहरुले यो भूमिलाई हराभरा र कृषियोग्य बनाएका छन् । यो क्षेत्र जति सुन्दर देखिन्छ उति नै प्रकृतिक, सामाजिक सांस्कृतिक अन्य धेरै दृष्टिले विविधतायुक्त रहेको छ । यसका यिनै विशेषताहरुले गर्दा पनि लगभग सत्रौंं शताब्दितिरबाट अरु जाति र समूूदायहरु सरह नेपालीहरुको पनि यस क्षेत्रमा स्थाईरुपले बस्ने तर्फ आकषर्ण बढेको देखिन्छ । शुरुक...

मरणiसन्न दक्षिणएशियाई क्षेत्रिय सहयोग संगठन — बाबुराम पौड्याल

विगत केही वर्षहरुदेखि भारतले दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कलाई महत्व दिन चाहेको छैन । यसमा प्रमुखरुपले पाकिस्तान र भारत बिचको तनावपूर्ण सम्बन्ध कारक भएको देखिंदै छ । यो संगठनको शुरुआत पनि भारतको चाहनाले भएको थिएन । भारतसंग चिढिएका छिमेकी देशका नेताहरुबीच भएका अनौपचारिक भेटघाटमा यस्तो संगठन बनाउने सोचले आकार लिंदै गएको थियो । श्रीलंका, नेपाल र बांगलादेशले यसमा सक्रिय भूमिका खेलेका थिए । विश्वमा सबैतिर क्षेत्रिय मंचहरुको लहर चलेको त्यसबेला यसलाई आवश्यक पनि मानिएको थियो ।  दुई पक्षिय समस्याहरु राख्न नपाउने र सर्वसम्मतिबाट मात्रै निणर्य गरिने व्यवस्था गरिने भारतिय प्रस्ताब स्वीकार गरिएपछि मात्र सार्कको औपचारिक स्थापना भएको थियो ।  भारतले आतंकवादको दवावपूर्ण मुद्दा उठाएर सबैखाले अन्तरराष्ट्रिय सम्बन्ध र मंचहरुबाट पाकिस्तानलाई अलगथलग पार्न दबावपूर्ण अभियान चलाइरहेको छ । कुनै समयमा पाकिस्तानका महत्वपूर्ण सहयोगी रहेका अमेरिकालगायतका देशहरु समेतले भारतलाई साथ दिनथालेपछि दिल्ली यो कार्यमा बढी नै उत्साहित देखिन्छ । भारत—पाक सम्बन्धका उतारचढावहरुले देखाउंछ कि आतंकवादको...

प्रम ओलीको चीन भ्रमणः दूरदर्शिताको खांचो -बाबुराम पौड्याल

चित्र
भारतका प्रधानमंत्री नरेन्द्र मोदी नेपालको भ्रमण सकेर फर्केको लगभग एक महिनापछि नेपालका प्रधानमंत्री खड्गप्रसाद ओली बहुप्रतिक्षित चीनको भ्रमणमा जाने तरखरमा छन् । यो भ्रमण चिनिया राष्ट्रपति सी को निमन्त्रणमा हुनलागेको हो । चीन र भारतलाई तुलना मात्र गर्ने वाध्यात्मक मानसिकतामा बाचिरहेको नेपालीपनलाई ओलीको चीन भ्रमण निक्कै नै महत्वपूर्ण र फलदायी हुने विश्वास छ ।   एकथरि विष्लेशकहरु भन्छन्,    ओलीले ०७२ सालमा आफैले चीनसंग गरेका सम्झैेताहरुलाई अगाडि बढाउने छन् त्यसपछि चिनिया राष्ट्रपति सि जिम्पिगको नेपाल भ्रमण हुनेछ । जो नेपालको विकास र स्वाभिमानकानिम्ति महत्वपूर्ण हुनेछ । यो सोच नेपाल र चीनबीचको अहिलेसम्मको सोझो र सरल सम्बन्धलाई लिएर आएको छ । सोच्नु पर्ने कुरा छ कि चीन अब विश्वमाथि प्रभाव राख्ने महत्वकांक्षा लिएर आफ्नो रणनीति विस्तारमा लागिरहेको छ । आवरणमा उ सामरिक प्रभावको पक्षपाति जस्तो नभएर लगानी र व्यापार मैत्री प्रभावको पक्षमा रहेको देखिन्छ । पूजीको प्रभावमा कतैबाट टकराव उत्पन्न भएमा सामरिक टकराव उत्पन्न नहुने कुराको कुनै ग्यारण्टि गर्न सकिंदैन । नेपा...