संदेश

अष्ट्रेलिया र नेपाली डायाेस्पाेरा

चित्र
  विश्वका अधिसंख्यक देशहरुबाट आएका विभिन्न सँस्कृतिका डायस्पोराहरुको रंगीबिरंगी देशका रुपमा अष्ट्रेलियाले पहिचान बनाऊदै गएको छ ।      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको व्यापारिक शहर ग्वाङजाउ ट्रान्जिट भएर अष्ट्रेलियाको सिड्नी पुग्ने चाईनासोदर्न एयरलाइन्सको हवाईजहाज  छुट्ने समय रातीको १२।५ बजे थियो । जहाज छुट्ने समयभन्दा तीन चार घण्टा अगावैदेखि विमानस्थलमा उक्त विमानका यात्रुहरूको चहलपहल हुनु अस्वभाविक थिएन । आफ्ना छोराछोरी भेट्न त्यसतर्फ जानेहरुमा पोखराबाट गएका हामी दम्पती पनि त्यो दिन सामेल थियौं ।  त्यसदिन मात्र होईन अष्ट्रेलिया जाने यात्रुहरुको भीडभडाक त्रिभुवन विमानस्थलमा दिनहुँ देखिन थालेको पनि बर्षौं भैसकेको छ । आज देखिएका यात्रीहरु मध्येको ठुलो संख्या अष्ट्रेलिया पढ्न जाने नेपाली युवाहरु र त्यहाँ रहेका भाई छोराछोरी भेट्न केही समयकालागि जाने नेपाली आफन्तहरुको नै थियो । हामीलाई विदाई गर्न भाई रमानिधि चितवनबाट हतारमा विमानस्थल पुगेका थिए भने छोरा सिद्धार्थ पनि काठमाण्डौमा हाम्रो व्यवस्थापन गर्दै हामीसंगै थियो । काठमाण्डौमा बस्ने छोरी सजना र सम्...

सामााजिक उथलपुथलमा दक्षिण एशिया

चित्र
दक्षिणएशियाको सबैभन्दा ठुलो प्रभावशाली देश भारत  हिन्दु र मुसलमानबीचको धार्मीक टकरावबाट मात्र भारत पिडित छैन, जाति क्षेत्रका हिसाबले प्रकट हुने असन्तोष पनि त्यहाँ भुसको आगो झैं सल्किरहेको देखिन्छ ।    दक्षिण एशिया विगत लामो समयदेखि सामाजिक विखण्डनको चपेटामा पर्दैआएको छ । कहिले यो विखण्डन, उग्रधार्मीक कहिले उग्रजातिवादी त कहिले पृथकतावादी भएर देखापर्दै आएको छ । यहाँ सामाजमा विभिन्नताका धेरै रेखाहरु कोरिएका देखिन्छन् । परिस्थिति अनुशार तिनीहरुले पनि टकरावको रुप लिने गर्दछन् । राज्यहरुको अकर्मण्यताका कारण यस्ता समुहगत टकरावहरु पछिल्ला वर्षहरुमा झन् जटील बन्दै आएको देखिन्छ । यो समस्या आन्तरिक मात्र नभएर यदाकदा देशहरुलाई अस्थिर बनाउन खोज्ने बाहिरियाहरुको रणनीतिक अस्त्रका रुपमा पनि प्रयोग हुँदै आएको छ । आन्तरिक रुपमा पनि राजनीतिक दलहरुले आफ्ना स्वार्थ अनुकुल यस्ता समस्याहरुलाई प्रयोग मात्र गर्ने दुष्प्रयास गरेको पनि देखिन्छ । जबकि यसको निदान राजनीतिबाट नै खोजिन पर्ने हो ।  फलस्वरुप सबैजसो दक्षिणएशियाली देशहरु यो समस्यासंग संघर्षरत छन् । यस्ता समुहगत मानसिकताहरुले अस्वस्थकर...

