संदेश

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

चित्र
अष्ट्रेलिया आएको सातवर्ष नाघिसकेको रहेछ । उद्देश्य अरुथोक भन्दा आर्थिक उपार्जन रहेको उनले बताए । उनको अनुभवमा कमाई त छ तर खर्चले ढाड मस्काउने रहेछ । नेपालमा हुँदा उनले निर्माण सामाग्रीहरुको आपूर्तिको व्यवसाय पनि गर्थे । उनको कमाई राम्रै थियो । Image credit- AI हामीहरु पुगेका अष्ट्रेलियाका जनघनत्व भएका ठाँऊहरुमा संरचनागत हिसाबले धेरै सुविधाहरु उपलब्ध देखिन्छन् । निश्चित स्थानहरुमा सफा, सुविधाजनक पार्क र उद्यानहरुको व्यवस्था गरिएका छन् । पार्कमा पानी, शौचालय, बालबालिकाहरुकालागि मनोरंजन गर्ने, व्यायम गर्ने, घुमफिर गर्ने र आराम गर्ने व्यवस्था गरिएको देखिन्छ । पार्कमा कुकुर लिएर हिंड्ने आमप्रचलन भएका हुनाले कुकुरकालागि पनि उचित व्यवस्थापन गरेको देखिन्छ । मानिसहरु अक्सर घुमफिर गर्ने समुद्रका किनारहरु पनि मानिसहरुमा  अनुशासन पालना गर्ने बानीले गर्दा सबैतिर स्वच्छ वातावरण देखिन्छ । यो व्यवस्थापन देखेर यहाँ हामी नपुगेका अन्यत्रका स्थानहरुमा पनि यस्तै सुविधा होलान् भनेर अनुमान गर्न हामीलाई गाह्रो भएन । हामी न्यु साउथ वेल्स, विक्टोरिया र समुद्र तरेर जानुपर्ने  तास्मानिया राज्यका केही स्थ...

अष्ट्रेलिया र साँस्कृतिक रंगमा रंगिदै नेपालीहरु

चित्र
अष्ट्रेलियामा बढ्दो आप्रवासनले यो देश बहुसाँस्कृतिक र बहुधार्मीक स्वरुपमा परिवर्तित भैसकेको छ । कम जनसंख्या र ठुलो अर्थतन्त्रका कारण आप्रवासन अहिले अष्ट्रेलियाकोलागि अपरिहार्य बनेको रहेछ । अन्तरराष्ट्रिय विद्यार्थीहरुबाट आय र श्रमको परिपूर्ति गर्ने नीति सरकारले लिएको देखिन्छ ।         अष्ट्रेलिया पुगेका विभिन्न आप्रवासी समुदायमा आफ्नो सँस्कृतिक पहिचानलाई जोगाउने प्रयास ठाँउठाऊमा भैरहेको देखिन्छ । आफ्नो वैश्विक सरोकारका विषयमा पनि भेला प्रदर्शन गर्ने विषयलाई पनि सबैले सकारेको देखिन्छ । हामीकहाँ भिन्न विचार राख्ने समुहले गरेका प्रयासहरु बिथोल्ने, ढुंगामुढा गर्ने प्रवृति पनि देखिन्छ । तर, त्यहाँ यस्तो प्रवृत्ति कमै देखिन्छ । हामी त्यहाँ रहँदा त्यहाँका प्यालेष्टाईनी समुदाय र तीनका स्थानिय समर्थकहरुले सिड्नी शहरमा विरोध प्रदशर्न गरेका थिए । क्यानाडामा भारतको पृथकतावादी आन्दोलनका खालिस्तानपंथी शिख नेताको हत्यालाई लिएर पनि संकेतिक प्रदर्शन भएको सुनिन्थ्यो । सरकारले नरुचाएपनि ती प्रदर्शनहरु सम्पन्न भए । यो आफैमा एउटा लोकतान्त्रिक प्रचलन हो । विभिन्न समुदायका संघसंस्थाहर...

