संदेश

अप्रैल, 2018 की पोस्ट दिखाई जा रही हैं

सन्दर्भ बुद्ध पूर्णिमा, बुद्धकालिन परिवेश

चित्र
        वर्तमान नेपालको सिमाना भित्रको कपिलवस्तु गणराज्यको लुम्बिनीमा शाक्य राजकुलमा आज भन्दा २५ सय ६२ वर्ष अघि गौतम बुद्ध जन्मेका थिए । बालकालमा उनको नाम सिद्धार्थ थियो । उनका पिता शुद्धोदन कपिलवस्तुका राजा र मामायादेवी छिमेकी कोल राज्यकी राजकुमारी भएको र रोगी, मानिसको अन्तिम शवयात्रा जस्ता दृश्यहरु देखेर संसारबाट विरक्त भई ज्ञानको खोजीमा दरवार छोडेर निस्किए । कठीन प्रयासपछि उनले भारतको गयामा बुद्धत्व प्राप्त गरेका, भारतको सारनाथबाट  ज्ञान प्रचारको काम आरम्भ गरेका र भारतको कुशीननगरमा अस्सी वर्षको उमेरमा निर्वाण प्राप्त गरेका भन्ने बाहेक खासै जानकारी आम मान्छेमा देखिंदैन । बुद्धको सरोकार उनको कालजयी विचारहरुका कारणले पुर्वीय दार्शनिक वाङमयको एउटा धार्मिक सम्प्रदायमा मात्र सिमित छैन । उनि एउटा सम्प्रदायका गरुभन्दा पनि त्यस यूगका महान दार्शनिक हून् । उनको समकालिक रुढीवाद, अन्धविश्वासका विरुद्धको सक्रियताले उनलाई समाज सूधारकका रुपमा पनि आदर गरिन्छ । नेपाली समाजका हरेक सांस्कृतिक मोडहरुमा दार्शनिक, सामाजिक अभियान्ता र सम्प्रदायका गूरुका रुपमा परापूर्वका...

कोरियाली प्रायद्वीपमा खुशीको लहर

चित्र
  संसारबाट अलगै र रहस्यमय मानिएको बन्द देश उत्तर कोरियाली नेता किमइल जोङ उन र तीव्र आर्थिक विकास गरिरहेको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन  बीच दुई देशको सिमावर्ती गैरसैनिक क्षेत्रमा वार्ता भएको छ । यही २७ अप्रैलका दिन पानमोनजोममा दुई कोरियाली नेताहरुबीच आधा घण्टासम्म हार्दिकतापूर्वक वार्ता भएको थियो । उत्तर कोरियाली नेता आफ्नी बहिनी किम यो जोङ सहित नौजना अधिकारीहरु र केही सादा पोशाकका सुरक्षाकर्मीहरु लिएर त्यहां पुगेका थिए । त्यहांको अतिथि पुस्तिकामा उनले अब नयां इतिहासको शुरु हुन्छ भनेर लेखेका थिए । सन् १९५३ मा दुई देश बीच युद्ध विरामपछि ५५ वर्षमा दुई देशका उच्चस्तरका नेताहरुबीचको यो नै पहिलो भेट हो । अहिलेसम्म लगभग युद्धकै स्थितीको तनावमा रहेका दुई राष्ट्रहरु माझ भएको यो भेटघाट त्यस क्षेत्रको शाान्ति र समुन्नतिका निम्ति निकै महत्वपूर्ण घटना हो । यो भेटमा दुई नेताहरुले आणविक होडबाजीको अन्त गर्ने र यसै वर्षभित्र शान्ति सम्झौतामा हस्ताक्षर गरी शान्तीको सुनिश्चितता गर्ने वचनबद्धता प्रकट गरेका छन् । उनिहरुले जारी गरेको घोषणापत्रमा भनिएको छ– अब यस प्रायद्वीपमा कहिल्य...

