संदेश

भारत पाकिस्तान तनाव ः युद्ध विराम मात्र होईन, संवादको विकल्प छैन

चित्र
युद्ध विरामकाे  सहमतिपछि पाकिस्तानमा आफ्नो जित भएको दावी गर्दै खुशीयाली मनाईएको छ । भारतमा पनि छिटफुट रुपमा युद्धविरामको खबरले मानिसहरु सडकमा आएर खुशीयाली मनाएको देखिन्छ । यसभन्दा अगाडि भएका यस्तै घटनाहरुमा भारतमा जुन उल्लास भारतमा देखिन्थ्यो त्यो यसपटक देखिएको छैन । बृटिस उपनिवेशबाट सन् १९४७मा मुक्त भएसंगै विभाजित भएर बनेका दुई देश भारत र पाकिस्तानबीच ७ मईबाट शुरु भएको युद्ध चारदिन चलेर अन्तत १० मईका दिन ५.०० बजेबाट दुवैपक्षको सहमतिमा पुगेर टुंगिएको छ । यो सम्झौतासम्म कसरी पुगियो भन्ने विषयमा भने भारत सरकारप्रति प्रश्न खडा भएको छ । मई १२ को राती प्रधानमंत्री नरेन्द्र मोदीबाट देशका नाममा सम्बोधन भएको छ । सम्बोधनमा पाकिस्तानलाई पाठ सिकाउन सफल भएको बाहेक उठेका प्रश्नहरु बारे उल्लेख भएको देखिएन । सम्बोधनपछि आफ्नो अभियानमा सेनाले सफलता पाईरहेको अवस्थामा कुनै निष्कर्शमा नपुग्दै किन युद्धविराम भयो भन्ने शंका निवारण भएको छैन ।  उता यो सम्बोधनको केही घण्टा अगाडि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशमाथि व्यापार नगर्ने दबाव दिएर सहमतिमा आउन वाध्य पारेको बताईसकेका थिए ।   अप...

अमेरिकी विश्वासको पीड़ा भोग्दै युक्रेन, अन्योलमा युरोप

चित्र
            अहिलेसम घटेका घटनाहरु यसरी नै अगाडि बढ्दै जाने हो भने अब युरोप र अमेरिकाको गठबन्धन फ़ुटको संघारमा पुगेको हो कि जस्तो पनि देखिंदैछ। ट्रामले लामो समयदेखि सहयोगीका रूपमा रहेको युरोपलाई छोड़ेर र युक्रेनलाई रुस समक्ष बलि दिएर  किन रुसको सामिप्यता खोजिरहेका छन् भन्ने रहस्य अझै खुलेकाे  छैन।  हालै अमेरिकामा डोनाल्ड ट्रम्पको सत्तारोहणसंगै तीनवर्षदेखि शक्तिशाली छिमेकी रुससंग युद्धरत युक्रेन ठुलो सकासमा परेको छ। युक्रेन विगतमा सोवियतसंघको पतनपछि स्वतन्त्र भएको देश हो। जो बाइडेनको अघिल्लो अमेरिकी सरकारले रूस विरुद्ध  युद्ध लडन युक्रेनलाई आर्थिक र सामरिक सहयोग गर्दै आएको थियो तर ट्रम्पले अब यो सहयोगलाई  बन्द गर्ने घोषणा गरिसकेका छन्। अमेरिकासंगै विदेश मामिलामा उसलाई लामो समयदेखि  साथ दिंदै अएका नाटोका युरोपेली देशहरुले पनि युक्रेनलाई यो युद्धमा हरतरहले सहायता गर्दै आएका छ्न। आऊँदा दिनमा पनि यस्तो सहायता जारी राख्ने उनिहरुको तर्क छ। मुख्य सहयोगी अमेरिका नै त्यो सहयोगबाट पछाडी सरेपछि आफै आर्थिक संकटमा परिरहेका उनिहरुको याे तर्क...

