संदेश

जनवरी, 2020 की पोस्ट दिखाई जा रही हैं

जलवायु परिवर्तनले पारिरहेको समस्या : भविष्य खतरामा छ !

चित्र
जलवायु परिवर्तन ले कृषिमा आधारित भनिएका नेपाल जस्ता देशहरुले समाधानको लागि वैकल्पिक बाटाहरु बारे बेलैमा सोच्ने बेला भएको छ ।                                                                                                                मौसम आफ्नो पुरानो चक्रबाट विस्तारै बदलिंदै गएकोछ । किसानहरु धानको रोपाई गर्न वर्षा पर्खिरहेका हुन्छन् तर रोपाई गर्न पुग्ने गरी या त वर्षा नै हुँदैन या खडेरी पर्दछ ।  रोपाई भैहाले पनि बाली स्याहार्ने बे...

लौ है...... कोरोना भाइरसबाट बचौं

चित्र
  कोरोना भाइरस चीनको उहानबाट प्रकोप को रुपमा फैलिरहेको छ। नेपालमा  चीनतिर आवतजावत हुने हुँदा सावधानी जरुरी छ।  यतिबेला कोरोना भाइरसको संत्रास दुनियाँभरि फैलिएको छ । यतिबेला छिमेकी देश चीनबाट संक्रमित भएको यो भाईरसले त्यहाँ प्रकोपको रुपमा फैलिरहेको छ । पछिल्लो सुचना अनुशार त्यहाँ ८१ जनाको ज्यान गैसकेको बताईएको छ । उहानमा सबै प्रकारका गतिविधिहरू स्थगित गरिएको छ। नया वर्षको विदा तीनदिन थप गरिएको छ। येसैबीच चिनिया प्रधानमन्त्री लिखाछ्यंगले उहान भ्रमण गरेका छन्।   नेपालमा पनि चीनबाट आएका केही मानिसहरु संक्रमित भएको आशंका गरिएको छ । काठमाण्डौमा यसको निगरानी र परिक्षण गर्ने काम थालिएको छ । विभिन्न देशहरुले आफ्ना अन्तरराष्ट्रिय विमानस्थलहरुमा चीनबाट आउने यात्रुहरुमाथि निगरानी गर्न निगरानी कक्षहरु स्थापना गरिरहेका छन् ।  कोरोनाभाईरस सबैभन्दा पहिले सन् १९६०मा देखिएको बताईन्छ । यस भाईरसको आकार मुकुट जस्ता हुने भएकोले यसलाई क्राउन अर्थात् कोरोना भाईरस भनिएको हो तर यसका केही प्रजातीमा यस्तो नहुन पनि सक्दछ । यो भाईरसको जीवाणु बाहिरी वातावरणमा लगभग एकदिन...

चीन र म्यानमारबीच बढ्दो निकटताले पार्न सक्ने प्रभाव

चित्र
चीन र म्यानमार बीच बढ्दो निकटता हिन्दमहासगर मा चीनको प्रभाव विस्तार हुने देखिएको छ । यो स्थिति अमेरीका र भारत कालागि चिन्ताको विषय हो। चिनिया राष्ट्रपति सी जिम्पिङ जनवरी १७ र १८ गते म्यानमारको औपचारिक भ्रमण गरेका छन् । चिनिया राष्ट्रपतिको यो स्तर औपचारिक भ्रमण १९ वर्षपछि भएको हो । सत्तरीवर्ष पहिला शुरु भएको दुई देशबीचको औपचारिक सम्बन्धले नयाँ उचाई पाएको उल्लेख दुवै देशले गरेका छन् । भ्रमणको अन्त्यमा जारी १३ बुँदे संयुक्त वक्तव्यमा चीनले अगाडि बढाऊँदै आएको बीआरआईप्रति दुवै देशले एक्यबद्धता जनाएको कुरा उल्लेख भएको छ । चाइना म्यानमार आर्थिक कोरिडोरलाई म्यानमारको समुन्नति तथा दुवै देशको पक्षमा साझा प्रयासहरु गरिने प्रतिबद्धता पनि सार्वजनिक भएको छ । सिमा क्षेत्रमा विभन्न आर्थिक विकासका क्षेत्र बनाएर काम गर्ने सहमति भएको छ । म्यामार यतिबेला रोहिंगिया मुसलमानहरु प्रति अत्याचार गरेको भन्ने संयुक्त राष्ट्रसंघ लगायत पश्चिमा देशहरुले लगाएको चर्को आरोपको सामना गरिरहेको छ । यद्यपि म्यानमारले यो आरोपको खण्डन गर्दै आईरहेको छ । यो स्थितीमा म्यानमारसंग चीनसंग सम्बन्ध बढाउनुको विकल्प नरहेक...