भारत चीन संबन्धमा सकारात्मक संकेत

चित्र
     भारतीय प्रधानमंत्री नरेन्द्र मोदी यही अप्रैल सत्ताईस तारीख चीनको हुवेई प्रान्तको राजधानी शहर हुआन पुग्ने छन् । त्यहां उनले चिनिया राष्ट्रपति सि जिम्पीङसंग अनौपचारिक तर महत्वपूर्ण दुईपक्षिय वार्ता गर्ने छन् । यस वार्तालाई शिखरवार्ताको संज्ञा दिईएको छ । गत दिसम्बरमा चिनिया विदेशमंत्री वाङ यी दिल्ली भ्रमणमा आएपछि दुई देशबीचमा कुटनीतिक सक्रियताले तीव्र गति लिएको देखिन्छ । त्यसपछि फरवरीमा भारतीय विदेश सचिव विजय गोखले चीन भ्रमणमा गए । उनि चीन बारे विशेष जानकार रहेको बताईन्छ । उनि फर्केपछि भारतीय सूरक्षा सलाहकार अजित डोभल पनि चीन पुगे । यी सबै भ्रमणहरु सी र मोदीको भेटलाई चांजोपांजो मिलाउन भएका थिए । त्यसपछि अप्रैलको बीस तारीखमा भारतीय विदेशमंत्री स्वराजको बेइजिङ भ्रमण भयो । एउटा समारोहमा विदेशमंत्री यीले चीन र भारत प्रकृतिले नै जुराएका सहयोगी भएको र यो सम्बन्धले दुई देशमा मात्र नभएर यस यस क्षेत्रमा नै सकारात्मक पर्ने बताएका थिए । यो भनाईको इशारा पाकिस्तान तर्फ हो कि जस्तो देखिन्छ । चीनले भारतीय अतिथिहरुलाई उच्च महत्व दिएको छ र भारतमा पनि उसको पारम्परिक विदेश...

अझै अनिश्चित एमाले माओवादी एकिकरण

                     लेनिन जयन्ती तथा पार्टी एकता दिवसको दिन पारेर यही बैशाख नौ गते गरिने भनिएको नेकपा एमाले र माओवादी केन्द्रको एकिकरण एकपटक फेरि प्रतिबद्धतामा नै सिमित रहन पुगेको छ । राष्ट्रिय सभागृहमा आयोजित संयुक्त कार्यक्रममा दुई पक्षबाट एकता हुन्छ भनेर नेताहरुले आश्वस्त पार्ने प्रयास गरे ।  हल्लाको समूद्रमा तैरिने बानी परेको नेपाली राजनीतिमा आईरहेको सुनामीमा यी दुई नाऊहरु मध्ये कुन चाहीं उत्तरी किनारा र कुन चाहीं दक्षिणी किनारामा पुग्ने हुन् वा दुवै एकै किनारामा पुग्ने हुन् , अझै टुंगो लाग्न सकेको छैन ।      पार्टीहरु बीचको भागबण्डाको तानातानी आम जनताको खासै सरोकारको विषय रहेन । उनिहरुको चाहना, अस्थिर देश स्थिर भै समुन्नतितिर जान सकोस् भन्ने हो । नेपालका खोलानाला र पाखापखेरामा आफ्नो मात्र स्वार्थमा लागेका छिमेकीहरुले रेल र पानीजहाज दौडाउलान् र नेपालको विकास होला भनेर सपना देख्ने बानी परेकाहरुले जनताको तर्फबाट उधारो विश्वास त पाएका छन् तर त्यसको सदुपयोगको निश्चितता देखिएको छैन ।     ...

