संदेश

मालदीपको आन्तरिक द्वन्दमा भारत र चीनको चासो

चित्र
                                                                                                         हिन्दमहासागरमा अवस्थित टापुहरुको देश मालदीप प्राचिन समयमा बौद्ध धर्मावलम्बीहरुको देश थियो । बाह्रोै शताब्दिपछि मात्र त्यहां मुश्लिम सल्तनतको शुरु भएको हो । यो सुन्दर देश र छिमेकी भारतबीच कुटनीतिक सम्बन्धमा विगत केही समयदेखि गतिरोध उत्पन्न भएको छ । विगतमा दक्षिण एशियाका अन्य देशहरु भन्दा भारतसंग विश्वासिलो सम्बन्ध रहेको मानिने मालदीप अब भारतको कट्टर आलोचक बन्न पुगेको छ । भारतको एकलौटी प्रभाव रहेका दक्षिण एशियाली देशहरुमध्ये भारतले साढे दुई वर्ष अगाडि नेपालमाथी नाकाबन्दी लगाएर नेपाललाई चीनको शरणमा जानुपर्ने वाध...

भारतमा चुनावी दंगल शुरु

चित्र
                                  भारतमा अर्को वर्ष सन् २०१९ हुने लोकसभा चुनाव नजिंकिंदै जांदा राजनीतिक माहौल तातेर जान थालेको छ । सन् २०१४मा भएको निर्वाचनमा भारतीय जनतापार्टी जितेर बलियो सरकार बनेको थियो । जसको नेतृत्व नरेन्द्र मोदीले गरिरहेका छन् । भारतीय जनता पार्टी आक्रमक रणनीतिसाथ चुनावी मैदानमा होमिने तयारी गरिरहेको देखिन्छ । सामाजिक संजालमा विपक्षिहरु भन्दा भाजपा धेरै अगाडि देखिएको छ । टेलिभिजनहरुले पनि राजनीतिक बहसलाई केन्द्रिय विषयवस्तु बनाएर प्रस्तुत गर्न थालिसकेका छन् । अघिल्लो चुनावमा विकासलाई प्रमुख मुद्दा बनाएर चुनाव लडेको भाजपा यसपटक भने चाहेर पनि यसलाई प्रमुख मुद्दा बनाउन सक्ने अवस्थामा देखिंदैन । वितेका चारवर्षहरुमा उसको नेतृत्वमा भएका राम्रा कामहरुको उसले यश लिने स्वभाविक प्रयास गर्ने छ भने त्रुटीहरुको बारेमा सफाई दिने कोशिस गर्ने छ । विपक्षीद्वारा फर्जी बताईएको पाकिस्तान विरुद्ध भारतीय सेनाबाट गरिएको भनिएको सर्जिकल स्ट्राईकको सत्यता प्रमाणित गर्न विडियो जारी गरिएको...

लोकप्रिय ओली सरकार अलोकप्र्रिय बन्दै

चित्र
 चुनाव जितेर बलियो हैसियतमा सरकार को नेतृत्व गर्नमा पुगेका खड्गप्रसाद ओली को कांधमा जनआकांक्षाको ठूलै भारी छ । उनले देखाउंदै आएका सपनाहरुको विपनामा अनुवाद कहिले होला भनेर पर्खिनु नै अहिलेसम्म जनताको भागमा परेको छ । सत्तामा आउने बित्तिकै चालिएका केही महत्वपूर्ण कदमहरुले आशा जगाउने काम गरेका भएपनि पछिल्ला दिनहरुमा ती निष्प्रभावी हुने खतरा बढेको छ । अनियन्त्रित मंहगी, हरेक क्षेत्रमा विचौलियाहरुको झन् बढ्दो बिगबिगी नियन्त्रण हुनेछ भन्ने आम जनताहरु निराश बन्न थालेका छन् ।  मंत्रीपरिषद्भित्रै पनि काम ढिलो गर्ने ठेकेदारहरुलाई तह लगाउने भन्ने कुरामा मत बाझिएको स्थिती देखिएको छ । ठेकेदारहरुसंग कमिशन लिएर ठेक्क पारिदिने र विभिन्न कारणहरु देखाएर त्यसमाथि समय र लागत थप्न लगाउने खेल नयां होईनन् । कमिशन दिनुपर्ने भएपछि काम गुणस्तहीन हुने कुरा अस्वभाविक भएन । यस चक्रका बारेमा प्रमओली अनभिज्ञ छन् जस्तो लाग्दैन । बैशाखमा यातायात क्षेत्रमा रहेको बदनाम सिंण्डिकेट हटाउने घोषणा गरेर दुई वर्ष अगाडि चीनसंग महत्वपूर्ण सम्झौता गर्दा जस्तै जनस्तरबाट खुब प्रसंसा बटुल्यो ओली सरकारले । प्रभाव र...

भाषा नेपाली कि गोर्खाली ? जाती नेपाली कि गोर्खाली ?

चित्र
आदिकवि भानुभक्त आचार्य                                                                    नेपाली भाषा साहित्यमा दार्र्जीलिङ, सिक्कीम, आसाम, मेघालयलगायत भारतमा अन्यत्र बस्ने नेपालीहरुको गहकिलो योगदान रहंदै आएको छ । अखिल भारतीय नेपाली भाषा समितिले लामो समयसम्म भारतमा नेपाली भाषालाई आठौं अनुसूचिमा समावेश गरियोस् भनेर संघर्ष नै संचालन गर्यो । फलस्वरुप सन् १९९२मा नेपाली भाषाले मान्यता पनि पाईसकेको छ ।                                                                                                                    ...

