संदेश

नया मंत्रिमंडलले जन्माएका आशंकाहरू

चित्र
प्रधानमंत्री ओली ले लामो चर्चापछि आफ्नो मंत्रीमण्डल मा फेरबदल गरेका छन् तर यसले आशंकाहरूको पुरा निराकरण गर्न नसकेको चर्चा छ।    आफ्नो सरकारका धेरै मंत्रीहरुले आफुले चाहे अनुशारको काम गर्न नसकेको छनक दिंदै आएका प्रमले विगत केही समयदेखि मंत्रीमण्डलमा फेरबदल गर्ने अपेक्षा गरिंदै आएको थियो ।पदहरूको लिलाम गर्ने परम्परा रहेको देशमा फेरि त्यही परम्परा दोहोरियो कि भन्ने आशंका पनि आममनिसहरूमा  देखिएको छ।    देश नयाँ संरचनामा गएकोले त्यसलाई व्यवस्थित गराउने जटिल परिस्थितिमा काम गर्ने दायित्व सरकारमाथि थियो र अझै पनि छ । दुईतिहाई बहुमत साथ सत्तामा पुगेका प्रम ओलीसंग जनताको ठुलो आशा र भरोसा थियो । बितेका दुई वर्षहरुमा जुन गतिकासाथ सरकारले काम गर्नु पर्ने हो त्यस अनुरुप काम हुन नसकोको आम मानिसहरुको गुनासो  रहिआएको थियो । त्यसै परिप्रेक्षमा मंत्रिमण्डलमा यो परिवर्तन गरिएको बताईएको छ ।  मंत्रिमण्डलमा समावेश गरिएका केही नयाँ अनुहार बारे अहिल्यै केही भन्न नसकिए पनि सरकारमा रहँदा राम्रो काम गरिएको ठानिएका केही मंत्रीहरु हटाईएको र केही हटाउन पर्ने ठानिए...

नेपालमाथि भारतीय अतिक्रमणले जन्माउँदै आएको आशंका

चित्र
नेपाली भूमिमाथि को  भारतीय अतिक्रमण ले दिल्लीको मनशाय सफा नभएको संकेत गरिरहेको छ। भारतले नयाँ नक्शामा काली नदी पूर्वको नेपालको भूमि आफ्नोतिर देखाएपछि नेपालमा विरोधसंगै भारतप्रति आशंका र आक्रोश दुवै एकएक बढेको छ । त्यस क्षेत्रको कालापानीमा भारतीय सेनाले कब्जा जमाएको छ दशक भै सकेको छ । जम्मुकस्मिरको आन्तरिक विभाजनको अवसर पारेर पाकिस्तान नियन्त्रित कास्मिरलाई पनि उसले आफ्नो नक्शामा पारेको छ नै नेपाली भूभागलाई पनि यसै मेसोमा आफुतिर पारेको छ । एकजना चिनियाँ कुटनीतिज्ञका अनुशार सो नक्शामा चीनको भूमिलाई पनि भारततिर पारेर देखाईएको छ । भारतले भने नयाँ नक्शामा नेपाल तर्फ फेरबदल नगरिएको बताएको छ । नेपालमा भारतको बयानलाई विश्वास गरिएको छैन । अहिले नक्शा फेरबदल नगरिएको भन्ने मान्ने हो भने पनि नेपालको भूमिमा भारतिय सेनाले अतिक्रमण गरेको ६ दशक नाघिसकेको छ । भारत र चीनबीच विगत केही वर्षहरुदेखि उच्चस्तरको भेटघाट बाक्लिंदै गएको र नेपालसंग पनि नाकाबन्दीपछि केही सुध्रिंदै गएको ठानिएको सम्बन्धमाथि कालाबादलहरु अझै नहटिसकेको आशंका बढ्दै गएको छ ।   ...