नवउदारवादले शिक्षामा पारेको असर

चित्र
 गतवर्ष पोखराको सडकमा हिंड्दै गर्दा भेटिनुभएका एकजना प्राध्यापकसंग प्रसंगवश नेपालको शिक्षाक्षेत्रमा नवउदारवादले कस्तो प्रभाव पारेको छ भन्ने जिज्ञाषा राखेको थिएँ । यस सम्बन्धमा शैक्षिक प्रणालीसंग नै जोडिएका विज्ञ व्यक्तित्वको अनुभव जान्ने मेरो इच्छा थियो । उहाँले नवउदारवाद मुख्यत वैश्विकरणको प्रभाव बढ्दै गएको परिप्रेक्षमा त्यसलाई सहजिकरण गर्न अपनाईएको अर्थनीति हो र अहिलेको समयमा नेपालकालागि यो आवश्यक जस्तै भएर आएको छ भनेर मलाई बुझाउने प्रयास गर्नुभयो । मैले अर्थनीतिले समग्र क्षेत्रमा प्रभाव पार्छ भन्ने कुरा गर्दै शिक्षामा पनि त्यसको प्रभाव परेको होला भन्ने थप कुरा जान्न खोजें तर उहाँले यसलाई गौण विषय भनेर बीट मार्न खोज्नुभयो । मैले आफुलाई उहाँको उत्तरमा सन्तुष्ट पार्न सकिन । त्यतिकैमा भिन्न गन्तव्यका कारण हामी छुट्टियौं । लगभग बीस मिनेटको छोटो हाम्रो बातचितले नीचोडमा पुग्न त्यतिबेला संभव भएन ।  त्यसपछि आज पर्यन्त हाम्रा कतैे देखभेट हुन पाएको छैन । नेपालको शिक्षामा बेथिती पुरानो रोग नै हो । निकायगत हेलचक्रयाई तलदेखि माथिसम्म नै व्याप्त पहिल्यैदेखि थियो । अहिले पनि यो बेथितीको नि...

खानापाडाको अविस्मरणीय एउटा दशैं

चित्र
खानापाडामा गाई पाल्ने नेपालीहरुको बसोबास लगभग अंग्रेजको समयदेखि नै भएको होला भन्ने अनुमान गर्न सकिन्छ । गुवाहाटी शहरलाई प्राचीन समयमा प्रगज्योतिषपुर भनिन्थ्यो । पौराणिककालदेखि नै कामरुपसंग नेपालीहरुको सम्बन्ध देखिएको भएपनि असमबाट बर्मेली मानहरुबाट असमलाई मुक्त गर्न अंग्रेजहरुले १८२४देखि प्रत्याक्रमण शुरु गरेका थिए । यो युद्ध दुई वर्षसम्म चल्यो र १८२६मा याण्डाबुमा मानहरु परास्त भए र सन्धी गरे । खानापाडा अर्थात् असमको गुवाहाटी शहरदेखि झण्डै ११ कि.मी. दुरिमा अवस्थित पूर्वको स्कटल्याण्ड भनेर चिनिने मेघालय राज्यको राजधानी शिलङ शहर जाने राजमार्गसंग जोडिएको र नेपाली गौपालकहरुको आबादी रहेको मेघालय राज्यमा पर्ने गाऊँ । मानचित्रमा यो गाऊँ मेघालय राज्यमा पर्ने भएपनि गुवाहाटी शहरबाट पूर्व २७ नं राष्ट्रीय राजमार्गको दाहिनेतिर अवस्थित छ । गाऊँ पसेपछि नेपालका गाँउको झल्को मेटाउने खानापाडाको प्रकृतिक बनोट पनि सुन्दर छ । त्यस क्षेत्रमा नेपाली भाषा संस्कृतिको जगेर्ना गर्न पनि यो गाऊँ सक्रिय रहँदै आएको छ । गाऊँमा नेपाली माध्यमको एउटा स्कुल पनि छ जसले नेपालीपनलाई अझै प्रगाढ बनाएको छ । सन् १९८१मा भारतमा अ...

अग्रगमनकारी गठबन्धनको धोकाधडीपूर्ण अवसान !

चित्र
काँग्रेसले आफ्नो माग मान्न आनाकानी गरेपछि काँग्रेस नेतृत्वको अग्रगमनकालागि गरिएको भनिएको झण्डै डेढवर्षदेखि चल्दै आएको गठबन्धनप्रति निराश भएर प्रचण्ड बालकोटको शरणमा पुगे । प्रचण्ड र बालकोटबीच पछिल्ला दुई वर्षमा देखिएको घातप्रतिघात र आगोपानी बाराबारबीच प्रचण्डको बालकोट पुग्नु प्रचण्डकालागि उनका प्रवृतिका हिसाबले अस्वभाविक नभए पनि देख्ने सुन्नेकालागि भने तत्काल अच्चम्म लाग्दो थियो ।    बालकोटले उनलाई प्रधानमंत्रीमा तथास्तु गरिदिएपछि राजनीतिमा कोही स्थाई शत्रु र मित्र हँुदैन भन्ने तर्क सबैतिर सुनिन थालेको छ । यो झम्के तर्कले आगामि दिनमा विगतका कमजोरीहरुप्रति आत्मालोचना गर्दै सुधारिएर जाने बाटोलाई बन्द गर्दै तुच्छ स्वार्थका आधारमा जहिले जे पनि गर्दा हुने कुरालाई अनुमोदन गर्ने प्रयास गरेको देखिन्छ । यस्तो तर्कले विगतका दुष्कार्यहरुप्रति पश्चाताप नगर्ने प्रवृतिले देशको राजनीतिक भविष्यलाई झनै भयावह बनाउने  संभावनालाई जिवितै छोडेको छ ।  मंसीर ८ गतेकोे चुनावको नतीजा आईसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको नयाँ सरकार बनाउन दावी पेश गर्ने अन्तिम समय पौष १० गते देखिएको राज...

