संदेश

कोरोना प्रकरणः चीनलाई घेराबन्दीमा पार्ने प्रयास

चित्र
चीन माथि अमेरीका र उसको प्रचार शंयन्त्रले अमेरीका लाई लिएर लगाउँदै आएको आरोप अमेरीकामा कोरोना संक्रमणको संकट बढ्दै जाँदा कुन रुप लिने  हो हेर्न बाँकी छ । पछिल्लो पटक चीनसंग मिलेर महामारीसंग लड्ने कुरा सी र ट्रम्पबीचको फोनवार्तामा भएको छ ।   गत दिसम्बरको अन्ततिर चीनको उहानमा रुघा खोकी र ज्वरोको प्रकोप फैलियो । चल्तीको उपचारले त्यो निको नभएपछि सबै सतर्क भए । दिसम्बर ३०मा उहान केन्द्रिय अस्पतालमा कार्यरत  नेत्र चिकित्सक ली वेनलियाङले सामाजिक संजाल उईच्याटमा आफुले सातजना संक्रमितहरुका  रिपोर्ट हेर्दा क्ब्च्क्  घातक भाईरस पोजेटिभ देखिएको भन्ने स्टाटर लेखेपछि ३ जनवरीमा उहान पुलिसले उनलाई कपोलकल्पित कुरा गरेको भन्दै गिरफ्तार गरेको चाईना डेलीले समाचार दिएको थियो । उनले १० जनवरीसम्म अस्पतालमा काम गरेका थिए । त्यसपछि उनि कोरोना संक्रमित भएका थिए । उनले १ फरवरीमा सामाजिक संजाल उईबोमा आफु कोरोनाबाट बिरामी परेको सबैलाई जानकारी गरेका थिए । उनको यो पोष्टमा ४लाख चिनियाहरुले स्वस्थ्य लाभको कामना गरेका थिए । अस्पतालमा सघन उपचार हँदै गर्दा ६फरवरीका दिन बिहान २.५८...

कोरोन भाईरस बारे चीन अमेरीकाबीच घमासान : साम्प्रदायिक तनाव बढ्न सक्ने

चित्र
कोरोना को महामारीले विश्व निल्न खोजेको बेला चीन र अमेरीका बीचको विवाद रोम जलिरहँदा निरोले बाँसुरी बजाए जस्तै हो । रोम जल्दा निरो जलेनन् होला तर बाँसुरी उस्ताद डोनाल्ड ट्रम्प र सहउस्ताद सी जिम्पिङ नै कोरोनाको आगोबाट बच्लान् ।   वैज्ञानिकहरुले सार्स प्रजातिको ठह¥याऊदै किटान गरेको कोविद—१९ कोरोना भाईरसको अर्को नाम हो । यसका अरु पनि उपनामहरु जस्तै उहान भाईरस, चिनिया भाईरस, कुङफु भाईरस आदि । विशेषगरि शुरुका दिनहरुदेखि नै अमेरीका र युरोपतिर त्यहाँ रहेका चिनिया प्रवासीप्रति स्थानियहरुको आक्रोश बढ्दै गएको छ । चिनिया लगानीमा रहेका व्यापारिक प्रतिष्ठानहरु अधिकाँश बन्द गरिएका छन् । यो आक्रोशलाई केही अमेरीकी अधिकारीहरुले झन् हवा दिएका छन् । स्थानियको आक्रोशमा चिनिया मात्र होईन एशियालिप्रति पनि लक्षित हुँदै गएको छ । एशियाली विद्यार्थीहरुलाई शैक्षिक संस्थाहरुमा “भाइरस” “महामारी” भन्दै अवहेलना गर्न थलिएको समाचारहरुले उल्लेख गरेका छन् ।                          ...

