संदेश

अक्तूबर, 2018 की पोस्ट दिखाई जा रही हैं

सन्दर्भ सकिएको १९५० को नेपाल भारत सन्धि

चित्र
     बाबुराम पौड्याल      नेपाल र भारत बीचको सम्बन्धलाई लिएर सन् १९५०को सन्धि को पक्ष र विपक्षमा शुरुदेखि नै धेरै चर्चा हुँदै आएको छ । भारतमा यसलाई दुवै देशबीचको मित्रताको बलियो दस्तावेजका रुपमा व्याख्या गर्ने गरिदै आएको छ भने नेपालमा यसलाई असमान सन्धिका रुपमा विष्लेशण गर्ने गरिन्छ ।      यो सन्धिले नेपाललाई भारतको प्रभावभित्र सिमित गर्न खोजेको भानिन्छ । यस सन्धिमा नेपालका तर्फबाट स्वयं प्रधानमंत्री श्री ३ मोहन सम्सेर जबरा आफैले र भारतका तर्फबाट काठमाण्डौ स्थित राजदुत चन्द्रेश्वरप्रसाद नारायण सिंहले काठमाण्डौमा ३० जुलाई १९५० का दिन सिंहदरवारको ग्यालरी हलमा आयोजन गरिएको एक भव्य समारोहबीच  हस्ताक्षर गरेका हुन् । सुरजितसिंह मजेठियालाई समय पुरा हुन अगावै फिर्ता बोलाएर नेपालमा विषेश मिशनका साथ दिल्लीले चन्द्रेश्वरप्रसादलाई काठमाण्डौकालागि राजदुत बनाएर पठाएको थियो । सन् १९५०पछिका नेपालका सरकारहरुले यस संधिवारे उतिसारो चर्चा गर्न चाहेको देखिंदैन ।      सन् १९७६ देखि ९० सम्म पूर्वोत्तर भारत...

भारतको असममा एनआरसीका कारण बढ्यो आत्महत्या

चित्र
स्व निरोध बर्मन दास          गएको जुलाई महिनामा भारतको असम राज्यमा एनआरसी को सूचि प्रकाशित भएको थियो जसले त्यहां चालिस लाख गैरकानुनी ढंगले विदेशीहरु बसिरहेको देखाएको थियो । त्यसका आधारमा पुलिसहरुले नोटिस जारी गर्ने, गिरफ्तार गरी बन्दीकेन्द्रहरुमा राख्ने र निर्णयकालागि गठन गरिएका (ट्रिब्यूनल) न्यायलयमा हाजिर गराउने काम गरिरहेका छन् । एनआरसीको प्रकृयाको यो प्रकरणले नाम नपरेकाहरुमाथि ठूलो दबाव परेको समाचार श्रोतहरुले जनाएका छन् । यो दबावका कारणले मानिसहरुमा डिप्रेशनको रोग फैलिरहेको र कैयन मानिसहरुले आत्महत्या समेत गरेको वायर नामक पत्रिकामा गुवाहाटी गौरव दासले उल्लेख गरेका छन् ।             असम विभिन्न ठाऊँहरुमा  एनआरसीमा नपरेका १७ हिन्दु बंगालीहरुले आत्महत्या गरेको बताईएको छ । गुवाहाटीबाट नजिकै रहेको खारुपेटियामा मात्रै २५००० मध्ये ८००० जनाको नाम परेको छैन । अक्टोवर २१ तरिखका दिन खारुपेटियाका ६९ वर्षिय निरोध वर्मन दास ले एनआरसीमा आफ्नो नाम नआएपछि आत्महत्या गरेका छन् । उनि १९४६...

