संदेश

मार्च, 2019 की पोस्ट दिखाई जा रही हैं

लगानी सम्मेलन : वातावरण अझै चुनौतिपूर्ण

चित्र
        चैत्र सोह्र गते काठमाण्डैमा दुईदिने लगानी सम्मेलन सम्पन्न भएको छ। यसकालागि सरकारले पहिलेदेखि नै गरिरहेको थियो । सम्मेलनमा १७खर्ब ३० अर्ब लगानी प्रस्ताब भएको छ। सरकारले यसलाई उत्साहप्रद भनेको छ। लगानी कर्ताहरुलाई नेपाल अब अशान्त देश रहेन र यहाँ लगानीको सुरक्षा हुने वातावरण छ भनेर लगानीकर्ताहरुलाई आकर्षित गर्ने प्रयासमा सरकार गरिरहेको थियो।  प्रधानमंत्री केपी शर्मा ओलीद्वारा उदघाटन गरिएको  यो सम्मेलनमा चालिस देशका ६ सयभन्दा बढी लगानीकताहरुको सहभागिता हुने बताईएको थियो । चीनबाट आउनेहरुको संख्या सबैभन्दा बढी देखिएको छ । विगत केही वर्षहरुदेखि नेपालप्रति चीनका हरेक क्षेहरुबाट उत्सुकता प्रकट गर्ने गरिएको छ ।  लगानी सम्मेलनकै अवसर पारेर नेत्रविक्रम चन्दको माओवादीले सरकारले आफ्नोनो पार्टीमाथि प्रतिबन्ध लगाएर कार्यकर्ताहरुलाई धरपकड गरेको विरोधमा सोह्रगते नेपाल बन्दको अपिल  गरेर सरकारलाई अप्ठारोमा पार्ने प्रयास गरेको थियो । यतिखेर विभिन्न तहका विद्यार्थीहरुको परिक्षा पनि धमाधम चलिरहेका छन  । ती विद्यार्थीहरुलाई बन्दले प्रभ...

चन्दमाथि प्रतिबंध र राउतसंग समझौता : सरकारी कदम सही होला ?

चित्र
नेत्रबिक्रम को  माओबादी हिंसा माथि प्रतिबंध  र सिके राउत को  अबतरण कालागि ११ बुँदे समझौताले नेपाल मा कसको फेससेविंग र कस्को टाउकोमा पगड़ी हुने हो हेर्न बाकी छ। प्रम ओली    प्रधानमंत्री केपी ओलीले सरकारको पहिलो एकवर्ष नयाँ प्रणाली व्यवस्थापनमा बिताउनु परेको हुँनाले अब सरकारले यथोचित कामको क्षेत्रमा गतिलिने बताएपछि सिके राउतसंग सम्झौता र विप्लव माओवादीलाई प्रतिबन्ध लगाएर नयाँ छनक दिन खोजेका छन् । सिके राउत स्वतन्त्र मधेशको पक्षमा बिगत केही वर्षहरुदेखि मधेशमा गतिविधि गर्दै आएका व्यक्ति हुन् भने पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको तत्कालिन माओवादी पार्टीबाट फुटेर गएका समुहहरु मध्ये नेत्रविक्रम चन्द नेतृत्वको समूह पनि एक हो । पछिल्ला दिनहरुमा चन्द समुहले राज्य विरुद्ध हिंसात्मक र सशस्त्र गतिविधि गर्दै आएको थियो । उक्त समुहलाई चैत्र महिनाभित्र हथियार बुझाई संवादमा आउन सरकारका तर्फबाट समय दिईएको छ ।  सरकारका यी दुई कदमहरुप्रति निक्कै चर्चा र टिप्पणी भएका छन् । बितेको वर्षमा संतोषजनक काम गरेको दावी सरकारले गरे पनि सत्ता बाहिरका राजनीतिक पार्टी...

