संदेश

भूराजनीतिक चलखेलका कारण नेकपा विघटन र एमालेमा विद्रोह

चित्र
प्रधानमंत्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली ले बालुवाटारमा आह्वान गरेको चैत्र १३ गतेको एमाले संसदीय दल को बैठकमा पहिलोपल्ट ओली विरोधी खेमा का नेता माधव नेपाल र भीम रावल बाहेकका लगभग सबैजसो सांसदहरुको सहभागिता रहनुलाई उनिहरुले ओलीको नेतृत्व स्वीकार गरेको अर्थमा हेरिएको छ । ओलीले बालुवाटारमा आयोजन गरेका बैठकमा नजाने अड्डी लिंदै आएका उनिहरुको यो सहभागिताले सो पक्ष केही लचिलो भएको भन्न सकिएला तर त्यहाँ दुवैपक्षले आफ्नै पुरानो अडान प्रस्तुत गरेबाट यो सहभागिता रणनीतिक वा स्वभाविक के हो भन्ने कुराको उत्तर प्रष्ट छैन ।      अधिकाँश मानिसहरु खारेजीमा परेको नेकपाको आन्तरिक झगडालाई नेपालका नेताहरुको आफ्नै स्वार्थको उपज मात्रै भनेर अथ्र्याउने गरेको देखिन्छ । यो जस्तो गलत तर्क अर्को हुनै सक्दैन । यस्तो तर्क सम्बन्धित स्वार्थसमूहका समर्थकहरुले गर्नु अलग कुरा हो तर केही अन्यहरु पनि यहि कुराको पछाडि लागेको देखिंदै छ । वास्तवमा नेपालमा लामो समयदेखि चल्दै आएको नीतिगत र राजनीतिक अस्थिरताको मुख्य कारण, नेपालमाथि तीव्र गतिमा बढ्दै गएको भूराजनीतिक दबाव नै हुनेगरेको देखिन्छ  ।  ने...

दृष्टिकोण- ओलीलाई राजनीतिबाटै हटाउने अभियान कमजोर बन्दै

             फाल्गुण २३ गतेको अदालतको फैसलाले सत्तारुढ नेकपाका दुई महत्वकाँक्षी अध्यक्ष र केपी ओली र प्रचण्ड एकअर्कालाई समाप्त पार्ने र एकलौटी सत्ता हत्याउने तल्लोस्तरको पैंठेजोरी खेलिरहेका बेला अचानक नेकपालाई नै खारेज गरिदिएपछि अप्रत्याशित रुपमा राजनीतिक समिकरण फेरिन पुगेको छ । जानकारहरु भन्छन् – यो फैसलालले, तत्कालिन नेकपामा ओली विरुद्ध लागेको त्रिगुट भनिने  प्रचण्ड,माधव र झलनाथ खनालको मोर्चाबाट शिर्ष नेता प्रचण्ड चोइंटिएर एकिकरणपूर्वको पार्टी माओवादी केन्द्रमा फर्कन वाध्य भएका छन् भने बाँकी रहेका माधव झलनाथहरु पेसिडाँडामा प्रचण्डसंगको सल्लाह बमोजिम ओली विरुद्ध संघर्ष जारी राख्ने  एमालेमा नै उही आक्रमक शैलीमा प्रस्तुत हुन खोजिरहेका छन् । उनिहरुको अभिष्ट धुम्बाराहीतिर भन्दा बढी पेरिसडाँडासंग निकट देखिंदैछ । यता, एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष चुनिएका केपी ओलीको अवस्था नेकपामा रहँदा भन्दा शक्तिशाली हुन पुगेको छ । नेकपाको खारेजीसंगै निर्वाचन आयोगले १५ दिनभित्र नयाँ नाम राखेर आउन समय दिएको छ । त्यसकालागि प्रचण्ड र ओली दुवैको संयुक्त पहल आवश्...