नेपाल भारत र चीन, नयां सोचको पर्खाईमा

प्रधानमंत्री केपी ओली भारतको तीन दिने औपचारिक भ्रमणबाट चैत्र पच्चीस गते फर्किए भने एक सातामा बैशाख तीन गते परराष्ट्रमंत्री प्रदीप ज्ञवाली चीन भ्रमणमा निस्के । भ्रमणको यो तालमेललाई हेर्दा भारतप्रतिको काउन्टर भ्रमणको तयारीका रुपमा पनि धेरैले बुझे । मंत्री ज्ञवालीको चीन भ्रमणलाई नेपाल र भारतमा पनि उत्सुकता पूर्वक हेंिरनु अस्वभाविक थिएन ।   मंत्री ज्ञवाली चिनिया विदेशमंत्री वाङ यीको निमन्त्रणामा छ दिने भ्रमणमा चीन गएका थिए । उनि नेपाल फर्किसकेका छन् । उनकोे भ्रमण चीनसंग विगतमा भएका संझौताहरुको सन्दर्भमा र निकट भविष्यमा हुने प्रधानमंत्री ओलीको औपचारिक भ्रमणलाई व्यवस्थित र फलदायी बनाउन भएको हो । अझ यो भन्दा बढी बहुप्रतिक्षित चिनिया राष्ट्रपति सी जिम्पीङको नेपाल भ्रमण गराएर कुटनीतिक महत्व हासिल गर्न नेपालले दुई वर्षदेखि प्रयास गर्दै आएको छ । त्यस बारे पनि मंत्री ज्ञावलीले चीनमा प्रयास गरेको बताइन्छ । चीनसंगको नेपालको संबन्ध भारतसंगको जस्तो बोझिलो छैन, सहज र सरल छ । यति भएर पनि भारतसंगको सम्बन्ध विविध कारणहरुले गर्दा अहिलेसम्म नेपालकालागि वाध्यकारी रहेको छ । यसको उचित व्यवस्थापन...

लीपुलेक र दोक्लामले दिएको शिक्षा

पछिल्लो पटक भारत र चीन बीच संबन्ध सुधारको प्रयास फेरि शुरु  हुने संकेत देखिएको छ । दुवै तर्फबाट कुटनीतिक भेटघाटले तीव्रता  पाएको छ । गत फरवरीमा भारतीय विदेश सचिव विजय गोखलेको चिनिया अधिकारी संग भलाकुसारी पछि भारतका सुरक्षा सल्लाहकार अजित डोभल भारतीय  प्रधानमंत्री नरेन्द्र मोदीको आगामी जुन महिनाको ८ तारीखमा शुरु हुने एक समिटमा भाग लिन चीन जान अगावै चीन भ्रमण गराउने चांजोपांजो  मिलाउन चीन पुगेका छन् । अब केही हप्तामा भारतको मंत्रीस्तरिय  भ्रमण टोली चीन  जानलागेको बताईएको छ । यदि यी प्रयासहरु सफल  भए छोटो समयमा दुई पटक भारतीय प्रधानमंत्रीको चीन भ्रमण हुने  देखिन्छ । यसको अर्थ भारत र चीन आपसी सम्बन्धलाई अब उच्च  महत्व दिन थालेको देखिन्छ । दोक्लामबाट झनै टाढिएका दुवै देशले के शिक्षा लिएर फेरि प्रयास  थालेका हुन् र त्यस प्रयासको परिणाम के हुने हो भन्न कठिन छ ।   भारतको सम्बन्ध चीनसंग लामो समयदेखि नै सुमधुर रहेको छैन र  पनि व्यापारको क्षेत्रमा सहकार्य चलिनै रहेको छ । चीनको ओबीआरले  भारतको...

यातायात क्षेत्रमा अन्योलता

                यतिबेला नेपालको सवै भन्दा धेरै मानिसहरुले रोजगारी वा अर्धरोजगारी पाईआएको यातायात क्षेत्रमा ठूलो अन्यौलता देखिएको छ । तीन दशक यता कै सबै भन्दा शक्तिशाली भनिएको केपी शर्मा ओलीको नेतृत्वमा बनेको वामगठबन्धनको सरकारले यस क्षेत्रमा कायम रहंदै आएको सिण्डीकेट प्रणाली खारेज गर्ने तयारी गरेपछि यस्तो अन्यौलता देखिएको हो ।       व्यवसायिहरु भने वर्तमान प्रणालीलाई सिण्डिकेट मान्न तयार छैनन् । सरकारले सेवा प्रदायक संस्थाका रुपमा दर्ता भएर संचालनमा रहेका यस्ता समितीहरुलाई  नवीकरण नगर्ने अब उप्रान्त कम्पनी ऐन अन्तरगत नाफामुलक संस्थाका रुपमा संचालन गर्ने बताइरहेको छ ।       उसो त सिण्डिकेट प्रणालीको खारेजीको निर्णय धेरै पहिले नै भैसकेको तर विगतका सरकारहरुले यसक्षेत्रमा हात हाल्ने आंट गर्न सकेका थिएनन् । सेवाक्षेत्रमा गुणस्तर नभएको र स्वस्थ प्रतिस्पर्धालाई अवरुद्ध पारेको र सरकारी खर्चमा बनेका सडकमाथि एकलौटी गर्न खोजेको जस्ता आरोप सम्बद्धपक्षले व्यवसायीहरुमाथि लगाउने गरेका छन् । यी आरोपमा यतिबेला उपभोक्ता र...