कालापानी अतिक्रमण : राजनीतिक र कूटनीतिक सक्रियताको विकल्प छैन

चित्र
  भारत को सिमा सुरक्षामा प्राण आहुति दिंदैआएका नेपालीहरुको आफ्नै मातृभूमि भारतबाट आतिक्रमित हुनु दुखद हो । पाकिस्तान र चीनसंगको युद्धमा बगेको  नेपाली को रगतको पुरस्कार कालापानी कब्जा गरेर दिएको हो ? भारतले सम्बेदनशिलतालाई बुझोस् ।  भारतले हालसालै प्रकाशित गरेको आफ्नो नक्शामा महाकाली पूर्वको नेपाली भुभाग एकपक्षिय ढंगले आफ्नो नक्सामा देखाएको भन्दै नेपालमा आक्रोश फैलिएको छ । भारतको नेपाली भूमिमाथि भएको यस प्रकारको सैनिक हस्तक्षेपले नेपालीहरुमा लामो समयदेखि व्यापक असन्तुष्टि रहँदै आएको छ । नोवेम्वरका ७ दिन सरकारका प्रवक्ता संचारमंत्री गोकुल वास्कोटाले कालापानी लिपुलेक क्षेत्रमा नेपाली भूभागमाथि भारतको एकपक्षीय दावी अस्वीकार्य भएको र कूटनीतिक ढंगबाट समाधानकालागि सक्रिय रहने बताएका छन् । नेपालमा सिमानाको विषयलाई लिएर देखिएको व्यापक असन्तुष्टिपछि भारतीय विदेशमंत्रालयका प्रवक्ता रवीश कुमारले पनि पत्रकारहरुलाई सम्बोधन गर्दै नेपाल तर्फको सिमानामा नयाँ नक्शामा केही परिवर्तन नगरिएको र त्यहाँ नक्शाङकन गरिएको भूमि भारत कै भएको बताएका छन् । नेपाल भारतबीचमा भएका सिमा सम्बन्ध...

बाल्यकालदेखि नै मोवाईल प्रेमले कस्तो असर पार्ला ?

चित्र
  अचेल कुनैै व्यक्तिसंग मोवाईलको नभए उ अधुरो मानिन सक्छ । समाजमा पूर्ण मानिस भनेर चिनाउन पनि आजभोलि मोवाईल हुनु आवश्यक छ । अझ मोवाईलको मुल्यस्तर हेरेर त्यसलाई किन्ने मानिसको संभ्रान्तता र आधुनिकता  पहिचान गर्न थालिएको छ । यसलाई किनेर ल्याउने मात्र होईन नियमित नगद नारायण ख्वाई रहनु पर्ने वाध्यता थपिन्छ । त्यसमाथि स्याहार संभार गर्नमा थप खर्च गर्नु पर्ने हुन्छ । यो कामकाजीहरुको लागि नितान्त आवश्यक  भएको छ । यसका फाइदाहरुलाई लिने हो भने धेरै छन् । तन्नेरी पुस्ताकालागि यो झन् आवश्यक वा आकर्षक बन्न पुगेको छ । कारोवार गर्न, माया प्रिति गाँस्न, फोटो खिच्न,  देश विदेश जान्न, पढाईमा अब्बल हुन मात्र होइन चोरी, हत्या हिंसा अपहरण र धुस खानेहरुले सेटिङ मिलाउन पनि मोवााईल फोनकै प्रयोग गर्न थालेपछि नेपाली जनजीवनमा मोवाईल परिवार कै एउटा थप सदस्यको स्थान बनाएकोे छ । यो सस्तोदेखि महँगोसम्मको दरमा बजारमा पाईने हुनाले सबै स्तरका मानिसहरुको साथमा देखिन्छ । नेपाली जनजीवनमा यसले ठुलो परिवर्तन ल्याईदिएको छ ।     अहिले भर्खर जन्मेर आँखा खोल्न भ्याएका शिशु...

छिमेकका आन्तरिक भिन्नताले फेरि नेपाल पिरोलिन सक्छ

चित्र
 दुईतिर विशाल चीन र भारत भएको सानो देश नेपाल को सामाजिक चिन्तनको घरातल भने बिल्कुलै प्रतिकुल रहेको छ । नेपाल धर्मनिरपेक्ष र बहुजातिय बहुभाषिक मान्यतामा अग्रसर भएको छ । नेपालले लिएको यो बाटो भारत र चीन जस्ता छिमेकीहरुका कारण नभएर अमेरिका, बृटेन लगायतका पश्चिमाहरुको चलखेलका कारण अनुसरण गरिएको भन्ने गरिएको छ । हुन पनि पहिलो संविधानसभाअघि नेपालमा देखिएको पश्चिमाहरुको चर्को सक्रियाताले यो कुरा देखाएको छ । त्यसबेला भारतमा धर्मनिरपेक्षको पक्षधर काँग्रेसको सरकार रहेको थियो । उसलाई पनि नेपालमा धर्मनिरपेक्षता हुनुमा खासै ठुलो टाउको दुखाई थिएन ।  भारत भने यस मामिलामा अझै संक्रमणमा रहेको छ । भारतीय जनतापार्टी सत्तामा आएपछि यसले धर्मनिरपेक्षताको संवैधानिक अवस्थालाई बदलेर हिन्दुत्वलाई राष्ट्रवादमा परिणत गर्न खोजेको देखिंदैछ । त्यसैबेलादेखि यो संक्रमण शुरु भएको हो । भारतीय जनतापार्टीको सरकारले अघिसारेका तीन तलाक, एनआरसी र कश्मिरको मुद्दालाई यसै उद्देश्यसंग जोडेर हेर्ने गरिएको छ । उसका कार्यकर्ताहरुले गैर हिन्दुहरुमाथि अत्याचार गर्ने गरेको मात्र नभई गैरन्यायिक हत्या समेत गर्ने गरे...