प्रदेशसभाका सभासद् दीपक मनाङे कुटपीटको आरोपमा पक्राउ

चित्र
प्रदेशसभाका सभासद् दीपक मनाङे ले एन्फा कास्कीका अधक्ष्य मिलन गुरुङ माथि कुटपीट गरेर प्रदेशसभा सदस्यको गरिमा खण्डित गर्दै आफ्नो कालो विगत सम्झाएका छन्। गण्डकी प्रदेशको पोखरामा प्रदेशसभा सदस्य दीपक मनाङे यतिबेला कास्की प्रहरीको फन्दामा परेका छन् । उनले कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि पहिलो पटक आयोजित मुख्यमंत्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोह शुरु हुनु भन्दा केही समय पहिला हातपात गरेर आफ्नो अभद्रता देखाएका हुन् । प्रदेशसभाको सदस्य जस्तो मर्यादीत पदमा रहेका मनाङेले अपनाएको यो प्रतिवादको शैलिले उनि अझै डनगिरीको विगतबाट मुक्त हुन नसकेको भनेर चर्चा भैरहेको छ । जिम्मेवार पदमा आसिन राजनीतिक व्यक्तित्वहरु आफै नियम कानुन पालनाको क्ष्ोत्रमा रोलमोडल बन्नु पर्नेमा आफुलाई रिस उठेकाहरुप्रति कुटपीट गर्दै हिंड्नु खेदजनक छ । उनले आफुलाई अनुसन्धानकर्ता र न्यायधिश पनि भएको घमण्ड देखाएका छन् । उनले आफुलाई संसारको एकमात्र बाहुवली भएको भ्रममा रहेको देखाएका छन् । भोटमा जितेर पनि कुकर्मको फल भोगिरहेका पूर्वसभामुख कृष्णबहादुर महरा र आफ्ताव आलमहरुवारे उनले हेक्का राखेको देखिएन ।...

गुटहरुले नेकपालाई धराशायी बनाउने बढ्दो संभावना

चित्र
नेकपा नेतृत्वले समयमै सजग नहुने हो र गुटहरुको हवामा मात्र हिंड्ने हो भने दई तिहाई मत लिएर संसदमा छिरेको नेकपा ले आन्तरि गुटबन्दी का कारण जनतालाई निराश नै बनाउने देखिन्छ ।  उपसभामुख शिवमाया तुम्बाहाम्फेले लामो रस्साकस्सीपछि राजिनामा दिएर नेकपाकालागि सभा सभामुख चयनकालागि मार्गप्रसस्त गरिदिएकी छन् । तत्कालिन माओवादी केन्द्रका तर्फबाट सभामुख चयन भएका कृष्णबहादुर महरा यौनकाण्डको आरोप लागेपछि पद छोड्न बाध्य भएपछि सभामुख पद रिक्त भएको थियो । शिवमाया तत्कालिन एमालेका तर्फबाट उपसभामुख बनेकी थिईन । अब यी दुवै पार्टीहरु पछि एकिकृत भैसकेपछि दुवै पदमा एउटै दलको नियुक्ती हुन नसक्ने संवैधानिक प्रावधान छ । उसो त पार्टी एकिकरण भैसकेपछि नेकपाले सभामुख र उपसभामुख मध्ये एक पद छोड्नु वांछनिय थियो तर नैतीकताको पालनालाई नेपालका राजनीतिक पार्टीहरुले महत्व दिन चाहेको देखिंदैन । नेकपाले शिवमायालाई राजिनामा दिन लगाएर सभामुखमा अर्को उम्मेदवार दिने मनस्थिति बनाएको थियो । जस अनुशार प्रधानमंत्री ओली नेता सुभाष नेम्वाङको पक्षमा थिए भने प्रचण्ड लागाएतको माओवादी समुह भने माओवादी समुहले पाएको पद माओवादीले...