I Missing You Mom

                          महाप्रस्थानको एघारैं वर्षमा फेरि आमालाई सम्झिने औंसी संघारमा आईपुगेको छ । त्यसबेला मृत्यूलाई अकाट्य सत्यका रुपमा स्वीकार्नु बाहेक मसंग अरु विकल्प थिएन । वास्तवमा त्यो महाप्रस्थानले संघर्षशील, कर्मठ लौह व्यक्तित्वको छहारीबाट मलाई नियतीले च्यूत बनाएको मात्र नभएर भ्रूणदेखि नै रमाउंदै आएको ममतामयी कोख पनि खोसिएको थियो । त्यसबेला न मसंग रुन मेरा आंखामा आंसु नै थिए न मस्तिष्कमा कुनै तर्क । यसपटक फेरि मातृ अमावस्य आईपुगेको छ । त्यस्तै स्मृतिले मेरो सामु आमाको स्मृति गराई रहेछ आज पनि । यहि मेरो सानो घरमा आमा सशरीर देख्न पाऊछु कि भन्ने झझल्को लागिरहेको छ । तर, मलाई थाहा छ यो मेरो भ्रम मात्रै हो । आमाको त्यही व्यक्तित्वलाई स्मरण गर्दै शतशत श्रद्धांजली अर्पण गर्दछु ।    

बोआओमा नेपाल गएन किन

                 बोआओ फोरमको गत मंगलवार शुरु भएको यसपटकको वार्षिक सम्मेलनमा नेपालको अनुपस्थितिलाई लिएर अहिले चर्चा चलिरहेको छ । एशियाको “दाभोस”का नामले परिचित यो संम्मेलन वर्षेनी चीनको हेनानमा चीनको आयोजनामा सम्पन्न हुने गरेको छ ।       चैत्र २५ गते आइतवार भारतको औपचारिक भ्रमणबाट फर्किएका प्रधानमंत्री खड्गप्रसाद ओली एक दिनपछि शुरु हुने बोआओमा भागलिन जाने भन्ने कुरा सामान्यतय असम्भव जस्तै देखिन्छ । तर पनि प्रधानमंत्री ओली पहिलो भारत भ्रमण गरेर परम्पराको निर्वाह गरेका हुन् भनेर सोच्नेहरुको कमि थिएन । त्यसैले उनि राष्ट्र वा सरकार प्रमुखहरुले औपचारिक सहभागिता जनाउने बोआओमा ओली आफै जाने अड्कल पनि काटिएको थियो ।      अघिल्लो पटक नाकाबन्दीपछिको भारत भ्रमणमा दिल्लीले नया संविधानलाई समथर्न नगरेकोले फर्के लगतै कुटनीतिक दिन चीन भ्रमणमा गए जस्तो स्थिति यसपटका थिएन, उ आफ्नो पुरानो अडानबाट एककदम पछाडी हटेको थियो । त्यसैले हतारोमा चीनतिर जानु उचित नहुने सोच सरकारको थियो । बोआओ सम्मेलनको अवसर पारेर चीनको औपचारिक भ्रमण ग...