पुराना मेडिकल कलेजहरुमा नै चर्को माफियातन्त्र हावी

चित्र
चिकित्सा शिक्षा मा कॉलेज हरुले अबैधानिक ढङ्गले गरिरहेको  मनपरीतन्त्रले सत्तामा रहँदै आएका राजनीतिक   पार्टीहरुको नियतमाथिनै औला  उठाएको  छ ।  नयां खुल्ने भनिएका मेडिकल कलेजहरु मेडिकल माफियाका हुन् त्यसैले तिनीहरुलाई खोल्न दिन हुंदैन भनेर विगतमा भएको चर्को लविङ बिर्सन नपाऊँदै पुराना मेडिकल कलेजहरुले विद्यार्थीमाथि गरेको डरलाग्दो शोषण विगत दुई महिनादेखि सडकमा छताछुल्ल भएको छ । पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले विगत दुई महिनादेखि कलेज व्यवस्थापन विरुद्ध गरेको आन्दोलन र भागदौडले यस्तो खुलासा गरेको हो । मेडिकल काउन्सिलले पनि अनुगमनका क्रममा कलेजले विद्यार्थीहरुबाट गैरकानुनी रुपले अतिरिक्त रकम असुलेको भेटिएको जनाएको छ । यसले मेडिकल शिक्षालाई सुधार्ने नाममा विगतमा गरिएका भनिएका प्रयासहरुको खिल्ली उडाएको छ ।   शिक्षामंत्रीको पहलमा बसेकोे बैठकले अन्ततः कलेजले गैरकानुनी रुपमा लिएको रकम एक महिनाभित्र फिर्ता गर्ने निर्णय गर्दै तत्कालकालागि सहज बाटो अवलम्वन गरे पनि बदमाशी गर्नेहरु कार्यवाहीमा नपरीकन उम्कने खेल भैरहको आशंका विद्या...

राष्ट्रसंघ में अजहर को चीन का कवचः भारत परेशान

चित्र
  भारत संयुक्त राष्ट्रसंघ से मौलाना मसुद अजहर को दुनिया का आतंकवादी घोषित करवाना चाहता था परन्तु चीन ने इसबार भी इस प्रस्ताव पर विटो प्रयोग कर निरस्त कर दिया है । पाकिस्तान ने भी भारत की वालकोट कार्यवाही के बाद जैस ए मोहम्मद के कुछ लागों को वारन्ट जारी कर अपने को अलग दिलाने का प्रयास किया है परन्तु भारत इससे संतुष्ट नहीं है । मौलाना  मसूद अजहर   छब्बीस फरवरी को भारतीय वायुसेना ने नियन्त्रित रेखा पार कर बालकोट में आतंकवादियों के ठिकानों पर बम ही नहीं गिराया अपितु तकरीबन तीन सौ आतंकवादियों को मार गिराने का दावा किया । उसके दो दिनबाद २८ फरवरी को जैस के एक साप्ताहिक पत्र अल कलम में मौलाना मसुद अजहर ने छदम नाम से लिखा— “भारत के दिमाग ने काम करना छोड दिया है । वह हमें डराना चाहता है । हम धम्कियों से डरे नहीं है वल्की और उत्तेजित हो गये हैं ।” उसके इन शब्दों में भारत के प्रति काफी गुस्सा दिखाई देता है । भारत का मानना है कि मसुद अजहर का पाकिस्तान की सेना से लेकर खुफिया एजेन्सी उपरी हिस्से तक पहँुच है और खुफिया संयन्त्र के योजना के तहत काम करता है । इसलिये भारत का...

नेपाल बन्द : नेपाली जनता कसैका दास होईनन्

चित्र
    आमजनतालाई त्रासमा पारेर गरिने जुनसुकै कार्य अनैतिक र निंदनीय छ।  नेपाळ बंद ले आन्दोलनकारी ले नाक त ठड्याउलान जनताको पीड़ाको कस्ले हेक्का रखने ? जन्ति सबार बिहेको  गाडी                        आज फाल्गुण ३० गते विहिवार नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले नेपाल बन्दको आह्वान गरेकोले देशको धेरै जसो ठाँऊहरुमा बन्दको प्रभाव परेको छ । देशका विभिन्न स्थानमा आवश्यकिय प्रयोजनले संचालनमा रहेका सावरी साधनहरुमा आगजनी र क्षती पुर्याईएको र सार्वजनिक स्थानहरुमा शंकास्पद वस्तुहरु राखेर मानिसहरुलाई आतंकित बनाएर बन्द गराउने अनुचित कार्य गरेर जनतालाई आफ्नो दैनिकीलाई अवरुद्ध पार्ने र त्रासको साहारा लिएर बन्द सफल पार्ने काम भएको छ । साँझपख अब कामरेड विप्लवले एउटा विज्ञप्ती निकाल्ने छन् र भन्ने छन् । जनताले उनको आव्हानलाई मानेर बन्द सफल पारेका छन् । अर्थात् जनता सबै उनको पक्षमा छन् । यतिमात्र होईन उनले बन्द सफल बनाईदिएकोमा जनतालाई धन्यवाद समेत टक्राउने छन् । बन्दका दौरान उनको पक्षबाट भएका सबै अप्रिय घटनाहर...