संवृद्धिविनाको राजनीति अपराध हो

       नेपाल मा परिवर्तनका नाममा सात सालमा निरंकुश , पुरातनपंथी र परिवारवादी भनिएको   राणातन्त्र फालियो बहुदलीय प्रजातन्त्र ल्याईयो । रैतीको नामोन्नती भएर प्रजा भए तर त्यो प्रजातन्त्रले आफुलाई बचाउन सकेन । संवैधानिक भनिएका राजाले त्यसलाई नेपाल र नेपाली सुहाउंदो नभएको भन्दै खारेज गरेर मोटो सुहाउँदो भन्दै निर्दलिय व्यवस्थाको शुरुआत गरे । प्रजा प्रजानै भैरहे ।  तीस वर्षसम्म पंचायतले राज गरयो । छयालिस सालमा प्रजाले अलिकती खुकुलो हुने चाहना राखे । राजा संवैधानिक दायराभित्र बस्न वाध्य भए । बैसट्ठी सालमा त प्रजाले राजालाई फालेर गणतन्त्र ल्याए र आफु जनता भए । क्रान्ति र परवर्तनको यो लामो सिलसिलाले नेपाल र नेपालीलाई जिस्क्यायो मात्रै । शान्ति र संवृद्धिको सपना भने जहांको त्यहीं नै रह्यो ।  भन्न त सकिएला शिक्षा स्वास्थ्य संचारमा देखिएको प्रगति सात साल अघि थियो र ? निश्चय पनि थिएन । तर छ दशक लामो राजनीतिक यात्रा गरिसकेको देशको प्रगति यतिमात्रै हुनुपर्ने हो र ? नेपाल भन्दा धेरै पछाडि रहेका दक्षिणपूर्वी एशियाका देशहरु र खाडीका देशहरु कहां पुगे भनेर ए...

AZADI SONG _Composed & Sung by Pushpavathy

चित्र

क्या हो रहा है असम राज्य में प्रवासी घरवासी नेपालियों पर ?

चित्र
                                                                                                              बाबुराम पौड्याल  भारत के असम राज्य में नेशनल रजिष्टर अफ सिटिजनस् ( एनआरसी ) वहां रहरहे विदेशी नागरिकों को पहचानने के लिए शुरु किया गया था । इसको लेकर भारत में चल रहे सरगर्मी में काफी कुछ कहासुनी चल रहा है । अगले साल २०१९में भारत में लोकसभा चुनाव होने हैं, इसलिए भी राजनीतिक दल मुद्दे को चुनावी मसले के रुपमें अपने पक्ष में उपयोग करने की कोशिसों मे...

नेपालीहरुबारे असम सरकारलाई दिल्ली सरकारको निर्देशन

    एनआरसी का बारेमा भारतको केन्द्रसरकारले असम सरकार लाई यहि दश अक्टोबरका दिन एउटा परिपत्र पठाएर आसाममा नेपालीहरु को स्थिती स्पष्ट पार्दै सोही अनुशार गर्न निर्देश गरेको छ  अब असममा रहेका नेपालीहरु एनआरसी मा नपरेको भए पनि अनुसन्धानकालागि बन्दीकेन्द्रमा राख्ने र ट्रिबुनल समक्ष प्रस्तुत हुननपर्ने भएको छ । परिपत्रमा एनआरसीमा परेका नेपालीहरु भारतीय नागरीक रहेको र नपरेकाहरु सन् १९५० को नेपाल—भारत शान्ति र मैत्री संन्धि अनुशार नै असममा बसोबास गर्न पाउने उल्लेख छ ।पारिपत्र मा जन्म का आधारमा भारतिय भयेका भन्ने वाक्य पनि परेको हुँदा यसले नेपालीलाई केही राहत मिल्ने देखिए पनि त्यसको व्याख्या कसरी हुनेहो भन्नेबारे स्पस्ट भएको छैन ।    सो संन्धिको घारा ६र७ ले पारस्परिकताका आधारमा एक देशका नागरीक आर्को देशमा आउनजान,बसोबास र जीविकोपर्जन गर्न सक्ने व्यवस्था गरिएको छ । सन् १९५० जुलाई ३१ को सधिसंग जोडिएको पत्रमा नेपालीहरुलाई नेपालमा भारतीयहरुसंगको प्रतिस्पर्धाबाट जोगाउन भारतमा नेपाली नागरीकहरुले पाएसरहको सुविधा दिन नपर्ने र यो व्यवस्था दुवै देशको आपसी सहमति भै ...

