संदेश

अफगानिस्तानबाट अमेरिकी सेना फिर्तापछि फेरिंदो परिवेश

चित्र
महाशक्तिको आकांक्षी चीन, सावियतकालिन सामरिक बलिष्टताको विरासत लिएको रुस र छिमेकी ईरान अफगानिस्तान को बदलिंदो परिस्थितिमा बढी सक्रिय देखिएका छन् । चीन तालिवान ले आफ्नो सिन्जियाङ प्रान्तका उईगुर मुश्लिम समुदायमाथि प्रभावित नगरोस् र आफ्नो विश्वमहाशक्ति बन्ने महत्वकाँक्षा परिपूर्ति होस भन्ने उद्देश्यले प्रेरित छ ।  विगत लामो समयदेखि नै फारसको खाडी वरपर विश्वका शक्तिशाली देशहरुको गतिविधि बढ्दो रहँदै आएको छ । पछिल्लो परिदृश्यले त्यहाँको शक्ति संतुलनमा व्यापक फेरबदलको अशंका गर्न थालिएको छ ।  यो क्षेत्र खनीजतेल र प्राकृतिक ग्यासले परिपूर्ण भएको हुनाले पनि विश्वका महाशक्तिहरु आकर्षित हुँदै आएका छन् । शक्ति र प्रभावका दृष्टिले चीन अफगानिस्तान पाकिस्तान,ईरान, इराक र साउदी अरब जस्ता देशहरुको परिधिभित्र रहेको यो क्षेत्रमा विगत लामो समयदेखि अमेरीका र उसका पश्चिमेली सहयोगी देशहरुको गतिविधिमा तीव्रता देखिदै आएकोे छ ।  अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना यसै सेप्टेम्बरसम्म सम्पूर्ण रुपले फिर्ता हँुदैछ । त्यसमध्ये ठुलो संख्या यसै जुलाई महिनाको शुरुतिर फिर्ता भैसकेको छ । अब त्यहाँ अमेरिकी...

सन्दर्भ मदन आश्रित स्मृति दिवस : भो जनताको बहुदलीय जनवाद छोडौं

चित्र
  मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसर पारेर वर्षको एकदुई दिन आँसु बगाउने,  प्रसस्ति गाऊने र त्यसैको आडमा कसैलाई झटारो हान्ने काम यसपटक पनि सफलता साथ सम्पन्न भैरहेको छ । यसपटक एमाले व्यानर तल खोलिएका वैध अवैध भट्टीमा रल्लिएका द्वैपाय र चौपायहरुले पनि आफुलाई अब्बल एमाले देखाउन पनि कोही साँच्चै रोए होलान् त कतिले त गोहीका आँसु सापटी लिएर पनि रोए होलान । यो क्रम संभवतः निरन्तर चलिरहने छ । सामाजिक संजालमा त यो झन् विद्रुप देखिन्छ । कोही मदन आश्रितको हत्यारा पत्ता लगाऊँ माग गरिहेका छन् । एउटा साधारण मानिसले यतिका वर्षसम्म खोजीनीति नहँुदा यस्तो भन्नु स्वभाविक मान्न सकिन्छ तर अहिले सत्ता मैं रहेकाहरु र यसअघि पटकपटक सत्तामा रहँेकाहरुले पनि यस्तो माग गरिहेको कुरा अलिक व्यांग्यात्मक लाग्छ ।  मदन भण्डारीको समयमा विश्व कम्युनिष्ट आन्दोलन शासनका हिसाबले लगभग उत्कर्षबाट पतनोन्मुख हँुदै गरेको विल्कुलै रक्षात्मक अवस्था थियो । परम्परागत हिसाबको कम्युनिष्ट शासन व्यवस्था टिकाई राख्न असंभव प्रायः देखिंदै थियो । त्यो समयमा शासनको हकदार भएर अगाडि बढ्न पूंजीवादी लोकतन्त्रको फेरो नसम...

नेकपा एमालेमा च्यातिएका मनहरुकाे वार्ता : काशी जाने कुतीकाे बाटाे ?