अष्ट्रेलिया र नेपाली डायाेस्पाेरा

चित्र
  विश्वका अधिसंख्यक देशहरुबाट आएका विभिन्न सँस्कृतिका डायस्पोराहरुको रंगीबिरंगी देशका रुपमा अष्ट्रेलियाले पहिचान बनाऊदै गएको छ ।      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको व्यापारिक शहर ग्वाङजाउ ट्रान्जिट भएर अष्ट्रेलियाको सिड्नी पुग्ने चाईनासोदर्न एयरलाइन्सको हवाईजहाज  छुट्ने समय रातीको १२।५ बजे थियो । जहाज छुट्ने समयभन्दा तीन चार घण्टा अगावैदेखि विमानस्थलमा उक्त विमानका यात्रुहरूको चहलपहल हुनु अस्वभाविक थिएन । आफ्ना छोराछोरी भेट्न त्यसतर्फ जानेहरुमा पोखराबाट गएका हामी दम्पती पनि त्यो दिन सामेल थियौं ।  त्यसदिन मात्र होईन अष्ट्रेलिया जाने यात्रुहरुको भीडभडाक त्रिभुवन विमानस्थलमा दिनहुँ देखिन थालेको पनि बर्षौं भैसकेको छ । आज देखिएका यात्रीहरु मध्येको ठुलो संख्या अष्ट्रेलिया पढ्न जाने नेपाली युवाहरु र त्यहाँ रहेका भाई छोराछोरी भेट्न केही समयकालागि जाने नेपाली आफन्तहरुको नै थियो । हामीलाई विदाई गर्न भाई रमानिधि चितवनबाट हतारमा विमानस्थल पुगेका थिए भने छोरा सिद्धार्थ पनि काठमाण्डौमा हाम्रो व्यवस्थापन गर्दै हामीसंगै थियो । काठमाण्डौमा बस्ने छोरी सजना र सम्...

सामााजिक उथलपुथलमा दक्षिण एशिया

चित्र
दक्षिणएशियाको सबैभन्दा ठुलो प्रभावशाली देश भारत  हिन्दु र मुसलमानबीचको धार्मीक टकरावबाट मात्र भारत पिडित छैन, जाति क्षेत्रका हिसाबले प्रकट हुने असन्तोष पनि त्यहाँ भुसको आगो झैं सल्किरहेको देखिन्छ ।    दक्षिण एशिया विगत लामो समयदेखि सामाजिक विखण्डनको चपेटामा पर्दैआएको छ । कहिले यो विखण्डन, उग्रधार्मीक कहिले उग्रजातिवादी त कहिले पृथकतावादी भएर देखापर्दै आएको छ । यहाँ सामाजमा विभिन्नताका धेरै रेखाहरु कोरिएका देखिन्छन् । परिस्थिति अनुशार तिनीहरुले पनि टकरावको रुप लिने गर्दछन् । राज्यहरुको अकर्मण्यताका कारण यस्ता समुहगत टकरावहरु पछिल्ला वर्षहरुमा झन् जटील बन्दै आएको देखिन्छ । यो समस्या आन्तरिक मात्र नभएर यदाकदा देशहरुलाई अस्थिर बनाउन खोज्ने बाहिरियाहरुको रणनीतिक अस्त्रका रुपमा पनि प्रयोग हुँदै आएको छ । आन्तरिक रुपमा पनि राजनीतिक दलहरुले आफ्ना स्वार्थ अनुकुल यस्ता समस्याहरुलाई प्रयोग मात्र गर्ने दुष्प्रयास गरेको पनि देखिन्छ । जबकि यसको निदान राजनीतिबाट नै खोजिन पर्ने हो ।  फलस्वरुप सबैजसो दक्षिणएशियाली देशहरु यो समस्यासंग संघर्षरत छन् । यस्ता समुहगत मानसिकताहरुले अस्वस्थकर...

नवउदारवादले शिक्षामा पारेको असर

चित्र
 गतवर्ष पोखराको सडकमा हिंड्दै गर्दा भेटिनुभएका एकजना प्राध्यापकसंग प्रसंगवश नेपालको शिक्षाक्षेत्रमा नवउदारवादले कस्तो प्रभाव पारेको छ भन्ने जिज्ञाषा राखेको थिएँ । यस सम्बन्धमा शैक्षिक प्रणालीसंग नै जोडिएका विज्ञ व्यक्तित्वको अनुभव जान्ने मेरो इच्छा थियो । उहाँले नवउदारवाद मुख्यत वैश्विकरणको प्रभाव बढ्दै गएको परिप्रेक्षमा त्यसलाई सहजिकरण गर्न अपनाईएको अर्थनीति हो र अहिलेको समयमा नेपालकालागि यो आवश्यक जस्तै भएर आएको छ भनेर मलाई बुझाउने प्रयास गर्नुभयो । मैले अर्थनीतिले समग्र क्षेत्रमा प्रभाव पार्छ भन्ने कुरा गर्दै शिक्षामा पनि त्यसको प्रभाव परेको होला भन्ने थप कुरा जान्न खोजें तर उहाँले यसलाई गौण विषय भनेर बीट मार्न खोज्नुभयो । मैले आफुलाई उहाँको उत्तरमा सन्तुष्ट पार्न सकिन । त्यतिकैमा भिन्न गन्तव्यका कारण हामी छुट्टियौं । लगभग बीस मिनेटको छोटो हाम्रो बातचितले नीचोडमा पुग्न त्यतिबेला संभव भएन ।  त्यसपछि आज पर्यन्त हाम्रा कतैे देखभेट हुन पाएको छैन । नेपालको शिक्षामा बेथिती पुरानो रोग नै हो । निकायगत हेलचक्रयाई तलदेखि माथिसम्म नै व्याप्त पहिल्यैदेखि थियो । अहिले पनि यो बेथितीको नि...

