फेरि चीन र भारतले लिपुलेकमा नेपाललाई बेवास्ता गरे

भारत र चीनले लिपुलेकबाट व्यापार गर्ने सहमती गरेको यो पहिलोपटक भने होईन । सन् १९५१ मा चीनले तिब्बतमाथि अधिपत्य कायम गरिसके पछि अंग्रेजी उपनिवेशबाट स्वतन्त्र भएको भारत र चीनले यो नाकाबाट व्यापार गर्ने उद्देश्यले सन् १९५४ सम्झौता गरेका थिए । AI credit अमेरीकाले शुरु गरेको व्यापार युद्धले विश्वको भू र अर्थराजनीतिमा भूकम्प आईरहेको समयमा चीनका विदेशमंत्री वाङ यीले १८ अगस्तदेखि क्रमशः भारत अफगानिस्तान र पाकिस्तानको यात्रा सम्पन्न गरेका छन् । उनको यो यात्राले दक्षिण एशियाको रणनीतिक समीकरणमा महत्वपूर्ण फेरबदलको संकेत गरेको छ । उनि भारतमा रहँदा चीन तर्फका लिपुलेक लगायत हिमाचल प्रदेशको सिप्कीला र सिक्कीमको नाथुला नाकाहरु व्यापारकालागि खुल्ला गर्ने दुईपक्षीय सहमती पनि भएको छ । नेपालले सन् १८१६को सुगौली सन्धीका आधारमा आफ्नो दावी गर्दैआएको लिपुलेकबाट आफुलाई सहमतीमा नलिईकन दुईपक्षीय सहमति भएपछि त्यो सहमतिप्रति विरोध जनाएको छ । त्यसको प्रतिवाद गर्दै भारतले त्यो क्षेत्र भारतको भएको भन्दै प्रतिवाद गरेको छ । नेपाल र भारतबीच सिमा विवाद लिपुलेक लिम्पियाधुरामा मात्र सिमित छैन । अन्य धेरै ठ...