सिके राउतको स्टन्ट र प्रम ओलीको महत्वकाँक्षा

चित्र
सिके राउत नेपालको समथर भूभागमा छुट्टै मधेश देशकालागि पृ थक तावादी आन्दोलन संचालन गर्दै आएका चन्द्रकान्त अर्थात्  सीके राउत २२ फाल्गुणमा अदालतको आदेशले छुटे । त्यसको ठिक दुई दिनपछि अर्थात् २४ गते उनले सरकारसंग रहस्यमय ढंगले एघार बुँदे सहमतिमा हस्ताक्षर गर्दै पृथकतावादी आन्दोलन परित्याग गरेको भन्ने संदेश दिन खोजेर सबैलाई आश्चर्यमा पारे । केही दिन अघिसम्म नेपाल टुक्रयाउने कुरा गर्दै आएका उनले यस्तो निर्णय कसरी लिए भन्ने कुरा सोचिनु अस्वभाविक थिएन । तर, सम्झौतापछिका दिनहरुमा उनका गतिविधिहरुले यो संदेहलाई झन् गहिरो पार्दै लगेको देखिंदै छ । सरकारसंगको संझौताको पहिलो बुंदामा नै अखण्ड र अविभाज्य नेपाल त्यसको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको उल्लेख गरिएको र अन्य बुँदाहरुमा पनि संविधानको उच्चता उल्लेख गरिएको संझौतामा हस्ताक्षर गरेका राउतले दोस्रो बुंदाको जनअभिमत भन्ने शब्दलाई जनमत संग्रह गरेर स्वतन्त्र मधेश बनाउन सकिने भन्ने अर्थमा प्रचार गर्न खोजेको देखिंदै छ । त्यतिमात्र होईन स्वतन्त्र मधेश गठबन्धनलाई नेपालको संविधान प्रदत्त अधिकारको उपयोग गर्दै गतिविधि संचालन गर्न दिईन...

भारत—पाक द्वन्द : संवाद का कोई विकल्प नहीं

चित्र
  भारत के पाकिस्तान पर किये गये सर्जिकल स्ट्राइक ने  संभव है, दोनों  देशको एकबार  पिछे मुड़कर देखने मजबुर करदेगा जहां उन्हें खून और तबाही के सिबा कुछ नजर नहीं आएगा।  तब शायद उन्हें आगेका रास्ता साफ नजर आएगा।   भारत और पाकिस्तान के बीच कश्मीर की नियन्त्रण रेखा के दोनों ओर तनाव अब भी कायम है । भारतीय वायुसेना के हमले के बाद कुछ दिनों तक गोली और तोपें चलती रही और आसमान में युद्धक विमानों की कान बन्द कर देने वाली कर्कश आवाज सुनाइ देती रही । हवाईहमले के लिए गये भारतीय वायुसेना के एक विमान के पाईलट अभिनन्दन वर्तमान कोे पाकिस्तान ने बन्दी बना लिया ।    मा ना गया था कि पाईलट वर्तमान को पाकिस्तान द्वारा लौटाये जाने के बाद दोनों देशों के बीच शान्ति और सुलह सफाई का माहौल बनने लगेगा । वैसे दोनों देश अपने कुटनीतिक नियोगको फिर से दुरुस्त करने में लगे हैं । फिर भी आमलोग में अभी भी दहशत का माहोल छँटा नहीं है ।                           ...

सरकार—सिके राउत सम्झौता: संदेह अझै बाँकी छ

चित्र
                                  मधेश लाई नेपालबाट अलग स्वतन्त्र देश बनाउने उद्देश्य लिएर लिएर मधेश मा सक्रिय रहँदै आएका   सिके राउत ले सरकारसंग शुक्रवार काठमाण्डौमा एघार बुँदे  गरेका छन् । उनको यो अवतरणलाई अप्रत्यशित तर सकारात्मक भन्दै आश्चर्य प्रकट गरिएको छ । राउतलाई राज्यविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले गत २१ असौजमा पछिल्लो पटक गिरफ्तार गरेको थियो । यसअघि पनि उनि कैयौं पटक गिरफ्तारीमा पर्दै र अदालतको आदेशबाट रिहा हुँदै आएका थिए । पश्चिमका केही देशहरुले राउतलाई अधिकारकर्मीका रुपमा हेर्दै आएका छन् । उनको प्रत्येक गिरफ्तारीपछि अन्तरराष्टियस्तरबाट उनको रिहाईकालागि नेपाललाई दबाव दिईने गरेको थियो । यसपटक पनि उनलाई अदालतले बिहिवार रिहा गर्ने आदेश दिएको थियो । रिहा भएको भोलिपल्टै उनले सरकारसंग ११ बुदे सहमति गरेका हुन् । सरकारी सुत्रका अनुशार राउतसंग केही समय अगाडिदेखि सरकारले विभिन्न माध्यमबाट वार्ता गरिरहेको थियो...