कोरोंना अपडेट : लकडाउनको पहिलो चरण

चित्र
कोरोना फैलाव  विरुद्ध गरिएको लकडाउन को केही स्थानहरूमा उल्लंघन हुनुले समस्या समाधान नहुने संकेत देखिदै  छ।    कोरोना महामारीको विरुद्ध नेपालले लकडाउन  गरेको आज दोस्त्रो दिन । हिजो पहिलो दिन मिश्रित भएर बित्यो । घरमा सिमित भएर बसेको यो शायद यो नै पहिलो अनुभव थियो । राजनीतिक रुपमा अत्याश लाग्दो गरी आयोजन गरिने नेपालबन्द त भोगिएकै हो । यस्ता बन्दहरुमा सबै बन्द भएको बेला पनि सडकमा हिंड्न र साथी भाईसंग भेटघाट गर्नु समय कटाउने राम्रो माध्यम हुन्थ्यो । तर यसपटक बहिर निस्कन नहुने कुराले घरमा बसिरहन सहज भने भएन । लकडाउनको खबर पहिलो पटक सुन्दा म पोखराको लामा गाऊमा भाईसंग बसेर पोखराको दृश्याबलोकन गर्दै थियौं । त्यतिबेला लकडाउनको पहिलो दिन ब्लगमा कोरोनाको नियमित अपडेट लेख्ने र राजीव मल्होत्रा र अरबिन्दन निलकन्दनको BREAKING INDIA पढ्ने वा सिमोन द वोउआरको SECOND SEX को बाँकी अंश सिद्धाउने विचार गरेको थिएँ । तर दिन कोरोनाको लिला हेर्दा र सुन्दा किताब खोल्ने मनस्थिति नै भएन । दोस्रो दिन पनि उस्तै बित्यो । साथी उहि मोवाईल र टीवी । हिंडडुल नभएर होला आज शरीर भारी भएको छ । ...

कोरोना अपडेट : कोरोना विरुद्ध करोडको जुलुस पो गर्ने हो कि, हँ ?

चित्र
कोरोनाको प्रकोप को यो समयमा  सबैले समन्वय र सहकार्य नगर्ने हो भने विपद निश्चित छ। सरकारले उचित  व्यवस्थापन र नीति नियम बनाउने हो।  पालन गर्ने जनताले हो।     हिजो अर्थात् मार्च २२ तारीख अचानक एउटा झस्काउने खबर केही संचार माध्यममा आयो । वीरगंजका व्यापारी उपचारकालागि पटना रेफर भएका र त्यहाँको परिक्षणले उनि कोरोनाबाट संक्रमित देखाएको भन्ने खबर नेपालीहरुकालागि सन्त्रास र दुःख दुवै दिने खालको थियो । यो खबर दिने संचार माध्यमहरुले जिल्लाका आधिकारीक व्यक्तिबाट पुष्टि भएको उल्लेख पनि गरेका थिए । यसैले धेरैले यो खबरलाई अफवाह नभएर सबैलाई सचेत तुल्याउने उद्द्श्यले फैलाउने प्रयास पनि गरे । असम्भव नभएको तर अप्रत्यशित यो खबरप्रति अधिक चासो नहुने कुरै भएन । फेरि अर्को सुखद समचार पनि आयो कि ती संक्रमित भनिएका व्यक्ति नेगेटिभ प्रमाणित  भए । समाचारले मानिसहरुलाई सचेत बनाउला भनेर आफ्नो पोष्टमा राख्नेमा म पनि एकजना थिएँ । जब त्यो समाचार असत्य भएको प्रतिसमाचार आयो तब ग्लानीबोध गरिरहेको म हर्षित भएँ । ती व्यक्तिलाई स्वस्थ्य लाभको कामना । अपडेट कोरोना   आजभोलि...

कोरोना अपडेट : ईटालीमा कोरोना भयावह स्थिति : युरोपमा संक्रमण तीव्र

चित्र
  कोरोना चीनमा नियन्त्रणतिर झरेको छ भने युरोप तिर यसको संक्रमण मा तीव्र वृद्धि देखिएको छ । यतिबेला कोरोनाको डरलाग्दो संक्रमण इटालीले भोगिरहेको छ  । यस संक्रमणको उदगम भनिदै आएको चीन भन्दा पनि डरलाग्दो नियति भोगिरहेको छ इटाली । प्राचिन इतिहास साक्षी मानिने रोम शहर हेर्न संसारभरिका पर्यटकहरुको घुँईचो लाग्ने यो शहर यतिबेला सुनसान छ । पुरै ईटली क्वारेन्टाईनमा छ । कोरोनाबाट मर्नेहरुको कुल संंख्या ३४ सय ५ पुगेको छ । चीनको भन्दा यो संख्या २ सय ४३ ले बढी छ । यो पछिल्लो आँकडा हो । अहिले कोरोनाको संक्रमण संसारका १ सय८३ देशमा फैलिईसकेको छ ।    कोरोना  भाइरसको संक्रमण बारे आज २०मार्चका दिन विभिन्न समाचारहरुमा सार्वजनिक गरिएको अपडेट अनुशार संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या जम्मा १० हजार ४ सय ४९ पुगेको छ । यस मध्ये ४सय २१ जनाको मृत्यु पछिल्लो २४ घंटामा भएको छ ।   १९ मार्चको अपडेटमा कुल संक्रमण २लाख २७हजार ५सय ७१ देखाईएको थियो भने २४ घंटामा नै त्यो संख्या बढेर २लाख ५५ हजार १सय ९४ पुगेको छ । एक दिनको फरकमा २लाख ७६हजार ७७ को कोरोना संक्रमण विश्वमा बढ...