गरीबी निवारणका प्रयासहरु : बालुवामा पानी

चित्र
अहिले नेपाळमा सरकारी तथ्यांक अनुशार २३ प्रतिशतको हाराहारीमा गरीबी रहेको देखिंन्छ । गैरसरकारीक्षेत्रका  अनुसार  यो तथ्यंाक अझै बढ़ी देखिन्छ।              नेपालमा गरीबी निवारणका क्षेत्रमा धेरै अगाडिदेखि नै प्रयास भैरहको देखिए पनि त्यस अनुशारको प्रतिफल नदेखिएको यर्थाथ हो । त्यसमा लक्षित वर्ग पहिचान नगरिकन विकासको मात्र कुरा गरिदै आएको हुनाले यस्तो भएको अनुमान गर्न सकिन्छ । राज्यका संयन्त्रहरुमा विभिन्न उचित अनुचित तत्वहरु हावी हुनेगरेकोले पनि विकासका नाममा जाने श्रोत र साधनहरुमा हुनेखानेहरुकै हालीमुहाली रहंदै आएको देखिंदै छ । अहिले देशमा सरकारी तथ्यांक अनुशार २३ प्रतिशतको हाराहारीमा गरीबी रहेको देखिंन्छ ।      पछिल्ला वर्षहरुमा लक्षित वर्गको पहिचान नगरीकन लक्ष्य हासिल गर्न नसकिने भन्ने कुरा सर्वत्र महसुस भएको छ । जाती धर्म सम्प्रदाय र भूगोल विषेशका कारणले गर्दा नै गरीबी अपेक्षा अनुशार घट्न नसकेको भन्ने अर्को धारणाको पछिल्ला दिनहरुमा बलियो रुपमा विकास भैरहेको छ । तर, यो अवधारणले पनि सम्पूर्ण लक्षित वर्गलाई सम...

लैंगिक हिंसा पिडित नारीहरुको अभियान “ मि टु”

चित्र
तराना बुर्के   आजभोलि आफ्नो विगतमा विभिन्न पुरुषहरुबाट कार्यक्षेत्रहरुमा जबरजस्ती यौन हिंसा मा पारिएका नारीहरुको अन्तरआत्माको आवाज बन्दै गएको छ— मि टु अभियान । यसले अमेरिकाको सिमा नाधेर विश्वव्यापि रुपलिंदै गैरहेको छ । यसले वर्तमान भन्दा पनि उनिहरुका जीवनको कुनै मोडहरुमा घटेका घटनाहरुलाई सतहमा ल्याउन प्रेरित गरिरहेको छ । आफुले विगतमा भोगेका यस्ता डरलाग्दा घटनाहरुले अहिले पनि झस्काउने गरेको र तिनीहरुलाई सकेसम्म विर्सने असफल प्रयास गर्दैआएको तर यतिबेला मि टु अभियानले पिडा बिसाउन हौसला दिएको बताएका छन् । यो अभियानले त्यसबेलाका पिडक भनिएकाहरुलाई पनि अप्ठ्यारोमा पारेको छ ।  मि टु को अर्थ आफु पनि कार्य क्षेत्रमा आफ्ना सहकर्मी, हाकिम अथवा मालिकहरुबाट यौन हिंसा परेको भन्ने हो । हर्बे बेन्सटिन    अहिले यो अभियानमा विभिन्न क्षेत्रमा प्रतिष्ठित महिलाहरुले ठूलो सहभागिता देखाईरहेका छन् । शिक्षित, घरानिया उच्चपदस्थहरुबाट नै यस्ता घृणित घटनाहरु घटाईएको देखिएको छ । यसबाट कार्यक्षेत्रहरुमा पनि महिलाहरुमाथि हुने यौनजन्य हिंसाको स्थिती भयावह रहेको देखिएको छ । यसले शिक्...

दस्तक : नारी तुम कहां हो ?

चित्र
बाबुराम पौड्याल                                                                                                                                                                              ...