चित्र
  यतिबेला नेपाली घर आँगनमा कोरोनाले मृत्यूको  ताण्डब मच्चाईरहेको छ । अस्पतालमा बिरामी राख्ने ठाँऊ, अक्सिजन, आईसीयु, भेन्टिलेटरको अभाव छ । मानिसहरुले  धमाधम ज्यान गुमाई रहेका छन् । यस्तो समय नेपालका सत्तारुढ  र ईतर राजनीतिक शक्तिहरु एकजुट भएर संकटका विरुद्ध जुध्न पर्ने हो तर उनिहरु सत्ता गिराउने र जोगाउने काममा समय  फालिरहेका छन् । कोरोनाको संकटबीच नेपालको  राजनीतिमा  देखिएको अस्वस्थ सक्रियता आफैमा निन्दनीय छ । फेरि पनि यस्ताे  हरकत जारी छ ।            प्रधानमंत्री ओलीले बैशाख २७ गते संसदबाट विश्वास हासिल गर्न विफल भएपछि राजनीतिक दलहरुबीच नयाँ सरकार गठनकालागि दौडधूप बढ्नु स्वभाविक थियो  । तर, दौडधूपका बावजुद पनि निर्धारित समय बैशाख ३० गते राती ९.३० बजेसम्म आफ्नो औपचारिक दावी राष्ट्रपति समक्ष पेश गर्न नसकेपछि विपक्षीहरु पछि हट्न वाध्य भए । यसरी फेरि केपी ओली नै प्रधानमंत्री बनेका छन्  र उनले पुरानै सहयोगीहरुलाई लिएर मन्त्रिमण्डल गठन गरेका छन् । सुत्रका अनुशार, माधव नेपाल पक्षका केही र जसपाका केही व्यक्तिहरुलाई...

मातृबोध: सन्दर्भ आमाको मुख हेर्ने दिन

चित्र
   या देवी सर्वभूतेषु मातृरुपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः             सनातनी सभ्यतामा मानव जीवनलाई अस्तित्वमा ल्याउने र सहज बनाउन योगदान गर्ने सबै अवयवहरुलाई पारम्परिक रुपमानै देवत्वकरण गरिएको छ । जसको अर्थ सामाजिक व पारिवारिक पारस्परिकता र सम्मान बोध हो । त्यसमा पनि माता पिताको विशेष महत्व छ । मातापिताको सहभागिता रहेको सत्ताको अपरिहार्य उपज भएको हुनाले मानवकालागि त्यो सत्ता ग्रहण त्यज्य भन्दा धेरै पर स्वत प्रमाणित छ । त्यसमा पनि बिज दान र धारण कार्यमा पिता र माताको सहकार्य भएपनि गर्भ धारण र मानसिक व शारिरिक रुपले सबल नहँदासम्म आमाको अविच्छिन्न सानिध्य रहने हुनाले आमाको विशेष स्थान रहन्छ ।                आदिमकालमा जब मानव जंगल–आश्रित थियो, त्यसबेला समाज मातृसत्तात्मक ( Gynocracy ) थियो । गर्भधारक र जन्मदिने भएकाले आमा मात्रै शिशुको प्रथम अविभावक थिईन र गण वा गोत्र नै त्यसको संम्रक्षक थियो । यो अवस्था संसारभरिका सबै मानव समाजको अवस्थामा थियो ।  संभवतः यो अवस्था लामो समयसम्म कायम रह्यो...

जाको राखे साईं -------------------------------------------------- कोरोना संक्रमण के दौर में बच्चों के प्रति सजगता आवश्यक है

चित्र
कोविद 19 के संक्रमण  के दौरान  बच्चों  की दिनचर्या  भी प्रभावित हो गई है । माता पिता तथा अविभावकों को उनका स्वास्थ्य और दैनिकी व्यवस्थित करने में विशेष ध्यान देने की आवश्यकता है ।     कोविद १९ का दूसरा दौर दक्षिण एशिया में फिर से चल पडा है । भारत इस समय सब से ज्यादा प्रभावित है । उसके पास पडोेस में भी महामारी का यह दौर चलने लगा है । उसके साथ  टीवी, अखबार और सोसल मिडिया पर डरावने खबरों की बाढ शुरु हो गयी हैं । कोरोना से कहीं अधिक इन खबरों की सनसनी से लोग खौफ में हैं । पहले दौर से उबरते जनजीवन पर फिर से कोहरा छाने लगा है । सोसल मिडिया में अधिक लोगों को आकर्षित करने के लिए कोरोना महामारी के पहले दौर की पुरानी, सबसे भयावह दृश्य को चुन कर डाला जा रहा है । गाँव के चौक चबूतरों से लेकर शहर के गलि मुहल्लों तक में एक से अधिक लोग इकट्ठा होते ही कोरोना की दहशत पर बात करते दिखाई देने लगे हैं । चारों ओर कोरोना के प्रभाव को यथार्थ से कहीं अधिक बढाचढा कर लोगों को आतंकित किया जा रहा है । इस महामारी से बचने की तौर तरीकों से लोगों को सूचित करने की आवश्यकता को कभी भी प्रा...