ओलीको कुटनीति सफल होला ?

चित्र
  नेपालको कुटनीति कमा केपी ओलीको सरकार बनेपछि केही परिवर्तनका संकेतहरु देखिएका छन् । संम्बन्ध चिसिएको छिमेकी भारतसंग पछिल्ला दिनहरुमा केही न्यानोपन बढेको देखिएको छ । चीनसंग दुई वर्षअघि भएका सम्झौताहरु कार्यान्वयन गर्ने बेला भारतले असन्तुष्टि जनायो भने सम्बन्ध फेरि बिग्रेला कि भन्ने आशंका गरिएको थियो । प्रम ओली सम्झौताहरुलाई व्यवहारिकरुप दिन केही दिनअघि चीनको भ्रमण सकेर स्वदेश फर्किसकेका छन् । भारतले खासै प्रतिक्रिया नजनाउनुलाई राम्रो संकेतका रुपमा लिईएको छ । ओलीले भारत र चीनलाई सन्तुलनमा राख्ने प्रयास गरेको पनि भन्न थालिएको छ । ओलीको अहिलेको सत्तारोहण दिल्लीको नेपालप्रतिको गलत नीतिप्रति नेपाली जनअसंतोष सहारामा भएको भन्नेमा दुईमत छैन । त्यसैले धारिला उखानटुक्काले छड्के हान्न माहिर ओलीले चीनको मात्र ओत लिएर भारतलाई झन् चिढ्याउने गलती पो गर्ने हुन् कि भन्ने शंका धेरैमा थियो । तर उनले त्यसो नगरेर सुझबुझको बाटो लिएको देखिएको छ । ओलीलाई भारत र चीनबीच पछिल्लो समयमा बढेको उच्चस्तरिय भेटघाटहरुले पनि साथ दिएको छ । दोक्लाम विवादपछि अत्यन्तै चिसिएको सम्बन्ध गत वर्षको...

रहस्यमय कुटनीतिको देश चीन

चित्र
                                                  चीन यतिबेला विश्वको कुटनीतिक चहलपहलको केन्द्रविन्दु जस्तै भएको छ । विगत लामो समयसम्म दुनियाको कुटनीतिको केन्द्रमा संयुक्तराज्य अमेरिका रहंदै आएको थियो । त्यहां ट्रमको उदयपछि भने विश्वमा अमेरिको प्रभाव खुम्चिंदो छ ।  विश्वको कुटनीतिका नकारात्मक र सकारात्मक दुवैधारहरु कुनै न कुनै रुपमा सरोकार राखेको देखिन्छ । नेपाल जस्ता कमजोर देशहरुकालागि चीन आशा र भरोसाको केन्द्र बनेको देखिन्छ । व्यापार र अन्य कतिपय विषयहरुमा कट्टर विरोधी भएर पनि अमेरिका चीनलाई पुरै बेवास्ता गर्न सक्ने स्थितीमा छैन । भारतजस्तो चीनको पारम्परिक प्रतिस्पर्धी देश पनि चीनसंग सतर्कतापूर्वक प्रत्यक्ष संवादमा रहनुमा नै भलाई हुने नीचोडमा पुगेको देखिंदै छ । दुनियाका साम्यवादी शासन रहेका उत्तरकोरिया, लाओस जस्ता देशहरु पनि चीनसंग नजिकको सम्बन्ध राख्न चाहेका देखिन्छन् भने पूजीवादी बहुदलिय व्यवस्थामा राजनीतिक अभ्यास गरिरहेका साम्यवादी दलहरुको पनि...

नेपाल चीन बीच सामिप्यता बढ्दो

चित्र
                                                             --बाबुराम पौड्याल प्रधानमंत्री खड्गप्रसाद ओली र चिनिया राष्ट्रपति सि जिम्पिङबीच  असार ६ गते बुधवार  ग्रेटहल अफ दि पिपुलमा भेटवार्ता सम्पन्न भएको छ । यस अगडि मंगलवार नेपाली प्रधानमंत्री ओली आफ्नो दलबलसहित बेइजिङ पुग्दा चीनले आफ्नो सरकारका तल्लो वरियताका व्यक्तित्वलाई स्वागत गर्न पठाएकोले स्वागतलाई चिसो स्वागत भनेर टिप्पणी गरिएको थियो ।  चीन र भारतबीच विगत केही समयदेखि बढ्दो कुटनीतिक निकटताले गर्दा चीनको नेपाललाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको हो कि भन्ने शंका गरिएको भएपनि त्यसपछि भने चीनले त्यस्तो महसुस हुन नदिएको बताइएको छ । बुधवारको उच्चस्तरिय वार्तामा कनेक्टिभिटीले नै सबैभन्दा बढी महत्व पाएको देखिएको छ । चिनिया रेल नेपाल ल्याउने भन्ने सपनाको भरमा राजनीतिक लोकप्रियता आर्जन गर्दै आएका प्रम ओली र दक्षिण एशियासंग घनिभूत रुपले जोडि...