सन्दर्भ आलमको गिरफ्तारी : राजनीति र अपराधको गठबन्धनलाई भत्काउ

चित्र
रौतहट मा बाह्र वर्षअघि २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनको पूर्वसंध्यामा घटेको २३ जना मानिसहरुको नृशंस हत्याका आरोपी नेपाली काँग्रेसका नेता शेखईद्रीशका भतीजा तथा वर्तमान सांसद मोहम्मद आफताव आलम को गिरफ्तारी ले सारा नेपालीलाई झस्काएको छ । उनले निर्वाचनमा त्रास देखाएर जनमत आफ्नो पक्षमा पार्न इद्रीशको एउटा घरमा भारतबाट समेत मानिसहरु झिकाएर गोप्य रुपले बम बनाऊँदै गरेको बेला दुर्घटनावश भएको बम विस्फोटमा परेर मृत र घाईते भएकाहरुलाई समेत बेहोश बनाई ईट्टा भट्टा मा लागेर जलाएको आरोप लगाईएको छ । यतिबेला पूर्व नेताहरु श्याम सुन्दर गुप्ता संजय साहले हत्या अपहरणको मामिलामा जेलमा सजाय काटिरहेका छन् । सांसद रेशम चौधरी टिकापुर काण्डको अभियोगमा डिल्ली बजार खोरमा छन् भने सभामुख तथा नेकपाका नेता कृष्णबहादुर महरा बलात्कारको प्रयासको आरोपमा प्रहरी हिरासतमा छन् । उनले सभामुख पदबाट राजीनामा दिईसकेका छन् । अर्का नेकपा सांसद पार्वत गुरुङमाथि हत्या प्रयासको अभियोग छ । यी घटनाहरुले नेपाली राजनीति र अपराधबीचको साँठगाँठको भण्डाफोर हुने आशा पलाएको । महरा र आलम जस्ता राजनीतिका ठुला हस्तीहरुको गिरफ्तारी...

चिनिया राष्ट्रपतिको नेपाल भ्रमणपछिको स्थिति

चित्र
  चिनिया राष्ट्रपति सी को नेपाल भ्रमण ले ने पाल लाई कुटनीतिका हिसाबले नयाँ मोड दिएको छ । त्यो मोडमा नेपालले विभिन्न दबाव र आफ्नै असक्षमताका कारण देशको हितमा काम गर्न नसक्ने हो कि भन्ने ठुलै आशंकाको सामना गर्नु पर्ने जोखिम पनि आईपरेको छ । नेपालको कुटनीतिमा अहिलेसम्म सतर्कता भन्दा त्रास स्वाभिमान भन्दा मगन्तेपन र लाचारी हावी रहँदै आएको छ । यसैका कारण सतहमा राजनीतिक रुपमा ठुलो फड्को मारेको देखिए पनि आर्थिक रुपले देशको दुरावस्था भयो भन्ने कुरामा दुईमत छैन ।  नेपालको राजनीतिलाई बाहिरी तत्वहरुले २ दिसम्बर १८१५को सुगौली संन्धिपछि आफ्नो स्वार्थकालागि प्रयोग गर्ने प्रयास गर्दै आएका हुन् । त्यही प्रयासको उत्कर्ष सन् १९९० पछि नेपालले चर्को रुपमा भोग्दै आएकोे छ । यसले गर्दा पनि नेपालका राजनीतिक परिवर्तनहरुमा नेपाल र नेपाली जनताको स्वार्थ प्रतिबिम्बित हुनै पाएन । सरकारमा जान पनि नेपाली राजनीतिक दलहरुले विदेशीको आशिर्वाद लिनुपर्ने अवस्थासम्म आयो । यो लज्जास्पद स्थिती नेपालले भोगेको छ । नेपालका नेताहरुले केसम्म भनेनन् र । नेपाललाई २१बटा राज्यमा विभाजन गर्नु पर्दछ, पहाडलाई टुक्रा टुक्रा...