एमाले फुट्न सक्ने प्रबल संभावना

                                                            यतिबेला प्रचण्डको साथ लिएर नेकपाका एक अध्यक्ष तथा प्रधानमंत्री ओलीलाई पार्टीभित्रका कमेटीहरुमा रहेको आफ्नो बहुमतको बलमा सरकार र पार्टीबाट निष्काशन गर्ने र उनको राजनीतिक जीवन नै सिद्धाउने प्रयासमा लागेका माधव नेपाल समुहका नेताहरु अदालतको फैसलाले नेकपा खारेजीमा परेपछि केपी नेतृत्वको नेकपा एमालेमा फर्कन वाध्य भएका छन् । नेपाल समूहको यो वापसी वास्तवमै हृदय विदारक जस्तो देखिने मात्र होईन नेकपाको अराजक गुट–संघर्षको रोग एमालेमा सर्ने निश्चित जस्तै देखिंदै छ जसको एकसूत्रिय उद्देश्य ओलीलाई सिद्धाउने नै हुनेछैन भन्न गाह्रो छ । नया परिस्थितिमा ओलि क्यम्पमा आउने एमालेहरुले आफुहरुलाइ परिवर्तित गर्न आवश्यक छ । ओलिले पनि उनिहरुलाइ उदार भयेर अपनाउने मार्ग समात्नु  पर्थ्यो तर ओलिले प्रतिशोध लिने देखिएको छ ।    ओ लीतिर रहेका माओवादीका नेताहरु भने हिम्मतका साथ भनिरहेका छन् – बरु पद जा...

लोकतन्त्र घोषणा गरेर पुरा हुँदैन दैनिक स्याहार्नु र बनाउनु पर्छ

चित्र
अचेल सामाजिक संजालमा आउने तयारी सुचनाहरुका पछाडि दौडिन धेरैलाई सजिलो छ । सुचनाको सत्यता र सान्दर्भिकता जाँच्न अचेल आममानिसलाई झन् गाह्रो भएको छ । उत्तेजना फैलाएर पैसा र लोकप्रियता कमाउने एउटा खतरनाक वर्ग संजालमा सक्रिय देखिन्छ । यस प्रवृतीले जनताको सुचनाको हकमाथि ज्यादती गरिरहेको छ ।  नेपालमा अहिले राजनीतिक अस्थिरताका डरलाग्दा संकेतहरु देखा परिरहेका छन् । सबै भन्दा लज्जाजनक कुरा यो अस्थिरताको कारक गत चुनावमा शान्ति सम्वृद्धिकालागि मत मागेर लगभग दुईतिहाईको बहुमत साथ सरकार बनाउने अवसर पाएको हालको नेकपामा भएका गुटहरुको आन्तरिक संघर्ष हो । त्यही संघर्षका कारण संसद विघटन हुनपुगेको कुरा सबैले जानेको कुरा हो । यो विवादलाई अहिलेको पछिल्लो स्थितिबाट उभिएर हेर्नेहरुकालागि सबै दोष प्रधानमंत्री ओलीमाथि नै जाने देखिन्छ भने पार्टी एकताको समयतिरबाट क्रमश हेर्ने हो भने प्रचण्ड माधवहरु पनि कम दोषी देखिंदैनन् । कारण नभई घटना घट्दैन भन्ने कुरा शाश्वत सत्य हो । त्यसैले परिणाम र कारणको अवलोकन नगरी निकालिने निष्र्कष गलत हुन्छ भन्ने कुरा अकाट्य नै हो । सबैले हेक्का राख्नै पर्ने विषय के हो भने नेपाल धेरै ...