Rising Fundamentalist Fever In Indian Society

                            By Baburam Poudyal South Asia has born unique cultural diversities for a long time. The region was called Aryav arta or Jamboodipa at the ancient era. Many tribes came here and they settled here serially since that time. The basis of ethnicity, religious and lingual India has a large combination of thousands of communities in her this time. After the independent in 1974, she had been developing similar social common value which was stood on the foundation of diversities. But, Indian social media and other some incidents are showing ugly symptoms of social conflict now. Culturally or democratically India has been more or less playing a pivotal role in this sub-continent too. The negative atmosphere in Indian society throws impact on the other countries in the region because of her ethnic link in neighbouring countries.  Indian fundamentalists are seemly active to change the ...

शब्दचित्रको क्यानभासमा खड्गप्रसाद ओली

प्रधानमंत्री खड्गप्रसाद ओली यतिबेला नेपाली राजनीतिको केन्द्रविन्दुमा छन् । नेकपा एमालेको अध्यक्ष भएपछि चाहे संविधान घोषण गर्ने बेलामा होस या अघिल्लो पटक प्रधानमंत्री बन्ने अवसर पाउंदा होस् उनि क्रमशः चर्चामा आउंदै गए । यतिबेला सम्मको उनको चर्चा सकारात्मक र नकारात्मक दुवै कोणबाट भयो । त्यस भन्दा अगाडि ओली एमाले भित्र च्यांखे थाप्ने एउटा गुटको पसलेका रुपमा चिनिन्थे । पार्टी भित्र उनलाई चुत्थो नेताका रुपमा खिसीट्युरी गर्नेहरु पनि प्रसस्तै थिए । एमाले भित्रको सदाबहार प्रतिपक्षी नेताको पगरी पनि उनलाई प्राप्त थियो । २०२८ सालको झापा संघर्षबाट उदाएका यी नेता पंचायतकालमा १४ वर्ष जेल जीवन व्यातित गरेका हुन् । छयालिस सालको आन्दोलन पछि एमालेले खुला राजनीतिको बाटो समाते पछि ओली पनि पार्टीको नेतृत्ववर्ग भित्र देखा परे । एमालेको नौ महिने शासनमा उनि गृहमंत्री बने । गृहमंत्रीका रुपमा उनले आफुलाई तार्किक र खरो व्यक्तित्वका रुपमा चिनाए । भारतसंग २०५२ सालमा भएको महाकाली संधीको समर्थन र विरोधमा एमाले भित्रै दुई गुट देखा परयो । उनले पक्षमा चर्को वकालत गर्दै स्याटलाईटबाट बिजुली बेचेर नेपाललाई समुन्...

S.D Muni Warns Nepal

      Indian Prime Minister Narendra Modi and Nepali prime Minister Khadga Oli both were expressing pleasant words at the time of Nepali PM's India visit in Delhi.  The main work of the visit was to bring the right way the trust that was in jolt since September 2015. They urged the relation of both countries came in the right way now. A twelve- point joint statement was published highlighting the resolve of the two Prime ministers to take bilateral relation to new heights on the basis of equality, mutual trust, respect and benefit. Concluding the Delhi trip, PM Oli did not arrive rightly in Kathmandu, diplomatic cooking was started negatively in the kitchen of a diplomatic circle in Delhi.   Professor S.D Muni, one of the Indian expert on Nepal wrote on a symbolic elephant (China) in 'The Quint' paper, just one day after the return of the Nepali PM to Kathmandu from Delhi. He does not think of the filthy treat of India to her neighbourin...

प्रम ओलीको भारत भ्रमण संवृद्धिको मीथक मात्र बन्ने हो कि ?