नेकपाको मशानले एमालेमा पनि लखेटिरहेको छ माधव नेपाललाई !

चित्र
आजको मितिसम्म नेकपा एमालेका माधव र ओली दुवैखेमा आफ्ना गुटगत अहंकारबाट पछाडि हट्न तैयार देखिंदैनन् । यद्यपि, ओली र निलम्बनमा परेका नेता माधवबिचको मेरिट होटेलको भेटले संवादहीनता टुटेको छ । यो श्रृंखला दुईदिन चालेको भएपनि निकास दिन सफल नभएको, नेताहरुले पछि दिएका अभिव्यक्तिबाट थाहा पाईन्छ ।  यो भेटघाट हथकण्डाको अंश अथवा एकअर्काको हठलाई नाप्न गरिएको प्रयास मात्र थियो भन्ने देखिएको छ । अआफ्ना बटमलाईन अगाडि सारेर गरिएको भेटघाटले परिणाम दिन नसक्ने स्पष्ट छ । वार्तामा ओलीले विगतप्रति पश्चाताप गर्दै पार्टीमा फर्किन आह्वान गरे तर माधवले फाल्गुण २८ देखि ओलीले पार्टीको बैठकका नाममा गरेका सबै निर्णयहरु खारेज गर्न पर्ने अडान राखे । माधवको यो अडानले उनले निर्णय प्रकृयामा आफुहरुको सहभागिता मात्र खोजेनन् , उक्त बैठकमा प्रचण्डलाई छोडेर ओलीलाई साथ दिंदैआएका माओवादी केन्द्रका केही नेताहरुको एमाले प्रवेश र जिम्मेवारी दिने कार्यलाई निषेध गर्दै ती नेताहरुलाई माओवादी केन्द्र छोडेकोमा एमालेमा पनि सम्मानजनक स्थान दिन नहुने आशय माधवको रहेको होे जस्तो देखिन्छ । साँचो कुरा के हो भने राम्रो नराम्रो जे भएपनि इतिह...

एमालेमा विग्रह : नारा एकताको दिशा विखण्डनको

चित्र
         तल्लो वर्गका शोषित जनताहरुलाई समानतामा आधारित साम्यवादमा अधारित शासन व्यवस्था स्थापना गर्ने सपनाका साथ शुरु भएको नेपाली कम्युनिष्ट आन्दोलन आजसम्म आईपुग्दा दलाल पूँजीवादी लोकतन्त्रमा पालन गरिने न्यूनतम राजनीतिक मूल्य मान्यताहरुबाट पनि च्यूत हुँदैगैरहेको देखिंदैछ । सम्यवादकालागि प्रतिकुल विश्व परिस्थितिमा मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवादबाट पूँजीवादी लोकतन्त्रमा छिरेको नेपाली साम्यवादी मुलधारले जसरी  आफुलाई पतनको संघारमा उभ्याएको छ त्यो डरलाग्दो छ । व्यापक जनसमर्थनका वावजुद पनि आज जून विन्दुमा त्यो आईपुगेको छ , त्यो उसैकालागि प्रतिकुल देखिन्छ । त्यहाँ न कुनै नीति र सिद्धान्त बाँकी छ न नैतिकता । त्यहाँ केवल गुटगत अहंकार, पदीय भागबण्डा र अनैतिक आर्थिक लेनदेन मात्र व्याप्त छ । यसको पतनोन्मुख अवस्थाले नेपाल जस्तो भूराजनीतिको चर्को दवाव भोगिरहेको कमजोर देशको राजनीति नै अस्थिर बन्नपुगेको छ । जसले विदेशी स्वार्थहरुलाई नेपालमा निर्बाध चलखेल गर्न सहजता प्रदान गरिरहेको छ ।              कर्णाली प्रदेशमा एमालेका ...