भारतीय सिमा सुरक्षाबलद्वारा बांगलादेशी नागरीकको हत्या बढ्दो

चित्र
भारत - बंगलादेश सिमा संसारका  धेरै नागरिकहरूको ज्यान जाने सिमा मध्ये एक हो। मित्रतापूर्ण सम्बन्ध भएको भानियका दुइ देशको सिमाना मानव वध क्षेत्रमा परिणत हुनु लज्जास्पद छ। भारत र बंगलादेशबीचको सिमानामा भारतीय सिमा सुरक्षाबलबाट मारिने बंगलादेशी नागरीकहरुको संख्या डरलाग्दो रहेको संचार माध्यमहरुले जनाएका छन् । नागरीकहरु मारिने घटनालाई शुन्यमा झार्ने आश्वासन दिल्लीले विगतमा ढाकालाई दिएका भएपनि त्यसको प्रतिफल देखिएको छैन । यो सिमाना संसारका धेरै सिभिलियनहरुको ज्यान जाने सिमानाहरु मध्येमा पर्दछ । जनवरी १२ का दिन बंगलादेशका विदेशमंत्री ए के मोमिनले आफ्नो मंत्रालयमा संचारकर्मीहरुसंग कुरा गर्दै भने — दुवै देशले यस्तो मृत्युलाई शुन्यमा झार्न चाहेको तर दुर्भाग्यवश त्यस्तो हुन सकेको छैन । दुई दिनअघि सिमाक्षेत्रको लालमोनिरहाट जिल्लाका सिमाक्षेत्रमा भारतीय सुरक्षाबलको गोली प्रहारबाट एक बंगलादेशी युवकको मृत्यु भएको थियो । उक्त २६ वर्षीय युवक भारतीय क्षेत्रमा बसोबास गर्ने उसका काकाको घर जान सिमापार गरिरहेको बेला भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका थिए । तर, पछि भारतीय सिमा ...

इरान अमेरीका तनाव युद्धको संभावना कायमै छ ।

चित्र
अमेरीका र इरान बीच बढदो युद्ध को सम्भावनाले विश्वलाई नै पिरोलेको छ। कतिपयले येसलाई तेश्रो महासमरको शुरूआतका रुपमा पनि हेरेका छन्। खाडीको तेलमाथी अमेरिकाले आँखा लगाएको लामो समय बितिसकेको छ। त्यस क्षेत्रका देशहरूमा आफु अनुकुल सरकार बनायेर  प्रभाव  कायम गर्ने अमेरिकी कुटनीति जारी छ।              यही ३ जनवरी शुक्रवार बिहान इरानको ईलाइट क्वाडस् सेनाका प्रमुख कासिम सुलेमानीलाई इराकको बग्दादमा अमेरीकी ड्रोन आक्रमणमा मारिएपछि ईरान र अमेरीकाबीच मध्यपूर्वमा तनाव शुरुभएको हो । बुधबार इरानले प्रतिशोध स्वरुप इराकका दुई अमेरीकाको नेतृत्वमा रहेको गठबन्धन सेनाका दुई सैनिक शिविरमा १५ मिसाईल प्रहार गरेको छ । यो आक्रमणमा ४० जना अमेरीकी सैनिकहरु मारिएको इरानले दावी गरेको छ । इरानले भने यो प्रहार अमेरीकालाई ”थप्पड“ भएको जनाएको छ । अमेरीकाले भने उक्त ईरानी आक्रमणमा खासै क्षती नभएको प्रतिक्रिया बुधवार अपरान्ह अमेरीकाले दिएको छ ।  यसअघि नै इरानका ५२ स्थानहरु आफ्नो निशानामा रहेको बताईसकेको छ । धेरैले इरान प्रतिशोधकोलागि कुटनीतिक माध्यमबाट अगाडि ब...

तराईमा उखु किसानहरुको पीडा :फेरी उधारो सहमति !

चित्र
पौष १९ गते सुक्रवार सरकार उखु किसान र  चिनी मिल मालिकहरू बीचको लेनदेन बारे फेरी माघ ७ गतेभित्र किसानलाई मिल मालिकहरूले बाँकी रकम भुक्तानी गर्ने भाका सहित पाँचबुंदे सहमति सरकार आफै अगाडी सरेर किसानसंग सहमति गरेको छ । सहमति विगतमा पनि भएको र मिल मालिकहरूले त्यसको उल्लंघन गरेको हुनाले यस पटकको सहमति पालन होला भनेर विश्वास गर्ने आधार भने बलियो छैन  तैपनि सरकार आफैले किसानसंग सहमति गरेकोले किसान आन्दोलन स्थगित गरेका छन्।       मिडियामा किसानमारा चीनी मिल मालिकहरुबाट पीडित किसानहरु पुषको जाडोमा काठमाण्डौका सडकहरुमा रुँदै संघीय सरकारसंग न्याय मागिरहेका हृदयविदारक व्यथा र तस्विरहरु धेरै दिनदेखि सार्वजनिक भैरहे । संवृद्ध नेपाल र शुखी नेपालीको अभिष्ट बताउने सरकार र पार्टीगत स्वार्थकालागि राजनीतिक मुद्दा लिएर सडकमा उत्पात मचाउनेहरु र बेलाबखत च्याऊसरी उम्रिने बानी परेका स्वनामधान्य सामाजिक अभियन्ताहरू कुन दुलोमा छन्  भन्ने चर्चा सर्वत्र फैलियो ।      किसानले आफ्नो उत्पादनको मूल्य पाउन वर्षौदेखि सास्ती भोग्न पर्ने अवस्थाले ...