खानापाडाको अविस्मरणीय एउटा दशैं

चित्र
खानापाडामा गाई पाल्ने नेपालीहरुको बसोबास लगभग अंग्रेजको समयदेखि नै भएको होला भन्ने अनुमान गर्न सकिन्छ । गुवाहाटी शहरलाई प्राचीन समयमा प्रगज्योतिषपुर भनिन्थ्यो । पौराणिककालदेखि नै कामरुपसंग नेपालीहरुको सम्बन्ध देखिएको भएपनि असमबाट बर्मेली मानहरुबाट असमलाई मुक्त गर्न अंग्रेजहरुले १८२४देखि प्रत्याक्रमण शुरु गरेका थिए । यो युद्ध दुई वर्षसम्म चल्यो र १८२६मा याण्डाबुमा मानहरु परास्त भए र सन्धी गरे । खानापाडा अर्थात् असमको गुवाहाटी शहरदेखि झण्डै ११ कि.मी. दुरिमा अवस्थित पूर्वको स्कटल्याण्ड भनेर चिनिने मेघालय राज्यको राजधानी शिलङ शहर जाने राजमार्गसंग जोडिएको र नेपाली गौपालकहरुको आबादी रहेको मेघालय राज्यमा पर्ने गाऊँ । मानचित्रमा यो गाऊँ मेघालय राज्यमा पर्ने भएपनि गुवाहाटी शहरबाट पूर्व २७ नं राष्ट्रीय राजमार्गको दाहिनेतिर अवस्थित छ । गाऊँ पसेपछि नेपालका गाँउको झल्को मेटाउने खानापाडाको प्रकृतिक बनोट पनि सुन्दर छ । त्यस क्षेत्रमा नेपाली भाषा संस्कृतिको जगेर्ना गर्न पनि यो गाऊँ सक्रिय रहँदै आएको छ । गाऊँमा नेपाली माध्यमको एउटा स्कुल पनि छ जसले नेपालीपनलाई अझै प्रगाढ बनाएको छ । सन् १९८१मा भारतमा अ...

अग्रगमनकारी गठबन्धनको धोकाधडीपूर्ण अवसान !

चित्र
काँग्रेसले आफ्नो माग मान्न आनाकानी गरेपछि काँग्रेस नेतृत्वको अग्रगमनकालागि गरिएको भनिएको झण्डै डेढवर्षदेखि चल्दै आएको गठबन्धनप्रति निराश भएर प्रचण्ड बालकोटको शरणमा पुगे । प्रचण्ड र बालकोटबीच पछिल्ला दुई वर्षमा देखिएको घातप्रतिघात र आगोपानी बाराबारबीच प्रचण्डको बालकोट पुग्नु प्रचण्डकालागि उनका प्रवृतिका हिसाबले अस्वभाविक नभए पनि देख्ने सुन्नेकालागि भने तत्काल अच्चम्म लाग्दो थियो ।    बालकोटले उनलाई प्रधानमंत्रीमा तथास्तु गरिदिएपछि राजनीतिमा कोही स्थाई शत्रु र मित्र हँुदैन भन्ने तर्क सबैतिर सुनिन थालेको छ । यो झम्के तर्कले आगामि दिनमा विगतका कमजोरीहरुप्रति आत्मालोचना गर्दै सुधारिएर जाने बाटोलाई बन्द गर्दै तुच्छ स्वार्थका आधारमा जहिले जे पनि गर्दा हुने कुरालाई अनुमोदन गर्ने प्रयास गरेको देखिन्छ । यस्तो तर्कले विगतका दुष्कार्यहरुप्रति पश्चाताप नगर्ने प्रवृतिले देशको राजनीतिक भविष्यलाई झनै भयावह बनाउने  संभावनालाई जिवितै छोडेको छ ।  मंसीर ८ गतेकोे चुनावको नतीजा आईसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको नयाँ सरकार बनाउन दावी पेश गर्ने अन्तिम समय पौष १० गते देखिएको राज...