देशलाई बदल्न चुनावमा सचेत जनमतको विकल्प छैन

चित्र
   नेपाली राजनीति यतिबेला औसरवाद र अराजकतावाद जस्ता रोगहरुबाट नराम्रोसंग ग्रसित छ । त्यसै  गोलचक्करमा झण्डै दुई दशकदेखि नेपाली राजनीति निरन्तर घुमिरहेको छ । यसको पछिल्लो कडी बढी सकसपूर्ण देखिन्छ । यो धारावाहिक गोलचक्करको जरो नेपालको सिमाभित्र मात्र सिमित छैन । यसका मुख्यअड्डाहरु सिमा बाहिरै छन् , भित्र रहस्यमय नाटकहरु मंचन भैरहेका छन् । सुन्दा अप्रितिकर लागे पनि यथार्य यहि नै हो । विगतदेखि राजनीतिमा देखिएका अप्रिय घटनालाई क्रमैसंग सम्झने हो भने त्यो कुरा सहजै अनुभव गर्न सकिन्छ । यसले राजनीतिलाई धेरै पटक भूमरीहरुका फसाईसकेको छ  र सम्भवतः लामो समयसम्म फसाईरहने छ । यो कुरालाई बुझ्ने सचेत जनताले चुनावमा आफ्नो अभिमत जाहेर गर्ने छन् भन्ने कुरा लोकतन्त्रमा विश्वास गरिने कुरा हो । इतिहासलाई फर्केर हेर्न सक्ने र त्यसबाट सिक्दै सुखद भविष्यको यात्रा तय गर्नेहरुको नेपाली राजनीतिमा लगभग खडेरी परेको जस्तो देखिन्छ । जतिसुकै राजनीतिका नाममा क्रान्ति गरेको भने पनि देश छयालिस सालको अवस्था भन्दा एक पाईला अगाडि बढेको देखिंदैन बरु कतिपय मामिलामा अझै पछाडि धकेलिएको प्रतित हुन्छ ।  दे...

गोर्खा भर्ती र त्यससंग गाँसिएको प्रश्न

चित्र
                                भारतले १४जुन २०२२मा सेना भर्तीमा अग्निपथ योजना शुरु गर्ने घोषणा गरेपछि भारतमा त्यसका विरुद्ध ठुलै असंतोष देखियो । अग्निपथ योजना अनुशार शुरुमा युवाहरुलाई सेनामा चारवर्षकालागि भर्ती गरिने र चारवर्ष सेवापछि ती मध्ये २५ प्रतिशतलाई मात्र स्थाई सेनामा छनौट गरिने तथा अरुलाई झण्डै १२ लाख रुपैया एकमुष्ट र प्रमाणपत्र दिएर विदा गरिने छ । यसरी अवकाश पाउनेहरुले पेन्सन पाउने  छैनन् । शुरुमा तीव्र विरोधका बावजुद पनि सरकारले योजनालाई लागु गरेको छ । भारतमा यसलाई कतिपयले सोच विचार नगरिकन ल्याईएको र यसले समग्र सैन्य व्यवस्थामा नकारात्मक असर पार्ने भन्दै आलोचना पनि गरेका छन् । सरकारका तर्फबाट यो योजना अपेक्षाकृत सानो संख्याको आधुनिक प्रविधि सज्जित अझ शक्तिशाली सेना बनाउने उद्देश्यले ल्याईएको बताईएको छ । भारत चीनपछि विश्वको दोस्रो ठुलो सैनिक संख्या रहेको देश हो । अग्निपथ योजनाबाट १३ लाख सैनिकहरु रहेको भारतीय सेनालाई आगामि १० वर्षमा ११लाख भन्दा तल झार्ने लक्ष्य भारत सरकारले राखेको छ । यसल...