काम भन्दा कुरामा रमाउने नेपाली प्रवृती र प्रधानमंत्रीको चीन भ्रमण

चित्र
  नेपाल र चीनले सहमतिको सातवर्षपछि द्यच्क्ष् को फ्रेमवर्कमा हस्ताक्षर गरेर त्यसको कार्यान्वयनतिर अगाडि बढेका छन् । भारत र चीन जस्ता विशाल देशहरुका बीचमा रहेको आकार र अवस्थाले सानो देश नेपालले यस मामिलामा अझै भूराजनीतिक समस्याहरुको सामना गर्नु पर्ने छ ।  विभिन्न शंका उपशंकाहरु बीच चिनिया प्रधानमंत्रीको निमन्त्रणामा चारदिने चीनभ्रमणमा निस्केका प्रधानमंत्री केपी शर्मा ओली स्वदेश फर्किसकेका छन् । ओलीलाई संसदको सबैभन्दा ठुलो सत्ता सहयात्री नेपाली काँग्रेसले बीआरआईमा चीनको कार्यान्वयन प्रस्तावलाई संशोधन गर्ने , नेपालका तर्फबाट सामान्य फेरबदल साथ फ्रेमवर्क प्रस्ताव राख्ने र योजनाकालागि ऋण नभएर अनुदान प्रस्ताव राख्नु पर्ने अडानमा उभिंदा अप्ठ्यारो परेको देखिन्थ्यो । यो कुरामा भ्रमण तयारीको अन्तिम चरणतिर पनि दुईदलबीच मतैक्य हुन सकेको थिएन । सबैको मनमा  ढिलो गरी आएको नेपालको यो प्रस्तावलाई मान्न चीन तयार हुने छैन भन्ने लागेको थियो । यसरी काँग्रेसको दबावमा परेका प्रमओली आफैले पनि ऋणमा परियोजना नल्याउने बताउन वाध्य समेत भएका थिए । यसैले पनि ओलीको यसपटकको पहिलो चीन भ्रमणले आशा गरे अनुश...

BRICS को कजान शिखर सम्मेलन र यसको दिशा

चित्र
  BRICS को कजान शिखर  सम्मेलनले विश्व बजारमा अमेरिकी मुद्रको एकाधिकारले पारेको दुष्प्रभावको आँकलन गर्दै सदस्य देशहरुबीच हुने आर्थिक लेनदेनकालागि अमेरिकी डलरको विकल्पमा एउटा साझा डिजिटल मुद्रको प्रचलन आवश्यक रहेको ठहर गरेको छ । रुसको कजानमा न्यायसंगत वैश्विक विकास र सुरक्षाकालागि बहुपक्षीय सबलीकरणको नारा लिएर यहि अक्टोवर २४मा दुई दिन चलेर सम्पन्न भएको सोह्रौं BRICS PLUS राष्ट्रहरुको शिखर सम्मेलनले विश्वको शक्ति समिकरणलाई लिएर शक्तिसमुहहरुबीच नयाँ बहसको थालनी गरिदिएको छ । यस सम्मेलनले विश्व बजारमा अमेरिकी मुद्रको एकाधिकारले पारेको दुष्प्रभावको आँकलन गर्दै सदस्य देशहरुबीच हुने आर्थिक लेनदेनकालागि अमेरिकी डलरको विकल्पमा एउटा साझा डिजिटल मुद्रको प्रचलन आवश्यक रहेको ठहर गरेको छ । अमेरिकी डलरको विश्वमाथिको एकाधिकारले अमेरिकी अर्थतन्त्रमा पर्ने नकारात्मक असर सर्वत्र पर्ने जोखिम एकातिर छ भने डलरमा ऋण लिने देशहरुमाथि डलरको मुल्यवृद्धिसंग ऋणभार समेत बढेर आफ्नो अर्थतन्त्रमा नकारात्मक असर परेका कैयन उदाहरणहरु हाम्रा सामु प्रसस्तै छन् । रुस युक्रेन युद्ध शुरु भएपछि अमेरिका र उसका सहयोगी देश...

भारतमा लाेकसभा चुनावः मुद्दाविहीन शक्तिशाली भाजपा र मुद्दाहरु भएकाे कमजाेर विपक्ष

चित्र
भारतको लोकसभा  लोकसभा चुनाव २०२४ नाव २०२४ मा उठाउन प्रसस्तै मुद्दा भएको तर कमजोर विपक्ष र मुद्दा नपाएर ४ सय पारको नारा लगाईरहेको शक्तिमा बलियो भाजपा मध्ये भारतीय जनताले कसलाई रोज्लान् ?  भारतमा अहिले २०२४मा सात चरणमा लोकसभाको निर्वाचन भैरहेको छ । संसारको सबैभन्दा ठुलो लोकतन्त्र मानिदै आएको भारतमा अंग्रेजी उपनिवेशबाट स्वतन्त्र भएको झण्डै ६७ वर्ष पछि अर्थात् सन् २०१४ पछि भिन्न खालका बहस चलिरहेका छन् । सन् २०१४मा दक्षिणपंथी हिन्दुवादी भारतीय जनता पार्टी सत्तामा पुगेपछि यस्तो बहस चल्न थालेको हो । प्रधानमंत्री नरेन्द्र मोदीले नेतृत्व गरेको भाजपा सरकारले सन् २०१९को चुनाव पनि जितेर एक दशक निष्कण्टक शासन गर्न सफल भएको छ । यसपाली २०२४मा पनि उ विभिन्न हतकण्डा अपनाउँदै चुनावमा होमिएको छ । चुनावको एकमहिना पहिला उत्तरी भारतको हिन्दी बेल्टका केही स्थानहरुमा घुमेर प्रचार प्रसारको शैली हेर्दा यसपटक पनि भाजपाको गठबन्धनले मतपरिणाम हात पार्ने जस्तो देखिन्छ । तर पनि चुनाव नजिकिंदै जाँदा उसमाथि चर्को दबाव पर्दै पनि गएको छ । जेहोस,  लोकतन्त्र र धर्मनिरपेक्षताको उदाहरण मानिदै आएको भारत भाजपा सत...