प्रचण्डलाई सानो सुझाव : अराजकताले आफैलाई बढी क्षति हुनसक्छ

चित्र
                                                                          अ चेल नेपालका मूलधारे हूँ भन्ने कम्युनिस्ट गुटहरू एकआपसपसमा यति तल्लाेस्तरका गाली गलाैज गर्नमा तल्लीन छन् कि यिनिहरु नेपाली नै हुन् भन्न लाज लाग्ने अवस्था छ ।     दुई गुट एकले अर्कोकाे अस्तित्व नै समाप्त पार्न सकेसम्म    तल्लोस्तरको कुकार्य गर्ने र दुर्वचन बाेल्ने हिंश्रक मनाेदशाका साथ अगाडि बढेको देखिन्छ । हुनत कम्युनिस्टहरूमा आफुलाई मनपर्दासम्म कामरेड मन नपर्दा गद्दार भन्दै अस्तित्वमाथि नै धावा बाेल्ने चरम उपयाेगितावाद र अवसरबाद हावि देखिन्छ । नेपाली कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालसंग मतभेद हुनेबित्तिकै उनलाई गद्दार भनेर अपमान गर्ने काम भयाे । चुनाव ताका ओली प्रचण्डको हनीमुन र अहिलेकाे गाँडकेराकेर सर्वसाधारणले कल्पना गर्न सक्ने छैन । अन्तरविरोध हुनु अस्वभाविक हाेईन । दलहरू फुट्नु र जुट्नु पनि अस...

नेपाल भूराजनीतिक टकरावमा अल्झिने संभावना बढ्दाे

चित्र
     आफ्नै पार्टीभित्रको झगडाका कारण पौष ५ गते  प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अमेरिकी लबिङ सहितको  दिल्ली र बेइजिङ दुवै तरङ्गित भए । यता नेपालमा धेरैले अनाैठ ढंगले देशमा घटिरहेका घटनाहरुका पछाडि दिल्ली वा बेइजिङ कसकाे स्वार्थले काम गरिरहेकाे हाेला वा नेपालकाे आन्तरिक टकराव कै कारण भएका हाेलान् भनेर गम खाइरहेका थिए । तर त्यहाँका वैकल्पिक साेच भएका केही चिन्तनशील व्यक्तिहरुले भने, तीन दशकदेखि निरन्तर अस्थिरतामा मात्रै   रमाइरहने याे नेपाल कस्तो देश हाे ! हुन पनि यस्तै भैरहेको छ । क्रान्ति र परिवर्तनका नाममा गरिंदैआएका अन्तविहिन हरकतहरुले स्वदेशकाे हित भन्दा विदेशी स्वार्थहरुको चल्खेललाई नेपालमा ठाँउ दिदैआएकाे देखिन्छ । याे हुनुमा बढ्दैगएको विदेशी दबावका सामु हरेक दृष्टिले नेपाल कमजोर रहनु नै हाे । नेपालसंग सिमा विवादपछि झण्डै दश महिना सम्वादहिनतामा रहेको र हालै सम्वादमा फर्केकाे  दिल्लीले यसपटक  प्रतिनिधिसभा  विघटन नेपालकाे निजी मामला हाे भनेर उसको पारम्परिक चरित्र भन्दा फरक प्रतिक्रिया दिएको छ तर याे भनाइ शङ्का रहित भ...

विचार : नेपाल कठिन रणनीतिक अवस्थामा , नेताहरू स्वार्थमा रुमल्लिए

चित्र
  बाबुराम पौड्याल  नेपाल यतिबेला रणनीतिक हिसाबले निक्केै कठिन माेडमा देखिएको छ । चीनको बढ्दो शक्ति र उसलाई राेक्न लागिपरेका अन्य शक्ति केन्द्रकाेे बढ्दाे टकरावका कारण याे स्थिति देखापरेको हाे । तर, नेपालका राजनीतिक शक्तिहरु, यहाँकाेे बाैद्धिक जमात र सचेत भनिने जनमानसमा याे कठिन अवस्था बारे कुनै गम्भीरता देखिदैन । यस्तो समयमा तिनका   अभिव्यक्ति, वादविवाद र गतिविधिहरु जानेर वा नजानेर विदेशी शक्तिकेेेन्द्रको सेवा गरिरहेका देखिन्छन जाेे नेेेपाललाइ निरन्तर  अस्थिर बनाउन चाहान्छन ।                                                                                                            फेरिएको अवस्था   पन्चायत कालमा नेपालमाथि भारत, चीन र अमेरिकी चासो थियो  । तिनका नेपाललाई लिएर अआफ्ना स्वार्थ...