कोरोना संक्रमणको जोखिम बढ्दो

चित्र
कोरोना भाइरस को संक्रमण चीन बाहिर द्रुत गतिमा फैलिंदै छ । इटली र इरान अहिले संक्रमणको डरलाग्दो स्थितिको सामना गरिरहेका छन् । कोरोना भाइरसको प्रकोप अब लगभग विश्वभरीका अधिकाँश देशहरुमा फैलिसकेकोे छ । विश्व स्वास्थ्य संगठन WHO ले मार्चको दोस्त्रो साता यसलाई महामारी घोषित गरिसकेको छ । यससंगै संक्रमण विरुद्धको सक्रियता विश्वका सबै देशहरुमा देखिएको छ । गत फरवरी ११ देखि यो भाईरसलाई CRONA-19 को नाम पनि दिईएको छ । विश्वमा १९ मार्च २०२०मा आएको अपडेट अनुशार  ९हजार ३ सय ३ मानिसहरुको यो महामारीबाट ज्यान गएको छ भने  २लाख २७ हजार ५ सय ७१ मानिसहरु संक्रमित भएका छन् । यसमा पछिल्लो संक्रमण संख्या १ लाख ३२ हजार २ सय ९७ रहेको छ । चीन्ताजनक   अवस्थामा नरहेका संक्रमितहरुको संख्या १लाख २५ हजार ३ सय ५९ रहेका छन् भने ६ हजार ९ सय ३८ जना चिन्ताजनक अवस्थामा छन् । ८५ हजार ९ सय ७१ जना कोरोना संक्रमितहरु स्वस्थ्य लाभ गरी घर फर्किएका छन् ।  यो संख्यामा ठूलो हिस्सा चीनको छ ।  हालसम्म यो संक्रमण विश्वका १ सय ६२ देशमा पुगेको छ । उपचारमा रहेकाहरु मध्ये ६ प्रतिशतको स्थिति भने अ...

नवनियूक्त भारतीय राजदूत क्वात्रालाई सफलताको शुभकामना

चित्र
 दिल्ली लाई खुशी राख्न पर्ने दायित्व र विदेशी शक्तिसंग झुक्दै आएको भन्दै सिंहदरवार लाई समेत  शंकाको घेरामा राख्दै आएका बहुसंख्यक नेपालीहरुको मतको दोधारमा नयाँ राजदूत विनयमोहन क्वात्रा ले काम गर्नु पर्ने देखिन्छ ।  विनयमोहन क्वात्रा नेपालकालागि भारतीय राजदूतका रुपमा नियुक्त भएर दिल्लीबाट काठमाण्डौ आएका छन् । महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेर लैनचौरको बागडोर उनले सम्हाली पनि सकेका छन् । आफ्नो कार्यकाल पुरा गरेर पूर्वराजदूत मंजिव सिंह पुरी फर्किए पछि सोही स्थानमा क्वात्राको आगमन भएको हो । नेपाललाई विषेश महत्व साथ हेर्दै आएको  भारतले आफ्नो दृष्टिमा कुशल कुटनीतिज्ञलाई नेपालमा राजदूतका रुपमा नियुक्त गर्दै आएको छ । यस परम्परालाई हेर्दा पनि तीस वर्ष भारतको कुटनीतिक क्षेत्रको अनुभव संगालेका राजदूत क्वात्रा नेपालका सन्दर्भ पनि कुशल कुटनीतिज्ञ ठहरिएलान भन्ने आशा गर्न सकिन्छ । नेपालमा चीन अमेरीका र अन्य विदेशी राष्ट्रहरुको बढ्दो स्वार्थका कारण र भारतले आफ्नो निम्ति पनि अति संवेदनशील मान्दै आएको नेपालमा सक्रिय उपस्थितिको...