चित्र
  भारत भ्रमणमा रहेका नेपालका प्रधानमंत्री खड्गप्रसाद ओली को आज शनिवार दोस्रो दिन व्यस्त र महत्वपूर्ण थियो । यता नेपालमा भारत भ्रमण मा नेपाली पक्ष कमजोर पो सावित हुने हो कि भन्ने आशंका पनि व्यक्त भैरहेको थियो ।  दुई प्रधानमंत्रीहरु बीच भएका एकान्त वार्ताहरुमा अन्यथा नभएको भए अन्यत्र नेपालले होच्चिनु पर्ने स्थिती नभएको बताईदैछ । यसको अर्थ भारतले नेपाललाई महत्व दिएको मान्न संकोच मान्न पर्ने स्थिती नभएको लगाउन पनि सकिन्छ ।  अविश्वास माथि जतीसुकै औपचारिकताको तामझाम गरिए पनि त्यसले कुनै अर्थ हुने छैन । उसो भए अब विश्वासको माहौल बनिसक्यो कि बनेको छैन भन्ने कुरा व्यवहारले भोलिका दिनहरुमा सिद्ध गर्ला ।  हिजो भएको एकान्त वार्ताबाट बाहिर निस्केपछी दुवै प्रधानमंत्रीहरुले दिएको सकारात्मक प्रतिकृया र उनिहरुको हाऊभाऊमा पनि देखिएको प्रफूल्लता देखेर दुवै देश बीच चिसिएको संबन्धमा न्यानोपन आएको विश्वास नगरिहाल्नु पर्ने जस्तो देखिन्न ।      आजको कार्यक्रम अनुशार प्रधानमंत्रीद्वारा विहान ९.०० बजे राष्ट्रपति भवनमा गार्ड अफ अनर लिने कार्यक्रम भयो । त्यसपछ...

ओलीको भारत भ्रमण: उच्च सम्मान भित्र लुकेको आशंका

    प्रधानमंत्री केपी शर्मा ओली लगभग त्रिपन्नजना सम्मिलित भ्रमण टोलीको नेतृत्व गर्दै आज चैत्र तेईस गते दिल्लीको ईन्दिरा गान्धी अन्तरराष्ट्रिय हवाई अड्डामा नेपाली विमानबाट ओलिएका छन् । त्यहा पुग्दा उनलाई सरकारका दोस्रो वरियताका गृहमंत्री राजनाथ सिंह ले स्वागत गरेका थिए ।  यो आतिथ्यलाई पूर्वप्रधानमंत्री गिरिजाप्रसाद कोईराला पछि भारत ले नेपाली प्रधानमंत्रीलाई दिएको उच्च सम्मानका रुपमा हेरिएको छ । स्वर्गीय गिरीजाप्रसाद कोईराला भारत भ्रमणमा जांदा भारतका तत्कालिन प्रधानमंत्री मनमोहन सिंह आफै विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।      आज पहिलो दिन प्रधानमंत्री ओलीले मुख्यरुपमा  विजिनेस फोरममा भारतका उद्यमी र लगानीकत्र्ताहरुलाई भेटेका छन् । सो फोरमलाई सम्बोधन गर्दै प्रधानमंत्रीले नेपालमा लगानीका लागी आहवान गर्दै नेपालमा विदेशी लगानीलाई पनि उपयुक्त सुगमता दिने प्रतिवद्धता धरै पटक दोहो¥याए । भारतीय लगानीकत्र्ताहरुले पनि आफ्ना जिज्ञासाहरु राखेका थिए ।       अर्को महत्वपूर्ण कुरा आजै अप्रत्यशित रुपमा दुई प्रधानमंत्रीहरु बीच एकान्त वार्ताक...

Indo-Nepal Affair

      Nepal Applies Balance Neighbour Policy In Delhi                                                        By Baburam Poudyal         Indian foreign minister Sushma Swaraj informally arrived Kathmandu just after the left alliance secured a massive victory in the provincial and federal election and leftist leader K.P Sharma Oli was in waiting to be the Prime minister shortly forming the government. She defines her Nepal trip as a goodwill visit.  Before this Indian Prime minister, Narendra Modi congratulated Mr. Oli for winning the election over the phone. The unusual and unexpected phenomenon was indicating a new changing in India's Nepal concern. Clouds were roaming on the Indo-Nepal relation since three years likely to begin to the wipe off.        ...

Big Storm In Small Coffee Cup

चित्र
                                                                                                                  After the political change in Nepal, the social structure also showing some impatient in communal harmony. The small country has maintaining unique diversity for a long time. There were some inconsistencies between the societies and a newly promulgated constitution has tried to address it.          Nepal completed her seven years as a republican  country from only monarchial Hindu country of the world.   After the political change in Nepal, the social structure also showing some impatient in communal harmony. The small...