नेपाल से एक सुखद यात्रा ः देहरादून से अयोध्या तक

चित्र
पुराने जमाने में भी यात्राएँ हाेती थी मगर आज के मुकाबले  बहुत ही कष्टकर हाेती थी । विज्ञान कि खाेजाें ने अब यात्राएँ काफी आसान हाे गयी है ।  बुटवल से यात्रा की तयारी में लक्ष्मण,गंगा और गिता सन् १९९० में भारत से मेरे लौटने के तकरीबन तीन दशकबाद इसबार पारीवारिक भारत यात्रा की एक योजना अचानक बनी । तब अपनी अब तक की आधी उम्र तक भारत में रहने के पश्चात अपने घर नेपाल वापसी की थी मैने । लौटने के बाद आनन फानन में बरसों बित गये । पलटकर कभी उन लम्हों को बारीकी से स्मरण करने का अवसर भी प्राप्त नहीं हुआ । इसबीच गंगा जमुना और ब्रम्हापूत्र नदी और नद में काफी पानी बह चुका था । समय के रफ्तार के साथ साथ सब कुछ बदलता गया था । तबकी पीढी अब उम्रदराज हो चुकी थी । उसके बदले में आयी नयी पीढी के दम पर हिन्दूस्तान और तरुण हो चला था । इन दिनों मैं पता नहीं क्यों मैं गती से कहीं अधिक स्थिरभाव और सामुहिकता से कहीं अधिक एकान्त प्रिय हो चला हुँ फिर भी तरुणाई से भरे इस बदलाव को नजदीक से महसुस करते हुये पुरानी यादों को पुनरताजगी देने के लिए भी इस यात्रा को अंजाम देने के लिए मैं  उत्सुक था । इस यात्रा की...

अष्ट्रेलियाका पार्क र सडकमा भेटिएका केही नेपालीहरु

चित्र
अष्ट्रेलिया आएको सातवर्ष नाघिसकेको रहेछ । उद्देश्य अरुथोक भन्दा आर्थिक उपार्जन रहेको उनले बताए । उनको अनुभवमा कमाई त छ तर खर्चले ढाड मस्काउने रहेछ । नेपालमा हुँदा उनले निर्माण सामाग्रीहरुको आपूर्तिको व्यवसाय पनि गर्थे । उनको कमाई राम्रै थियो । Image credit- AI हामीहरु पुगेका अष्ट्रेलियाका जनघनत्व भएका ठाँऊहरुमा संरचनागत हिसाबले धेरै सुविधाहरु उपलब्ध देखिन्छन् । निश्चित स्थानहरुमा सफा, सुविधाजनक पार्क र उद्यानहरुको व्यवस्था गरिएका छन् । पार्कमा पानी, शौचालय, बालबालिकाहरुकालागि मनोरंजन गर्ने, व्यायम गर्ने, घुमफिर गर्ने र आराम गर्ने व्यवस्था गरिएको देखिन्छ । पार्कमा कुकुर लिएर हिंड्ने आमप्रचलन भएका हुनाले कुकुरकालागि पनि उचित व्यवस्थापन गरेको देखिन्छ । मानिसहरु अक्सर घुमफिर गर्ने समुद्रका किनारहरु पनि मानिसहरुमा  अनुशासन पालना गर्ने बानीले गर्दा सबैतिर स्वच्छ वातावरण देखिन्छ । यो व्यवस्थापन देखेर यहाँ हामी नपुगेका अन्यत्रका स्थानहरुमा पनि यस्तै सुविधा होलान् भनेर अनुमान गर्न हामीलाई गाह्रो भएन । हामी न्यु साउथ वेल्स, विक्टोरिया र समुद्र तरेर जानुपर्ने  तास्मानिया राज्यका केही स्थ...